[Show all top banners]

nepali kanchha

More by nepali kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sat dal...............
[VIEWED 1044 TIMES]
SAVE! for ease of future access.
Posted on 03-19-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सातदलद्धारा माओवादीसंगको दोस्रो समझ्दारी सार्वजनिक
आइतबार, १९ मार्च २००६
आन्दोलनरत् ७ राजनीतिक दलले नेकपा माओवादीसंग गरेको दोस्रो समझ्दारी आईतवार सार्वजनिक गरेका छन्। संविधानसभामा जाने विषयमा दुईपक्ष विच रहेको प्रकृयागत मतभिन्नताबारे पछिल्लो समझ्दारीमा 'संवाद चलाउँदै जाने र साझा सहमतिको खोजी गर्ने' जनाइएको छ। नेपाली काँग्रेस सभापति गिरीजाप्रसाद कोइराला निवास महाराजगञ्जमा ६ चैतमा बसेको सातदलका शिर्ष नेताहरुको वैठक पछि सो समझ्दारी सार्वजनिक गरिएको हो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जनुनर्सिङ के.सी.का अनुसार माओवादीका तर्फवाट पनि यही समझ्दारी सार्वजनिक हुनेछ। सार्वजनिक समझ्दारीमा गत ७ मंसीर २०६२ मा दल–माओवादीबीच सम्पन्न १२ बुँदे समझ्दारीमा भनिए जस्तै संविधानसभामा जाने प्रकृयाको वारेमा दुईपक्षको छुट्टाछुट्टै धारणा दोहर्‍याइएको छ। त्यसमा भनिएको छ, “आन्दोलनको शक्तिले संसदको पुर्नस्थापना गर्ने र त्यसको निर्णयले अधिकार सम्पन्न सर्वदलिय सरकार, माओवादीसँग वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरेर पूर्ण लोकतन्त्रको स्थापना गरेर देशमा विद्यमान द्धन्द्धको समाधान गर्न सकिन्छ र सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रुपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने ७ राजनीतिक दलको प्रतिवद्धता तथा लोकतान्त्रिक शक्तिहरुको राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत अन्तरिम सरकार बनाई संविधान सभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिन्छ भन्नेमा माओवादीको प्रतिवद्धता रहेको छ।”

यही प्रकृयागत मतभिन्न्ताको बारेमा भावि दिनमा 'संवाद चलाउँदै साझ्ा सहमतिको खोजी गर्ने' भनिएको यो समझ्दारीमा दुईपक्ष विच विकसित संवाद र सम्बन्ध टुट्नवाट जोगाउनु बाहेक नयाँ कुरा आउन सकेको छैन।

यद्यपि पछिल्लो समझ्दारीमा दल–माओवादीबीच सम्पन्न विगतको १२ बुँदे समझ्दारीलाई महत्वका साथ प्रस्तुत गरिएको छ। त्यहि समझ्दारी पछि नै 'देशव्यापि आन्दोलन तिब्र बनेको र त्यसकै परिणाम स्वरुप २६ माघको कथित नगरपालिका निर्वाचन असफल भई समझ्दारी आम जनसमुदायबाट अनुमोदित भएको', दोश्रो समझ्दारीमा उल्लेख छ। “अन्तराष्ट्रिय समर्थन समेत पाएको सो १२ बुँदे समझ्दारी नै देशमा जारी द्धन्द्ध समाधानको वास्तविक आधारशिला भएको स्पष्ट हुन्छ।” समझ्दारीमा भनिएको छ, “यो स्थितीमा सवै पक्षबाट दृढतापूर्वक समझ्दारी कार्यान्वयन गर्नका निम्ति हामी पुनः दृढ प्रतिवद्धता व्यक्त गर्दछौ।” वैठक पछि जारी छुट्टै प्रेस विज्ञप्तिमा, माओवादीसँगको दोस्रो समझ्दारीलाई सार्वजनिक गर्ने निर्णय भएको बताउँदै विगतमा कायम १२ बुँदे समझ्दारीलाई अझ् ठोस र स्पष्ट बनाउँदै जाने प्रतिवद्धता व्यक्त गरिएको छ। विज्ञप्तिमा २९ फागुनमा घोषणा गरिए अनुरुप आगामी २४–२७ चैतमा देशव्यापी आमहडताल तथा असहयोगको कार्यक्रम संचालन गर्दै २६ चैतमा काठमाण्डौमा विशाल शान्तिपूर्ण जनप्रर्दशन गर्ने बताइएको छ।

यस्तै विज्ञप्तिमा आम जनता तथा लाखौँ विद्यार्थीहरुको प्रवेशिका परिक्षा तथा शान्तिपूर्ण आन्दोलनको कार्यक्रमलाई समेत अवरोध नहोस् भन्नकालागी नेकपा माओवादीलाई तिनले घोषणा गरेको नाकाबन्दी, चक्काजाम र हड्ताल तथा बन्द जस्ता कार्यक्रम अविलम्ब फिर्ता लिने तथा दलहरुको शान्तीपूर्ण संयुक्त ज
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters