बैरे, बाबु तेरो लागि फोन छ । कस्को ? च्यङ्ग्राको म खोठाबाट तल झर्दै, गुनगुनौदै "मायाले ले माया गासी देउ, भएन प्रिती जोडी देउ" ...... "हलो" सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।। ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ? ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्यो । एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं , बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य, भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा। हुन त त्एती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ । बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ? भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, - बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ? त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ, अनी तिनीहरु नै हर्ने गेर्यान्टी चाँही तैले लिन्छस ? भन्दै मैले प्रश्न गरे ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले भुजिनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, के हो यो १:७ भन्या ? कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर । अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ? त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु। सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुत्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ। त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ । च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि क्रमश :
बैरे · Mar 30, 2009 11:57 AM · 145,342 views
बैरे, अंग्रेजीमा भन्छन नि "कम्प्लिट प्याकेज " हो, त्यही लाग्यो। भाषामा शैली मा, उपमामा भावमा कतै कुनै कमजोरी भेटिन्नन। कथा मार्मिक रा धार्मिक हुँदै छ भनेर अघिल्लो पोस्ट मै लेखेको थिएं , हो रहेछ । अर्को सुन्दर सिर्जनाको प्रतिक्षामा उही ठुलदाइ
rahulvai · May 7, 2009 3:29 PM
.
kHusHii · May 7, 2009 3:32 PM
>>>म सँग बोल्नको लागि न त केही शब्दहरु थिए न त ईच्छा नै । म केवल कौसी बाट देखिने त्रिभुवन बिमान्स्थल तिर हेर्दइ थिए ।<<< >>>मलाई त्यो दिनको केही मान्यता थिएन । मेरो सुर्य त हिजै डुबेको थियो र अब कहिले उदाउने थिएन । <<< यि दुई ठाउँमा पुगेपछी चाँही मलाई सार्है घोच्यो ! 1992 मा PIA को Airbus A300 crash भएको घटनाको बारेमा जानकारी भये पनि त्यती खेर त्यती दु:ख लागेको थिएन जती दु:ख आज बैरेको कथा पढेर लाग्दैछ ! अरु त के भन्ने र खोइ अब ! आशा छ १७ बर्षको अन्तरालपछी बैरेको मनको घाऊ अवस्य पनि अली बिशेक भयो होला ! समय हो आज एउटाको छ भने भोली अरु कसैको हुनेछ !
ritthe · May 7, 2009 4:09 PM
Stat <<मिठो कथाको नमिठो अन्त्य भएको यो कथा पुरा काल्पनिक होला भन्ने आशा छ >> प्रभु काल्पनिक त मेरो लागि अहिले भएको छ, अतितको कुरा कल्पना झै लाग्छ, मेरो जीवनमा पनि यस्तो भएको छ भनेर बिर्सन पनि सकिन्न । sanira <<बैरे , कथा को अन्त साह्रै नरमाइलो लाग्यो, कुनै बियोगन्तक स्टोरी जस्ताइ,के यो सत्य घत्ना नै हो ?>> जिन्दगी नै बियोगन्तक स्टोरी भाको छ कथा किन नहोस् ? घटना त सत्य नै हो बिधी को बिडम्बना लाई कसले नै टाह्र्न सक्छ र rahulvai <<अंग्रेजीमा भन्छन नि "कम्प्लिट प्याकेज " हो, त्यही लाग्यो। भाषामा शैली मा, उपमामा भावमा कतै कुनै कमजोरी भेटिन्नन। कथा मार्मिक रा धार्मिक हुँदै छ भनेर अघिल्लो पोस्ट मै लेखेको थिएं , हो रहेछ । अर्को सुन्दर सिर्जनाको प्रतिक्षामा >> ठुल्दाइ तपाईको कमेन्टले म धन्य भएको छु , खै जिन्दगीले सुख भन्दा धेरै तौलिएर दु:ख दिएको छ अब अर्को प्रस्तुती पनि दु:खमय नै हुने हो कि हेर्दै जाउँ ritthe <<यि दुई ठाउँमा पुगेपछी चाँही मलाई सार्है घोच्यो ! 1992 मा PIA को Airbus A300 crash भएको घटनाको बारेमा जानकारी भये पनि त्यती खेर त्यती दु:ख लागेको थिएन जती दु:ख आज बैरेको कथा पढेर लाग्दैछ ! अरु त के भन्ने र खोइ अब ! आशा छ १७ बर्षको अन्तरालपछी बैरेको मनको घाऊ अवस्य पनि अली बिशेक भयो होला ! समय हो आज एउटाको छ भने भोली अरु कसैको हुनेछ ! >> प्रभु आफ्नो जिन्दगीमा अतितका यादले सधैं घोच्या घोच्यै छ के भन्नु र । १७ बर्षको अन्तरालपछी पनि याद हरु अझै ताजा नै छ । सुनिल बर्देवाले भन्या झै रुखमा खोपेको प्रेमको चिनो हिजो जस्तै लाग्दछ , आफुलाई पनि प्रियासी सँग खाएका कसम हरु हिजो को झै लाग्छ उस्का याद हरु अझै मन मस्तिस्कमा ताजा घाऊ झै खोपिएको छ । perfectionist, kHisHii <<.>> यो बिन्दु झै कथापनी अधुरो भयो प्रभु । सबैले पढिदिनु भएकोमा म क्रितज्ञ छु , जडिएको हिरा बिना औठीको मान्यता नभएको झै तपाईहरुले नपढिदिनु भएको भए र कमेन्ट नपोखिदिनु भए यो कथाको पनि केही मान्याता हुने थिएन , सबै साथी भाई हरु मा बैरेको मुरी मुरी धन्यवाद
बैरे · May 11, 2009 10:32 AM
what a story or memoir .... वाह ! पुरानो त उत्कृस्ट कथा ... जहाँ साथि छ , माया छ, बदमासी छ, प्रेम छ , अनि वियोग छ ..... जीवनमा यस्तो कसैको नहोस भन्न त हुन्थ्यो तर "बैरे" ज्यू ले यो सत्य घटना हो भनेसी मुटु चसक्क भाको हो ..... निक्कै खल्लो महसुस भएको हो... बैरे-ज्यू फेरी कुनै कथा / संस्मरण टाँस्ने हैन साझा मा ?? थाहा छैन
ThahaChaena · Jan 8, 2014 1:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion