[Show all top banners]

NALAPANI
Replies to this thread:

More by NALAPANI
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 त्यो रातो थोप्लो !
[VIEWED 2970 TIMES]
SAVE! for ease of future access.
Posted on 06-28-12 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
त्यो 'रातो थोप्ला’

जातिवादीहरूको विचारलाई ठेगान लगाउने भनेको जातिवाद विरोधी/नश्लवाद विरोधी अन्तर्राष्ट्रिय रङको मान्यता पाइसकेको मजिठो रङलाई नै स्थापना गर्ने हो ।

(8 Votes)
 
सौरभ

saurav
 
इलाका

रातो रङको स्रोत मजिठो (रुबिया मञ्जिष्ठा) अवश्य पनि आजको भारतको हिमाञ्चल प्रदेशदेखि मेघालयसम्म पाइन्छ, १२ सयदेखि २१ सय मिटरसम्ममा । तर विलियम रक्सवर्गले 'फ्लोरा इन्डिका'को सन् १८१० को संस्करणमा स्पष्टै लेखेका छन्- 'नेटिभ अफ नेपाल, द अदर माउन्टेनस कन्टि्रज, नर्थ एन्ड नर्थ इष्ट अफ बेङ्गाल' अर्थात् त्यतिबेलासम्म पनि पश्चिम हिमालयमा मजिठो पाइनेबारे केही थाहै थिएन । र सन् १८८३ को ह्युज म्याक्क्यानको 'डाइज एन्ड ट्यान्स अफ बेङ्गाल'मा अन्ततः यो दार्जिलिङ भेकमा प्रचुर मात्रामा पाइने र त्यतैबाट धेरै संकलन हुने जानकारी दिइएको छ ।

थाहै छ, समुद्र गुप्तको विक्रमको पाँचौं शताब्दीको अभिलेखले आसामदेखि कुमाउँसम्म नेपाल थियो भनेर जनाएको छ । र कल्हणको राजतरङ्गणिले उल्लेख गरेको विक्रमको नवौं शताब्दीका गण्डकी भेगका राजा अरमुडीको नाममै त्यहाँको अर्मादी खोलादेखि कुमाउँको अलमोडासम्म रहेको पनि सर्वज्ञात कुरा हो । यसैले नेपालसँग र नेपालसँग मात्रै मजिठोलाई जोडिनु स्वाभाविक हो ।

प्राचीनता १

जिनस 'रुबिया'का ८० भन्दा बढी प्रजाति छन् । यस लेखमा लिइएको प्रजाति 'मञ्जिष्ठा'मात्रै हो । र म्याडर नै भनिने तर अफ्रिकादेखि जापान, सुडानदेखि दक्षिण अफ्रिकासम्म हुने प्रजाति अरु-अरु नै हुन् । अफ्रिकामा पाइने सबैजसोलाई 'कनोटि्रजा' भनिन्छ ।

४ हजार वर्ष अघिका इजिप्टका ममीहरूमा म्याडरको अवशेष अवश्य पाइएको छ । तर त्यो युरोपेली प्रजाति 'टिङटोरम' हो । र अहिले पाकिस्तानमा पर्ने मोहनजोदारोमा प्राप्त ६ हजार वर्ष पुरानो रेशमको कपडाको रङ मञ्जिष्ठा हो । यसैले माथि ६ हजार वर्ष पुरानो लेखिएको हो ।

रुबियाका सबै प्रजातिका सामान्य नाम म्याडर हुनुमा मजिठोकै देन देखिन्छ । तामिलमा यसलाई मजिटी/म्याडिटी भनिन्छ । यही भाषा बोलिने भारतीय प्रान्त तामिलनाडुको समुद्री द्वार हो, चेन्नई बन्दरगाह, जहाँबाट यो पश्चिम निर्यात हुन्थ्यो, 'इन्डियन म्याडर'को नाममा । इन्डियन म्याडर भन्नाले उस्तै रङ दिने भारतीय मूलको 'अल्डेनलेन्डिया अम्बेलाटा'लाई पनि चिनिन्छ । तर म्याकक्यानले स्पष्टै लेखेका छन्- अल्डेनलेन्डिया उडिसाको पुरीमा बटुलिन्छ, जुन तामिलनाडुको उत्तरमा सँगसँगै जस्तो छ ।

अर्थात् पश्चिममा माग भएको परिमाणमा मजिठो दिन नसकेपछि त्यसमा अल्डेनलेन्डिया मिसाउन थालियो । बुद्धको जन्मथलो नेपाल र कर्मथलो भारत भनिए जस्तै भारतले नेपालको मजिठोलाई पनि यसरी व्यापक बनाइदियो । जसरी चीनले नेपाललाई आफ्नो खुर्सानीबारी भन्दाभन्दै पनि भारतले नेपाली खुर्सानीलाई दक्षिण अफ्रिकासम्म निर्यात गथ्र्यो । १९ औं शताब्दीमा उसले गर्दा विश्व बजारमा नेपाली खुर्सानी सर्वाेत्तम मानिन्थ्यो (म्याक्मिलन) ।

प्राचीनता २

काठमाडौंको पुरानो नाम मञ्जुपत्तन थियो भनेर इन्साइक्लोपेडिया बि्रटानिकासम्मले लेखेको छ । अनि अर्काथरी लेख्छन्- विक्रम संवत् ७८० मा गुणकामदेवले मञ्जुपत्तन स्थापना गरे, जुन कसैको (शाक्य) को भनाइमा अहिलेको मजिपाट हो ।

मजिपाट जात्रा भनेको रञ्जितकार(रङकर्मी) हरूको हो । मजिपाट भनेकै मूलमा रञ्तिकारहरूको बस्ती हो । अर्थात् मजि शब्द मजिठोलाई उपयोग गर्नेहरूको बस्तीबाट बन्छ, जसरी नक्साल, निलिशाला अर्थात् नीलो रङले रङ्गाउनेहरूको बस्तीबाट बन्छ । यहाँनेर के बुझ्नुपर्छ भने जुन रञ्जितकारहरूले कटुवाल दहको नीलो माटोलाई रङ बनाउन प्रयोग गरे, तिनले नीलो रङले भरिएको घ्याम्पोलाई 'सम्हार भैरव'का रुपमा पूजा गरे र जसले मजिठोको रङ उपयोग गरे, तिनले रातो रङले भरिएको घ्याम्पोलाई सुरुमा मञ्जुश्रीको रुपमा पूजा गरे । विभिन्न पेसाधर्मीहरू बौद्ध धर्ममा दीक्षित भएर 'कार' जोडिएको थर लिन थालेपछि मात्र मञ्जुश्रीलाई बोधिसत्वमा परिणत गरियो ।

यसैले मञ्जुषाको खास अर्थ हुन्छ- रातो खाम । मञ्जुरीको खास अर्थ हुन्छ- रातो छाप लागेको पत्र (मञ्जनको अर्थ हुन्छ रातो लेदो, मिजारको अर्थ हुन्छ रातो रङले छाला रङ्गाउने व्यक्ति) । मजिठोको अर्को नाम नै मञ्जुषा हो । यसैले मञ्जुश्रीलाई सरस्वतीको समानान्तर मानियो । कपडाबोधक मजेत्रो, मोजा, मुजाजस्ता शब्दहरू त छँदैछन् । मजिपाटको संस्कृत नाम मञ्जेश्वरीको 'श्वरी' ऐश्वर्य बोधक हो, जसरी मञ्जुश्रीको 'श्री' ।

प्राचीनता ३

भृकुटीले छैठौं शताब्दीमा मात्र बौद्ध धर्मलाई तिब्बत/चीनमा विस्तारित गरिन् भनिएपछि बौद्ध पात्र बोधिसत्व मञ्जुश्री चिनियाँ हुने नै भएनन्, २५ सय वर्ष अघिको चीनदेखि आएर चोभार गल्छी खोल्नलाई । रमाइलो त त्यहाँनिर हुन्छ, जब उपत्यकाको पानी बगिसकेपछि उनले धर्माकर नामको ग्वालालाई राजा बनाइदिए भन्ने कथा पढेर होला, बृहत नेपाली शब्दकोशकारहरूले उनलाई पनि ग्वाला बनाइदिएका छन्- मञ्जुश्री माने मञ्जुघोष लेखेर ।

मञ्जुश्रीको पहिलो उल्लेख २१ सय वर्ष अघिको मानिएको अष्टसहस्रीका प्रज्ञापारमितामा भएको छ । प्रज्ञापारमिता नाम पाएका ग्रन्थहरू अरु पनि आधा दर्जन बढी छन् । यसैले प्रसिद्ध र पुरानो प्रज्ञापारमितामा नेपाली नाम मञ्जुश्री पर्नजानु अनौठो होइन । भन्नाले गुणकामदेवले विसं ७८० मा मञ्जुपत्तनको स्थापना गरे भन्ने कुरामा कुनै दम छैन, मजिपाट उनीभन्दा हजारौं वर्ष पुरानो हो ।

विश्व व्यापकता

पञ्जाबमा मजिठा भन्ने सहर नै छ । यो छिपाहरूको प्राचीन बस्ती हो । कालान्तरमा त्यहाँका बासिन्दाहरूको थर नै मजिठिया हुनपुगेको छ । अब अनुमान गर्न सकिन्छ, मोहनजोदारोको रङको मूल केन्द्र कहाँ थियो ? बेलायतीहरूको म्याडर थर छिपाहरूकै हो भन्ने अनुमान गरिएको छ । सबैभन्दा पुरानो म्याडर थर सन् १२२१ को पाइएको छ ।

इटलीमा मजेन्टा सहर छ । मजेन्टा मजिठोको ल्याटिन नाम हो । यद्यपि रोमन बादशाह म्याक्सेटियसबाट मजेन्टा बनेको हुनुपर्छ भन्ने पश्चिमको अनुमान छ । किनभने उनको सदरमुकाम मजेन्टामा थियो भन्ने अनुमान छ । दुइटै अनुमान नै हुन्, यकिन होइनन् । संयोगवश त्यही ठाउँमा सन् १८६९ मा कृत्रिम मजेन्टा पत्ता लाग्यो । तर अंग्रेजी वाङमयमा १८६० मै रङबोधक मजेन्टा शब्द प्रयोग भैसकेको थियो । नभन्दै अहिले सन् २०१२ मा अमेरिकन सोसाइटी अफ प्लान्ट बायोलजिष्टले लागू गरेको निर्देशिकामा लेखिएको छ- रातो र हरियोका सट्टा मजेन्टा र हरियो लेख्नु । यसबाट मजेन्टाको स्रोत वनस्पति हो भन्ने प्रष्टै हुन्छ ।

उत्तरपूर्वी चीनको युर्चेन जातिका सेनापति नुर्हाकीलाई आफू मञ्जुश्रीको अवतार भएको लाग्यो । फलस्वरुप उनले आफ्नो जातिको न्वारान मञ्जु भन्ने नामबाट गरे । यही जातिको इलाका वर्तमान मन्जुरिया (अंग्रेजले 'ज'लाई 'च' बनाइदिए)

हो । उनको मञ्जु राजवंश क्वीङ राजवंशका नामले चिनिन्छ, जसले सन् १७९२ मा नेपालमा हमला गर्‍यो । नभन्दै मजिठोको चिनियाँ नाम क्वीङ काओ हो, जुन चीनमै हुँदैन । यसैबाट बनेको हो, मञ्जुश्री चीनबाट आए भन्ने भ्रमको मूलकारण -विडम्बना मञ्जुश्री वंशले नै मञ्जुश्रीको देशमा हमला गर्‍यो, अझ पाँच टुक्रा बनाउने उद्देश्यका साथ) ।

स्पेनमा साँढे जुधाउने खेलमा उज्याइने रातो कपडाको एकापट्टिको रङ मजेन्टा नै हुनुपर्छ । साँढे/राँगो रातो रङ देखेर होइन, रङ हल्लिएर मात्र ऊ तर्सिने हो । फ्रान्समा पैदल सैनिकको पोसाक यसैबाट रङ्गाइन्थ्यो र रक्सीसमेत बनाइन्थ्यो । सन् १८१६ को युद्धमा नेपालीहरूले जुन 'रेड कोट्स'सँग लड्नुपर्‍यो, ती बि्रटिस सैनिकहरूको पोसाक पनि यसैबाट रङ्गाइन्थ्यो -विडम्बना जुन देशले रङ दियो, त्यसैलाई हमला गरेर टुक्रयाइयो) ।

आज लेटिनको 'ला माजेष्टाज' शब्द चुम्बकबोधक म्याग्नेटबाट आएको ठहर छ । तर कतै व्युत्पत्ति मिल्दैन । किनभने अंग्रेजीको रेड डाइ भन्ने शब्द नै संस्कृतको रक्त (रातो) दागबाट बनेको हो । वनस्पति जगत्मा प्रयोग हुने रातोबोधक रुब्रा र अलाटा दुवै रातो र आल्ताबाट बनेका हुन् । अर्थात् रोमन बादशाह चाल्र्स पाँचौंका निम्ति सन् १५१९ मा म्याजेष्टी शब्द प्रयोग गरिएपछि मजिठोले रङ्गाएको लामो लुगा पहिरियोस्-नपहिरियोस्, विश्वका सबै राजाहरू हिज म्याजेष्टी हुनपुगे -विडम्बना हामीले नै म्याजेष्टी सम्बोधन पाउन १९२३ आउनुपर्‍यो) ।

आजभोलि यो प्रेम दिवस (भ्यालेन्टाइन डे) को रङ हो । एम्सटर्डममा नश्लवाद/जातिवाद विरोधी माजेन्टा फाउन्डेसनको रङ हो । यो तिब्बतको निङमापा सम्प्रदायले आफ्नो लुगा रङ्गाउने रङ हो । यो प्रख्यात डच पेन्टर भरमिरको रङ हो ।

नाम

जर्मनीमा यसको नाम टिबेटेसेर फावरक्राप हो । तर मजिठो तिब्बतमा हुँदैन । यसले के बुझाउँछ भने उनीहरू यसका थोक व्यापारी थिए । नभन्दै ३ हजार वर्षअघि उत्तरकुरु -तिब्बत) मा लेखिएको मानिएको सुश्रुतसंहितामा मजिठोको उल्लेख छ, अर्कै प्रसङ्गमा भए पनि नेपाल पनि उल्लेख छ । पोर्चुगिजमा रुइभा द साइबेरिया हो । तिनलाई साइबेरियाबाट आउँछ भन्ने भ्रम हुनुमा आश्चर्य पनि छैन । किनभने पोर्चुगलमा अद्यापि सुन्तलाको नाम नारान्हा द तार्दे हो । यो हिन्दीको नारङ्गबाट बनेको हो, जुन आफै बनेको हो, संस्कृतको नागरङबाट । बरु हामीलाई भ्रम छैन, सुन्तला पोर्चुगलको पोर्ट सान्तारेमबाट बनेको हो भन्ने हामी जान्दछौं । संसारभरि मजिठोका यसैगरी अनेकौं नाम छन् । लिम्बुमा भने पाङदु र राईमा कोटलिन हो । मजिठो शब्द मध्यनेपालकै देखिन्छ, जसको संस्कृतकरण भयो मञ्जिष्ठामा नकि मञ्जिष्ठाबाट मजिठो ।

नेपालीका मस्याङ, मरुइ, मारङ्गी, मलायो, मल्लिडो, मैदल सबै वनस्पति हुन् र रातो रङको प्रसिद्ध फल या फूलले परिचित छन् । रैथाने 'मालोटस फिलिपेन्सिस'को रैथाने नाम मलाटा हो, संस्कृतमा मात्र सिन्दूरे । नेवारीमा खुर्सानीलाई पनि मल्टा नै भनिन्छ (जुन भूमध्य सागरीय देश माल्टाको निम्ति होइन, किनभने नेवारीमा पनि पुरानो नाम खुर्सानी नै हो, इरानको खुरासानबाट बनेको, आसामको अबरबाट अबरे खुर्सानीजस्तै) । यसैले 'म' अक्षर प्राचीन नेपालीको रातोबोधक हो भन्ने देखिन्छ ।

र रातो रङका ३ हजार स्रोत/ओरिजिन छन् । जसअनुसार टोन/सेड फरक हुन्छ, हङ्गेरियन रेड/चाइनिज रेड भनेजस्तै । यसैले यस लेखमा मजिठोमाथि मात्रै जोड दिइएको छ ।

पहिलो अन्त्य

गुरुङले थोप्ला भनेर तोकेको रङ सिमि्रक हो । गन्धक र पारो तताएर यो तयार गरिन्छ । सिमर (सिमल) बाट यसको नाम लिइएको छ । सिमि्रक ४ हजार वर्षअघि चीनले जन्माएको हो । यसैले परदेशी ठानेर होला, देउपाटनका पुराना संघटहरूले पूजामा सिमि्रकका सट्टा सालको परागकण प्रयोग गर्थे ।

न गुरुङले तोकेको रङ बरौनी हो, जुन सल्लाको परागकणबाट बनाइन्छ । संस्कृतको वारुणीबाट नाम लिइएको हो । नकि आँपको मुजुरालाई अवधीमा भनिने बौरबाट बनेको सीमापारिको बरौनीबाट । पुराना नेपालीहरूले केशरका सट्टा प्रयोग गर्ने रङ हो यो ।

न गुरुङको रङ अबिर हो, जुन मजिठोको जरा र बनधाले (कर्कमा जेडोरिया) वा कचुर -कर्कमा इन्गष्टिफोलिया) को धूलो मिसाएर बनाइन्छ । भारतबाट आउनेमा चाहिं आलुको बोक्रा र अभ्रखको धूलो मिसाइन्छ ।

न गुरुङको सिमि्रक, सिन्दूर हो, जुन भारतबाट आउने कुनै पनि रङ नभएर सिन्दूरे (मालोटस) को धूलो हो । नेपाली नाम मलाटाबाटै जिनस मालोटस रहेको छ, भलै अहिले लेटिनको मालसलाई श्रेय दिइएको छ । यद्यपि मलाटाको अर्थ बायोमास नपुगेर सानो दाना फल्ने फल पनि हो ।

न गुरुङको रङ रोचना हो, जुन मजिठोको जरा, पाखनवेद (बर्जेनिया सिलियाटा) र मगरकाँची (बेगोनिया पिक्टा/रुवेला) को जरा मिसाएर बनाइन्छ । यसको खास पूर्वस्रोत रोचन -मालोटस) हो र त्यसभन्दा पनि पूर्वस्रोत रक्तचन्दन (डाफ्नेफाइलम हिमालेन्स) हो, नकि भारतीय रक्तचन्दन (टेरोकार्पस स्यान्टालिनस) ।

न गुरुङको रङ अर्पण हो, जसलाई पहाडमा ऐँपन र तराईमा अरिपन भनिन्छ । कुनै पनि रङको धर्सो बनाउन सकिन्छ अर्पणमा, तर नीलो रङको बाहेक । यसको भारतीय रुपान्तरण रङ्गोली हो ।

पछिल्लो अन्त्य

यसरी संविधानमा नेपालको राष्ट्रिय रङ तोक्दा वा झण्डा रङ्गाउँदा प्रयोग हुनुपर्ने रङ भनेको मजिठो रङ नै हो । मञ्जुश्रीले गद्दीमा बसाइदिएका भनिएका धर्माकरका वंशज सुधन्वा सीता स्वयंवरमा नेपालबाट भाग लिन गएका थिए लेखिएको छ । त्यसै हो भने रामायण नै ५ हजार वर्ष अघिको मानिएको छ । मञ्जुपत्तनमा राजा हुने धर्माकर सुधन्वाभन्दा कति सय वर्ष अघिका थिए होलान् ? मञ्जुश्रीको २५ सय वर्षयता मात्रै बौद्धकरण भएको त स्पष्ट नै छ ।

नभन्दै विज्ञानले ७ देखि १० हजार वर्षअघि नै उपत्यकाको पानी बगेर गैसकेको अनुमान गरेको छ । र त्यसै हो भने मोहनजोदारोको रेशमको टुक्रा, धर्माकर, मञ्जुश्री र मजिपाट एकै समयका हुन आउँछन् पनि । जातिवादी हर्क गुरुङ जस्ताहरूको विचारलाई ठेगान लगाउने भनेको जातिवाद विरोधी/नश्लवाद विरोधी अन्तर्राष्ट्रिय रङको मान्यता पाइसकेको मजिठो रङलाई नै स्थापना गर्ने हो ।

Posted on 06-28-12 11:30 AM     Reply [Subscribe]

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters