थुक्क!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

थुक्क!       पानी आउनु अघि हावा दरो गडगडाएर आउँथ्यो अनि मिटर फिरीरी घुमाउँथ्यो (ए! बन्द गर बन्द गर-- पैसा भुसुक्कै चढ्ने भो अब भनेर मान्छे कराउँथे), हावा जस्तै पानी पनि दरो आउँथ्यो र त घरको धारामा आएको पानी आफ्नै सुरमा चार तला माथिको ट्याङ्कीमा पुग्थ्यो। थोत्रो ट्रान्समिटर पडकिएर गयो भने गयो नभए बिजुली हतपत जाँदैनथ्यो। ख्याक, भुत, मसान, किचकन्नी, बाईपंखे घोडा जस्ता थरी थरीका कहानीमा पोख्त हाँडीगाउले बिद्वानहरुले समेत १६ घण्टे लोडसेडिङ कल्पना गर्न सकेका थिएनन। राती हिन्दा चोर, डाँका, बिच्किएका कामरेड आदि ईत्यादीका भन्दा  भुत प्रेत पिशाचको डर उग्र हुन्थ्यो।  हाँडीगाँउबाट चाबेल, धुम्बाराही, सिफल तिर हेर्दा घर भन्दा धेरै फाँट देखिन्थे। धोबीखोलामा पनि पानी बग्थ्यो। बजार बन्द त हुन्थ्यो तर रात भरी, बिहान खुल्थ्यो। त्यस्तै त्यस्तै बिचित्रका कुराहरु हुने त्यो बेला पत्याईनसक्नुको थ्यो।    कैलेको कुरो गर्या रे? मेरा काकाले एस् एल् सी देको बेलाको कुरा गर्या नी।   जाँच दिए देखि काका एस् एल् सीको कुरा गर्न रुचाउँदैन थिए। झर्किन्थे, फन्किन्थे, तर्किन्थे एस् एल सी भन्यो की। अलि उपल्लो दर्जाका नातेदार कसैले "कस्तो भो जाँच?" भनेर सोधे भने राम्रो भो भन्थे। त्यो भन्दा धेरै भन्न खोज्दैन थिए।   कैले गहनाखोज्ने पोखरी तिर, कैले सत्तेनारन थान तिर, साँझ साँझ तिर मालीगाउँ नभए धुम्बाराही तिर भेटीन्थे काका। गल्ली भित्रको एक दुईटा घरबाट निस्किदा धेरै चोटी धेरै तिर पल्याक पुलुक हेरेर मात्रै निस्किन्थे। कैले बेस्सरी ल्वाङ्ग चपाउँदै घर छिर्थे, कैले चिया पत्ती चपाउँदै आउँथे। उनी र उन्का साथीहरुका अगाडी सुन्दरीहरु कि त आत्तिदै हिनेका देखिन्थे, कि सराप्दै। नाकका पोराबाट मुस्लो धुवाँ छोड्दै ईँटाभट्टाले हरीसिद्धी बिगार्यो भन्थे। उनको एउटा टोली थियो, त्यो टोलीको उनी उपसभापती थिए क्यारे। सभापती उनी भन्दा उग्र थिए। छोटकरीमा मेरा काका झन्नै झन्नै मेरा आदर्श थिए भन्दा हुन्छ।   एस् एल सीको रिजल्ट हुने बेला त भाको थिएन, चर्चा भने बेला बेला सुरु हुन थालेको थियो। हजुरबालाई छोराले फर्स्ट डिभिजन ल्याउनेमा कुनै शंका थिएन। उनले सबैलाई त्यही भन्थे। उनले छोरालाई रातब्यान भेटदा कहाँ थिईस भनेर सोध्ने गर्थे, काकाको सधै एउटै जस्तो उत्तर हुन्थ्यो, "पढेर आको--घराँ बाताबरण मिल्दैन"। अब त्यस्तो बाताबरण मिलाएर पढ्ने छोरोले कता कता बोर्डै ल्याउला नभएनी फर्स्ट डिभिजन त चुत्थोमा भन्ने बिश्वास हजुरबामा हुने नै भो।   के कस्तो जोग मिलेर हो हजुरबा र काकाको ग्रह असाध्यै मिल्तीमा थिए। काकाको बिरुद्ध सुनीएका हरेक घरेलु उजुरीहरु हजुरबा "घरमै दुश्मन् छन अनि बाहीरका लाई के भन्नु भन्थे"। बाहीरका कसैले "छोरो बदमास छ" भन्यो भने त्यो भन्नेको लहरो तानेर त्यता को कोले के के बदमासी गरेका थिए त्यो सुनाउँथे। "अर्काले राम्रो गरेको त देखिनसहने ए!" भन्दै कुरो सकाउँथे हजुरबा। कैले कैले हाम्रा बाले काकाको चालचलनमा टीप्पणी गरे भने "जवानीमा मान्छे अलि अलि त बहकिईहाल्छ नी -- तैले आफुलाई बिर्सीईस्?" भनेर सम्झाउँथे। त्यसपछी बा ले के सम्झिन्थे कुन्नी, धेरै बोल्दैनथिए।   कौसीमा एकदिन हजुरामाले कुरो झिकिन, "बाबु एस एल सीको रिजल्ट आउने बेला भो --कस्तो गर्या छस जाँच----" भात खाने ठिक्क बेला भैनसक्या भए त्यस्को जबाफ दिनु सट्टा उनी एकातिर लागिसकेका हुन्थे तर भात छोडेर जान सकेनन र भने "१०० जनामा १२/१५ जना पास हुन्छन एस एल सीमा। ख्याल ख्याल हो?"   हजुरमाले भनीन "ख्याल ख्याल त कस्ले भन्या छ र? तैले कस्तो गर्या छस भन्या नी --अरुहरु त पास हुन कि फेल -- त्यै १२/१५ जनामा पर्छस कि पर्दैनस तँ? त्यो भन्न"   "मैले पर्छु पर्दिन भनेर हुन्छ? कापी कहाँ पुगी रछ, कुन डाँडाको कुन खैराँतेले जाँच्ने हो --मैले मात्रै राम्रो लेखेर हुन्छ?"   यत्तिकैमा भात पस्कीसकेको खबर आयो। भान्छा तिर लागे।   भात खाँदै थिए, हाम्री आमाले नी त्यै राग छेडीन "अनि बाबु, रिजल्ट त हुने बेला भो क्यारे --"   काकाले बिचैमा भने "मैले आमालाई भनीसकें, एउटै कुरो कति चोटी भन्नु"।   धमाधम भात खान थाले -- किन भ्याइ नभ्याई गर्या भनेर आमाले सोध्या "हतार छ" भने। अनि टाकटुक पनि नसकी छडकिए।   एक दुई दिन पछी चिया पिउँदै गर्दा हाम्रा बाले सोधे काकालाई, "कलेज कहाँ ज्वाईन गर्ने बिचार गर्या छस, अब रिजल्ट पनि हुने बेला भो--कति जति पर्सेन्टेज ल्याउने होस --"   घोरीएर जम्मै बाफ स्वाट्टै पार्न ला हुन की झै गरी उनले भने "परसेन्टेज त राम्रो आउनु पर्ने हो --तर कापी पो कुन चै ट्वाँटीस्ट गँजडी कहाँ पुग्या छ --"

Deep · Aug 17, 2010 2:15 PM · 80,309 views

36 Replies · Showing 21 - 36
Page 2 of 2

कडो  बर्णन गर्नु भयो ति दीनहरुको, रमाइलो लाग्यो अनी सम्झन्दा अली अली न्यास्रो पनि लाग्यो।

HomeBoi · Aug 18, 2010 3:28 PM

"...भिडले सुन्दरीलाई काका सँगै टाँस्देछ, काकाले आफ्नो रिजल्ट बिर्सेछन र सुन्दरीको रिजल्ट तिर लागेछन। यो ठीटी पनि फेल भै भने संगै भाग्छे की भन्ने झिनो आशा रे काकाको।" हे हे हे काकाले आश गर्या भनेर त राख्द्या हो प्रभुले तर अली अली मेरो मनोभाव पनि पोखियो है त्या निर। जे होस्, बेज्जोड गो पर्भो, अरु नि हास्न पाइयोस।

user123 · Aug 19, 2010 2:16 AM

धेरै जांडले हो कि क्या हो,  आखिर सुंदरी नै आउनु पर्ने काकालाई हँ !! एस. एल. सी को रिजल्टको कुरा गर्दा मैले नि एक थोक सम्झे | एस. एल. सी दिएर बस्या भतिजलाई एउटा काका पर्ने ले त्यसरी नै बेजोड़ चाट्या थ्यो रे असारसम्म , "बाबु ! रिजल्ट कैले हुनि हो भनेर ? "   आखिर वाक्क भएर एकदिन भंदेको थ्यो रे उल्ले नि ," काका!, मेरो रिजल्ट त अंग्रेजिका दिनै भैगो नि " भनेर.......

jira · Aug 19, 2010 9:14 AM

धन्यबाद भन्नै बाँकी छ आफ्नो, साझा सागरमा झन्नै हराईसकेछ यो त्यान्द्रो त। भ्याको बेला हार्दिक आभारका पुस्प-पत्रहरु सबैको बाटोमा छरेर जाँदै छु। मायालुको अधरमा छचल्केका आफ्ना रहरहरु झै जीवन्त होस साथीहरुको जीन्दगी।

Deep · Aug 20, 2010 10:08 AM

Deep ji, लौ तपाईंको यो थुइक्क पनि साह्रै झकास भो 

?-????? ???? · Aug 20, 2010 10:25 AM

सबैले निकेत लाई माया मारेजस्तो देखियो । तर आफुले त कहाँ त्यस्तो गर्न सकियो त । आझै १०-१२ दिन छ क्यारे भोट् किन।  यसो के गर्न बस्या थिय झल्यास्य सम्झे, भुन्टे लाई भोट हालन झन्डै बिर्स्या । अनी परेन फसाद, तु कम्प्युटर छेउ टप्कियर थोके एक भोट् .

?-????? ???? · Aug 20, 2010 10:29 AM

प्रभो गल्ती हो कता टास्नु पर्ने कता पो तासियछ । बुधेशकाल्मा सुद्धी बुद्धी  हराउछ भन्थे हो राइछ। मिल्छ भने डिलिट गरौ है मेरो कमेन्ट /

?-????? ???? · Aug 20, 2010 10:31 AM

Hi deep ,Just logged in to Sajha after so many months and good to read your article.It's so funny just like always........now I'll treat you with nepali chiya and chana bhuteko   ;o))............keep posting!!

bideshi · Aug 20, 2010 12:08 PM

funny

sym · Aug 20, 2010 2:01 PM

Deep prabhu ramoraam peetai dukhyo. Darshan gare prabhu lai.

Juggy · Aug 21, 2010 1:06 PM

thanks for coming back deep jyu, gr8 story as always

sijupanta · Aug 25, 2010 11:00 AM

दीप-दाज्यु, जीवन्त लेखाइ .......झल् झल् आफ्नो टोल याद आयो जहाँ धोबी खोला र बागमतीमा पौडी खेलेको थिए अनि माछा पनि मार्या थिए तर धेरै सानो छदा . यो धागो अरुले पनि पढून भनेर माथि तान्दै छु है मैले . रिसानी माफ . -थाहा-छैन 

ThahaChaena · Apr 4, 2012 6:01 PM

दीपले "आभा" नसक्दै पनि अर्को नयाँ कथा हालेछ लौ भनेर...राता रात झलमल्ल घाम लागे झैँ ठानेर, चैनि, सिरक फिरक हुत्त्याएर यता मुन्टया, पुरानो चैं पो माथि तान्देको रैछ! थुक्क!

Poonte · Apr 4, 2012 10:18 PM

😃

*~Spring~* · Jul 31, 2015 10:18 PM

दीप बन्धु, सारै मनोरन्जनात्मक प्रस्तुति, एकदम दुरुस्त चित्रण गर्नु भयो. आफ्नो पाठक हरुलाइ अब न तड़पआउनोस कथा अगाडी सर्नुस धन्यवाद

sumiraj007 · Dec 27, 2015 6:17 AM

Deep dai, yesto lekh lekhne manche sanga ta, kaile kai basera chya churot khadai guff gaff garna kasto ramailo huncha hola bhanne sochhu kya ma

alche · Dec 27, 2015 4:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion