~चौतारी १६७~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 167 editions. Last edited: 07-Dec-09 02:29 PM
serial · Dec 7, 2009 2:26 PM · 232,065 views
<<<जदौ! पुरे! भाडमे जाए लहरे!>>> लोल लोल, प्याँलो टाउकै छैन भन्या राख्नलाई। नत्र टन्न राख्न हुन्थ्यो। प्रणाम जिम्मालबा, सब कुसल्-मंगल भएर आरामै होला केरे
perfectionist · Dec 11, 2009 8:47 AM
यस्तै रेछ ठूल्दाई देशको खबरहरु! सबै कुशल छ र मंगल छ, आज शुक्रबार भोली माछा खाने दिन! :डि (प्याँलो टाउको)
Birkhe_Maila · Dec 11, 2009 8:52 AM
लोल आफुहरुले भने बमोजिमको बाजा नबजाएको भएर झडप रे ! :)) हरेssssss बाच्नु मात्र पर्छ यो कानले के के सुन्न पाईन्छ रिट्ठे भन्या ठीक रैछ ! सायद तिनिहरुले मदन्वा स्टाईलको "गोरे गोरे मुखडे पे काला काला चस्मा" गीत खोज्या थ्यो होला इनार्को पालो चाँही "काली काली हिस्सी परेकी" भन्ने बजाइदिये होला ! ल सुरु भो अनी त झडप ! मान्यगन्य सबैलाई दुई हात जोडेर नमस्कार गरे ल ! :) यो प्यालो टाउको नभको मलाई चाँही सार्है असर पर्या छ ! टाउको नराखी आफ्नो पोस्टिने बानी नै परेन ! :D
ritthe · Dec 11, 2009 8:53 AM
<<<सबै कुशल छ र मंगल छ, आज शुक्रबार भोली माछा खाने दिन!>>> लौ न जिम्मालबा नसुनाउनु न। मुखाँ बर्र्र पानी आयो। ओहो त्यो माछाको स्वाद। :( (प्याँलो टाउको) प्रणाम रिट्ठे ब्रो
perfectionist · Dec 11, 2009 8:57 AM
हैन साची यो चौतारी त सकिन लाग्यो, कसैले देख्या हो? ल जिम्मालबा यौतो सुरु गरम त।
perfectionist · Dec 11, 2009 9:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion