← Back to Archives

Nepal’s one of the Biggest Financial Scammer – Pawan Kumar Karki

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Please help get this man arrested ASAP! http://fraudsterpawankarki.wor... Last edited: 04-Dec-11 10:47 AM

mitraista · Dec 4, 2011 10:26 AM · 45,458 views

29 Replies · Showing 21 - 29
Page 2 of 2

Please Read this link about what Nepal's Criminal Investigation Bureau Chief Upendra Kant Aryal has to say about this criminal Pawan Kumar Karki The Problem is Nepal does not have extradition treaty with the USA> नेपालमा आर्थिक अपराध गरेर विदेशमा लुक्नेहरू धेरै छन् By karobardaily - Fri Feb 03, 11:44 am उपेन्द्रकान्त अर्याल प्रहरी नायब महानिरीक्षक (डीआईजी) केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख   नेपालमा अपराध गरेर सजिलै विदेश भाग्ने प्रवृत्तिले पनि समस्या देखिएको छ । यसलाई कसरी हेर्नुभएको छ ? यस्तो प्रवृत्ति देखिएको छ । यसले हामीलाई पनि समस्या पारेको छ । जस्तैः क्यापिटल मर्चेन्टबाट रकम लिएर फरार भएका पवनकुमार कार्की अहिले अमेरिकामा लुकेका छन् । यस्ता थुप्रै उदारण छन् । धेरै मान्छे नेपालमा आर्थिक अपराध गर्ने र विदेशमा बस्ने गर्छन् । त्यस्ता व्यक्तिलाई नेपाल आउन बाध्य पार्ने कानुन छैन । ती व्यक्ति नेपालको कानुनअनुसार कारबाहीको दायरामा आउन कठिन छ । नेपाल आउन बाध्य पार्न कुनै कानुनी व्यवस्था नभएकाले पनि नेपालमा आर्थिक अपराध गरेर भागेका मान्छेलाई नेपालमा ल्याउन गाह्रो भएको छ । इन्टरपोलमार्फत काम हुँदैन र ? इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिसकेपछि पनि त्यो देशको कानुन समेत हेर्नुपर्छ । उसलाई फिर्ता पठाउन मिल्छ कि मिल्दैन, त्यो देशको कानुनमा भर पर्छ । त्यस कारणले सन्धि नै हुनुपर्छ ।  

rakeshkc · Feb 3, 2012 1:19 AM

"The history of Mr Pawan Kumar Karki started as butcher in a popular city of Banewshor in the district of Kathmandu." Never knew baeshwor was a city and kathmandu was a district. hahahah Gotta wonder how factual/credible the story is when the author doesn't even know baneshwor is a street name and Kathmandu is a city! 

Jai_Nepal · Feb 3, 2012 5:24 AM

 YO mula haru jaillleee yei topic lera aayera hairaan banai sake....hareee!!! PAwan karki NAmastey India ma majja sanga basi ra huncha...JAAA gayera kura gaaar!!! Psycho haru kai napayera yestai kura garchannn...Oiii tero Budi(Wife) lagdiyo ki k ho huh?

jepayetei · Feb 3, 2012 11:23 AM

I have seen and read many psychopaths  like jepayetei  having thier psychopathetic comments  in this forum. But  I think it is our duty to expose criminals like Pawan Karki who is living in America, and because he has caused unprecedented harms to many depositors and shareholders. He is in the USA with the looted money of ordinary people. Please read this update from www.aarthikdainik.com.np about why American Government has refused to hand over this criminal. Sooner or later there will be red corner notice for this criminal. But I think he has connection with, the present Minister JP Gupta, whose brother also used to be associated with this finance company. This may hinder the process of issuing red corner notice. अमेरिकाद्वारा क्यापिटल मर्चेन्टका पवन कार्कीलाई पक्राउ गर्न अस्वीकार रामप्रसाद पुडासैनी काठमाडौं, माघ २३ नेपालमा वित्तीय अपराध गरेर आफ्नो देशमा कानुनीरुपमा बसोबास गर्दै आएका नेपालको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्कीलाई पक्राउ गर्न अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले यही माघ १६ गते वासिङ्टन डिसीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै ‘कार्कीलाई नेपालमा अपराध अनुसन्धानको सिलसिलामा अनुसन्धानका लागि पठाउन विद्यमान अमेरिकी ऐनअनुसार मिल्ने प्रावधान नरहेको’ जानकारी गराएको छ । पत्रमा अमेरिकाले नेपाल र आफ्नो देशबीच सुपुर्दगी सन्धि नभएकाले पनि पक्राउ गरेर बुझाउन सम्भव नभएको जनाएको छ । अमेरिकी उक्त भनाइले नेपाललाई संसद्बाट सुपुर्दगी कानुन पास गर्न अर्को नैतिक दबाब परेको छ । कार्की अमेरिकामा ग्रिनकार्ड पाएर बसेका छन् । कार्कीका बारेमा अमेरिकी विदेश मन्त्रालयले दिएको पत्र सोही दिन वासिङ्टन डिसीस्थित नेपाली दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखालाई पठाउनुभएको छ । परराष्ट्रले उक्त पत्रको जानकारी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई गराएको छ । अर्थका एक अधिकारीले भने– ‘अमेरिकी विदेश मन्त्रालयले नेपाली दूतावासमार्फत पठाएको पत्र प्राप्त भएको छ ।’ ती अधिकारीका अनुसार कार्कीलाई पक्राउ गर्नेबारे के गर्ने भन्नेबारेमा छलफलपछि मात्र तय हुनेछ । कार्कीलाई पक्राउ गरेर नेपाल पठाउन आफ्नो देशको ऐनले नदिने जानकारी गराएपछि वासिङ्टन डिसीस्थित नेपाली दूतावासले अमेरिकी सरकारसमक्ष कार्कीलाई अनुसन्धानका लागि नेपाल पठाउन अन्य उपाय के हुन सक्छ भन्दै खोजी गरेको थियो । अमेरिकाको विदेश र कानुन मन्त्रालयका अधिकारीहरुले नेपाल सरकारले कार्कीलाई इन्टरपोलमार्फत पक्राउ गर्न सक्ने र त्यसका लागि इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न सुझाव दिएका छन् । अर्थका अधिकारीका अनुसार कार्कीलाई इन्टरपोलमार्फत पक्राउ गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन । इन्टरपोलमा नोटिस जारी गर्न सरकारले निर्णय गर्नुपर्नेछ । त्यसका लागि अर्थले प्रस्ताव अगाडि बढाउनुपर्ने हुन्छ । गत भदौको अन्तिम साता भने कार्कीको ‘फिङ्गर प्रिन्ट’ अर्थात् औंठाछाप उपलब्ध गराइदिन अमेरिकाले काठमाडौंस्थित आफ्नो दूतावासमार्फत नेपाल सरकारसँग आग्रह गरेको थियो । नेपाल सरकारले कार्कीलाई पक्राउ गरेर पठाइदिन अमेरिकास्थित दूतावासमार्फत अमेरिकी सरकारसँग आग्रह गरेपछि औंठाछाप माग गरिएको थियो । नेपालले औंठाछाप पठाएपछि कार्की अमेरिकामा कसरी कुन ठाउँमा बसेका छन् भन्ने पत्ता लागेको थियो । औंठाछापबाट कार्की अमेरिकामा कानुनीरुपमा बसोबास गरेको पुष्टि भएपछि उनलाई पक्राउ गर्न अमेरिकी सरकारले नमिल्ने जनाएको हो । अमेरिकाले ‘फिङ्गर प्रिन्ट’ नै मागेपछि कार्की नेपाल आउने अनुमान यहाँको सरकारले गरेको थियो । कार्कीले १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार रुपैयाँ ठगी गरेर नेपालबाट भागेर अमेरिका गई बसेका हुन् । प्रहरीले क्यापिटलका संस्थापक अमिरजंग खड्कालाई गत असार १३ गते, सेयरधनी जानुका केसीलाई १४ गते र भरतराज पौडेललाई भदौ ४ गते पक्राउ गरेको थियो । उनीहरु साधारण तारेखमा रिहा भइसकेका छन् । तत्कालीन अध्यक्ष विज्ञानप्रसाद पौडेल, वरिष्ठ अधिकृत मनोज खनाल, राजु कार्की र हरिहर खड्का भने पुर्पक्षका लागि थुनामा छन् । उक्त वित्तीय अपराधमा प्रमुख हात पवनकुमारको देखिएपछि नेपाल राष्ट्र बैंकको अनुरोधमा अर्थले अमेरिकी सरकारसँग उनलाई पक्राउ गरेर पठाइदिन आग्रह गरेको थियो । क्यापिटलमा कार्कीको प्रत्यक्ष १५ सहित ६० प्रतिशत सेयर रहेको छ । क्यापिटलले गरेको ऋण लगानीमध्ये अधिकांश कार्कीले नै उपभोग गरेको राष्ट्र बैंकको छानबिनले देखाएको छ ।

rakeshkc · Feb 7, 2012 12:18 AM

It is surprising that there is so little press coverage or uproar from Nepalis about this issue. If there was a rumor going around questioning superiority of Indians against Nepalis, many people have died by now. But nothing when it comes to our own conning its own people. Sad! The guy probably ripped hundreds' of peoples' life savings and is living in luxury in US. Are we really this helpless? I refuse to believe that there's no law to bring such culprit to justice. If we turn out a blind eye towards this right here in US, what right does it give us to criticize the corrupt officials and politicians in Nepal?

snurp · Feb 7, 2012 8:24 AM

हामी नेपालीको मन मस्तिस्कमा जो जित वोही सिकन्दर भन्ने भनाइको उदाहरण हो| साधारण नेपाली नागरिकको जिन्दगीभरिको मेहनत र परिश्रमले आर्जेको अरबौ रुपियालाइ हडपेर आफु अईशआरामसंग अमेरिकामा बसोबास गर्दै आएकाछन् | वोरालो लागेको मृगलाई लखेट्न चै खप्पिस छौँ हामि तर अनैतिक कारोबार बाट उच्च पदमा बस्ने हरुको बिरोध को बि पनि भन्ने सक्ने छ्येमता छैन हामिसित

grgDai · Feb 7, 2012 9:29 AM

I am simply apalled. This is not just few lakhs or karods, the guy got away with १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार रुपैयाँ. How does this dude sleep at night when he knows that he'll push many retirement-bound Nepali brothers and sisters to suicide if they can't recover their savings? Why doesn't US govt. help with this investigation?

snurp · Feb 7, 2012 10:07 AM

I cannot believe the US is not cooperating with this investigation. I guess next time US govt want a US criminal extradited to US the Nepal Govt should have the same response.  If US wants any cooperation from Nepali govt in the future then the road has to be a 2 way street instead of one way. 

BathroomCoffee · Feb 7, 2012 10:26 AM

Ditto @ bathroomcoffee! But i am also surprised at the apathy from the common people. One of my relatives who lost close to 9 lakhs with this scammer are simply like "they say we'll get something back." They are just happy that they will get something back as opposed to their full deposit. But then who are they going to go for help? I hear there are these saving banks mushrooming in the capital and many of them are run by NRNs. How legit are these? The common folks believe that just because people are from US/UK, they are NICE people and their deposits will be safe. Well, if US gives amnesty to such crooks, it will give birth to thousand more crooks!

snurp · Feb 7, 2012 11:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant