अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आन्दोलन नै आन्दोलन बिच म नि एउता आन्दोलन को घोषणा गर्छु, मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु । मिठो सपना देखाएर , भएको एउता बाटो लाई मोडेर , मलाई यहाँ ल्याएर अल्पत्र  पार्ने तिमी अमेरिका , तिम्रो नाम मा आज म आन्दोलन गर्छु , शब्द मै भये पनि तिम्रो म बिरोध गर्छु , अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे ! म आफ्नै देस फर्किन्छु ।    न मलाई उता को हुन दिएउ , न त आफ्नो नै बनाएउ , म त लाहुरे भको छु, उता को ले यता को भन्चन , यता को ले त मलाई अलिअन भन्चन , अनी म न यता को न उता को , आज म घर को न घाट को , तेइ भएर आज म तिमी सँग मेरो अस्थित्व खोज्छु , अमेरिका म तिम्रो नाम मा आज नारा लाउछु, मलाई मेरो ५ बर्ष फिर्ता दे ।  मलाई मिठो सपना को संसार धेखाएर , यता को तितो सत्यता मा डुबाउने अमेरिका , मलाई ठुला ठुला महल को फोटो धेखाएर , झुपदी मा बास गराउने अमेरिका , अनी मलाई धेरै थोक दिन्छु अैज भनेर , म सँग भको सब खोस्ने अमेरिका , मलाई मेरो सब फिर्ता दे , त्यो उमेर त्यो जोस त्यो जगर सब फिर्ता गर ! नत्र म तेरो बिरुद्ध राके जुलुस निकल्छु , तेरो पुत्ला वाल स्त्रीट मा लगेर जलाउछु । अमेरिका मेरो ति ५ बर्ष काम को मुल्याङ्कन खै , मैले तिम्रो भुमिमा पोखेको पसिन को मुल्य खै , अनी मैले ज्ञान हासिल गरेका ति अर्थ हिन काम का अर्थ खै, अमेरिका आज म तिम्रो नाम म टाएर बाल्छु ! सेतो घर को बाहेर गएर भोक हद्ताल गर्छु ! मलाई मेरो पसिन को मुल्य दे अमेरिका , नत्र म तिम्लाई अन्त-राष्ट्रिय अदालत मा सु गर्छु ।   

amricane · Jan 31, 2012 11:08 AM · 28,672 views

17 Replies

अम्रिका माथि को आवेशमय कबिता चोटिलो छ अम्रिकाने ! मशाल जुलुस निकाल्नु लाइनमा दोश्रो म हुनेछु

ritthe · Jan 31, 2012 11:18 AM

अर्को गज्जब कबिता अमेरिकाने को

serial · Jan 31, 2012 11:25 AM

Respect

themosthated · Jan 31, 2012 11:31 AM

sarahai mitho amricane sathi! amrikaa ma ke ke na khana paiyela bhanera ayeko tara ulto amrika le po afulai khayo... 

Geology Tiger · Jan 31, 2012 11:37 AM

What a touching poem! It is not just a poem. This is a real translation of my Jindagi through your words.

Micky_Mouse · Jan 31, 2012 11:55 AM

This poem should be attached in the VISA application for all Nepalese.

Stiffler · Jan 31, 2012 12:26 PM

लगभग सप्पै अम्रिका भासिने हरुको गति पति यस्तै छ ..... कति मज्जाले लेखेका अम्रिकने साथि तिम्ले ..... धेरै भो तिम्रो कविता नपढेको, खोतल्दै पुरानै भए नि पढ्दै छु है म त ..... - थाहा छैन

ThahaChaena · Jul 9, 2014 1:44 PM

प्रभो आउनु पर्यो मेरो देश धाउनु पर्यो भनेर खुट्टा समाउन गाजस्तो कुरा गर्यौ Asylum मा ढाटेर भीसा पायौ जबर्दस्ती टिकेट पा जस्तो कुरा गर्यौ के को सपना? भुत्रा को सपना? दोषी तिम्रो आँखा कपटी तिम्रो बिपना तिम्लाई आऊ भन्न गाथिंये म? आफै मरिहत्ते गर्ने तिमि जस्तो कायल भाथिंये म? अम्रिका आयौ, रिलाक्स गर्यौ, काम त गर्यौ, ट्याक्स तिर्यौ? घण्टा दीदा घण्टा गर्यौ? मलाइ के दियौ? त्यै धोतीलाई तिर्यौ. अझै मलाइ सु गर्ने रे Juggy संग मिलेर, साझा मा कु गर्ने रे. गर्नु, जे गर्नु छ गर्नु. नेपाल जानु रात भरि टुकी बल्नु दिनभरी धुलो मा डुल्नु साझ धारामा नुहाउन जाँदा पानि आउन्न अनि बसेर धुरु धुरु रुनु. अस्तु.

Kiddo · Jul 9, 2014 2:19 PM

Kiddo bro, I always thought you were a rational person and commented in a rational way. So I did not reply to you personally when you started commenting. The chat log is out there as San has put it. Read it all. Then if you want to talk with me send me your number, I will call you personally and tell you my version of story. You can also call San on his version of story to do independent evaluation. But he has already put it out there so it should not be different from that. Anyways, even after that if you have same opinion about me and what I did I will respect your opinion. If not please stop pulling my name into other posts. You don't know the issue completely so please be a rational person I think you are and I hope you will do the right thing.

Juggy · Jul 9, 2014 2:30 PM

हरे शिव जग्गी मित्र , हुन त रिस नै सबसे ठुलो बिष भन्छन . नरिसाउनुस है तर ..... यो धागो त स्वच्छ कविताको उद्यान थियो किन अरु धागोको अप्राकृतिक रंगको बाछिटा यहाँ पार्नु हैन र ?? कीडडो मित्र , लेख्न त तिमि पनि राम्रै लेख्दा रैछौ नि ..... यहि सृजनात्मक शक्तिको प्रायोग गरेर केहि राम्रै पनि कोर्ने कि ? - थाहा छैन

ThahaChaena · Jul 9, 2014 2:37 PM

Thaha Mitra, I will not comment after this. And it is not me who started it. Kiddo bro call my name out there so I replied to him. That is all. :) I am sorry if I offended any one of you. Cheers.

Juggy · Jul 9, 2014 2:44 PM

ThahaChaena कविता हरु मा धेरै रस हुन्छन. व्यंग पनि एक रस हो. एस्लाई व्यंगको रुप मा लिनु होला. Juggy , I didn't mean any disrespect here. Just a humor piece I am offering, please don't take it otherwise. As for the other stuff, I never had issue with you personally. Like I said, both sides are equally guilty.. The only offense I took was on suing Sajha and I expressed that in my piece up there. All's well.

Kiddo · Jul 9, 2014 2:57 PM

धेरै पचाईयो , पचाईन नसकिने एउतै चिज : शब्द बाण नेपाल फर्के सुन्नु पर्ला " कुकुरलाई घिऊ नपचेको "

magorkhe1 · Jul 10, 2014 12:32 PM

गनेर सारा नेपालीलाई खुवौने खाना जती नि खुवाइयो सारा नेपालीको बिहे को जती भाडा नि माझियो हिजो गनेको त बर्ष दस भएछ, उमेर मा बुढेशकालका लामा घेरा नि लाएछ बेकार मा अाइयो यो अंरिका, राम्रो हिरो ठिटो नि हो जमाना गयो अब, बिहे गर्न नेपाली ठिटी नपाईदो भो नेपाल फर्कन्छु भन्दा, झन बिहे नहुने डर फर्किये नेपालका goole हरु ले छोरी नदिने रे, ज्वाँई को भन्दा अम्रिका को कत्रो भर अम्रिका आएका goole हरु को छ दुखी नि घर हरफ नमिले जीवन झै कोम्प्रोमाइज गरी पढौ Last edited: 10-Jul-14 01:32 PM

Hydrogen Sulphide · Jul 10, 2014 1:31 PM

अम्रिकाने भाई भन्दा किद्दो नानिको तर्क दरो लाग्यो अम्रिकाने भाईको दर्द भन्दा किद्दो बहीनी कै मर्म सटिक लग्यो आउन त आइयो नि अम्रिका सब आइयो उडेर आइयो गुडेर आइयो पौडी खेल्दै, काँडे तार छल्दै आइयो ढाटि बिहे गरेर आइयो मागी बिहे गरेर आइयो भुसतिघ्रे धर्मपुत्र भएर आइयो भुटानी होऊ र तिमि अम्रिकाने? रेफ्युजी त पक्कै होइनौ भुटानी भए त सु गर्न पाइएला नेपाली सरनार्थी भए, आची नि गर्न नपाइएला लौ माने तिमि नि आठ बर्से स्नाताक बिद्यार्थी रे किद्दो ले भने झैँ, धोति लाइ पुज्दा कर तिर्यौ? लौ माने तिमि चार बर्से स्नातक रे, यच-वान-बि भाको एक बर्ष त भो, के बिद्यार्थी जीवन को हिसाब माग्छौ? लौ माने तिमि डि भी परेको राष्ट्रद्रोही रे फारम त तिम्ले नै भर्या हौ, अनि केरा कराको? लौ माने तिमि ५००० तिरी काली बिहे गरेकै अमरिकी नागरिक रे ग्यास स्टेशनको चिट्ठा घोट्दा घोट्दा ५००० नउठे पछि सन्केको? हिसाब नै गर्ने हो भने, तिम्रो नेपाल मा खर्चे को समय को हिसाब गर के दियौ तिम्ले, त्येस बापत के पाएनौ नेपालमा, हो तेस्को लेखा जोखा गर सु नै गर्ने हो भने, प्रचंडे लाई गर, गिरिजा लाई गर, माकुने लाई गर, माइला बाजे लाई गर आज ५ बर्ष नगर्या दुख को हिसाब माग्ने तिम्रो लालनपालन र संस्कार लाइ गर !

ramprasadneupane · Jul 10, 2014 2:21 PM

I hate all those stories and crying people saying about returning home or the trouble in US. Come on live in reality. Do you think this country is on the top of the world because of the lazy workers like Nepali. We are at the bottom of the world because we do not work hard. Life is too easy for us. "Magera pani khana pugcha Nepal ma". But its not true in this country. Live in reality. This country has offered you what it offers to most of its citizens. More than 70% of people in US live as you live. Being said that, life is not so easy here. You have to work to survive. If not u have to be smart to survive in this smartest country. Think of this country is the warehouse of all the smartest people in the world. If u want to survive u got to be smart. There is no need to be wining about being here. Last thing, it was your choice to be here. Nobody forced u to be here. Last edited: 10-Jul-14 03:36 PM

GoneCrazy · Jul 10, 2014 2:24 PM

अन्ताछिरी जस्तो गइ रहेको बेला GC ब्रो ले गज्बारनै ठोकी दिए |  Last edited: 29-Jul-14 04:06 PM

magorkhe1 · Jul 10, 2014 3:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion