[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 RIP छेतेन
[VIEWED 2400 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-20 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘प्रेमगीत ३’ रिलिज हुनु अगावै निर्देशक छेतन गुरुङको निधन

नेपालि फिल्मका राम्रा निर्देशक तथा स्क्रिप्ट राइटर मानिएका छेतन गुरुङको अचानक निधन भएको छ । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि काठमाडौंको मेट्रो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गुरुंगको मंगलवार विहानै २ बजे निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । ४२ वर्षका गुरुंगले निर्देशन गरेको र सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत ३’ कोरोनाको कारणले रिलिजमा ढिलाइ भएको थियो।

सन २०१४ मा दिनेश राउतले निर्देशन गरेको फिल्म ‘नोभेम्बर रेन’ राउतले मा एक नयाँ स्क्रिप्ट राइटरलाइ मौका दिएका थिए । सो फिल्मले निकै नै तहल्का मच्चायो धेरै अवार्ड हरु जित्यो। त्यस फिल्मबाट डेब्यु गेरेका लेखकले उत्कृष्ट लेखकको अवार्ड समेत जितेका थिए। डेब्यु फिल्मबाट नै उत्कृष्ट लेखकको अवार्ड पाउने ति लेखक छेतन गुरुङ नै थिए।

https://youtu.be/9os6wlYmu1Q

त्यसपछि उनले दिनेश राउतले नै निर्देशन गरेको अर्को राम्रो र सुपर हिट भएको फिल्मको स्कृप्ट लेखे क्लासिक, त्यसपछि अर्को सुपरहिट भएको फिल्म "ए मेरो हजुर ३’ को स्क्रिप्ट पनि उनैले लेखेका थिए। त्यस्तै, छेतन गुरुङले स्क्रिप्टका साथै फिल्म निर्देशन मा समेत हात हाले फिल्म ‘डम्बरुको डण्डीवियो’ निर्देशन गरेर। ‘डम्बरुको डण्डीवियो’ बक्स अफिसमा सफल नभए पनि, सो फिल्मबाट उनको निर्देशकिय क्षमताको भने निकै नै प्रशंसा भएको थियो । तेसैले त उनले ‘डमरुको डण्डीवियो’ बाट नव-निर्देशकको अवार्ड समेत जित्न सफल भएका थिए कामना फिल्म अवार्डमा। तेस्तै उनले "डायरि" नाम गरेको फिल्मको स्कृप्ट लेख्नुका साथै उअन्ले सन् २०१५ मा रिलिज भएको फिल्म ‘आभाष’ को एक गीतमा संगीत समेत भरेका थिए ।

छेतेनले स्क्रिप्ट लेखेका सबै फिल्म हिट भएका, हिट नभएको उनले निर्देशन गरेको फिल्मले पनि अवार्ड जितेका छेतेनको अति नै प्रतिक्षा गरिएको उनि आँफैले निर्देशन गरेको नयाँ फिल्म ‘प्रेमगीत ३’ कोरोना र त्यसले गरेको लकडाउनको कारणले प्रदर्शन हुन सकेको थिएन। यो फिल्म प्रदर्शन नहुँदै उनि भने ठुलो जोशका साथ नयाँ फिल्म "हुतुतु" निर्माणको तयारिमा जुटि सकेका थिए । केही महिनायता "हुतुतु" फिल्ममा देशकै चर्चित कलाकारहरु प्रस्तुत गरेर सन्तोश सेनले नै निर्माण गर्ने र निर्देशन छेतेनले गर्ने भनेर स्क्रिप्ट लेखन र कलाकारको छनोट भइरहेको थियो।

लेखक तथा निर्देशक छेतन गुरुङको असामयिक निधनले फिल्म क्षेत्रलाइ नै स्तब्ध बनाएको छ यो शोकको क्षणमा गुरुङको परिवार र आफन्दजनमा हार्दिक समवेदना। उनि प्रति श्रद्धाञ्जली का साथै आत्माको चिर शान्तिको पनि कामना छ।
 
Posted on 09-10-20 2:57 PM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेतेनका फोटोहरु


 
Posted on 09-11-20 11:14 AM     [Snapshot: 451]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो ट्यालेन्ट भएका लेखकले जम्मा
७ कक्षा मात्रै पढेका रहेछन

श्रिमति गुमाइ सकेका - एक छोरिलाइ टुहुरो बनाएर आमा संग छोडेर बितेछन -- कति अनौठो जिवन!!

https://youtu.be/dSX6bIrhZrA
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters