एक घर चलाउनु एउटा कुरा, सारा देश चलाउनु त्यो अर्कै कुरा
एक परिवार सिद्धयाउनु एक कुरा, सारा नेपाली सिद्याउनु त्यो अर्कै कुरा।
गार्हो छ प्रभु देश चलाउन,सारा जनताको यहाँ चित्त बूझाउन
व्यापारीले यो देश चलाउन, अनि नेताले यहाँ व्यापार गर्न
अजब देशको गजव चाला छ,
काठमाडौं वस्छ र राज गर्छ
अनि भन्छ, देश बुझेको छु
चारै तिर पर्खालले घेरीएर बस्छ,
अनि भन्छ सारा संसार देखेको छु,
२-४ जना काठमाडौवासीको समर्थनमा भन्छ
मलाई सारा देशले मान्छ
उपत्यका भित्रको शान्तिलाई उसले,
देशको शान्ति ठान्छ
गाउँलाई मुर्दामशानमा परिणत गर्दै
यस शहरलाई शान्ति दिएको छु भन्छ
आउ, एक पटक फेरी लडौ
आउ, एक पटक फेरी मरौ
यसपटक को लडाइ कुनै वादमा सीमित नहोस'
यसपटक को लडाइ कुनै व्यक्तिमा सीमित नहोस
यस पाली ठाउँ संग लडौ
काठमाडौं संग लडौं।
काठमाडौं हाम्रो दुश्मन हो
किनकी हामीहरूलाई मारेर यसलाई शान्ति चाहिएको छ
हामीहरूलाई पोलेर यसलाई न्यानो चाहिएको छ।
यिनीहरूको सुरछाको लागि हामीहरूको वलिदान चाहिएको छ
सोच,
हामीहरू यिनीहरूको लागि किन मर्ने?
हामीहरू यिनीहरूको लागि किन जल्ने?
बरू ,
आउ,
अन्तिम पटक हामी आफ्नै लागि लडौ
र
आफ्नै लागि मरौं।