माँ र द्यो माँ हरु !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माँ र द्यो माँ हरु बाचुन्जेल मेरी ममतामयी माँ ( आमा)ले दु:ख पाउनु भयो । तै पनि छोरा छोरीको सुखको लागि धेरै गर्नु भयो । त्यो दुधको ऋण शायद नै तिर्न सक्छु होला। माँ सँग को केही स्‍मृतिहरु यस भन्दा अघी नै साझामा पस्की सकेको छु । हेर्नु होस् (http://www.sajha.com/guild/vie... र आज फेरी माँ को संझनामा फेरी केही स्‍मृतिहरुलाई शब्दाँकन गर्ने जमर्को गर्दै छु ।  भोक र अभाव को लावा लस्कर सहित दु:ख हाम्रो घरमा डेरा गरेर बसेको धेरै दिन भैसकेको थियो । बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो। हामी सानै थियौं । दाई १५-१६ बर्षको, म १० -११ बर्षको अनी भाई ६  बर्षको । बिबशताका यी दीन र दिनहरुबाट पार लाग्ने लक्षण दूर क्षितिज मा पनि देखिदैनथ्यो। डुब्नेको लागि परालको त्यान्द्रो को पनि साहारा हुन्छन भन्छन । माँलाई कसैले क्षेत्रपाटी तिर एक जना द्यो माँ हुनु हुन्छ, उसको गएर बेदना पोख्न सुझाव दिनु भए छ क्या रे , माँले मलाई एक दिन बिहानै द्यो माँ को जाऔं भन्नु भयो । १०-११ बर्षको यो राहुले लाई द्यो माँ को हुन भन्ने थाहा थिएन । माँले जाम भने सि संगै गैयो । द्योमाँ बस्नु हुने क्षेत्रपाटी स्थित घरको चोटामा एउटा ठुलै कोठा रहेछ। कुनामा एउटा रातो रङको गद्दी जस्तो देखिने आसन थियो । कोठाभरी भक्तजनहरुको भीड "फूल हाउस " भैसकेको थियो । माँ को सवारि भैसकेको थिएन । केही छिन मै माँ उपस्थित हुने जनाउ आयो । सबै सतर्क भए। द्यो माँ रातो पहिरन मा कोठामा पदार्नु भयो । चिनेजाने का लाई सन्चो बिसन्चोको खबर लिइ सोझै आफ्नो आशनमा बस्नु भयो। एक छिन आँखा चिम्म गर्नु भयो र शरिरमा अनौठो कम्पन देखियो । उपस्थित सबै जनाले द्यो माँको शरीर भित्र साक्षात देबीको अत्मा बिराजमान् भैसकेको माने र नतमस्तक भए। द्यो माँले एक एक गर्दै अगाडि बढ्न संकेत गर्नु भयो । त्यो भीडमा एक परिवार काठमाडौ बाहिरका देखिन्थे। त्यती बेला द्यो माँहरुको जमघाटमा स्थानिय बाहेक अन्यत्रका हुन्थेन होला शायद । अचम्म मान्दै हेर्दै थिए । त्यो परिवारलाई द्यो माँको मा लिएर आउने शायद पुरानै भक्त हुनु पर्छ र अघी बढ्दै द्यो माँ समक्ष तिनको परिचय गराउनु भयो । " माँ , यिनीहरु धार्दिङ देखि आएका हुन, यिनको छोरा ४ दिन देखी बेपत्ता भएको छ । भोटे बहाल डेराबाट सोमबार अस्कल मा पढ्न निस्केको छोरा फर्केका छैनन ।" " लौ तपाईं हरु आँफै भन्नुस् माँ लाई " भन्दै उक्त भलादमी ले धार्दिङ का ब्रिद्ध दम्पतिलाई माँ को अगाडि बस्न भन्नु भयो । छोरा बेपत्ता भएको बियोगमा ती दम्पतिको बोली फुटेन, बलिन्द्रा अश्रुधाराले नै सबै पीडा पोखी रहे ।द्यो माँले रोइरहेकालाई सम्झाउदै भन्नु भयो - "न रुनुस् , हुने भै हाल्छ" । "साह्रै ज्ञानी छोरो, पढाई मा गाउं भरकै अब्बल छोरो। शहरमा काका सँग पढ्न बसेको । निकै मेहनती छोरो । एस् एल सी मा बोर्ड सेकेन हो मेरो छोरो । हुने सम्म ठाममा, चिने सम्म ठाममा खोजी सकें । केही पत्तो लागेन माँ । कहाँ गएका होलान, के गर्दै होला? जिउदो छ कि छैन त्यती थाहा पाए हुन्थ्यो माँ " सकी नसकी आमाको मुखबाट अपशकुण निस्के । " तिम्रो छोराले ४ दिन अघी नै जल समाधी लिइ सके, कहीँ खोज्नु पर्दैन, यही काठमाडौ मै छ । आज या भोली सम्ममा भेटिने छ ।" द्यो माँको यो तितो शब्द सुनेर आमा बेहोस् हुनु भयो। कोलाहल मच्चियो । बल्लतल्ल होसमा आउनु भयो। छोरा गुमाएको आमा को पीडा प्रत्यक्ष महसुस गरें । न भन्दै उक्त ब्यक्ती को लाश रानी पोखरिमा तैरिएको भेटियो । प्रहरिले डेराको खानतलाशी लिंदा आत्महत्या गर्नु अघिको पत्र पनि फेला पारे । एस् एल सि मा बोर्ड सेकेण्ड आउने उज्वल विद्यार्थीले आत्मा हत्या गरेको खबर शहर भरी फैलियो । म भने, द्यो माँको भनाइ र त्यो रानी पोखरिमा तैरिएको लाश बीच को तार खोज्न थालें। क्रमश :  

rahulvai · Dec 3, 2009 11:02 AM · 57,665 views

50 Replies · Showing 41 - 50
Page 3 of 3

ठुल्दाइ , पढियो तर कता कता के नपुग्या के नपुग्या जस्तो भयो । शायद हामी नेपाली हरु को खुट्टा तान्ने र अरु को बिगाड गर्ने धारणा खुल्या भएर अली दिक्क लाग्या होला !!! ल गुर्लाम गुर्लाम अर्को भाग पर्ख्दै छौ

???? · Dec 14, 2009 1:51 PM

ल यो भाग नि पढियो खै के भन्ने ठुल्दाइ - मन्त्र तन्त्र त्यस्तै मान्छे को हातमा पारेपछी बिगार्दै जान्छ - खै मानिस कै मन मा भर पर्ने हो सबै कुरा इर्स्या दाहा गर्ने मान्छे ले बिगार गर्छ होला मेरो बिचार  मा

serial · Dec 14, 2009 1:57 PM

एकै सासमा पढीयो,  दुष्ट स्वभावकै भए पनि मन्त्र जान्ने बुढीको दु:खद अन्त्य नमज्जा लाग्यो । कसैलाइ त्यस्तो भोग्न नपरोस जस्तो लाग्यो । क्रमश: को क्रम नटुटोस । बिर्खेले कोट्याएको कुरा चै गहन छ है । हुन त हाम्रा बिचारहरु हाम्रा भोगाइ र बुझाइका दर्पण हुन । "बोक्सी भनिनेहरुको जीवन, घोर अभाव, अनवरत तनाव, हेपाई, पेलाई, सामान्य भन्दा अलि भिन्न मानसिक स्थीती, जीवनमा गहिरो अपुग ईत्यादीले भरिएको जीवन पाएँ। यस्ता कुराहरुले वर्षौँसम्म खाईरहँदा अलिकता विक्षिप्त हुन पुग्दारेछन् र विक्षिप्तताको स्थितीमा उनिहरुले देखाऊने कृयाकलाप अरु सामान्य महिलाहरुको भन्दा भिन्न देखिन्छ ।"   तर मैले सम्पन्नता र रोवदोबपूर्ण जिन्दगी बाँचेका मानिस (बुढी महिला मात्र हैन तन्नेरी र पुरुष पनि) पनि बोक्सी भनेर आरोपित पाएको छु । किम्बदन्ति जस्ता लाग्ने तिनीहरुका अनौठो हरकतहरु देखेका मानिसहरुको सविस्तार बयान सुनेको छु । बिक्षिप्तता हो या नियति, तिनिहरुको मानसिक अवस्था असमान्य चाहि हो जस्तो लाग्छ । मन्त्रसाधना र शुद्धताको निमित्त तिनीहरुले गर्ने अन्धविश्वास वा आडम्बर जस्ता लाग्ने ब्यबहारहरु पनि देखेको छु ।  यसको मतलब के हो भने विद्या सिकेर बन्ने तथा आरोप खेपेर बन्ने दुइ किसिमका बोक्सीहरु हुन्छन । बिर्खेले इंगित गरेको दोस्रो प्रकार हो, जसलाइ हाम्रो समाजले ठूलो अन्याय गरेको छ, त्यसमा दुइमत नहोला । तर ठुल्दाइले ब्याख्या गरेको पहिलो प्रकारको हो भन्ने मलाइ लागेको छ । घरायसी दुश्मनीमा बदला साँध्न काम लाग्छ भन्ने भावना र आफ्ना वरीपरीका मानिसलाइ बिगार गरेरै तह लगाउने उद्देश्यले तन्त्रमन्त्र सिक्ने हरु छन चै छन है ।  कहिलेकाहि त्यो मन्त्रले काम गर्छ कि गर्दैन भनेर नजिकैका आफन्तलाइ बेफ्वाँकमा परिक्षण गरेर हेर्नेहरु पनि छन । यस्ता तन्त्रमन्त्रका कुरामा मैले देखेको समानता चै के हो भने तिनीहरुसित जहिले पनि केहि न केहि पदार्थ (जस्तो चामल, फुल, अविर, चिउरा, सुपारी, मसला, कपडा, आदि ) पनि जोडिएर आउँछन । त्यसैले मलाइ शंका के मा लाग्छ भने साँच्चिकै तिनको शक्ती तन्त्रमन्त्रमा छ कि अथवा त्यो पदार्थमा मिसाएको केहि चीजका कारण अनेक चमत्कारी असर देखिन गएको हो । वा यो साँच्चै अन्धविश्वास मात्रै हो त ? 

chanaa_tarkaari · Dec 14, 2009 4:46 PM

चौथो भाग पढियो ठुल्दाइ. बुढीया ले दुस्कर्म को फल भोगिछिन नै। लौ सम्धी ज्यु र चना दाई को सुरु भएछ,लौ आफु त एता कुना मा बसेर सुन्ने हो। अनी अरु चम्कत्कारी कुरोहरु सुनौ न त दाई द्योमाँ को।

?????? · Dec 14, 2009 5:46 PM

Interesting! aru bhaaga pani padhna paaye ajhai interesting hunthyo.

crazy_love · Dec 28, 2009 8:45 PM

khai ta bhag 1 dekhi ekai choti bhag 4 cha ta.. aru bhaag haru pani padhna paye ta gajabai hunethiyo sathi ho

alche · Aug 9, 2012 6:38 PM

alche जी ,    एक भन्दा धेरै पानामा सामाग्री रह्यो भने सान दाइ को यो जिनिस मा अन्तिम पेज नै "डिफल्ट " भै बस्ने हुँदा यो पाना अन्तिम पाना हो . ओरिजिनल पोस्ट र अन्तिम पेज मात्र देखिन्छ . पेज न. १-२  मा क्लिक गरी सबै भाग हेर्न , पढ्न सक्नु हुने छ . तल को चित्रमा पेज न. स्पष्ट संग देखिन्छ . धन्यबाद !   

rahulvai · Aug 9, 2012 7:03 PM

 हैन ठुल्दाई हजुर को भाग चार सम्म पछि क्रमश: छ अनि खै त पुरा गर्या कथा/संस्मरणलाइ .....  अधकल्चो छोड्ने बानी कस्तो नराम्रो भनि हाम्रा ठुल्दैको ........ 

ThahaChaena · Oct 12, 2012 2:36 PM

 अरु पनि द्यो माँ का कथाहरु सुनेको छु , देखेको छु तर खासै इन्टरेस्टिंग न भेटिएकोले होला अरु नथपेको थाने..   फेरी अर्को तप्काका साथीहरु भगवान प्रति त बिश्वास छैन भन्छन , यस्ता द्यो माँ हरुको कुरा राख्दा .... साइन्स पढ्या मान्छेको नि ........... भन्नेहरु नि भेटीए .. त्यसैले पनि जाँगर नचलेको होला ... धेरै अघि को कुरा हो , बुझेर राखौला नि  हुन्न र ?

rahulvai · Oct 12, 2012 3:22 PM

 अब दाइ यहाँ मान्छे थरि थरि का छन्...... भन्छन नि के त एउटी हात को पांच औंला बराबर छैन ... अब मान्छे मान्छे को सोच कहाँ बराबर होला र....... हजुरको बुझाई लै बुझेर बुझ्न खोज्दा पछि लेखे पनि हुन्छ जस्तो लागो ठुल्दाई.....

ThahaChaena · Oct 12, 2012 4:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion