राशी "तिम्रो राशी कुम्भ हो?" आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो। सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको--त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट पन्छाउँदै सुन्दरी टक्क रोकिई। एक पल त त्यो सुन्दरीलाई भरखर के भयो त्यो बुझ्न पक्कै लाग्यो। घटना मेरो लागि समेत आकस्मिक मात्रै होईन अप्रत्यासित पनि थ्यो भने सुन्दरी नझस्किने त कुरै भएन। सुन्दरीलाई हेर्दा उ धागोमा आगो लागिसक्या मल्टाबारा जस्ती देखिन्थी -- रन्थनिएकी सुन्दरी कस्तो प्रतिकृया कुन तरीकाले बजाईदिन पाए सोध्नेले प्रस्टै बुझ्थ्यो भन्नेमा निश्चित भैसकेकी थिईन सायद... शरद ऋतुको बेला थ्यो, हावामा चिसोपन मिसिईसकेको त थ्यो तै पनि जाडो नै हुने बेला चै भैसकेको त थिएन --तर पनि जाडो भए जस्तो भो --त्यसमाथि बौद्ध पुगेर आएको-- जाडोकै महिना भए त जिउ रन्किनु पर्ने--- बाङ्गेले फेरी सोध्यो "हैन राशी त कुम्भै हो कि क्या हो?" अब सुन्दरीले एक पल पनि खेर नफाली झर्केर "होइन" भनी अनि अघि बढी। कान थुने पनि उस्ले सुन्ने गरी बाङ्गेले भन्यो "-- ज्योतिषीले कुम्भ राशी सँग बिहे हुँदैन तेरो भन्दया थ्यो -- नहुने काममा लागिने हो कि भन्ने कत्रो पीर आफुलाई --अब बल्ल ढुक्क भो --"। सुन्दरीले आफु पछी साँढे कुदेर आको हो कि झै गरी एक चोटी तर्सेर हेरी अनि आफ्नो हिँडाई तेज गरी। "को हो त्यो?" धोबीखोलाको पुलमा बस्दै मैले बाङ्गेलाई सोधें। "त्यो मेरी हो नी" बाङ्गेले हाँस्दै भन्यो। "अब यो मेरीको दाई डेभिड छ कि माईकल छ छ त्यस्ले भेट्यो भने तँलाई बिनाभी पनि नभनी त्यो सोर्हखुट्टे ओरालोमा गाडाले च्यात्या टायर धसेर ब्रेक ला जसरी तँलाई धसेर---" "ल ल भो -- साथीले गरी खाओस भन्नु त कता हो कता अझ--" मैले मेरो कुरा पुरा गर्नै नपाई बाङ्गेले आफ्नो कुरा भन्यो। अघि त्यो यत्तिकै जाडो भाको जस्तो अनुभव बिस्तारै हराउँदै गयो -- डर अभावको रे छ क्यारे प्राप्तीको सम्भावना छेउछाउ हुँदा बिचलित भएको--तर अब त्यो सम्भावना न्युन हुँदै गए पछि डर आफै ठेगान लागेको हुँदो हो। "ल ल गरी खा ---" मैले भन्दें। मैले अरु गर्नु पर्ने केही थिएन, त्यै भन्दिनु त थ्यो नी -- त्यसमाथि बौद्ध सम्म पुर्याएर तातो, चिसो र ध्वाँको प्रायोजन उसैले गरेको थ्यो--गुन पनि त देख्दै गर्नु पर्यो नी -- धोबीखोलाको पुलमाथि कालो पुल तिर फर्केर बस्दै मैले भनें "त्यसलाई पैला त देखेको याद छैन---" "देखेकै छैन नी -- देखेको भए बिर्सिन के सकिन्थ्यो--" बाङ्गेले पनि खल्तीबाट डनहिल लेखेको चुरोट झिक्दै भन्यो। बाङ्गेले कुरा त ठीक गर्या हो। उस्लाई पैला देख्या भए बिर्सिन नसकिने नै थिई। रातको बेला--लगातारको झरीमा बिजुली चम्किए झैं थिई उ -- साँझको बेला सूर्य-चुम्बनमा मग्न समुद्र जस्ती थिई उ -- बिहानले पुर्बी आकाशमा फाउ खेले झैं थिई उ -- "यो धोबीखोला गन्हाएर पनि चुरोटको स्वादै बिगारीसक्यो---" बाङ्गेले झर्किएर बोल्यो -- अघिकी सुन्दरीको मन्दीर बनाउँदै थिएँ म --भत्कायो -- के भन्नु---केई भनम उस्की भनी र छ -- दिक्क लाग्ने -- "खै चुरोट ले -- "मैले पनि झर्किदै भनें। उस्ले उस्कै चै चुरोट दियो -- नयाँ झिक्ला भन्या त -- तान्नै पर्यो --- "त्यो ठीटीको पछी लागीनस त -- घर कता हो पत्ता लाउनु पर्दैन?" मैले धुवाँलाई एक छिन हेराईले लखेट्दै सोधें। "अघि नै झस्क्या देखिनस? फेरी पछी लागेर तर्साउन हुन्थ्यो के त? --पछी लाग्ने लगाउने दिन त आईहाल्छन नी --" उस्ले तरुनी गएको त्यो चाबेलको बाटो तिर हेर्दै भन्यो। साँझ गहिरिदै थ्यो -- रात चिनीने बेला हुँदो थ्यो। "लस्किने होईन त अब?" पुलबाट ओर्लिदै बाङ्गेले सोध्यो। म पनि ओर्लिएँ। "खै त्यो अघिको चुरोट अर्को एउटा झिक न -- अघि आधी तानेको केई धित नै मरेन --" मैले अलि मधुरो स्वरमा भनें--अलि ठुलो स्वरमा भन्दा कैले काईँ "राख्न देको थिस र झिक भन्नलाई" भन्थ्यो -- त्यो पनि सम्झिनै पर्यो -- उस्ले चुरोट झिक्यो -- अलि अलि बतास चल्दै थ्यो -- उस्ले लाईटर पार्यो म छेकेर चुरोट सल्काउँदै थिएँ "ए! के गरीरा हँ? तिमेरु? -- के तान्या त्यो?" एउटाले गर्जेको झै गरी सोध्यो। झसंगै भएँ। चुरोट सुरोट फ्याल्दिन ला थें--हेर्या त अर्जुन दाई रे छ -- "चुरोट तान्या नी दाई अरु के हुनु?" मैले हाँस्दै भनें। "चुरोटै हो त? खै हेरम?" अर्जुनदाई अलि बढे र चुरोट मेरो हात बाट लिए। धुवाँ सुघेँ अनि यसो चुरोट नियाल्दै "के चुरोट यो? भने। अर्जुनदाई र अर्को झ्याप्ले भन्ने दाई रे छन। "यो डनहिल हो दाई" बाङ्गेले भन्यो। अर्जुनदाई मान्छे भकुर्नमा ओस्ताज थिए। उन्को संगत फलदाई हुने भएकोले होला बाङ्गेले हत्त न पत्त अर्को खिल्ली उनलाई दिदै भन्यो "दाईहरु कता नी?" बाङ्गेले उनलाई देको खिल्ली चै उनले झ्याप्लेलाई दिँदै अर्को खिल्लीको लागी हात बाङ्गे तिर बढाउँदै भने "पिस्न हिनेको"। उनले मेरो चुरोट मलाई नै दिए। "दाईले पिस्न हिनेको भनेर सम्झिएँ -- एउटालाई मेरो पनि पिस्नु पर्ने थ्यो -- म पनि दाई जस्तो भा भे त पिस्दी सक्थेँ---" बाङ्गेले अर्जुनदाईको चुरोट सल्काउन लाईटर पार्दै भन्यो। "को हो? मैले गरेर हुने भए म ठोक्दिन्छु नी" डनहिल ले आसामी बनाईहाल्यो। "छ दाई एउटा -- त्यस्को बैनीलाई बिहे नै गर्छु भनेको--उल्टो मलाई दागा धरी रा छ --त्यस्को बैनी सँग बिहे गर्न पाईन भने त म कसै सँग नी बिहे गर्दिन --बरु मर्छु" बाङ्गेले भाबुक भएर भन्यो। मैले बुझें। बाङ्गेले त्यो अघिकी सुन्दरीको दाईले केई तल माथि गरे त्यस्को बन्दोबस्त अहिले देखिनै गर्यो भनेर। चोर बाङ्गे। आईडिया त लाकै हो -- "त्यस्तो डेडली सेन्टी छ?" झ्याप्लेले सोध्यो। "नभाको भए कोई यत्तिकै मर्न खोज्छ दाई?" बाङ्गेले सानो स्वरमा भन्यो। "पर्दैन मर्न सर्न -- म पिस्दीम्ला तेस्को दाईलाई -- पर्यो भने मलाई भन्नु -- " अर्जुनदाई फेरी गर्जिए। "हस दाई" बाङ्गेले दंग परेर भन्यो। अब उस्लाई त्यो मैले अघि भनेको डेभिड र माईकलको डर भएन। उस्ले म तिर पुलुक्क हेर्यो। मैले बुझिसक्या थिएँ। "देखिस, यसरी चलाउनु पर्छ गोटी" उस्को हेराईले मलाई त्यही भन्दै थ्यो। "अनि दाई चैं कस्लाई पिस्न हिन्या त यो राती?" आफ्नो बन्दोबस्त भए पछी बाङ्गेले सोध्यो। "यहाँ मेरी फुपुकी छोरीलाई अघि राशी सोध्यो रे कल्ले हो--तेस्को राशी नछेत्र सराद जम्मैको ठेगान लाईदिनु पर्यो ----" अर्जुनदाईले कठोर स्वरमा भने। "हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें। बाङ्गे चुपचाप थ्यो। म उस्लाई हेरीरा थिएँ। उस्ले म तिर हेर्दै हेरेन।
Deep · Mar 9, 2010 3:26 PM · 67,293 views
Last edited: 15-Mar-10 10:50 AM
goldencage · Mar 15, 2010 10:45 AM
के भा यो केटा? झन म भन्दैछु त लडु चदाइदिन्छु भनेर अब छातामा चै म हिर्काउन सक्दिन हात दुक्छ होला सुकुमारी छन। list दिनु भन्दा तीन पुषत्ये माग्छ । हैन अर्जुन मेरो मामा हैन। काका हुन चित्त बुज्यो अब ? तर छाते गणेशजी धेरै लडु खाएर daibetic भएछन भनिदेकुन तिम्रो दोश है ल ? अनी अर्को कुरा सुनि राख फेरी धमिलो ऐेनामा हेर्दा defouse हुँदा कहिले कहिं त्यै नै राम्रो देखिन्छ सब कुरा देखिनु स्वस्थ को लागि हानिकरक हुन सक्छ तेसैले एस्लाई धमिलो नै रहन देउ ल? लु दाम राखे
BlurMirror · Mar 15, 2010 10:56 AM
as promised!
BlurMirror · May 2, 2010 7:59 PM
I guess I missed it the last time. Chhoto mitho sarhai ramro lagyo. As always, a huge fan of your narration style; your stories are few reasons I frequent Sajha every now and then, albeit much much less frequently than I used to. Aru jawos.
Lekhak · May 3, 2010 9:14 AM
प्रभो, छोटो मिठो कथा को त के कुरा गर्नु? जति कुरा गरे पनि सकिदैन। तर यो त अन्याय नै भो है, एउटा अध्याय मै कथा टुङ्याइ देको मा चाइ मेरो घोर आपती छ। यो त आँखा लाई जिस्क्याको जस्तो मात्र भो। फुर्सद मिले अरु नी थपम न भन्या।
Nepal ko Chora · May 3, 2010 9:42 AM
सरल र सुन्दर सब्दको प्रयोग मलाई सार्है राम्रो लाग्यो .
PeaceSoul · May 3, 2010 11:02 AM
goldencage, मैले "बिद्वानलाई केही नभने नी बुझ्छ, मूर्खलाई जति भने पनि केई न केई" भन्ने भावनाबाट ओतप्रोत प्रतिकृया भेट्या हो त? :) BlurMirror, गणेशथानलाई यसरी साझामा ल्याईदेकोमा धेरै धेरै धन्यबाद। दिनमा दुई चोटी जस्तो भेटघाट हुन्थ्यो उनको र मेरो कुनै बेला। पुराना दिनहरु सम्झिएँ। उनको मन्दिर छेउको त्यो बाटो हुँदै गहना पोखरी पुग्दाको रमाईलो बन्दकीमा थ्यो, उकास्न सकिएन। भाटभटेनी र भगबतीबहाल आउँदा जाँदा तिनै गणेशलाई के कति कामले जानला हो र उनको सहयोगको अपेक्षा राखीएको छ भन्ने जानकारी दिईन्थ्यो। तर गणेश चैँ ज्याद्रा थिए। पटक्कै भनेको नसुन्ने। अलि गतिलो एउटा ईयरफोन चढाईदिन नपुग्या। As promised भनेको रहेछ झन। खुशी लाग्यो। Lekhak, प्रभो, दर्शन पाईयो, धन्य भैयो। हुन त म आफै साझा तिर परदेशी हुन आँटीसकें। प्रभोका प्रस्तुतीहरु पनि दरो हुन्थे। पढ्न नपाएर आफ्नै नोक्सान भाको छ। Nepal ko chora, खै BlurMirror ले यता उताका पुराना गणेश बोलाको प्रतापले हो कि के ले हो प्रभो सँग पनि भेट भो। हुन त अरुलाई के भन्नु, यो साझा आफ्नै लागि सुन्दरीको घर अगाडीको त्यो चिया पसल जस्तो भैसक्यो। पैला पैला सुन्दरीको बिहे अगाडीको जस्तो त्यो यो साझा पसल, बासै यतै थ्यो। अचेल सुन्दरीको बिहे भैसके पछीको जस्तो छ। PeaceSoul, प्रभोका दुई शब्द मेरा लागि हौसलका पखेटा हुन। ***** सबैलाई फेरी पनि धन्यबाद, अनि शुभकामना।
Deep · May 4, 2010 8:51 AM
Bumped.
Kiddo · May 10, 2010 12:56 PM
bro..I have been your fan for several years but I enjoyed reading in english typing more than the Devanagari...but I am sure I am the only one who feels like that..keep doing what you doing!...I haven't had a lots of Nepali reading other than Mahendra Mala and you're my true Nepali writer...Kudos to you...
llcoola · Jul 9, 2010 5:27 PM
दीप जि मैले त यो साझा खोल्न थालेकै तपाईं को कथाले गर्दाहो । साझामा कैले के नमिल्ने कैले के ,कथा मिस्स होला भन्ने दर । बरुएउता किताब निकाले कसोहोला । म चै पक्का किन्छु ।
fata keta · Jul 10, 2010 3:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion