[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Tyo Din

Mr. D

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  काठमाडौंमा कलिला किशोरीको मूल्य- एक रातको २५ सय
[VIEWED 3262 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-14 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘१६ वर्षकी मेरी छोरी स्कुल पढ्न जान्छे, केही काम गर्दिन’, उनले आफ्नो अगाडि उभिएका १५-१६ वर्षका किशोरीतिर देखाउँदै भनिन्, ‘यी त बेरोजगार हुन्, मैले रोजगारी दिएकी पो हुँ त।’

prostitute in kathmandu_child sexकाठमाडौं बत्तीसपुतलीमा राप्ती क्याबिन रेस्टुराँ चलाउँदै आएकी माया थापाले खुलेरै भनिन्, ‘यी त्यस्तै काम गर्ने केटी (यौनकर्मी) हुन्, मकहाँ नभए अन्यत्र पनि त उस्तै काम गरिहाल्छन् नि।’ तपाईं बाई हो? यो प्रश्नमा उनी हाँसिन् र उल्टै सोधिन्, ‘कस्तो बाई? ख्वै थाहा छैन, ममात्रै छ र? अरू कति छन् कति? हामी त गेस (गेस्ट) लाई राम्रै सर्भिस गराउने हो।’

‘यिनलाई राखेर मैले कति पनि कमाएको छैन’, उनी भन्दै गइन्, ‘यिनलाई पाँच हजार दिन्छु महिनाको, भाडा तिर्दै ठिक्क हुन्छ। यो एउटा व्यवसाय हो, मैलेमात्रै गरेको भा पो।’ कस्ता मान्छे आउँछन् त तपाईंका यी किशोरी खोज्न? प्रश्न खस्न नपाउँदै उनले कुरा लुकाउन चाहिन्। ‘थाहै पान्न सर म त, म आफैं झ्याप भा’को हुन्छु साँझ ता, अँ तलाईं सुट पार्दिन्छु (गोली हान्छु) भन्ने ग्राहक पनि आउँछन् कोही त। मर्न डर छैन अब, मारामार गरौं भन्छु म त। कोही त इन्जिनियर र व्यापारी पनि आउँछन्।’

आफ्ना छोरी पढ्न पठाउने अर्काका कलिला छोरी यस्तो काममा लगाउनु ठीक हुन्छ त? फोटोपत्रकार उमा बिष्टसहित उनलाई भेट्न पुगेको यो संवाददातासँग उनी केही झर्किइन् पनि। भनिन्, ‘ख्वै मलाई त गल्ती गरेजस्तो लाग्दैन। मैले नराखे अन्त गइहाल्छन्, काम त्यही हो।’ उनले आफूसँग साथमा भएका चारवटी किशोरीको विगत कथा सुनाइन्, ‘यी पहिला नै यौनकर्मी भएर आ’का, एअरपोर्टमा जाने रे, ग्राहक फकाएर ल्याउने रे, अनि सटर लगाएर लुट्ने पनि काम गर्थे रे।’

अगाडि उभिएकी १५ वर्षे किशोरी प्रीति खत्री (नाम परिवर्तन) उनले भनेको जस्तो देखिन्नथिन्। बालापन नहटेकी उनी साहुनीले जा भनेपछि जता पनि जान्छिन्, अझ रक्सी खाएर फोहोरी कुरा बोल्दै पठाएपछि त जस्तोसँग पनि सुत्न जानुपर्छ उनले। उमेर १७ वर्ष बताउने दीपा खत्री (नाम परिवर्तन) ले मायाले नसुन्ने गरी भनिन्, ‘म त अब यसकहाँ बस्दिनँ, उसले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।’

प्रीति र दीपा दुवै सिन्धुपाल्चोकबाट आएका हुन्। आफन्तमार्फत राजधानी आइपुगेका यी दुवै आफन्तकै दबाबमा यौनकर्मी बन्न पुगेका हुन्। ‘गोठाटार बस्ने मामाकी छोरीले बच्चा हेर्ने काम लगाइदिन्छु, राम्रो पैसा पाइन्छ भनेर गाउँबाट राजधानी ल्याई यहाँ आएपछि मलाई सुत्न पठाइन्’, प्रीतिले भनिन्।

उनकी मामाकी छोरी विमला (नाम परिवर्तन) पनि यौनकर्मी नै हुन्। ‘दिदीलाई त प्रहरीले समातेको पनि थियो’, उनले भनिन्, ‘मैले यो काम थालेको ६ महिनाजति भयो, अहिलेसम्म डेढ सयजतिसँग सुतिसकें होला, पैसा भने थोरै हुन्छ।’

दीपालाई कति भए भन्ने संख्या थाहा छैन तर बेलाबेलामा म नराम्रो काममा लागेकी छु भन्ने सम्झँदा भने पीर लाग्छ। गेस्ट (पाहुना) ले नराम्रो व्यवहार गर्दा वा काम सकेपछि पिट्दा झन् दिक्क लाग्छ। यी दुवैलाई असुरक्षित यौनसम्पर्कले एड्स रोग लाग्छ भन्ने थाहा छ। त्यसो त हरेक साता रगत जँचाउने गराएकी छिन् बाई मायाले।

कलिला किशोरीको एक रातको मूल्य २५ सय तोकिदिएकी रहिछन् बाईले। यसबाट १५ सय मायाको र एक हजार किशोरीको। प्रीतिले भनिन्, ‘राति नगरकोट र बालाजु, दिउँसो सुन्धाराका गेस्टहाउसमा लिएर जाने पनि आउँछन्। दिउँसोको मूल्य १५ सय राखेकी छिन् साहुनीले। हामीलाई पाँच सय दिन्छिन्।’

दीपा गरिब भएकाले खर्चका लागि यस्तो काममा लाग्नुपरेको दु:खेसो गर्छिन्। ‘यो काम गर्नेहरू सबै यसै भन्दा रहेछन्’, उनले मनको कुरा बताइन्, ‘महांकालमा बस्ने सानीआमाकी छोरीले पैसा कमाइन्छ भन्दै यो काममा लगाइन्।’

यो काम छाडे अरू के गरेर जीवन पाल्ने भन्ने उपाय दीपालाई आएकै छैन। चार कक्षामात्रै पढेकी उनले बाबुआमालाई भने सानीआमाका छोरीले लगाइदिएको धनी मानिसका बच्चा स्याहार्ने ‘जागिर’ खाएको भनी ढाँटेकी छिन्। उनले भनिन्, ‘बरु कसैले घरमै काम दिए यो नराम्रो काम छाड्ने थिएँ।’

कक्षा नौ पढ्दापढ्दै राजधानी ल्याइएकी प्रीति पढ्न चाहन्छिन्। उनलाई अंग्रेजी र गणित विषय पढ्न ज्यादै मनपर्छ। क्याबिनबाट छुटकारा पाए उनलाई यस्तो काम गर्ने मन छैन। म फसिहालें अब अरू के गर्न सक्छु र भन्ने पनि लाग्छ उनलाई तर अवसर पाए र खानबस्ने खर्च पाए उनी फेरि पढ्न चाहन्छिन्।

आफू सही काम गर्दैछु कि छैन भन्ने छुट्याउने उमेर भइनसकेका किशोरीहरूको आर्थिक पारिवारिक बाध्यतामा यौनकर्मी बनाउन थुप्रै हर्कत गर्ने गर्छन् ‘धन्धा’ चलाउनेहरू। महानगरीय प्रहरी प्रभाग गौशालाका डीएसपी अभिनारायण काफ्ले कलिला किशोरी ल्याएर प्रलोभन दिने अनि रक्सीले लठ्याएर सुरुमा यौनसम्पर्क गर्न लगाउने र अब म फसें भन्ने भान दिएर काम लगाइरहने प्रवृत्ति यस्तो धन्धा सञ्चालकहरूमा देखिएको बताउँछन्। उनले भने, ‘हामी प्रमाण जुटाउने र किशोरीलाई उद्धार गर्ने प्रयत्नमा छौं।’

प्रमाण खोज्ने क्रममा गत साता फन्दामा परे एकजना कम्प्युटर इन्जिनियर। पत्नीसँग झगडा गरेर रनथनिँदै निस्किएका इन्जिनियर मानव तामाङ (नाम परिवर्तन) झुस्स दाह्री पालेको अवस्थामा हत्कडीसहित थिए, उनीसँग २५ सय रुपैयाँ लिएकी उनै बाई माया भन्दै थिइन्, ‘ख्वै केके भयो म त थाहै पान्न, म त मातेकी थिएँ, पैसा लिएको पनि थाहा छैन।’

मायाका हातमा पैसा राखिदिएर लाइनमा राखिएकामध्ये १५ वर्षकी प्रीति छानेका इन्जिनियरले पत्नीको मेख मार्न गरेको प्रयासले जीवनमा सोच्दैनसोचेको समस्या भोग्नुपर्‍यो। प्रीतिको जाहेरीले समातिएका उनी भन्दै थिए, ‘घरझगडा परेर पिउन निस्किएको ढोका थुनेर मलाई केटी छान्न बाध्य पारे, मबाट गल्ती भयो।’

इन्जिनियर प्रकरणको लहरोमा माया पनि प्रहरीको फन्दामा परेकी छन् गत सातादेखि। उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष किशोरीलाई यौनकर्ममा लगाउँदा आफूले जबरजस्ती नगरेको बयान दिएकी छन्। गौशाला प्रहरीमा भेटिएकी उनले भनिन्, ‘लिनु साहुनी भनेर चार-पाँच हजार दिन्छन्, उनीहरू नै पैसा उठाउँछन्, मलाई फाइदा दिन्छन् भनेर मैले न्यायाधीश साहेबलाई पनि भनेकी छु।’

डीएसपी काफ्लेले यी दुवैलाई जिउ मास्नेबेच्ने कार्यअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखिएको बताए। जाहेरी दिने प्रीति र उक्त क्याबिनमा काम गर्ने अन्य किशोरीको पनि बयान लिएर उद्धार गरी आफन्तको जिम्मा लगाइएको उनले बताए। ‘आफन्त हो भनेपछि हामीले जिम्मा लगाएका छौं, उनको नाम र हुलिया लिएका छौं’, काफ्लेले भने।

गौशाला प्रहरीमा आफन्त कुरेर बसेकी प्रीतिले डीएसपी काफ्लेसँग सोधिन्, ‘हामी आजै बाहिर जान पाउने हो सर? अनि हाम्री साहुनी नि? बाबुले अर्की आमा ल्याएको र आफ्नी आमा पोइल गएकाले गाउँमा हजुरबा र हजुरआमामात्रै भएको बताउने प्रीतिलाई फेरि गोठाटार बस्ने उनकी मामाकी छोरीले नै जिम्मा लिएर गइन् कि?

बाई माया राजधानीमा जताततै फैलिएको किशोरीलाई यौनकर्ममा लगाउने ‘धन्धा’ की प्रतिनिधिमात्र हुन्। कानुन कार्यान्वयन निकाय र उद्धारकर्ताका निम्ति बाई मायाजस्ता पात्र ठाउँठाउँमा फेला पर्छन्। त्यही भएर बाई मायाले दाबी गर्ने गरेकी छिन्, ‘मैले मात्रै यो गरेकी छु र?’

अन्नपूर्ण पोष्टबाट

- See more at: http://www.onlinekhabar.com/2014/01/156825/#sthash.dVftr0Yy.dpuf

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters