प्रेम पत्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रेम पत्र पुरातत्व विभागले अब  ऐतिहासिक भनेर ठोकुवा गर्ने बेला तिरको हुँदो हो  मेरो एउटा साथी थ्यो - रामचन्द्र. पर्दिपे जांड रक्सी चुरोट केही नखाने, तरुनी पनि नजिस्क्याउने, १०३ डिग्री ज्वरोमा पनि स्कुल जान्छु भनेर तम्सिने. सडकमा नखेल्ने, मनपरी पनि नबोल्ने, अपजस आईलाग्ने काम केही नगर्ने त्यस्तो बिचित्रको थ्यो.  त्यहि भएर उसलाई बांगेले नाम राख्देको थ्यो, रामचन्द्र. बांगे रामको हैन कृष्णको र महादेवको भक्त थ्यो.  सुन्दरीको बिषयमा कृष्णको तान्ने बिषयमा महादेवको. रामलाई त उ  दशा लागेको देउता भन्थ्यो. त्यसैले होला पर्दिपेलाई राम बनाउन उ उदार भाको. रामचन्द्रले बांग्गेलाई अनि बांगेले रामचन्द्रलाई उत्तिकै घृणा गर्थे. रामचन्द्र संग मेरो भने राम्रै थ्यो. उ संग मैले संगत गरेको देख्दा मेरा पक्का साथीहरु --भन्या-- उही बांग्गे, छ्याक, झ्यालिंचा , ट्वाक आदि ईत्यादी नाम गरेकाहरुले भन्थे "यो दीप अब बिग्रिने भो -- चढ्दो उमेरमा ओर्लदो उमेरको ढाचा गर्ने संग संगत गर्न थाले पछे हुन्छ के त ." सुपारी चै तर रामचन्द्रको दुश्मन थिएन. नभाको कुरो. रामचन्द्र पनि मलाई मेरा साथीहरु धमाधम कुहिंदै छन्, म पनि उनीहरु संगै टास्सिने हो भने भने मेरो पनि  हुने हालत उही हो भनेर कहिले सतर्क गराउंथ्यो कहिले चेतावनी दिन्थ्यो. म एउटा कानले सुन्थे अर्कोले उडाउथे. रामेको घर छेउ एउटी सुन्दरी थिई. उ त्यही सुन्दरीको  फन्दामा परेको थ्यो. उ एक्लै परेको थ्यो. सुन्दरीलाई अत्तो पत्तो केही थाह थिएन. जहिले भेट भए पनि त्यही सुन्दरीको बयान गाउथ्यो.सुन्दरीको घर फेरी त्यस्तो पर हो र? उसको घर जग्गा संगै त्यो तरुनीको घर जग्गा जोडीएको थ्यो तर तरुनीको घर भने रामेको घर नजिक थिएन. अलि परै थ्यो. त्यसमाथि सुन्दरीको जग्गामा भएका एक  दुईटा झ्यांगिएका रुखले उसको घर ओझेलमा पारेर  रामेको मायालाई सेप पारेका थिए.   जहिले "तेरो तरुनीको के छ हालखबर? लभ पर्यो?" भनेर सोध्यो रातै भएर "काँ --"  भन्थ्यो. एक दिन उसको घराँ थिएँ म -- उ त्यै तरुनीको स्तोत्र पाठ गर्दैथ्यो. मैले एउटा कागजमा प्रेम पत्र लेखें . उ कस्लाई लेखेको भन्दै डराउँदै पढ्दै रोमान्चित हुदै थ्यो मैले केही नभनी पत्र पुरा गरें. अनि उसलाई "ल लगेर दे यो तेरो तरुनीलाई कि वार कि पार " भनेको हातमा बिच्छी राख्देको जस्तो गरेर  तर्सिदैं  उछिट्टियो.  "ल भैगो" भनेर चिट्ठी मैले नै लिएँ. अनि तरुनीको घर पर्खाल छेउ सम्म त जान होला नी? देखियो भने म पनि गति पर्छु नी, हुन्छ?" भनेर सोध्या दङ्ग पर्दै  "हुन्छ" भन्यो. त्यो हुन्छ पनि किन भन्या रे छ भने सुन्दरी उसको घर तिर भएको जग्गामा कहिलेई आएको उसले देखेकै रहेनछ.  सुन्दरीको घर जग्गाको सेरो फेरो निक्कै ठुलो, अनि रामचन्द्रको घर सुन्दरीको घरको निक्कै पछिल्तिर पर्ने. रामचन्द्रको अस्तित्वको बारेमै तरुनी अनभिज्ञ हुँदी हो  जस्तो लाग्यो. सुन्दरीको पर्खाल छेउ निकै बेर उभिएम उ र म, तरुनीको दर्शन पाइएन बरु सुन्दरीकाहां काम गर्ने एउटा ठिटो उनीहरुको जग्गामा हल्लिदै गरेको देखियो. मैले "ए भाई" भनेर बोलाएँ. उ त आयो, तर रामचन्द्र डरायो "किन बोलाको भन्दै" . मैले अघि लेखेको चिठ्ठी त्यो भाईलाई दिदै "ल यो चिठ्ठी लगेर दिदीलाई देउ" भने. मैले यति भनेको सुन्ने बित्तिकै रामचन्द्रले सुइंकुच्चा ठोक्यो. भाईले चै "नाइँ नाइँ म त दिन्न चिठ्ठी सिठ्ठी --अस्ति यस्तै चिठ्ठी भिमसेंथान्को दाइले दे भनेर देको कस्तो जात्रा गरे मलाइ" भन्यो. "अब दिदीले नखोजेको चिठ्ठी लगेर दिए पछी गर्दैनन त जात्रा? यो चिठ्ठी चै दिदीले मागेको -- पर्खाल छेउ एउटा भाइ आउछ उसलाई दिनु भनेको छ नत्र मलाइ तिमी यहाँ आउने के थाह?" मैले पनि भनें. अनि थपें "अब तिमीले नलिने हो भने म त त्यै भन्दिन्छु... त्यो भाई त कस्तो बेईमान रे छ चिठ्ठी लिन मानेन भन्दिन्छु " . मैले यति भने पछी त्यो भाईले एकदम गाह्रो मानेर अन्कनाउदै  चिठ्ठी लियो. यसो हेरेको अलि पर लुकेर  रामचन्द्र पनि दृश्यावलोकन गर्दै रेछ. अनि मैले रामचन्द्र तिर देखाउंदै त्यो भाइलाई भनें "ल पर्दिप दाइले देको भनेर देउ है" . भाई त्यै अलपत्र परेर उभिरा थ्यो म हिने. रामचन्द्र कहाँ पुग्ने बित्तिकै उसले मेरो कठालो समातेर सोध्यो " म तिर देखाएर तैले के भन्या त्यो केटोलाई?" मैले पनि भाको कुरा भंदें "लेटर तैले देको भन्नु है भनेको अरु के भन्नु" रामचन्द्र त थुचुक्कै बस्यो. "ल के खबर आउछ जानकारी गराएस. म लागें अहिले " भन्दै हिन्न के लागेको थिएँ उसले "नाइँ नाइँ अहिले त मलाई एकदम डर लागिराछा..अहिले जान पाउदैनस" भन्यो. लौ त भनेर फेरी उसको कोठामा गईम. अब त्यो केटीको बाउले मलाई मार्छ..  मेरो बाउले नी मलाइ मार्छन भनेर रुने हो कि जस्तै गर्न थाल्यो रामचन्द्र त. कैले ओछ्यानमा बस्छ कैले उठ्छ कैले त्यै सानो कोठामा ओहोर दोहोर गर्छ -- कैले मलाई गाली गर्छ --- तमासा गर्न थाल्यो. बेक्कार देको जस्तो त मलाई पनि लाग्यो तर त्यो भन्न भएन -- उसै त रामचन्द्रको हालत त्यस्तो थ्यो -- मैले बरु भने "अब हेर्न तरुनीको जबाफ आउछ -- तँ जस्तो गतिलो भलादमी केटा यो टोलमा अर्को कोही छैन --सबैलाई थाह छ -- तलाई जबाफ नदिए कस्लाई दिन्छे त?" उसले भन्न त केही भनेन तर दुध लिन गाको बेला दुधको ट्रक आइपुग्ने बेलामा मोहर हराको जसरी छटपटी रह्यो. "शंकरदाई"  "ए शंकरदाई" चोकबाट एक्कासी आवाज आयो. रामचन्द्र ओछ्यानमा बसेको मात्रै के थ्यो तिन बित्ता उफ्रियो. "के भो?" मैले सोधें. "सुनीनस?" पन्चट भाको चक्काको स्वरमा उसले भन्यो. "के? त्यै तेरो बाउलाई बोलाको? अनि के भो त? तेरो बाउलाई बोलाको तेरो हावा किन खुस्क्या नी?" "तेरो बाजे त्यो बोलाउने को चिन्या छस?" जन्डीस लाग्या जस्तो रुपमा पुगेको  रामचन्द्र ले सोध्यो. "को? त्यै तरुनी को बाउ हो कि क्या हो?" मैले पनि झस्केर सोधे. "अनि को त?" रामचन्द्र ले नी सोधेरै भन्यो. "हैन बोलाको तरुनीलाई थ्यो बाउ चै किन आको त?" मैले फेरी सोधें. आँखा तर्दै रामचन्द्र हान्नियो कोठा बाहीर -- म पछी लागें -- उसको कोठा दोश्रो तल्लामा थ्यो -- उसले त त्यै तल्लामा भएको झ्यालबाट घर पछाडी दियो जम्प. अब भो की? उसको लागि भनेर मैले त्यत्रो गरेको उसैले जम्प दिए पछी म मात्रै के बसाइ भो र? मैले नी दिएँ त्यै झ्याल बाट. मैले नी जम्प देको देखे पछी उ झन आत्तियो र दौडीन थाल्यो. म चै उसलाई बोलाउदै पर्खिन भन्दै थिएँ. घर अगाडी जाने कुरा भएन, भोटे कुकुर जसरी सुन्दरीको बाउ भुक्दै थ्यो भनेर होला उ घर पछाडी बत्तिदै थ्यो. त्यै सुन्दरीको पर्खाल नेर पुगेको त अघिको भाई लेटर हातमा लिएर उभिरहेको. "ए, दाई पर्खिनु त ..यो  लेटर " उसले रामचन्द्र लाई देख्ने बित्तिकै भन्यो. रामचन्द्र टक्क रोकियो. म पनि उ नजिकै पुगेर भनें :देखिस मैले भन्या हैन? आईसक्यो जबाफ" हामी पर्खाल नेर पुग्ने बित्तिकै त्यो भाइले चिठ्ठी रामचन्द्रलाई दिदै भन्यो "मलाइ त एकदम डर लाग्यो दाई -- यो तपाइको चिठ्ठी दिदीलाई दिन सकिन मैले" ***************

Deep · Oct 31, 2009 12:03 AM · 44,630 views

20 Replies

khub hansayo

aman · Oct 31, 2009 10:43 AM

Deep's stories always reminds me of my own Kathmandu days. Thank you for another good one. Shanibar bihan tesai musu musu ma...

kancho · Oct 31, 2009 3:07 PM

*~Spring~* · Oct 31, 2009 6:12 PM

Good one Deep!!!!

santosh1984 · Nov 1, 2009 5:11 AM

जिन्दगी यसै चिप्लेटीमा उसै। गफ पनि गर्दै गर्नु पर्‍यो नी। आभारका फुलहरुले सबैलाई धन्यवाद भनें है मैले।

Deep · Nov 2, 2009 8:24 AM

लप लेटर लेख्न त फेरि हाम्रा दीपलाई कसले सिकाऊनु। बरु त्यो फुच्चे भाईले तरुनीलाई लेटर दिन सम्म सक्या भए परदिपेको अस्तित्व त थाहा पाउँथिन कि?

Birkhe_Maila · Nov 2, 2009 8:34 AM

क्या र्‍याक भा रैछन्तनिहो - भाई चाँही ले देको भए त अहिले सम्म त रामचन्द्र को लोप पेरिसक्थ्यो होला नै दीप को डिमान्ड नि हाई हुन्थ्यो लोप लेटर लेख्दिने मा - आफ्नो लोप सप नपरेपनी आफुले अर्काको लोप लेटर लेख्दिएर अर्काको लोप गरिदिएर पुण्य कमाउन्थ्यो होला दीप ब्रो ले पुण्य कमाउने चानस क्या मिस भो भन्देखिन

serial · Nov 2, 2009 9:16 AM

थुईक्क झन रिप्लाई आयो भन्या त त्यो भाई ले चिट्ठी नै दिएन छ । लौ प्रभु यो राम र सिता को मिलाप तपाईं हनुमान भएर चाडो गराउ 

???? · Nov 2, 2009 9:55 AM

लौ धेरै पछी प्रभोको नयाँ परिकार् आएछ, राम्चन्द्रेले तारा देख्ने भो त्यो त पक्कै हो, तारा मात्र हैन तोरिको अनी के के को फुल देखेर ल्याउने होला ल प्रभो अर्को भागको ब्यग्रताका साथ, प्रतिक्षामा

perfectionist · Nov 2, 2009 11:16 AM

लौ दीप प्रभु अर्को भाग छिट्टै पस्कनु पर्यो /

rahashya · Nov 2, 2009 11:29 AM

Great story Deep ji. Enjoyed. -SateLite

satelite · Nov 2, 2009 2:13 PM

लौ गज्जब !

ritthe · Nov 2, 2009 2:38 PM

kasto vaye 6 hai, tara jhal bata ham faleko chai maja aayo ho la hai? 

pyasi_24 · Nov 2, 2009 3:46 PM

ti sundari ka ba chai fursad ko bela Shankar dai sanga ek haat jamdinu paryo bhanera aa thae holan, Pradeep ra Deep ko bijok banayechhan.....nice one!

nakkali keti · Nov 3, 2009 9:29 AM

enjoyed !! Like always.  

shirish · Nov 3, 2009 11:26 AM

मेरी बास्सै हेरेको जस्तो भो है मलाई चै ।

Harka_Bahadur · Nov 3, 2009 12:10 PM

अैइया नि ।।।हासेर सास जान लायो मेरो त...पर्दिपे अनी पछी दिप ब्रो नि जम्प द्या देखेर। सेप भन्ने शब्द धेरै पछी सुनेर रमाइलो लाग्यो "त्यसमाथि सुन्दरीको जग्गामा भएका एक  दुईटा झ्यांगिएका रुखले उसको घर ओझेलमा पारेर  रामेको मायालाई सेप पारेका थिए". 

?????? · Nov 3, 2009 4:18 PM

तिम्रो घर चाँचरी ती तल हैन र? तिम्लाई हाम्ले चाँचरी चिनेको छैन र? ... यो गीत पो सुन्न मन लाग्यो आज --- पुराना साथीहरु सम्झेर अनि बाहिर यो कुहीरो देखेर।  एक चोटी साथीहरु संग कुहिरो लाग्या ककनी तिर पुग्या बेला कुहीरो रंगको बटुकोमा कुहीरै रङको तर रातो असर पार्ने सर्बतको राम्रो खपत गर्या एक छीन पछी दुईटी ठीटीहरु ओरालो लाग्दै गर्या देखेर ट्वाकले यही गीत गाएको थियो --    तिम्रो घर चाँचरी ती तल हैन र? तिम्लाई हाम्ले चाँचरी चिनेको छैन र? ... अनि गीत अरु गाउन नपाउदै दुईटी मध्ये एउटी अलि धारीली रैछे क्यारे उस्ले हामी तिर फर्केर हेर्दै भनेकी थी "हाम्रो नाम त चाँचरी होईन--जस्को हो उसैलाई सुनाउन जानु नी --- "

Deep · Nov 4, 2009 8:45 AM

pheri gayo guru, ghachchiko. la dhannebad paskanu bhayeko ma.

lale · Nov 5, 2009 3:54 PM

दीप दा , हजुर कहा हो कहाँ ... मिठो कथा खोतलेर पढे है मैले...

ThahaChaena · Nov 2, 2016 2:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion