[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

Mr. D

jetho390

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा हुने ९ प्रकारका भ्रष्टाचार
[VIEWED 5648 TIMES]
SAVE! for ease of future access.
Posted on 06-19-14 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिहर पोखरेल

नेपालमा भ्रष्टाचार माथिदेखि तलसम्म संस्थागत बन्दै अत्यन्त चिन्ताजनक रुपमा मौलाउँदै गइरहेको छ । ट्रान्स्परेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार यीमध्ये सबैभन्दा भ्रष्टको सूचीमा राजनीतिक दलहरु परेका छन् ।

Hariharमुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन भ्रष्टाचार रोक्नु अपरिहार्य छ । भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति मुलुकमा के-कसरी भ्रष्टाचार गरिन्छ ? कस्ता प्रकारका भ्रष्टाचार हुने गरेका छन् भन्ने निक्र्योल गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण गर्न कस्तो कानुन आवश्यक पर्छ, नियन्त्रणसम्म पुग्ने बाटो के हो ? त्यसका चुनौतीहरु के-के हुन् सक्छन् भन्ने जान्न सहजता प्राप्त हुन्छ । अतः यहाँ नेपालमा हुने भ्रष्टाचारका प्रकारहरु उल्लेख गरिएको छ ।

१. सुषुप्त भ्रष्टाचार

सुषुप्त भ्रष्टाचार यस्तो प्रकारको भ्रष्टाचार हो, जुन भ्रष्टाचार गर्नेका निम्ति भ्रष्टाचारीले भ्रष्टाचार गर्ने नै भनी कहीँ कतै हात अगाडि बढाउनुपर्दैन । न तत्काल कुनै निर्णयमा हस्ताक्षर गर्नुपर्छ न कुनै निर्माण आयोजना खरिद प्रक्रियामा नीतिगत निर्णय नै गर्नुपर्दछ ।

यस्तो भ्रष्टाचार गर्न भ्रष्टाचारीले कुनै कमिसन एजेण्ट, ठेकेदार, व्यापारी आदिलाई भेटिरहने जोखिम मोल्नुपर्दैन, उनीहरुसँग कमिसनको निम्ति बार्गेनिङ गर्नु पनि पर्दैन । यस्तो भ्रष्टाचार खासगरी राजनीतिक या प्रशासनिक उच्च तह र सेवा या बस्तु खरिद प्रक्रियाका निर्णयकर्ताहरु नीति निर्माताका निर्णयकर्ताहरुले गर्ने गर्दछन् । त्यस्ताखालका व्यक्तिहरुलाई प्रभावित गर्नका निम्ति हार्दिकता देखाउँदै दशैँ, तिहार, विवाह, व्रतबन्ध, घर निर्माणमा उपहार, आर्थिक सहयोग, छोराछोरीलाई छात्रवृत्ति, राम्रो शैक्षिक संस्थामा भर्ना, विदेशमा पढ्ने कोटा मिलाइदिनेजस्ता कार्य प्रारम्भमा गर्ने गर्दछन् । यस्तो गर्नेहरुमा कर्मचारीहरु, राजनीतिक कार्यकर्ता र व्यापारी वर्ग पर्दछन् ।

२. नियोजित भ्रष्टाचार

सार्वजनिक सम्पत्तिबाट व्यक्तिगतरुपमा सम्पत्ति आर्जन गर्ने मनसायबाट गरिने भ्रष्टाचार नियोजित भ्रष्टाचार हो । यस्ता भ्रष्टाचारीहरुले आफूलाई प्राप्त सार्वजनिक हितको अधिकार भ्रष्टाचार गर्नमै केन्दि्रत गर्दछन् ।

सार्वजनिक निकायमा हुने सेवा र बस्तुको खरिद प्रक्रियादेखि ठूला-ठूला विकास निर्माणका आयोजना, परियोजना निर्माणसम्मको प्रक्रियामा यस्ता भ्रष्टाचारीहरुले प्रारम्भिक अवस्थाबाट नै भ्रष्टाचार गर्नका निम्ति वातावरण सिर्जना गरिरहेका हुन्छन् ।

यस्ता कार्यको प्रक्रियामा अपनाइने विभिन्न विधिभन्दा पहिल्यै भ्रष्टाचार गर्नका निम्ति बस्तुको तथा सेवा खरिद प्रक्रियामा प्रतिस्पर्धा गर्न आउने, अयोजना, परियोजना निर्माणमा प्रतिस्पर्धा गर्न आउने कम्पनी प्रतिनिधिसँग मिलेमतो गरी उसैलाई मिल्नेखालको डकुमेन्ट तयार गर्न लगाइन्छ र उसैमार्फत् खरिद गरी भ्रष्टाचार गर्ने गरिन्छ ।

यसरी भ्रष्टाचार गर्दा कानुनीरुपमा हुनुपर्ने सम्पूर्ण कुराहरु कागजीरुपमा मिलाइएको हुन्छ । खासगरी यसरी भ्रष्टाचार गर्दा परिणाम र गुणस्तरजस्ता कुराहरुबाट कटौती गरी मोटो रकम भ्रष्टाचारको निम्ति छुट्ट्याइएको हुन्छ । यसरी नियोजितरुपमा भ्रष्टाचार गर्ने व्यक्तिहरुले मिलाइएका कागजी प्रक्रिया देखाउँदै निर्णयकर्ताहरुलाई सहजै आफ्नो प्रभावमा ल्याई निर्णय गराउने कार्य गर्दछन् । कतिपय निर्णयकर्ताहरु मिलेमतोमै सहभागी हुन्छन् भने कतिपयहरुले सम्बन्धित विषयमा उनीहरुसँग उल्लेख्य सूचना र जानकारी नहुँदा भ्रष्टाचारीहरुको विश्वास पर्न बाहृय हुन्छन् ।

३. सहभागितामूलक भ्रष्टाचार

सार्वजनिक खरिद तथा निर्माण प्रक्रियामा सहभागी हुने सार्वजनिक निकाय र त्यस्ता खरिद तथा निर्माण प्रक्रियामा प्रत्यक्षरुपमा नियमन गर्ने सार्वजनिक हितविपरीत भए नियन्त्रण गर्ने, कारबाही गर्ने निकायहरुकै मिलेमतोमा गरिने भ्रष्टाचार सहभागितामूलक भ्रष्टाचार हो । यस्तो भ्रष्टाचारमा भ्रष्टाचार रोक्नका लागि खडा भएका निकायहरु नै सहभागितामा संलग्न हुन पुग्छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्बन्धित विभाग र मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालय, राजनीतिक दलदेखि विभिन्न संसदीय समिति मात्र नभई दातृ निकायहरुसम्म यस्तो भ्रष्टाचारमा संलग्न हुन पुग्छन् ।

ठूला-ठूला आयोजना, परियोजना निर्माणमा यस्तो भ्रष्टाचार हुने गर्दछ । सहभागितामूलक भ्रष्टाचारमा आयोजना, परियोजना निर्माणको सुरु अवस्थादेखि नै विभिन्न निकायमा सेटिङ मिलाई एक-दुई थान पत्राचार गरी भ्रष्टाचारलाई वैधानिक विधिसम्मत बनाइसकिएको हुन्छ । यस्तो भ्रष्टाचारको आयतन पनि ठूलो हुने गर्दछ । मुलुकको विकास निर्माणसँग जोडिएको हुँदा विकासविरोधीको आरोप लाग्ने हुँदा हम्मेसी कसैले विरोध गर्न पनि सक्दैन ।

४. नीतिगत भ्रष्टाचार

नीतिगत भ्रष्टाचार भनेको उच्चतहको भ्रष्टाचार हो । यस्तो भ्रष्टाचारमा राजनीतिक उच्च नेतृत्व र प्रशासनिक उच्च नेतृत्व संलग्न हुने गर्दछन् । नीतिगत भ्रष्टाचारमा सरकारले पारित गर्ने नीति, नियम, ऐन, कार्यविधि, नियमावली मन्त्रीस्तरीय निर्णयबाट हुने त्यस्तै प्रकारका निर्णयहरु, सचिवस्तरीय निर्णयबाट हुने विभिन्न कुराहरु, सार्वजनिक निकाय र त्यसका सञ्चालक समितिबाट हुने विविध निर्णयहरु पर्दछन् । यस्ता भ्रष्टाचारमा सार्वजनिक सम्पत्तिको निजीकरण, दाता राष्ट्रबाट लिइने ऋण, अनुदानमा राखिने सर्त तथा बन्देज, सार्वजनिक सम्पत्तिको परिचालन, नीति क्षेत्र सञ्चालनमा हुने विभिन्न कार्यविधि प्रक्रिया, लगानी खर्च, खर्च गर्ने विधि, सार्वजनिक निकायले विभिन्न क्षेत्रसँग काम गर्दा अपनाइनुपर्ने नीति नियम, कार्यविधिलगायतका कुराहरु नीतिगत भ्रष्टाचारमा पर्दछन् । नेपालमा चर्चित निजीकरण प्रकरण नीतिगत भ्रष्टाचारको राम्रो उदाहरण हो ।

नीतिगत भ्रष्टाचारको निम्ति कुनै निश्चित क्षेत्र या सीमा हुँदैन । एउटा मात्र नीतिगत निर्णयले धेरै ठूला-ठूला भ्रष्टाचारका बाटाहरु विभिन्न क्षेत्रमा खुला गरेको हुन्छ । यस्ता नीतिहरु निर्माण गर्दा विभिन्न दातृ समूहको दबाब र भ्रष्टाचारीहरुको मिलेमतोमा हुने गरेका छन् ।

हाम्रो मुलुकमा भ्रष्टाचारीहरुउपर लागेका मुद्दालाई व्यक्तिगत फाइदा लिनका निम्ति नीति निर्माण गर्ने निकायले यस्ता भ्रष्टाचार या आर्थिक अपचलनका मुद्दा फिर्ता लिने गरेका पनि छन् । सरकारमा निहित अधिकार यसरी दुरुपयोग गरी फिर्ता गरेका मुद्दाहरुमा उदाहरणको निम्ति भरत गुरुङको मुद्दा फिर्ता लिई सम्पत्तिसमेत फिर्ता गरेको, खेतान समूहको आर्थिक अपचलनको मुद्दा फिर्ता काण्ड आदि चर्चित काण्ड हुन् ।

५. निर्देशनात्मक भ्रष्टाचार

सार्वजनिक अधिकारप्राप्त उपल्लो तहका व्यक्तिहरुको निर्देशनको आधारमा, दातृ समूहका व्यक्तिको निर्देशनको आधारमा, कूटनीतिक नियोगको निर्देशनको आधारमा गरिने कार्यबाट हुने भ्रष्टाचार नै निर्देशनात्मक भ्रष्टाचार हो । यस्ता भ्रष्टाचारमा निर्देशन पालना गर्ने व्यक्ति या निकायलाई उक्त भ्रष्टाचारको रकमको केही भाग प्राप्तसमेत हुने गर्दछ । उक्त रकम निर्देशन दिने व्यक्तिले सीधै नदिई अर्को पक्षमार्फत् पुर्‍याउने गर्दछ ।

भ्रष्टाचारको रकमको आयतन सानो भएमा तलसम्म त्यो रकम नआउन पनि सक्छ । निर्देशन पालना गर्दा भ्रष्टाचार हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यस्ता निकायले निर्देशन पालना गर्ने गर्दछन् । पछि भ्रष्टाचारकै कारबाहीमा पर्नुपर्ने भयो भने निर्देशन दिनेहरुले संरक्षण गर्ने गर्दछन् ।

भ्रष्टाचार गर्न निर्देशन दिने भ्रष्टाचार भन्ने थाहा हुँदाहुँदै निर्देशन पालना गर्ने, निर्देशनमा आरुनो अधिकारको दुरुपयोग गर्नेलाई फेरि संरक्षण गर्नेजस्ता कुकर्महरुले भ्रष्टाचार गर्ने हौसलासमेत प्रदान गर्दछ । आज कसैको निर्देशनमा भ्रष्टाचार गर्ने व्यक्तिले भोलि आफैँ भ्रष्टाचार गर्न थाल्दछ । निर्देशनात्मक भ्रष्टाचारले राज्य संयन्त्रलाई तुरुन्तै भ्रष्ट बनाउँछ ।

६. आपराधिक भ्रष्टाचार

आपराधिक भ्रष्टाचार भनेको समाजमा हुने विविधखालका आपराधिक क्रियाकलापबाट आर्जित गैरकानुनी सम्पत्ति र त्यस्तो सम्पत्ति आर्जन गर्नेहरुलाई संरक्षण दिई त्यसबाट हिस्सा लिने कार्य हो ।

यस्तो आपराधिक भ्रष्टाचारमा केही दिन, केही घण्टा तस्करीको लागि भन्सारमा लाइन खुलाउनु, (त्यस्ता तस्करीका सामानमा सुन, हीरालगायत उच्च कोटीका लागूऔषध पर्ने गर्दछन् ।) त्यस्तै भन्सार, राजस्व, कर आदि नलिई सामान ओसार-पसार गर्न दिनु, कम राजस्व या भन्सार लिई बढी सामान ओसार-पसार गर्न दिनु । समाजमा गुण्डागर्दी गरेर आर्थिक हैसियत उँचो बनाएकालाई राजनीतिक र प्रशासनिक संरक्षण दिनु ।

हप्ता असुलीदेखि सुन, हीरा तस्करी गर्ने तस्कर अपराधीहरु कथम्कदाचित पक्राउ परेमा राजनीतिक तथा प्रशासनिक दबाबमा छुुट्नु, कहिले धरौटी, कहिले जमानी, कहिले तारिक भन्दै उन्मुक्ति दिनु, कानुनीरुपमा मुद्दा नचालाउन दबाब दिनु, दबाब मान्नु, मुद्दा चलिरहेमा पुनः न्यायालयले उन्मुक्ति दिनुजस्ता कार्यहरु आपराधिक भ्रष्टाचारमा पर्दछन् । आपराधिक भ्रष्टाचार गर्नेहरुले माथि उल्लेखित विभिन्न भ्रष्टाचार गर्नका लागि आपराधबाट आर्जित गैरकानुनी सम्पत्ति नै प्रयोग गर्ने गर्दछन् ।

अपराध कार्यबाट आर्जित सम्पत्ति प्रयोग गरी अझै ठूलो अपराध गरी अझै सम्पत्ति थुपार्ने प्रतिस्पर्धामा अपराधीले राज्य संयन्त्रसम्म पहुँच पुर्‍याई आफ्नो हितअनुकूल राज्यसंयन्त्रहरु प्रयोग गर्न थाल्दछन् । भ्रष्टाचारी नियत भएकाहरु विस्तारै अपराधीका कारिन्दा बन्न जान्छन् ।

यस्तो प्रकारको भ्रष्टाचारले समाजमा सीधै अपराधलाई भित्र्याउने कार्य गर्दछ । समाज र राज्यलाई नै अपराधीले नियन्त्रण गर्ने अवस्था सिर्जना हुन्छ । राज्य अपराधीको पोल्टामा जान्छ ।

७) क्रियाशीलतामूलक भ्रष्टाचार

मानिसको योग्यता र क्षमतालाई उपयुक्त ठाउँमा क्रियाशील बनाउने क्रियाकलापलाई क्रियाशीलतामूलक कार्य भनिन्छ । यस्ता क्रियाशीलतामूलक कार्यमा पर्ने नियुक्ति, सरुवा, बढुवा, तालिम, गोष्ठी, कार्यविभाजन, विदेश भ्रमण आदिको प्राथमिकतामा हुने भ्रष्टाचारलाई क्रियाशीलतामूलक भ्रष्टाचार भनिन्छ ।

नेपालमा विभिन्न नियुक्ति लिँदा मालदार ठाउँ भनिएका ठाउँमा सरुवा हुँदा, बढुवा हुँदा, थमौती गर्दा, कार्यविभाजन गर्दा, विदेश भ्रमण जाँदा, राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वपूर्ण गोष्ठी, सभा-सम्मेलनमा सहभागी हुँदा क्रियाशीलतामूलक भ्रष्टाचार गर्ने गरिन्छ ।

अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न भन्सार कार्यालयमा जान ऊर्जा मन्त्रालयका विभिन्न आयोजना, परियोजनाहरुमा, गृह मन्त्रालयका विभिन्न राम्रा जिल्लामा जान, राजस्व, कर, अन्तशुल्क, वैदेशिक रोजगार विभाग, खानेपानी, सिँचाइ, सडक, विभिन्न सार्वजनिक संस्थाका महत्वपूर्ण निकाय, समिति आदिमा जानका लागि थुप्रै रकम राजनीतिक या प्रशासनिक व्यक्तिलाई दिने गरिन्छ । यो कर्मचारी र राजनीतिक वृत्तमा मात्र सीमित नभई बाहिर व्यापारी, दलालहरुसम्म आइपुग्छ । दलाल, व्यापारीहरुले लगानी गरेरै आफूले भनेको मानिस उपयुक्त ठाउँमा पुर्‍याई उसैमार्फत् अकुत गैरकानुनी सम्पत्ति थुपार्ने गर्दछन् ।

भनिन्छ, यस्ता गैरकानुनी व्यापार गर्नेहरुले सम्भावित त्यस्ता व्यक्तिहरुलाई मासिक भुक्तानी दिने गरी नै राखेका हुन्छन् । यस्तो भ्रष्टाचारले मुलुकको प्रशासनिक संयन्त्रलाई सार्वजनिक हितविपरीत खडा गर्दछ । यस्तो भ्रष्टाचार एउटा सानो कार्यालयमा पनि हुने गर्दछ । जस्तै- कार्यालयभित्र हुने खरिद शाखा, लेखा शाखा, स्टोर, जिन्सीमा गएर काम गर्न पनि क्रियाशीलतामूलक भ्रष्टाचार हुने गर्दछ ।

८. सहजतामूलक भ्रष्टाचार

सार्वजनिक निकायका तर्फबाट प्रदान गरिने सेवा लिएबापत सेवाग्राही आमनागरिकले सार्वजनिक सम्पत्तिबाट तलबभत्ता लिएर सेवा दिन नियुक्त पदाधिकारीलाई दिने स-सानो रकम र उपहार सहजतामूलक भ्रष्टाचारमा पर्दछ ।

यस्तो रकम र उपहार लिन सेवा प्रदान गर्न बसेकाहरुले अनेक बाहनामा सेवाग्राहीलाई अल्मल्याउने, यो मिलेन, त्यो मिलेन, भोलि आउनुस्, पर्सि आउनुस् भन्नेजस्ता अनावश्यक झन्झट सिर्जना गरी काममा ढिलाइ हुने भएपछि सेवाग्राहीले यसो खाजा हेरौँला नि हजुर भनेर घूस दिने कुरा गरेपछि तुरुन्तै काम हुने हाम्रो मुलुकमा चलेकै छ । यस्तो कुरालाई अधिकांश सेवाग्राहीले पनि सहजतामा लिने गरेका छन् ।

यति मात्र नभएर अत्यधिक जनसम्पर्क हुने कार्यालयमा दलालहरु तैनाथ भएका हुन्छन् । उनै दलालमार्फत् यस्तो भ्रष्टाचार हुने गर्दछ ।

नेपालमा यस्तो भ्रष्टाचार हुने चर्चित निकायमा मालपोत कार्यालय, यातायात, श्रम, राजस्व, भन्सार, नगरपालिका, गा.वि.स., जि.वि.स., जिल्ला प्रशासनजस्ता निकाय पर्दछन् । त्यस्तै धारा, बिजुली जडान, टेलिफोन जडान आदि कार्यमा सम्बन्धित फिल्डमै यस्तो भ्रष्टाचार हुने गर्दछ । यस्तो भ्रष्टाचार हामी आफैँले ‘ल चिया खानुस्’ भनेर दिने पनि गर्दछौँ । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको हुन्छ । सहजतामूलक भ्रष्टाचार अहिले परम्परा बनेको छ ।

९. विविध भ्रष्टाचार

समाजमा भ्रष्टाचारको जरो यतिसम्म तल पुगेर संस्कार र परम्परा बनेको छ कि मानौँ हरेक मानिस भ्रष्टाचार नगरी टिक्नै सक्दैन । सार्वजनिक अधिकारप्राप्त व्यक्तिले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बाटो एकातिर छ भने त्यही सार्वजनिक अधिकार प्राप्त गर्न पनि भ्रष्टाचारकै सहारा लिने गरिन्छ यो समाजमा । भ्रष्टाचारको विविधरुपमा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र सार्वजनिक पद धारण गर्न, प्राप्त गर्न गरिने अर्को भ्रष्टाचार हो ।

स-साना नियुक्ति बढुवादेखि ठूलै पद, प्रमोसन प्राप्त गर्न यस्ता नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र छिमेकी मुलुक भारतको बजारबाट खरिद गरी ल्याइने गरिन्छ । आवश्यक शैक्षिक योग्यता प्राप्त नगरी त्यसको प्रमाणपत्र उत्पादन गर्नु भ्रष्टाचार हो । त्यस्तै भ्रष्टाचारका अन्य विविध प्रकारहरुमा ठगी, किर्ते, जालसाजी आदि गरेर गैरकानुनी सम्पत्ति आर्जन गर्दछन् ।

वैदेशिक रोजगारीमा गरिने विभिन्न बिचौलियादेखि मेनपावर कम्पनीसम्म, किर्ते गरी व्यक्तिगत या सरकारी जग्गा-जमिन हात पार्ने कार्य, जागिर लगाइदिने प्रलोभनमा हुने ठगी, विभिन्न सहकारीका नाममा सर्वसाधारणसँग रकम असुली गरी गरिने ठगी, उपभोग्य सामानमा मिसावट गरी गरिने ठगी, पिरामिड शैलीमा सदस्यता वितरण गरी रकम जम्मा गरी गरिने ठगी, जस्तै- युनिटी लाइफ, गोल्डक्वेष्ट आदि ।

(पोखरेलद्वारा लिखित ‘नेपालका भ्रष्टाचार भ्रष्टाचारी : देश लुट्नेहरुको इति वृतान्त पुस्तकबाट)

- See more at: http://www.onlinekhabar.com/2014/06/207292/#sthash.U88pB0Ux.MQwvOepR.dpuf

 
Posted on 06-19-14 2:08 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए संस्कृत भाषाको बिकास गरि आफ्नो बर्गको सिमा भित्र राखी गरिएको बौद्धिक सोषणले माथि भनिएका सबै भ्रस्टाचार संग मिल्दो रहेछ ? यो भ्रस्टाचार भन्दा पनि उपल्लो महाभ्रस्टाचार को कुरा हाम्रा लेखकले कहिँ गर्नु भएन कि आफु पनि मुछिने भएर हो ?
 
Posted on 06-19-14 7:32 PM     [Snapshot: 303]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Glad our country can categorize corruption and apply in real life. Now students in Nepal have to learn by heart types of corruption and their description.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters