fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उसका कुरा
[VIEWED 21737 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-14 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

"तिमीलाई एक महिनाको लागि छोडेर हिँड्दिन्छु अनी थाहा पाउँछ्यौ!"

"त्यो मेरो जीवनको सवैभन्दा सुन्दर महिना हुनेछ!" उसको कर्के आँखा, रिसाएको रातो अनुहार देखेर म कटाक्ष गर्छु। मलाई थाहा छ उ मलाई छोडेर जान्न, कतै जान्न !!!

उ खाना खासै मिठो वनाउँदिन। तर म नमिठो भन्न पनि त सक्दिन।उ पनि अफिस जान्छे, आएर खाना पकाउँछे।मलाई मेरी आमाले वनाएको खाना खुब मन पर्छ । तर आमा त गाउँमा हुनुहुन्छ।कहिलेकाहिँ झुक्किएर म आमाले वनाएको झानेको दालको कुरा चुहाउँछु। मलाई थाहा छ ,मैले त्यसो गर्नु हुँदैन तर पनि कुरै न हो, चुहिन्छ। कहिलेकाहिँ वढी भएर पोखिन्छ, कहिलेकाहिँ रोक्न खोज्दा खोज्दै चुहिन्छ। त्यो दिन उ अर्को पट्टी फर्केर सुत्दिन्छे।मैले फकाउन धेरै मेहेनत गर्नुपर्छ।तर केहि छैन, म पुरुष हुँ झुक्न जानेको छु।

अफिसका काम, गरेको केहि देखिन्न ,दिन भर फुर्सद पनि हुन्न।आज दिनभरी खाजा खान पनि पाइन मैले।घर पनि ढिलो नै आइपुगेँ। उ वसेर टिभि हेरीरहेको थिई।उ अनि उसका सिरियलहरु,उसको ति पात्रहरु सितको एकोहोरो माया , म तिनलाई केलाउँछु, आफु अचम्म हुनुवाहेक खासै निष्कर्ष निकाल्न सक्दिन।मेरा निष्कर्षहरु पनि उसका सिरियलका पात्रहरु जस्तै अर्थहिन छन्।

"किन यति ढिलो ?" उ प्रश्न गर्छे।प्रश्न नियमित नै हो, वा उसले आज चाहिँ उत्तर चाहेको पनि हुन सक्छ।

"अफिसमा अलि वढी काम थियो !" मलाई लामो उत्तर दिनु छैन, टाउको भारी भएर,वोल्नै अल्छि लागेको बेला!

"अनि यो मोजा कति गन्हाएको ,यसलाई वाहिर राखिदेउ, अनि जाउ खुट्टा धोएर आउ !" अफिसको काम पछिको दोश्रो स्वभाविक विषय मेरो मोजा नै हो। मेरो मोजा अलि वढी गन्हाउँछ। म एउटा मोजा दुई दिन भन्दा वढी लगाउँदिन, आज दोश्रो दिन,गन्हाउनु पनि स्वभाविक हो। प्रत्येक दोश्रो दिन म यहि सुन्छु,आजको दिन पनि केहि नौलो छैन।

उसका मन पर्ने सिरियल चलिरहन्छन्। मेरो चियालाई थोरै समय लाग्नेछ।छेवैको पत्रिका आजैको हो। अफिसमा हेर्न पाइएन ,पल्टाइदिन्छु ।

"तिमीलाई थाहा छ ,तिमी आजकल वदलिएको छौ !" उसको आरोप शायद सिरियलमा पनि कुनै महिला पात्रलाई उसको वुढोले दुख दिएर हुनुपर्छ।

"किन?"

"वोल्दै वोल्दैनौ म सँग !"

"तिमी त टिभी हेर्दै थियौ!"

"म दुइटै काम एकै चोटी गर्न पनि त सक्छु !" उ सँग वहानाहरु छन्, प्रशस्त छन्।

मेरो मौनता मेरो जित हो। उ चिया पकाउन उठी, अन्ततोगत्व ! मलाई खुशी लाग्यो, पत्रिका पनि खेलकुद पृष्ठ सम्म पुगेको छ।पहिलो पेजमा केहि ठूला नेताहरु छाएका छन् मलाई ति हेर्नु पनि छैन। म त नेपालले कृकेट जितेकोमा खुशी छु,त्यहि खेलकुद पेज सुमसुम्याइदिन्छु।

"आज अफिसमा टेन्सन भो !" उ चिया लिएर आउँदा आफ्नो अफिसको कुरा पोख्छे। सवैका अफिसमा टेन्सन छन्। मेरो अफिसमा तिनवटा फाइल अड्केका छन्, मैले गरेर हैन। तर गाली म खान्छु। जीवन नै टेन्सन।

"के भो र ?" मलाई उत्तर सुन्न मन छैन। तर पनि फर्मालिटि, देखाइटोपल्छु।

"ट्रेनिंगको प्रपोजल पुरै रिराइट गर्नु पर्ने अरे!" उ अनि उसका प्रपोजलहरु।देश बेचेर खान्छन्, आइएनजिओले,हाम्रो देशमा खाली एक्सपेरिमेन्ट गर्छन् हाम्रै मान्छेहरुबाट!

"अनि ?"

"अनि के ? वेलुका वसेर लेख्छु नि !"

उ आग्रही आँखाले मलाई हेर्दै भन्छे। मलाई उसका प्रपोजलहरु लेख्न आउँदैन। के भात मैले पकाउँ भन्ने सोचेकी हो त? ह्या हैन होला त्यो पनि , अहिले सम्म भनेकी छैन,दुई वर्ष सम्म। मलाइ बनाउन पनि त आउँदैन। त्यो त उसलाई पनि थाहा छ।

"म केहि सघाउँ ?" म कुरा चुहाउँछु। उसको मनासाय बुझ्न खोज्छु। अघि सिरियल हेर्दै थिई, त्यति वेला काम गरेको भए पनि त हुने नि ! तर म त्यसो भन्न सक्दिन।

"भो ,गल्नु भको होला! उहि त हो सवैको अफिस टेन्सन हुन्छ !!"

मेरा शव्दहरु हराएका छन्। उसलाई मेरो अफिसको टेन्सन थाहा छ। फाइल अड्केको थाहा नभएपनि मेरो गाह्रो साह्रो थाहा छ।हेरीरहेको स्पोर्ट्स च्यानल फेरि सोनी मै घुमाएर राखिदिन्छु। टिभिमा कोहि आइमाइ रोइ राखेकी छे। त्यो सँधै रुन्छे,रुन्चे आइमाइहरु!

"आज बाहिर खान जौँ न त !"

म कुरा बटार्छु। उ खुशी हुन्छे।भन्न त मलाई "आजको खाना म पकाउँछु " भन्ने मन छ। तर पनि सँधै जस्तै मेरो पुरुष म सँग जित्छ। तर केहि छैन ,उ खुशि छे। अनि आजको खाना बाहिर पाकेको छ।

 

 

 


 
Posted on 06-30-14 1:12 PM     [Snapshot: 343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 24-Oct-19 04:02 PM

 
Posted on 07-09-14 9:20 AM     [Snapshot: 633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro chha Lekh fuchhe !!! गूद जोब
 
Posted on 08-07-14 1:34 AM     [Snapshot: 1029]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-14 10:02 PM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-23-17 3:05 PM     [Snapshot: 3544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
Does he deserve Noble Peace prize??
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
ए १ पनि पुगेनछ ?
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
अब के हाेला त?
maga got what they voted for
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Supreme Court Decision Crushes TPS Dreams
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters