[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कबि मोहन कोइराला प्रति श्रद्धान्जली
[VIEWED 2750 TIMES]
SAVE! for ease of future access.
Posted on 02-22-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबि मोहन कोइराला प्रति श्रद्धान्जली


उस्ले जिन्दगिको कबिता लेख्यो
जिन्दगिले उस्लाइ लखेट्यो
सत्य जो थियो त्यहि लेख्यो
नबुझ्नेले उसलाई पागल देख्यो

भात जोड्ने चिन्ता लिएन
हात जोड्ने चेष्टा गरेन
चिसो चुल्होमा धेरै छाक खाए
तै पनि कबिता लेखन छोडेन

ज्ञान कुरा लेखे
बिज्ञानको अर्थ खोजे
माया प्रेमका ताज् महल बनाए
पत्थर दिल पनि सजल गराए


नेपाली धरतिपुत्रको कलम् अचानक चलेन
आज यिनै मोहन(कोइराला) रहेन
नेता थिएन कबि
अभिनेता पनि थिएन
त्यसैले उनको अबसानमा
धेरै आँखा रोएनन्
जति ले चिने,
यो दुख को कुरा सुने
दुखेको मन न दुखाउ
भन्दा मन्दै मानेन
यति भन्दा बढि मेरो
मेरो कलम्, मेरो की बोर्ड्
चल्दै चलेन।
चल्दै चलेन।

 
Posted on 02-22-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्यकार मोहन कोइराला प्रति मेरो श्रध्दान्जली।
 
Posted on 02-22-07 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोहन कोइरालाप्रति श्रद्धान्जलि अभिव्यक्त गर्न खोल्नु भएको यो धागोको निम्ति राहुल दाइलाई धन्यवाद ।

छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु,
प्यार गर्दछु

सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ -
म कति रिसाएको छु ।
जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरु गरेथ्यो ;
तँ कति सोझो नरम पाठो जस्तो जंगलमा उफ्रेको ;
ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार
आइज, म तँलाई छातीमा टाँसेर गेर्न चाहन्छु,
"मुखमा खरो सूर्ती चुसेर एकपल्ट अब सुसलेको ।"

- स्वर्गिय मोहन कोइराला -
 
Posted on 02-22-07 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति हिँडे हुँला
यो जीवनमा म कति हिँडे हुँला !

यसरी -
कतिपल्ट बिसाएँ हुँला - यो अडेसोमा ?

मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले...?

कठै ! यो रुख
त्यसै बूढो भएछ
धेरै अघि मलाई -
यसैमा झुन्डी मरुँ लागेको थियो
बचाएको थियो- यही रूखको त्यो यौवनले
त्यसको गोलो छायाँ
अझै हिँडिरहेछ- मेरो कुमकुम भएर ।
कति हिँडेँ हुँला
यो जीवनमा कति हिँडेँ हुँला !

मैले छोडेर आएकाहरुलाई भन्नु थियो-
मलाई लिएर आउनू !
मलाई छोडेर गएकाहरुलाई भन्नु थियो-
पुगेर मलाई भेट्नू !
उफ ! यो मध्याह्न
रगत खाने तिर्खा
कति निमोठ्नु निधारका यी निमुखा पसिनाहरुलाई ?
भिज्छ- सप्पै आङ
गल्छ- गोडा
थाक्छ- आँत
मैले त नुन ओसारेको हुँ
पानीको नाला
कर्कटपाता ओसारेको हुँ - पहाडलाई
यो बाटोका धुलोहरुमा
कहाँ हराउँछन् कहाँ- मानिसका पदचिन्हहरु !

कति हिँडेँ हुँला
यो जीवनमा कति हिँडेँ हुँला !

धर्ममा मरुँ भने कर्म गरेँ
धर्मैको त आयु हुन्छ/ आयुको त आयु हुन्छ
हिसाब हुन्छ
स्वर्गको कर्मको
नर्कको कर्मको
कर्मको कर्मको
छि: !
मानिसको कर्म
कतिपल्ट टेकाएँ हुँला-यो तोक्मा?
यसरी-
सबैलाई सुनाउँछु भनेर आफैंलाई
कतिपल्ट सुनाएँ हुँला- आफ्नो गीत..?

आपत्‌मा सघाउने रामलाई पनि थाहा छैन-
म कति हिँडेँ ?
विपत्‌मा सम्हाल्ने मेरी मायालुलाई पनि थाहा छैन-
म कतिपल्ट लडेँ-लडेँ !
अरु कसलाई थाहा हुन्छ
म नरोएको मान्छेको आँसुको कथा-
कसलाई थाहा हुन्छ..?

अहा !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला
भारी बोकेर कविताको !
 
Posted on 02-22-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कवि मोहन कोइरालाप्रति श्रध्दासुमन चढाउँछु, उहाँको आत्माले चीर शान्ति पाओस्।
 
Posted on 02-22-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्व मोहन् कोइराला प्रति श्रद्धा सुमन् अर्पण गर्ने सबै मा धन्यबाद्। कृपया कबिज्युका कबिता राख्दा साभार् कहाँ बाट् गर्नु भएको हो श्रोत् खुलाइ दिन हुन हार्दिक् अनुरोध् छ।
 
Posted on 02-23-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kabi Koirala ko nidhan bhayeko ma dukha lageko chha. hardik sradhanjali arpan gardachu dibgat aatma le chir shanti payos bhandai ra thap kabita lekhne pran gardai....

-jyapoo
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
legal Query for married nepali girl now have taken US citizenship
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters