[Show all top banners]

prem chopda
Replies to this thread:

More by prem chopda
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

raju161
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Deepak manange out of jail as rajeev gurung
[VIEWED 3992 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-08 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनाङेको रहस्यमय रिहाइ

बालकृष्ण बस्नेत

काठमाडौं, भदौ ११ - व्यक्ति उही तर नाम फरक । फरक नामकै सहाराले सर्वोच्च तहको अदालतबाट सजिलै जेलबाट उम्किएका छन् दीपक मनाङे ।

बुधबार दिउ“सो २ बजे सर्वोच्चको आदेशले उनी डिल्लीबजार कारागारबाट मुक्त भए । अचम्म के भने आदेशमा दीपक मनाङे नभई राजीव गुरुङलाई तत्काल रिहा गर्न भनिएको थियो ।

'दीपक, दीपक भन्थे तर राजीवकै नाममा उनी जेलमुक्त भए,' मनाङेको रिहाइप्रति आर्श्चर्य राख्दै कारागार प्रशासनका एक कर्मचारीले कान्तिपुरस“ग भने । र्सार्वजनिक अपराधमा एक

वर्षकैद तोकिए पनि एक महिना नबित्दै मनाङे रिहा भएका हुन् । उनी उपत्यकाका चर्चित 'डन' मानिन्छन् ।

मनाङेको रिहाइस“गै प्रहरीको फितलो अनुसन्धान उदांगो भएको छ भने त्यसमा प्रशासन, सरकारी वकिल र अदालतको निष्पक्ष्ँतामाथि प्रश्न उठेको छ ।

काठमाडौं जिल्ला प्रशासन र पुनरावेदन अदालत पाटनले गरेको फैसलाअनुसार उनी साउन २३ गतेदेखि कारागारमा थिए । २०५९ जेठमा भएको एक घटनामा अपराधी ठहर गर्दै उनलाई एक वर्षकैद र ५ हजार रुपैया“ जरिवाना तोकिएको थियो ।

तर उनले आफू राजीव गुरुङ भएको, पहिलेको घटना र त्यसस“ग सम्बन्धित पात्र -अर्थात् दीपक मनाङे) आफू नभएकाले गैरकानुनी थुनामुक्तिको माग राखी भदौ ३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । राजीव नै दीपक हुन् भन्ने सबैलाई थाहा भए पनि प्रहरी अनुसन्धान र त्यसको आधारमा सरकारी वकिलले दायर गरेको मुद्दामा त्यसबारे कतै उल्लेख थिएन । त्यसको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले काठमाडौं प्रशासन, पाटन अदालत र डिल्लीबजार कारागारस“ग लिखित जवाफ मागेको थियो । सर्वोच्चले सोधेको प्रश्नमा पनि कुनै निकायले दीपक राजीव हुन् भन्ने जवाफ दिएनन् । 'दुवै नाम एकै हुन् भन्ने जवाफ दिएको भए छुट्न गाह्रो पथ्र्यो,' सर्वोच्चका एक कर्मचारी भन्छन्- 'प्रहरीको अनुसन्धानदेखि नै गल्ती भएको छ । त्यसलाई देखाएर प्रशासन र अदालत दुवै निकायले आ“खा चिम्लि“दा कैदी सजिलै छुटे ।'

६ वर्षघिको प्रहरी अनुसन्धानमा दीपक मनाङे भन्ने राजीव गुरुङ भनी उल्लेख नह“ुदा उनलाई छुटाउन सजिलो भएको हो । कैदीलाई अदालतमा उपस्थित गर्न वा थप प्रमाण बुझ्ने आदेश नदिई सर्वोच्चका न्यायाधीशद्वय बलराम केसी र कल्याण श्रेष्ठको इजलासले सीधै रिहा गर्न आदेश दिएको हो ।

'निवेदक राजीव गुरुङको हकमा यस अदालतबाट बन्दीप्रत्यक्ष्ँीकरण आदेश जारी भएको हु“दा थुनामुक्त गर्न भनी जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय डिल्लीबजारलाई नियमानुसार लेखी पठाउनु,' सर्वोच्चको आदेशमा उल्लेख छ ।

आदेशपछि तत्कालै कारागारमा पत्राचार गरिएको र सम्बन्धित बन्दी रिहा भएको जानकारी बुधबार दिउ“सै आएको सर्वोच्चका शाखा अधिकृत वेदप्रसाद तिमिल्सिनाले कान्तिपुरलाई बताए ।

'राजीव' का तर्फाट सर्वोच्चमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, अधिवक्ताद्वय शम्भु थापा र प्रकाश राउतले बहस गरेका

थिए । '६ वर्षघिको घटनामा दीपकको संलग्नता छ । तर जेलमा राजीव बसेका थिए,' राउतले भने- 'दुवै जना एकै हुन् भन्ने प्रमाणित हुन सकेन ।  भदौ ९ गते काठमाडौंका प्रजिअ जयमुकुन्द खनालले सर्वोच्चलाई राजीव थुनामै नरहेकाले रिट खारेज गर्नुपर्ने जवाफ दिएका थिए । 'दीपक मनाङेबाहेक राजीव गुरुङ भन्ने व्यक्तिलाई थुनामा राख्न नपठाइएको हु“दा रिट खारेज गरिपाऊ“,' उनको जवाफमा थियो । कारागारका जेलर हरिहर दाहाल स्वयंले दीपक थुनामा नरहेको जवाफ पठाएका थिए ।


 
Posted on 08-28-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छानबिन हुनुर्ुपर्छ ः प्रहरी

काठमाडौं, भदौ ११ - पक्राउ गरेको एक महिना पनि नबित्दै दीपक मनाङे छुटेकामा काठमाडौं प्रहरी अचम्ममा परेको छ । 'अर्कै नाम रहेछ भनेर छाड्नुपरेकामा छक्क परेको छु,' काठमाडौं प्रहरी प्रमुख र्सर्वेन्द्र खनालले कान्तिपुरस“ग भने । प्रहरी अनुसन्धान र रिहा प्रकरण दुवै छानबिन गर्नुपर्ने सुझाउ“दै भने- 'नत्र हामी पक्र“दै जाने, अभियुक्तहरू अनेकौं बहानामा छुट्दै जाने भए ।'

 
Posted on 08-28-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन ढिला भएछ छुट्न। नत्र चक्रे मिलनको रक्तदान कार्यक्रममा पुनरमिलनको अवसर थियो। मन्त्री र नेताहरुले पुरानो हिसाब किताब मिलाउन मध्यस्तता पनि गर्ने थिए होलान। आखिर दुबै भाई परे उनीहरुका।

त्यो शम्भु थापा भन्ने मान्छे चै नेताहरु जस्तो गिर्दैन होला सोचेको थिए। के जान्नु!


 
Posted on 08-28-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Both of them are scumbags of Kathmandu,, I guess they are going to lead YCL and youth force now.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
" अनि ग्रिन कार्ड बन्यो त ?"
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters