[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 द जर्नल अफ क्याप्टेन किनलक
[VIEWED 5067 TIMES]
SAVE! for ease of future access.
Posted on 08-18-12 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

पुस्तक समीक्षा-’द जर्नल अफ क्याप्टेन किनलक’

इतिहासको आँखीझ्याल

मिलन संग्रौला ‘अकृत’

“इतिहास जित्नेहरुको मात्र कथा हो । जित्नेहरुको गाथा गाउँछ र हार्नेहरुलाई लत्कार्छ ।” प्राचीनकाल, रामायणकाल, महाभारतकाल हुँदै आधुनिककालसम्मका युद्धका इतिहास हेर्ने हो भने यो भनाईलाई अनुचित मान्न सकिँदैन । स्वभावै हो इतिहासका लेखकहरु शासक (युद्ध-बिजेता)को प्रभावमा हुन्छन् र उनीहरुकै पक्षपोषण गरेर लेख्छन् ।

हामीले स्कुले शिक्षादेखि आधुनिक नेपालको इतिहास पढ्दै आएका छौँ, जसको सुरुवात पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको मानिन्छ । इतिहास पढ्दै जाँदा हामीलाई शाहवंशको महात्म्य पढिरहेझैँ भान हुन्थ्यो । राष्ट्रभक्ति र वीरताको गाथाले सिँगारिएको हुन्थ्यो त्यो महात्म्य । त्यही इतिहास पढ्ने क्रममा एउटा घटना निकै चाख मानेर गर्वित हुँदै पढ्ने गरिन्छ । त्यो हो सिन्धुली-गढीमा अंग्रेज कप्तान किनलकको फौजसँग भएको युद्ध ।

अहिलेसम्म पढिदैँ आएको इतिहासमा उल्लेख छ : कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खालीहरुसँग लड्न सहयोगका लागि इष्ट इन्डिया कम्पनीलाई पत्राचार गरेपछि ब्रिटिशहरुले कप्तान जर्ज किनलकको नेतृत्वमा आधुनिक हातहातियारले सुसज्जित २४०० लडाकु नेपालतर्फ पठाउँछन् । र सिन्धुलीगढीमा आइपुगेपछि गोर्खाली योद्धाहरुले वीरता र चलाखीपूर्वक अंग्रेजहरुलाई परास्त गर्छन् र धपाउँछन् । पहाडमाथिबाट ढुंगा, घुएत्रा र अरिंगालका गोला बर्साएर गोर्खाली फौजले बहादुरीपूर्वक युद्ध जितेको वर्णन नेपाली इतिहासकारहरुका अधिकांश पुस्तकमा पाइन्छ ।

तर देशभक्तिलाई एकछिनका लागि पन्छाउँदै निष्पक्ष भएर सोच्ने हो भने प्रश्न उठ्छ : के गोर्खालीहरुको वीरता र चलाखीकै कारण त्यत्रो ठूलो सशस्त्र फौजपछि हट्न बाध्य भयो हो त ? अनि इतिहासलाई एक पक्ष मात्र नमान्ने एउटा पाठकले त्यस घटनाका अन्य कारण र अवस्थितिलाई पनि केलाउन थाल्छ । म पनि यही प्रकृतिको पाठक भएकाले म इतिहासलाई विभिन्न कोणले हेर्ने गर्छु । र यो युद्धसम्बन्धमा मेरो मनमा थुप्रै अनुत्तरित प्रश्न जन्मेका थिए ।

यिनै प्रश्नहरुको जवाफ र सिन्धुलीगढी युद्धको वास्तविकता बोकेको पुस्तक भर्खरै पढ्ने अवसर जुरेको छ ‘दि जर्नल अफ क्याप्टेन किनलक ।’ जगदम्बा प्रकाशनद्धारा प्रकाशित यस पुस्तकका लेखक तथा सम्पादक हुन् इतिहासकार योगेशराज ।

इतिहासका वास्तविकता बाहिर ल्याउनु चानचुने मिहेनतको काम होइन । यसका लागि विस्तृत खोज, अध्ययन र अनुसन्धान चाहिन्छ । शासक र समय अनुकुल इतिहास लेख्नेहरुका लागि यो पुस्तक वास्तवमै चुनौती भएर उभिएको छ । इतिहासका विज्ञ हुँ भन्नेहरुले गहन अनुसन्धान र विषयवस्तुलाई सबै कोणबाट गहिरिएर मात्र लेख्नुपर्छ भन्ने सन्देश यो किताबले दिएको छ ।

अङ्ग्रेजी भाषामा प्रस्तुत पुस्तक तीन भागमा बाँडिएको छ, जसका अन्तिम दुई भागमा अत्यन्तै महत्वपूर्ण ऐतिहासिक दस्ताबेज समेटिएका छन् । प्रथम भागमा इतिहासकारले पुस्तक र अन्तिम दुई भागको बारेमा संक्षिप्त परिचय समेटेका छन् । अन्तिम दुईभाग भागमा कप्तान किनलक स्वयम्ले लेखेको फोलियोहरु संग्रहित डायरी समावेश गरिएको छ ।

किनलकको डायरी पढ्दै जाँदा सत्रौ सताब्दीको कुनै उपन्यास वा आख्यान पढेको रोमान्च पैदा हुन्छ । अति उत्साहका साथ नेपाल हानिएको अँग्रेज फौज प्राकृतिक र वातावरणीय प्रतिकुलताले विस्तारै शिथिल हुँदै जान्छन् र सिन्धुली आइपुग्दा उनीहरुको शक्तिमा धेरै ह्रास पहिल्यै भइसकेको हुन्छ । कप्तान किनलकले सहयताका लागि कम्पनीमा पत्र पठाए पनि त्यसको कुनै प्रतिक्रिया पाउँदैनन् ।

नदीको घुमाउरो बहाब, घना जंगल, खोँच, भास, घनघोर बर्षा, जंगली जनावर आदिको कारणले फौज दिन प्रतिदिन संकटमा पर्दै जान्छ । त्यही माथि सीमित खाद्यान्न पनि सकिँदै जान्छ र फौज भोकमरीमा पर्ने सम्भावना हुन्छ । प्रतिकूलताका वावजुद उत्साह थप्दै बल्लतल्ल फौजलाई तराई कटाउन सफल हुन्छन् किनलक । तर अब उनको अगाडि ठाडो परेर उभिएका थिए अजङ्गका पहाड ।

अंगे्रजी फौज नेपालतर्फ अगाडि बढिरहेको थाहा पाएपछि गोर्खालीहरु सिन्धुलीगढीमा किल्ला जमाएर बसेका थिए । सिन्धुलीगढी पहाडको टुप्पोमा र अंगेजहरु भने त्यहीँ तल पहाडको नाके उकालो चढिरहेका थिए । सयौँ गाडा रासन तराईमै छुटिसकेको थियो । सबै बोकेर ल्याउनसम्भव पनि थिएन । बोक्नै पर्दा पनि हतियारलाई पहिलो प्राथमिकता दिनु पथ्र्यो । रासनको अभावमा सिपाहीहरु दिनैपिच्छे कमजोर हुँदै गलिरहेका थिए ।

यस्तो बिषम परिस्थितिमा पनि सिन्धुलीको किल्लामा धावा बोले उनीहरुले । गोर्खालीहरु अनुकुल स्थितिमा थिए । तलबाट माथि भिड्नु निकै कठिन हुन्छ । तैपनि दोहोरो भिडन्तमा त गोर्खालीहरुकै हताहत बढी थियो । तर अंग्रेजको मुख्य शत्रु त गोर्खाली नभएर त्यहाँको प्रकृति र अवस्थिति भएर आइदियो । अंग्रेज फौज भोक र बदलिदो वातावरणमा हेलमेल हुन नसकेर हताहत भइरहेका थिए ।

पछाडिबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएपछि अंग्रेजहरु गढीमा टिकिरहने स्थिति थिएन । उनीहरुपछि हट्न बाध्य भए । तर नेपाली इतिहासकारहरुले उल्लेख गरेजस्तो कप्तान किनलकको फौज युद्धमा कमजोर ठहरिएर वा हारेर फर्किएको स्थिति भने थिएन त्यो । यदि अन्य परिस्थिति अनुकुल हुन्थ्यो भने त्यत्रो ठूलो र आधुनिक हतियारले सुसज्जित फौजसँग गोर्खालीहरु के टिक्न सक्थे होला र ? सहजै अनुमान लगाउन सकिन्छ ।

कप्तान किनलकको डायरीबाट तत्कालीन नेपालको प्राकृतिक अवस्थिति, अनि आर्थिक-सामाजिक अवस्स्थाको आंशिक चित्रण पाउन सकिन्छ । उनले बारा, पर्सा र आसपासका ठाउँहरुको निकै सुन्दर बखान गरेका छन् । त्यहाँको प्राकृतिक सम्पतिको महिमा गाएका छन् । र यो ठाऊँ कम्पनीको कब्जामा आए निकै फाइदा हुने कल्पना गर्दै लोभिएका पनि छन् । वास्तवमा उनीहरुको उद्देश्य पनि मल्ल राजालाई सहयोग गरेजस्तो गर्दै अन्तमा नेपालमाथि प्रभाव जमाउने नै थियो भन्ने डायरीबाट प्रष्ट हुन्छ । तर परिस्थिति उनीहरुले सोचेजस्तो पटक्कै भएन ।

इतिहासलाई आफ्नो पक्षको कोणबाट नभई मानवीय कोणबाट अध्ययन गर्न चाहनेका लागि अति महत्वपूर्ण कृति बन्न पुगेको छ यो पुस्तक । तर इतिहासमा रुचि राख्ने सामान्य पाठकका लागि भने यो पुस्तक अध्ययन गर्न फलामकै चिउरा चपाए सरह छ । पुस्तकको मर्म सबैले सजिलै बुझ्ने गरी त्यो पालाको अंग्रेजीका शब्दहरु जो अहिले प्रचलनमा छैनन्, तिनीहरुको फुटनोटमा अर्थ खुलाइदिएको भए सुनमा सुगन्ध हुने थियो । अनि किनलककै हस्ताक्षरका केही पानाहरु स्क्यान गरेर राखेको भए झन् राम्रो हुने थियो ।

यद्यपि इतिहासकार योगेशराजबाट भविष्यमा अझ गहन ऐतिहासिक महत्वका कृतिहरुको आशा गर्न सकिन्छ । खासगरी इतिहासका विदेशी शोधकर्ताहरुका लागि लक्षित गरेर निकालिएको १४० पृष्ठको यस पुस्तकको मूल्य रु ४०० सय छ ।


 
Posted on 08-18-12 6:23 PM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto bhugol ma ladai ladaidai chhu bhanne jankari narakhi ladai garna tamsanu kusal sainya neta ko guna ho ra? Shatru ko kamjori ko faida  `uthanuna saknu nai yuddha jitnu ho/ Kinloch ko journal HARUWA GORU KO CHHERUWA DAU HO and yogeshraji lai chai pakkai pani nepali haru ko tatkalin sainya kusalta prati biswas nabhaeko huna sakchha/
Last edited: 18-Aug-12 06:24 PM

 
Posted on 08-18-12 6:28 PM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

२ पौवागढीमा कप्तान किनलोका संगको युद्ध

कान्तीपुरका राजा जयप्रकास मल्ल एकिकरण गर्दै अगाडी बढीरहेका गोर्खाली शक्ती विरूद्ध उनलाइ सहयोग गर्ने बिदेशी शक्तीको खोजीमा थिए।उनले बेतीयामा रहेका ब्रिटीस काउन्सेलर ग्लाडिङ लाई ब्रिटीस इस्ट इन्डिया कम्पनी सरकार बाट आपतकालीन साहयताको लागी आग्रह गरे।आफ्नो तर्फबाट राजा पृथ्वी नारायण शाहले पनी कान्तीपुर वा गोरखा जे भए पनी यो नेपालको आन्तरीक मामीला भएको र यसमा हस्तक्षेप गरी कान्तीपुर का राजा लाई हस्तक्षेप नगर्न चिठी लेखे तर कम्पनी सरकारले पृथ्वी नारायणको आग्रहलाइ अस्वीकार गर्दै गोर्खा फर्किन र कान्तीपुर कु ब्यापार मार्ग खुला गर्न चेतवनी दियो।थुप्रै सैन्य अभियान का वरिष्ठ सेनानायक कप्तान किनलोक नेतृत्वमा सस्त्र अस्त्रले सुस्सजित २४०० सेना तथा सहयोगी समुहका साथ नेपाल आक्रमणका लागी ब्रिटीस इस्ट इन्डीया कम्पनी सरकारले खटायो।कप्तान किनलोकले भारतको पटना बाट काभ्रेपलान्चोकको पनौतीलाइ निसाना बनाएर अघि बढे। किनलोक पटना बाट १७ अगस्ट १९६७मा हिडे तर जव उनीहरू जव ढुङग्रेबास बाट सिन्धुलीगढीका लागी अघि बढदै थिए नेपाली सैन्य टोली हरूले अगाडी र पछाडी दुबैतिर बाट अकास्मीक आक्रमण गरे किनलोक का थुप्रै सेना मारिन पुगे उनी १६०० जती घाइते सेना लिएर पछाडी जनकपुर तिर फर्के र उनले अर्को आक्रमण बाग्मती नदीको किनारै किनार गर्ने योजना बनाए र निसान हरीहरपुर गढी लाई बनाउने निधो गरे। उनका ७०० सेना घाइते थिए तर पनी उनको दोस्रो सैनिक अभियान २० सेप्टेम्बर १७६७मा हरिहरपुर गढीका लागी सुरू भयो।तर खराव जलवायुको स्थीती अनी बढेका नदी हरू अर्का अप्ठेरा बनेका थिए।पृथ्वी नारायण शाहले हरीहरपुर गढीको सुरक्षाका लागी रामकृष्ण कुंवर लाई तैनाथ गरेका थिए।किनलोकले जब रामकृष्ण कुवंर हरिहर पुर गढीमा रहेको थाह पाए अनी असजीलो महसुस गरे उनी नेपाली सेनाले देखाएको रणकौसल बाग्मती लगायतका बढेका खोला नाला लगायतले मानसिक रूपमा थकित थिए। अन्तमा भएको एक लाडांइ पछि उनी बचेका केही सेना लिएर तुरून्त भारत फर्के।

 

Ref:- Dr. Prem Singh Basnyat: (Army historian) Nepal le ladheka yuddha haru


 
Posted on 08-19-12 10:19 AM     [Snapshot: 301]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अस्ती अफगानीस्तानमा दीपप्रसाद ब्रो ले गोदेको ३०जाना तालीवानहरू पनी पक्कै थाकेका हूनू पर्छ । फेरी ती तालीबानहरू सँग कप्तान कीनलोकको फैज सँग जस्तो अत्याधूनिक हतीयिर पनी त थीएन, जाबो ए.के-४७ न हो । होईन बूद्ध र लूम्बीनी धोतिहरूले हडपेपछी गौरब गर्ने एउटै ईतीहाश थ्यो, त्यसको पनि मा-बेहेन गर्ने भए भातेहरूले ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters