आज बिहानै दिमागमा " कराग्रे बसति लक्ष्मी करमधे सरस्वति ...... गुन गुनाई रहे | यो संस्कृत श्लोक बाट के प्राप्ति हुन्छ , किन सिकाइयो भनि अंतरजाल ( इन्टरनेट) खोले | यसको अर्थ यस्तो रहेछ
1: At the Top of the Palm dwell Devi Lakshmi, and at the Middle of the Palm dwell Devi Saraswati,
2: At the Bottom of the Palm dwell Sri Govinda; Therefore one should Look at one's Palms in the Early Morning and contemplate on Them.'
युट्युब खोलेको त बाया पट्टि स्लोक र भजन हरु थिए | बिहान उठे देखी सुत्नु अघि बाचन गरे के के पाइन्छ भनि उल्लेखित थिए | तेस्को अर्थ के हो भन्ने कुरा श्रोता र बाचकले बुझेका होइनन , भट्याई दिए धर्म हुने कुरा मा सबैले सकार्लान , नकार्ने मा म जस्ता मात्रै पर्लान | कर्म गर्न भन्दा पनि यी श्लोक दैनिक बाचन गर्दा धन सम्पत्ति , बिध्या स्वास्थ्य लाभ देखि सैकडौ कुरा स्वत स्फुर्त प्राप्ति हुने भए पछि प्ररिश्रम र पसिना बगाउने तिर लगाएनन हाम्रा संक्रित का विद्वान हरुले , पछौटे मात्रै बनाए |
आफु भने राडी फटाइ पढेर जान्ने भए तर सुनाउने बेलामा चै फलानो ऋषि ले तपस्या गरि यस्ता र उस्ता भए भनि ढाट्ने काम देखि बाहेक केहि गरेनन | तपस्यै गर्ने भए अल्छी जति सबै लाइ तेतै तिर लगाएर विद्वान बनाइञ्छ भनेनन् र गरेनन ?
ट्रंप ले दैनिक मात्र होइन दिनको २-४ ओटा उल्पटि कुरा लेखेर सधै समाचारको मुख्य हेडिङ्ग मा आउने कार्य झैँ आइतबार देखि शनिब्नार के को पुजा र आराधना गरे के पाइन्छ बताएका छन् | आराधना बाट प्राप्त हुने कारणले हामि परिश्रम मा बिस्वास गर्दैनौ |
ब्राम्हणलाइ दान दक्छिना दिए पछि ब्रम्ह हत्या सबै भन्दा ठुलो पाप मात्रै होइन नर्कैनै पुग्ने हरुलाई पनि नर्क बाट स्वर्ग तिरको बाटो लगाई दिने क्षमता को पछि किन नलागुन त !