निर्णय।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"कान्छि, म त सेल--रोटी भए नि!"   मान्छे नि कहि सेलरोटी हुन्छ? के भन्या होला कान्छाले, मलाइ पत्यार लागेन। न तिहार न सक्रान्ति, कसरी सेलरोटीको कुरा आयो? "हलो ! हलो !" यताबाट सकेसम्म मैले ठुलै स्वरले बोलेको हो ,तर उसले सुनेन कि के हो उता बाट । "कान पनि बहिरो भयो कि क्या हो, हलो भन्या सुनेनौ?" बेला न कुबेला  फोन गर्‍या देखेर मलाइ रिस उठ्यो। "कान्छि, मैले पनि आलुबम निकाले नि!" म झस्के, जे सुनेको बिस्वास लागेन, फेरि सोधेँ "के रे?" "आलु- बम क्या आलु बम!" उता कान्छा चम्कि चम्कि बम कि बम भनिराको थ्यो, मलाइ यता डरले मुटु फुट्ला जस्तो भैराकोथ्यो। "बुद्धि सुद्धि हरायो कि क्या हो कान्छा? केहि काम नपाएर अब तिमी बम बनाउन थाल्यौ नेपालमा? त्यो पनि आलुको!" मैले एकै स्वासमा भएभरको स्ट्रेस बममा दिँए। "कस्ति लाटी हो तिमी ? मैले गीत गाए क्या----" कान्छाले उताबाट कुरा बुझाउने प्रयास गर्‍यो। " के भन्छ ? आलु र बम को गीत गाएको?" मैले अझै बुझिन।   "सबै गीत एउटै चक्कामा राखेर निकालेको क्या लाटि, हो त्यहि आलुबम भन्या।" के के नै गरेछ भन्या गीतको अल्बम निकालेर बसेको रहेछ उ नेपालमा। उताबाट उसले सेलिब्रेटी भनेको यतासम्म आँउदा अड्कि अड्कि सेलरोटी भनेको जस्तो सुनिँदो रहेछ। कान्छाले गीत त यसो कहिले कहि गेट-टु-गेदरमा गाँउथ्यो, तर यसरी अलबम निकाल्छ भनेर मैले सोचेकी थिन।   "अनि कति बिक्यो त सीडी?" मैले सोधेँ।   "डिमान्ड बढी राको छ अहिले चाहि फ्यानहरुलाइ अटोग्राफ दिदैंछु।" भन्दै कान्छा अरुसङ नि कुरा गरे जस्तो गर्दैथ्यो। "को को छन् नि तिम्रो फ्यानहरु?" मलाइ कान्छाको फ्यानहरुको कुरा चाहि हजम भएन। “बहिनी, भाइ, दाइ, दिदि---" उसले उसको परिवारको भएभरको सबैलाइ फ्यान बनाएर १-१ वटा सीडी दिएको रहेछ। कान्छाले फ्यानहरुको परिचय  दिदाँ मलाइ पनि हाँस उठ्यो।     कान्छाको केहि दिनपछि फिर्ती सवारी भयो, हातमा अलबम, झोलामा अलबम, सुटकेसमा अलबम। हाम्रो कोठा पुरै कान्छाको गीतको अलबम भयो। आधुनिक गीतहरु रहेछन्। उसैले लेखेको गीतहरु देशप्रेम झल्काउने नि रहेछन। सीडी पल्टाएर हेर्छु त मैले कतै  सुनेको जस्तो गीत पनि रैछ। अचम्म लाग्यो।   "कसको गीत  गाएको यो? पहिले कतै सुनेको जस्तो लाग्यो।" छक्क पर्दै सोधेँ।   "तिम्रै त हो नि।" कान्छाले मलाइ भन्यो।   "के रे?" मैले सोधें।   "तिमीले लेखेको कबिता नि यो लाटी। त्यति पनि थाहा छैन हेर।" कान्छाले भन्यो। अनि त्यसपछि सम्झिए, मैले उहिले लेखेको कबिता कान्छाले गीत बनाएर गाइदिएछ। संगीत ठिकै लाग्यो तर अब कोठामा २४- ७ कान्छाको गीत बज्न थाल्यो। नन्स्टप ! रिवाइन्ड , प्ले। प्ले, प्ले। कति सकस भयो होला कानलाइ यो त भोग्नेलाइ मात्र थाहा हुन्छ। "अब हामी बुझ्यौ यो गीतको प्रचारप्रसारमा लाग्नु पर्छ। म सेलिब्रेटी भएपछि हामी ठाँउ ठाँउमा स्टेज शो गर्न सङै जान पर्छ बुझ्यौ। त्यसबेला तिमी पनि घुम्न जाने मौका पांउछौ। अनि त अटोग्राफ माग्नेहरुको कति भिँड हुने होला? लन्डन, पेरिस, जापान, मलेसिया बा बा कहा मात्र जाने होला?"" कान्छाले एकदिन  ननिदाएको बेलामा सपना देख्दै भन्यो। "काम छैन कि क्या हो मेरो?" मैले झर्किएर जवाफ दिँए। "आफ्नै मान्छेले नि त्यस्तो भनेपछि अरुले के भन्लान् झन् ?" कान्छाले कालो अनुहार ठुस्स पार्‍यो। "के गर्ने त त्यसोभए ?"मैले आफ्नो बचन फिर्ता लिदैं सोधे। धेरै बेरको छलफल पछि हामीले प्रत्येक हप्ता मेरो साथी र उसको साथी पालै पालो खान बोलाउने  र उसको गीत सुनाउने योजना बन्यो। मैले नै पहिले साथीहरुलाइ निम्तो दिए।   साथी र उसको जीबनसाथी ढोकाबाट छिर्न नपाउदैँ "गीत ! सुनु न गीत!" भन्न थाले। "धेरै राम्रो स्वर रहेछ।" साथी र साथीको जिबनसाथीले पहिलो गीत शुरु हुँदाहुदैं तारिफ गरेँ। कान्छाको नाक ठुलो भयो, मुसु मुसु हाँस्दै भएभरको ६-७ वटा गीत सुनाउन थाल्यो। उनिहरु पनि गीत सुन्दै, खाँदै अरु कुरा गर्दै बिस्तारै घर जान तयार हुन थाले। समय बितेको पत्तै भएन। जाने बेलामा साथीको जीबनसाथीले प्रशंसा गर्दै भने। “तपाइ त धेरै राम्रो गायक हुनुहुँदो रहेछ नि!” "त्यति प्र्याक्टिस गर्न पाइन, गीत रिकर्ड गर्दा रुघा लागेको थियो।" कान्छाले मनमनै दङ परे पनि अलि तलै बसेर भन्यो। "साँच्चै भन्या !तपाइ भजन त निक्कै राम्रो गाउनु हुँदो रहेछ है?"  त्यत्रोबेरदेखि कान्छाले त्यस्तो खुशी हुँदै सुनाएको आधुनिक र राष्ट्रिय भावको गीतहरु त सबै भजन भन्ठानेछन्। संगीतको कत्रो अपमान त हँ? कान्छाको मनमा यस्तै प्रश्न आयो होला। गीतै नबुझिकन अघिदेखि के राम्रो राम्रो भनिरहेको होला यीनीहरुले मैले पनि त्यस्तै सोचेँ। मुखले सोध्न नमिल्ने। कान्छाको मुख कालो निलो हुन थाल्यो, आधीँबेहरी आउनु अघि आकाशमा देखिने बादलहरु जस्तो। उनिहरु जाने बेलामा कान्छाले जबर्जस्ती हाँसेको जस्तो गर्‍यो। मैले केहि नभनी साथीहरुलाइ राम्ररी बिदा गरेँ। पाहुनाहरु गएको धेरै बेरसम्म कान्छा चुप लाग्यो। मलाइ पनि केहि भन्न मन लागेन। "कान्छी?" कान्छाले अकस्मात मौन ब्रत तोड्यो। "हजुर!" मैले भने। "अब म र्याप R A P गाँउछु।" कान्छाले गम्भिर भएर भन्यो। मलाइ कोठाभरीको उसको अलबमहरुले शास्त्रिय संगीत गाउन थालेझैँ लाग्यो। समाप्त! Last edited: 12-Sep-10 10:46 AM

crazy_love · Sep 10, 2010 1:00 PM · 24,864 views

11 Replies

क्रेजी परमात्मा को अर्को धमाका । ढङ्ग को ब्यङ्ग । कहीं कान्छा हाम्रै  रत्न पुस्तक भन्डार्  पछाडिको .........................   त परेन ??  एउटो  कुरो नि ? 

rahulvai · Sep 10, 2010 1:10 PM

सान ज्युले मिलाएर एक ठाँउमै मेरो कथा राखिदिनु भएकोमा धन्यबाद! हो हो, ठुल्दाइ कान्छा रत्न पुस्तक भन्डार पछाडि कै हो। यसपाली चाहि कथा सुपर डुपर फ्लप भएछ। Last edited: 12-Sep-10 10:33 AM

crazy_love · Sep 10, 2010 1:10 PM

कता फ्लप हुनु नि। सधाको जस्ताइ उत्कृष्ट छ। अर्को भाग को प्रतिक्ष्यामा।

Sufal · Sep 13, 2010 1:20 PM

ramronepal · Sep 13, 2010 1:31 PM

दोस्रो भाग नि अस्ती नै पढि सकेको थिए। बडा चोटिलो प्रहार हो। जो कोइ पनि आलु बम बनाउने ध्रिष्टता गर्नेहरु माथि। मैले एक जना टेक्सास तिरको इन्जिनियर साहेब भेटेको छु । अलुबम निकाल्न काठमाडौ  आएको बेला । गीत त गाउथ्यो ( धेरैले गाउछन ) तर नायक हुन लायक नि हुनु पर्‍यो नि ? गीतकार पनि आँफै, संगित पनि आफ्नै ७-८ वटा गीत रेडिमेड रहेछ । चिनजान् को भएकोले मलाई नि बोलाए उनको रिहर्सल मा । देश कै नाम चलेक्को गीतारिस्ट, ड्रमरहरु भाडामा ल्याएका थिए । एक जना चौवन्नी गीतकार पनि । मलाई नि उनको गीत सुधार्न भनेको थियो । रक्सी मासु को फालाफाल। शब्दमा भाव भे पो सुधार्नु । जबर्जस्ती बनाएको गीत मा न भाव हुन्छ न फिलिङ ।  एउटा गीत मा कमेण्ट हाने पछी गायक महोदयलाई पचेन । मलाई मासु पचेन । यस्तै रिहर्सल २-३ महिना चले रे । ६ महिना जती लगाएर आलुबम तयार भयो । ३० लाख खर्छ भए छ । ३० लाखमा घर बन्थ्यो त्यती बेला । सिट्टै बांडेको बाहेक १० वटा नि सी डि बिकेन ।  

rahulvai · Sep 13, 2010 1:35 PM

कथा फ्लप छैन बरु रमाइलो र केहि यहाँ बस्ने कलाकार बन्न खोज्ने नेपालीहरुको जस्तो छ | माथि कथा मा उल्लेख भए झैँ केहि साथीहरुको मैले राम्रो लागे नि नलागेनी  टन्न सिडी र विसिड़ीहरु किन्या छु | म के भन्न चाहन्छु भने, परिश्रम र मेहनत गर्नु पर्छ र आली कति भाग्यले साथ दियो भने राम्रो कलाकार बन्न सकिन्छ | तर पनि कोहि कोहि त अती हुन्छन; न सुर न ताल नेपालकै top कलाकार रे | CL जी फेरी छिट्टै पनि येस्तै राम्रा राम्रा कथा लिएर हामी माझ आउनु हुनेछ भन्ने आश लिएको छु | - Phatte

Phatte · Sep 13, 2010 1:40 PM

dami lagyo...ma ta haseko hasai bhaye

brandy · Sep 13, 2010 6:04 PM

छोटो मिठो ब्याङ्यात्मक प्रस्तुतीले क्रेजीको रचनात्मक उचाइमा अर्को एउटा तल्ला थपिदिएको मान्दछु !

ritthe · Sep 14, 2010 10:25 AM

सुफल, कथा त सिद्धियो। अब अर्को लेख्नु पर्ला।तपाइको त्यो पुरुष भन्ने कथा पढ्ने इक्षा थियो, कता जाममा फस्यो होला नि। कमेन्टको लागि धन्यबाद! ठुल्दाइ, मेरो कथाको अभिप्राय पनि त्यही हो, गाउने हो भने एउटा गीतको लागि अभ्यास गर्ने, सङीत, स्वर र रचना सबिलाइ सकेसम्म परिस्क्रित गर्ने, अलबम नै किन निकाल्न पर्‍यो र हैन? बरु उत्क्रिस्ट एउटै गीत गाए पनि पब्लिसिटि गर्यो र राम्रो भिजुलाइजसन गर्यो भने त्यसैले सेलिब्रेटि बनाउछनि। हुन त मानिसहरुको आ-आफ्नै बुझाइ हुन्छ। त्यहि त फत्ते जि, बिदेशमा आएपछि मानिसहरुलाइ recognition कति महत्व हुन्छ भने, समय र पैसा मात्र भयो भने कतिखेर के गर्ने भन्ने राम्रो निर्णय गर्न सक्दैनन्। फलस्वरुप सपनालाइ राम्रो आकार दिन सक्दैनन्। अरुको झुठो प्रसंशा पनि साँचो मान्छन्। भएको प्रतिभालाइ अरु बिकाश गर्नुको साटो झन आफैलाइ चिन्न सक्दैनन्। हो हो, तपाइले भने जस्तै धेरै जना त्यसरी नै भ्रममा बाँचेका हुन्छन्। नेपालको ठुलो मान्छे भन्ने शब्दको तक्मा भिरेर। कति मानिसहरु उनिहरुलाइ सत्य बताउन सक्दैनन् र झुठको बुट्टा भर्ने काम गर्छन्। शायद त्यसै कारण केहि मानिसहरुमा भ्रमको बिकास हुन्छ। ब्रान्डी, हाँसीदिनु भएकोमा धेरै धेरै धन्यबाद! रिट्ठे जी ले निकै राम्रो कमेन्ट गर्नु भएकोमा मुरी मुरी धन्यबाद दिन चाहन्छु।  

crazy_love · Sep 14, 2010 3:00 PM

Crazy lai pani testo satire lekhna aauchha? oho gajjab chha. guchcha chor.

guchcha chor · Sep 15, 2010 8:38 PM

क्रेजी जी को पुरानो कथाहरुको सन्दुक खोलेर आनन्दले एक एक गरेर पढ्दै हांसी हांसी रमाउदै छु...  साझाका माझिएका शब्दका जादुगर हरु ..... दामी छेड हान्नुभो - झसङ्ग 1-२ जना नजिक का गएक साथी सम्झिएँ .....

ThahaChaena · Jan 24, 2013 9:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion