रिसले फत्फताउँदौसानोहिटरबालेरसिरकमागुट्मुटिएकोमात्रके थिएँकसैले ढोका ढक्ढकायो। ढोकासम्मगएरस्वागतगर्नेजाँगरथिएनगुट्मुटिएरैकराएँ "भित्रआउ....."। उस्लेलामोकालोकोट लगाएकीथी। अरुबेलाजस्तोकोठामानछिरेरउकोटकाखल्तिमाहातघुसारेरढोकामैअढेस लगाएरउभिरही।बाहिरहिउँपरीरहेकोथियो।जाडोलेरातोभएकोउस्कोनाक बत्तिको उज्यालोमाटलक्कटल्कियो।सधैंचन्चलदेखिनेउस्काआँखाआजउदासथिए। "किनजाडोमा बाहिरउभिएकी... भित्रआउ" मैलेअर्हाएँ। उमेरोखाटकोछेउमाआएरबस्नसाथरक्सिकोनमिठो गन्धनाकमाठोक्कियो। "आफुलेनखाँदातकस्तोगन्हाउँदोरहेछ।आफुलेखाएकोबेला नखाकालाईपनियस्तैहुदोहो " मेरोमनलेतुरुन्तसोच्यो। “बारगएरआएकी” मैलेस्वभाबिक प्रश्नगरें।
उस्ले होइनमा टाउको मात्र हल्लाइ केही बोलिन। " हेर न मेरो हिटर बिग्रीएको
बनाइ दिएकै छैन। कस्तो जाडो छ है आज। चिया खान्छौ?" मैले गुनासो,
परिस्थिती र प्रस्ताब एकै चोटि तेर्स्याएँ। उस्ले फेरी टाउको मात्र हल्लाइ
केही बोलिन। हाम्रो संगतले उ पनि बेला न कुबेला चिया खान तयार हुने भएकी
थी। चिया बसाल्दै गर्दा मैले उ तिर पुलुक्क हेरेँ। उ भुइँ तिर हेरेर घोरीइ
राखेकी थी। आज केही भएको छ भन्ने कुरा को सुइँको त मैले अगी नै उ छिर्न
साथ पाइसकेको थिएँ तर कुरो के को उ भनी रहिकी थिन अनी मैले सोधी हाल्न
सकेको थिन। "बिबेक कहिले फर्किने भयो त? ईमेल गर्यो तिमीलाई?" चियामा
चिनी हाल्दै मैले सोधें। मेरो प्रश्न सुन्न साथ उस्को गोरो अनुहार
रातो भयो अनी अगी देखी रोकी राखेका उस्का आँसुहरु गाला हुँदै भुइँतिर खसे।
"जेनिन के भयो तिमीलाई?" मैले आत्तिदै उस्का हात समाएँ। उ मेरा हातहरु
बेस्सरी समएर रोइरही मानौँ मेरा हातहरुमा उस्का सम्पूर्ण ब्यथा पोखिरहिकी
छे। म त्यो खहरेलाई रोक्न चाहन्न थें त्यसैले मौन रहें।
I know अत्ती नै छोटो छ। खास कुरा के भने मलाई अचेल कथाको १,२ वटा paragraph लेखेर जता ततै फाल्ने बानी लागेको छ। यो पनि हिजो घर सफा गर्दा भेट्टाको। साझामा टाँस्यो भने complete गर्न कर पनि लाग्छ तारिफ (hopefully) पनि पाईन्छ भनेर अहिहेलाई टाँस्दै गरेको। बाँकी भोली है। Thanks for comment.
उ मेरा हातहरु बेस्सरी समएर रोइरही मानौँ मेरा हातहरुमा उस्का सम्पूर्ण ब्यथा पोखिरहिकी छे। म त्यो खहरेलाई रोक्न चाहन्न थें त्यसैले मौन रहें।
उ बिस्तारै स्थीर भइ। मैले उस्लाई हेरिरहें। उस्का निला आँखाहरु झनै उदास भए। " बिबेकले बिहे गर्दै छ" उस्ले कोटको बाहुलाले आँसु पुछ्दै बिस्तारै भनी। " को सँग?" मेरो मनमा चिसो पस्यो। " नेपाली केटी सँग" उस्ले यती मात्र भनी। म अवाक भएँ।
बिबेक र म एउटै स्कुलमा पढ्थौँ। स्कुल पछी हाम्रो खासै संपर्क भएन। सँयोगबस पछी यहाँ एउटै युनिभरसिटिमा एड्मीसन गरेंछौ। नेपालीहरु सार्है कम भएको यो युनिभरसिटिमा हामी अपार्टमेन्ट बाँडेर बस्न थालौँ। बिबेक गम्भिर स्वभाबको थियो, पढाई प्रती सधैं लगनसिल। हुन त मान्छेहरुले हाम्रो जोडी मिलाउन नखोजेका होइनन तर खै किन हो कुन्नी हामी बिच त्यो भावना कहिल्यै मौलाएन। प्रेम गर्नुको कारण नभए जस्तै नगर्नुको पनि कारण हुँदैन रहेछ। उ जेनिनसँग नजिक हुँदै गयो। उनिहरु लाइब्रेरिमा सँगै काम गर्थे। जेनिन एक अमेरिकि, हँसिलो अनुहार भएकी, बोलिरहन मन पराउने। फरासिलो स्वभाब भएकी जेनिनसँग मेरो मित्रता पनि छिट्टै गाँसियो।
हामी ३ जनाले कयौं रमाइला पलहरु सँगै बाँडेका थियौं। तर आज जेनिनले सुनाएको कुरा मेरो कल्पना भन्दा बाहिर थियो। म स्तब्ध थिएँ। " बिबेकले किन बिहे गर्न लाग्यो? उ त बिहे गर्न भनेर नेपाल गएकै होइन। के उस्को जेनिनसँग जीवन बिताउने बिचार थिएन?" अनेक थरी प्रश्नहरु मेरो माथिङलमा घुमिरहे। "यती ठुलो ब्यथा पोख्न उ मकहाँ आएकी छे मैले केही भन्नु पर्छ" म बौरिएँ। " यो कुरा सुनेर सार्है दु:ख लाग्यो" भनेर म उस्को पिडाको अबमुल्यन गर्न चाहन्न थेँ। त्यसो भए के भनौं त ? उस्को साथी को नाताले "पिर नगर, तिमीले अर्को राम्रो केटा पाउँछौ" भनौं कि बिबेकको साथीको नाताले उस्को वकालत गरौं वा "त्यस्तो पनि गर्ने हो भनेर उस्को निन्दा गरौं" म फेरी अर्को भुमरिमा परें। "मेरो केही सामान लैजानु छ" भनेर उ बिबेकको कोठामा पसी। सधैं पतर पतर गर्ने मलाई आज शब्दहरुको साँच्चै ठुलो खडेरी पर्यो। उ आफ्ना टुटे फुटेका स्मृतिहरु समेटेर बाहिर आइ। मैले ढोकानेर पुगेर उस्लाई अँगालो मारें। उस्का आँखा फेरी रसाए।
"कस्तो नौटंकी रहेछ। गधा! कमसेकम मलाई भनेर गएको भए म जेनिनलाई बोकेर आउँथे र त्यस्को बिहेमा? यो केटाहरुको जात नै नहुने..... के ठान्छन यिनिहरुले केटीहरुलाई?" म रीसले तातिदै इमेल हेर्न थालें। नभन्दै बिबेकले इमेल गरेको रहेछ।
प्रिती तँलाई अचम्म लाग्छ होला। म बिहे गर्दै छु। मलाई पनि अचम्म लागिरहेको छ। हेर अहिले सम्म केही नराम्रा काम गरिन। सधैं आफुलाई सबै कुरामा सछम प्रमाणित गरें। तर पनि मेरो बुवा आमाले मेरो आफ्नै जीवनको एउटा फैसलामा विश्वाश गर्न सक्नु भएन। हो म अहिले झगडा गर्न सक्छु। केही नभनी फर्किन सक्छु। तर आफन्तसँग के को संघर्स। आफन्त सँग त सहयोग हुन्छ, सहकार्य हुन्छ। त्यसैले म समर्पण गर्दै छु। मैले एकजनालाई रुवाएर यहाँ धेरैलाई हँसाएको छु। तर म आफु भने त्यही एक जनाको लागि रोइरहेको छु। म यि कुराहरु जेनिनलाई बुझाउन सक्दिन। तैले त पक्कै पनि बुझ्छस होला। मलाई माफ गरिदे।
"म बुझ्छु तेरो परिस्थिती" मैले मन मनै भनें। बाबु आमाले छोरा छोरी छोरा छोरी मात्र नभएर एउटा अर्को मान्छे पनि हो भन्ने यथार्थ बुझिदिएको भए आज बिबेकले यो सम्झौता गर्नु पर्ने थिएन होला। सम्झौतामा गाँसिएको सम्बन्ध सफल हुन्छ भन्ने के ग्यारेन्टि? जाडोले चिसो भएको मेरो रात दुई प्रीय साथीहरुको बिछोडले झनै चिसियो। म निदाउन सकिन।
Khushii घर त कहिले काँही पो सफा गर्ने हो त। सधैं गर्यो भने फेरी कहिले काँही के गर्ने नि? Again thanks for encouragement.
चिप्ले जी तारिफ योग्य भनी दिनु भएकोमा धन्यवाद। बाँकी भाग कस्तो लाग्यो त?
राहुलभाई दाई म मान्छे मात्र नक्कली हो कुरा त तारिफेबल गर्छु नि। Thanks for comment.
i_my (आईमाई ???) u r funny.... कसैले जेलमा रात बिताएको बारेमा कथा भएको भए शिर्सक "खोरमा एउटा चिसो रात" हुन्थ्यो।
ritthe किन तारिफ नगर्ने फेरी? त्यही पाउँला भनेर रातभरी बसेर लेखेको। गर्या रहिछ त। Thanks for saying अब्बल दर्जा को । BTW मेरो नाम चाँही प्रिती होइन है। म पनि बाठो पो छु त।
serial छोटो मिठो हुन्छ होइन र? दामी छ भनेर भन्नु पर्छ नि नत्र अर्काको मनको कुरो कसरी थाहा पाउनु? Thanks for liking it.
बाँकी सबै मेरो चिसो रात तात्यो कि तातेन भनेर उत्सुक हुने पाठकहरु लाई पनि पढि दिनु भएकोमा धन्यवाद।
"तिम्रो पासवर्ड थाहा पाये मैले **** (४ वटा एस्टरिस्क)हैन?" भन्दा "काँ हुनु नि चारवटा एस्टरिस्क, 'Pink' पो हो त" भने जस्तै हुन्छ होला भन्ठान्या त बाठी पो रैछिन् !
ल अब जे भये नि त्यो कोठा चाँही अली छिटो छिटो सफा गर्नु पर्यो क्या !
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.