[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चुनावको चर्चा र मेरो भोट

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE: <<  1 2  
[VIEWED 13179 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-03-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ६ दिन पछाडि त संविधान सभाको चुनाव -  ६ दिन भन्या के हो र ? त्यसो त धेरैभन्दा धेरैले केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरो गर्ने गरेका थिए । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव चुनाव हुनसक्तैन भन्नेहरुले यो चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ । 

 
(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए । 

 
(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन । 

 
(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।

 
(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन । 

 
(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

 
(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

 
(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन । 

 
जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

 
पूर्वनिर्धारित मितिमा चुनाव भैहाले पनि भोट हाल्ने मामिलामा बिदेशमा रहेका दुतावासका कर्मचारी बाहेक अरु कोहि पनि सहभागि हुन नसकिने स्थिति छ । हामी बिदेशमा बस्ने नेपालीका लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम जमात हौ । एक भोट हाल्न कामकुरो छोडेर प्लेनको टिकट काट्ने सामर्थ हामीमा छैन । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

 
तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ बिदेशिएका काठमाडौबासिको रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

 
काठमाँडौ 
१ - प्रकाशमान सिंह          (काँ)
२ - माधव नेपाल              (ए)
३ - मनु हुमागाइ              (मा)
४ - सुप्रभा घिमिरे            (काँ)
५ - नरहरी आचार्य          (काँ)
६ - हितमान शाक्य         (मा)
७ - राजेन्द्र श्रेष्ठ               (ए)
८ - नविन्द्रराज जोशी      (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ        (ए)
१० - सानु श्रेष्ठ                  (ए)

 
ललितपुर
१ - उदय शमशेर राणा     (काँ)
२ - सिद्दिलाल सिंह          (ए)
३ - रघु पन्त                   (ए)

 
भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री       (ए)

 
(नोट: छनोटको आधार नितान्त निजि हो । यसलाइ अन्यथा नलिनु होला । यो लेख दौतरी ब्लगमा पनि पढ्न सकिने छ । )

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-06-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr. Truth-jyu,

 

तपाईले राजनैतिक अकर्महरुको लामो सूची प्रस्तुत गरेर मेरो दावी (समर्थ सामुहिक राजनीति) को पक्षमा बहस गर्न झण्डै धौधौ बनाईदिनुभयो !

 

तर पनि म अझै के भन्न चाहन्छु भने अन्य द्वन्दग्रस्त मुलुकमा भईरहेका द्बन्दनिवारण र राजनैतिक परिवर्तन भन्दा हाम्रो आफ्नो केसमा धेरै पक्ष उत्तम श्रेणीको छ ।

 

तपाईले जुन "परिस्थीतिले ठेलेर बाध्यताबश सहि ठाउँमा पुगेको" भन्नुभयो, त्यो सही हो । तरै पनि त्यो के अर्थमा समर्थतामै गनिनुपर्छ भने कतिपय मुलुकमा त्यहाँको राजनैतिक समुहलाई सही ठाउँमा पुर्‍याउन परिस्थितिले ठेल्दाठेल्दै पनि उनीहरु त्यसको विपरित दिशामा गएर देशलाई पुनर्द्वन्दमा फसाएका छन् । मेरो बहस यत्ति हो ।

 

अनि तपाईले गलत राजनैतिक कर्महरुको जुन सूची प्रस्तुत गर्नुभयो त्यसमा कुनै व्यक्तिविशेषको, कुनै दलविशेषको र कुनै चाही परोक्ष वा आंशिक मात्र दोष भएका छन् ।

 

जहासम्म केही सामुहिक राजनैतिक अकर्म छन्, तिनीहरुलाइ पनि जटील समयमा भएका त्रुटीहरुको रुपमा हेर्ने कि भन्ने मेरो आग्रह छ । जस्तै:

 

1. नागरिकता:

 

नागरिकता नीति अति उदार भएको पनि हो ( 1990 लाई cutoff year मानेको) । नागरिकता वितरण उदारतापूर्वक (साक्षी-प्रमाणमा खासै कडाई नगरेको र कतिपय केसमा भौतिक दबावमा परेको) गरेको पनि हो । तर मलाई यो खासै गम्भिर त्रुटी लाग्दैन । तपाई र मेरो अन्यत्र पनि कुराकानी भएकै हो, मैले सुनेसम्म 22 लाख नागरिकता तराईमा मात्र वितरण भएको होईन । तराईमा 10 लाख र पहाडमा 12 लाख वितरण भएको हो । यो तथ्यांक गलत नभएसम्म म यसलाई समस्याको रुपमा देख्दिन ।

 

2. सांसदलाई रु. 10 लाख

 

मैले बुझेसम्म कमसेकम निर्णय हुँदाखेरि यो सांसदले आफुखुशी खर्च गर्न पाउने नभई सांसदको क्षेत्रमा कुनै प्रकारको सर्वदलिय समितिको निर्णय अनुसार त्यहाको विकास-निर्माणमा खर्च गर्ने गरी भएको हो । यसको पालना नहुने वा दुरुपयोग हुनसक्ने सम्भावना त सर्वज्ञान नै हो । तर मौलिक रुपमै गलत निर्णय भने होईन यो ।

 

अहिलेलाई यत्ति ।  

 

Nepe


 
Posted on 04-07-08 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनावको चर्चा र मेरो भोट-- धन्यवाद चनाजी समयसापेक्ष बहसको थालनी गर्नु भयो। त्यो  महान  दिन निकै लामो समय पछि आउन थालेको छ ।  मेरो अधिकारले दिन पाउने मेरो भोट  निसन्देह म  माओवादी पार्टीलाई दिनेछु   र अधिकतम जनताको भोट पनि उस्लाई  नै जाने छ भन्ने म विस्वास गर्छु , जस्को कारण  म भित्र दुइ पक्षहरु  विध्यमान छन--

सकारात्मक पक्ष -

१-संविधान सभा, समावेसी, संघियता आदी वर्तमानमा प्रशिद्द नाराहरुको प्रर्बर्तक

२-विगत १५ वर्षमा माओवादी जनयुद्दले विककसित गरेको राजनैतिक एवं सास्कृतिक चेतना

३-मालिक-रैतीको संबन्दको ध्वंस(जस्को आधारमा जमिनदार एवं सामन्तहरुले जित्ने गर्थे)

४-विभिन्न पार्टीका उपल्लोस्तरका कार्यकर्ता एवं नेताहरु माओवादीमा प्रवेश

५-हिजो संविधानसभा र गनतन्त्रको माग गर्नेलाइ आतंककारी घोषित गरी टाउको को

मूल्यतोक्नेहरु संविधानसभाका उमेदवार हुनु

६- १५ वर्षेकालमा दलहरुद्वारा संस्थागत गरिएको भ्रष्टाचारी शासन शैली

नकारात्मक पक्ष --

१-माओवादीले हार्यो भने देशमा शान्ति हुदैनभन्ने भावना जनतामा विकसित हुनु

२-गाउँ गाँउमा देशका ठूला  संचारमाध्यम जो पुर्वाग्रहीछन- को प्रभाव नहुनु

 


 
Posted on 04-07-08 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vote for Clinton....Obama No Good.
 
Posted on 04-07-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजि,

-'कतिपय मुलुकमा त्यहाँको राजनैतिक समुहलाई सही ठाउँमा पुर्‍याउन परिस्थितिले ठेल्दाठेल्दै पनि उनीहरु त्यसको विपरित दिशामा गएर देशलाई पुनर्द्वन्दमा फसाएका छन् '-

नेपालमा नेताहरुको मनोगत चाहनाले मात्रै पुनर्द्वन्द चर्कने वा टिक्ने वातावरण छैन, त्यसैले अन्य मुलुकतिरका पुनर्द्वन्दसित दाँज्न मुश्किल छ । विपि+गणेशमानले भारतीय आशीर्वादको अभावमा पुनर्द्वन्दलाइ टिकाउन नसकिने महशुस गरेर राजासित मेलमिलापको नीति तय गर्नु परेको उदाहरण छ ।

 

राधा उपाध्याय जी,

भोट कसलाइ दिने तपाइको अधिकारको कुरो हो, त्यसमा म कमेण्ट गर्दिन, तर तपाइले संविधान सभा, समावेसी, संघियता आदी वर्तमानमा प्रशिद्द नाराहरुको प्रर्बर्तक माओबादि हो भनेको चाहिं कता कता चित्त बुझेन । मैले जाने सम्म यी कुनै पनि नारा माओबादीको होइन, माओबादीले शुरुवातमा जनयुद्ध थाल्दा समावेसी र संघियताको कुरो गर्न जानेको नै थिएन । २००७ साल देखि थाति रहेको संविधान सभाको कुरो चै थियो क्यार । पछि गएर जुन नारा दिंदा जनता आकर्षित हुन्छन त्यहि नारा च्याप्ने नीति लिन थाले पछि, विशेष गरी गोपाल खम्बु जस्ता खम्बुवानि नेताहरुलाइ माओबादीमा हुलेर सैन्य शक्ति विस्तार गर्नको निमित्त यस्ता जातीय र क्षेत्रीय नाराहरु माओबादीले च्याप्न थालेको हो । यस्तो नाराले जनसमर्थन बटुल्न सहयोग गरेको र त्यसलाइ पछिल्लो समयमा संघिय संरचनामा परिमार्जित गरी प्रस्तूत गरेको हो, त्यसैले माओबादी यी नाराहरुको प्रवर्तक होइन ।

 


 
Posted on 04-07-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Chana bro,

Interesting piece. I guess we wont have good'ole healthy discusion which we had in the last time:p. You have picked your person but something we, I think, is grasp by very few people is that Constitution assembly is not an election of an individual, it is the battle of ideology.
So i think, it would fair to pick the parties rather than politician this time. Btw, bingo on Gopal Khumbu thing.

As far as my opinion:

There are three major parties who would probably get around equal number of vote. ( i may be utterly wrong)

Nepali Congress: Good Old party with even older leaders.

Though I consider my democrat and beleive in free society and economy, I dont like the system which they put forward. We need direct election for every political post. So no Nepali COngress.


CPN-M= They have to practice as a good multi party practioner for couple of years to attract a democrat like me.

CPN-UML: This is a tough choice. I never believed in this party but this time if we dont want NC or CPN-M, then we have no other option. But I dont want MKN as the first president. Also, I would vote for them as I don't find any other option, where as I still think "comunist manifesto" is the greatest specious book in the millenium.

RPP-Nepal: Perhaps a good party for all those King loving folks. But I think, it is time to bid him the adieus.

All Terai Parties: I have no idea how much reach they have in the public. But this is a fact that NC would be the biggest loser.

I am from KTM no 7. So Rajendra Shrestha(I guess) would get my vote.

Also, I dont think any party would get majority this time. So GPK has the highest probability of being the first president of Nepal.

 

Nepe bro: Last thread ma reply gareko thiyina. ... chalfal bhai nai rakhla, ki kaso??

 

 

 
Posted on 04-07-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राजनैतीक बहस साझा भित्र अस्वस्थ हुंदै गएको परिप्रेक्षमा टिप्पणी गर्न मन लागेको थिएन। तर पनि निकै चाख लाग्दो बहस मा आफ्नो सानो भनाइ राख्न खोजेको छु।

 
संबिधान सभा ७ साल को पहिलो जनक्रान्तिको माग थियो। स्पष्टत नेपाली कांग्रेसको माग थियो। राजा त्रिभुवनले प्रजातन्त्र पछी को पहिलो सम्बोधनमा १ साल भित्र संबिधान सभा को चुनाव गराउने र चुनिएका जनप्रतिनिधिहरुद्वारा बनाइएको संबिधान मार्फत देश चलाऊने उद्घोष गरेका थिए। त्रिभुवनले पनि चुनाव गराएन। त्यती बेला राणाको चेपुआमा परेको राजा भएकोले पनि सहानुभूति राजामै थियो र पनि कुन अभिष्ट हुने त्रासले चुनाव गराएनन। त्यस्का चम्बू छोराले त झनै चाहने कुरा भएन। आफुले दिएको संबिधान मार्फत चुनाव गराउदा त जन निर्बाचित सरकार लाई १८ महिना टिक्न दिएनन। राजा कहिलेइ प्रजातन्त्रबादी हुन सक्दैन भन्ने उदाहरण को लागि त्यसपछिका घट्नाक्रम हरु पनि साक्षी छन।

चना जी ले भारतीय आशिर्बाद प्राप्त नहुंदा गणेश मान र बी पी ले राष्ट्रिय मेलमिलाप नीती अख्तियार गर्नु पर्‍यो लेख्नु भएको रैछ, त्यो बिलकुल गलत हो।  राजा बीरेन्द्र र इन्दिरा गाँधी मिलेर प्रजातन्त्रको लागि संघर्षत पार्टिका नेता तथा कार्यकर्तालाई नेपाल संग जोडीएको भारतीय भूमिबाट कुनै कृयाकलाप गर्न न दिने निती लिए पछी तमिलनाडु र केरलामा निर्बासनमा बसेर नेपाली जनता र माटो संग टाढा रहेर क्रान्तिको कुनै बिज रोप्न सकिन्न भन्ने ठहर् का साथ राष्ट्रिय मेला मिलाप निती अपनाउनु भएको थियो।  बी पी गणेश मान लगायत सबैलाई थाहा थियो, नेपाल को भूमिमा प्रबेश गर्ने बित्तिकै जेल चलान गरिएको सत्य भुल्नु भएन। भारतीय आशिर्बाद त राजा माथि थियो, प्रजातान्त्रिक शक्ती माझ होइन।

जे जती तर्क गरे पनि, कुन पार्टी ले के भने भन्ने कुरा भन्दा समग्रमा  संबिधान सभाको चुनाव हुनु महत्वपूर्ण कुरा जस्तो लाग्दछ। चुनाव लडे पछी जित हार हुन्छ भन्ने थाहा नहुने ले चुनाव लड्नु बेकार हुन्छ। चुनाव हुँदै छ, बन्दूक को नाल बाट मात्र क्रान्ति हुन्छ भन्ने अन्धो पाठ पढेकाहरु समेत् चुनावमा भाग लिइ रहेका छन। भले तिनले लाठी र खुकुरी बोक्न छोडेनन। द्वन्दको अबसान मसान जस्तो हुँदैन। यो त क्रमश: को धाराबाहिक सेरियल हो।
अस्तु!


 
Posted on 04-07-08 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाज्यू,

 

एउटा उदाहरण दिन्छु । गिरिजा ।

 

सबैले देखेकै कुरो हो, जनआन्दोलनको पूर्वसन्ध्यामा होस् वा जनआन्दोलन पछि, हरेक पाईला पाईलामा उनले गणतन्त्रलाई अस्वीकार गरेको गरेई गरे । तर आखिरमा स्वीकार पनि गरे । यसबेला बिपी, जसलाई नेपाली कांग्रेसको परिचय र सम्पूर्ण बैंक ब्यालेन्स भने हुन्छ, को खरानी छटपटाईरहेको होला । यस्तो मूल्यमा पनि गिरिजाले सम्झौता गरे त ।

 

जे पर्छ पर्छ ज्यान गए राजतन्त्र छाड्दिन भनेको भए नरहरि आचार्य बाहेक (यिनको बारेमा पनि यस्सै भन्न सकिन्न, असहमत तर वफादार भएर बस्छु भन्थे होला यिनले) सबै कांग्रेसीजन गिरिजाकै कुरा मान्थे होला र त्यसपछि त भन्नै परेन राजनैतिक माहोल कस्तो हुन्थ्यो भनेर ।

 

हो यस्तै यस्तै व्यावहारिक/वाध्यात्मक सम्झौताहरुलाई तुलनात्मक रुपमा राम्रो पक्षको रुपमा हेर्न खोजेको हुँ ।

 

कुरा त्यत्ति हो ।

 

तपाई त पेलेको पेलेई गर्नुहुन्छ । तर रमाईलो लागिराछ ।

 

अनि माओवादीको बारेमा समावेशी र संघियताको हकमा शुरुमै मोटामोटी शब्दमा प्रस्ताव राखेका हुन् । उनीहरुको प्रसिद्ध 40 बुँदे युद्ध-आरम्भक माँगका केही अंशहरु:

 

 

18) Nepal should be declared a secular state.

 

19) Girls should be given equal property rights to those of their brothers.

 

20) All kinds of exploitation and prejudice based on caste should be ended. In areas having a majority of one ethnic group, that group should have autonomy over that area.

 

21) The status of dalits as untouchables should be ended and the system of untouchability should be ended once and for all.

 

22) All languages should be given equal status. Up until middle-high school level (uccha-madyamic) arrangements should be made for education to be given in the children's mother tongue.

 

 25) In both the terai and hilly regions there is prejudice and misunderstanding in backward areas. This should be ended and the backward areas should be assisted. Good relations should be established between the villages and the city.

 

26) Decentralization in real terms should be applied to local areas which should have local rights, autonomy and control over their own resources.

 

http://www.satp.org/satporgtp/countries/nepal/document/papers/40points.htm

 

 

*** *** *** *** *** *** *** ***

 

Maverick-jyu,

 

Good to see you. “साझाको धागो, एकै दिनमा काँ गो काँ गो भन्या जस्तो छ यहाँ । तर सम्झेको छु तपाईसंगको कुराकानी ।

 

एमालेको बारेमा मलाई पनि अरु कुरा संगसंगै यसले आफ्नो लिंग-निर्धारण गर्न बहुदलमा लागेको 16-17 वर्ष बित्दा पनि नसकेको कारणले वितृष्णा थियो । हुन त सेक्स-पिएरले भने झै लिङ्गमा के छ ? भन्न सकिन्थ्यो होला । तर पनि त्यो एक भावनात्मक कारण बन्यो मेरा लागि ।

 

अब चाही ब्य्राण्ड सम्म बेवास्ता गर्न सकिन्थ्यो होला । तर पछिल्लो समयमा यसले शान्ति प्रक्रियाबारे खासै भिजन प्रस्तुत नगरेको र झन् चुनावमा त पुरा अन्धो स्वार्थ र भिजनविहिन झल्लागिरी देखाएबाट म वितृष्णित छु ।

 

अनि गिरिजा प्रथम राष्ट्रपति भए पनि त्यो अन्तरिम राष्ट्रपतित्व नै हो नयाँ सम्विधान नबनेसम्मलाई । हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतित्वको प्रणाली छान्यौ भने पनि त्यस्तो निर्वाचनमा भाग लिन वा जित्न कुनै ग्यारेन्टी छैन ।

 

प्रचन्ड र गिरिजाको प्रतिस्पर्धा हुने हो भने गिरिजालाई प्रचण्डले हराईदिन्छन् जस्तो लाग्छ मलाई, खास गरेर अमेरिकाको जस्तो उम्मेदवारको वादविवाद सहितको चुनावी अभियान भयो भने ।

 

माओवादीले प्रचण्डलाई राष्ट्रपतिको रुपमा रणनैतिक, कार्यनैतिक र यथार्थ सबै रुपमा प्रस्तुत गरेको हो ।

 

चुनाव हो । यस्सै भन्न सकिदैन ।

 

एउटा कुरा भने महसुस गरें मैले । गिरिजाबाबु बोल्दा जति झल्ला देखिए पनि चुप लागेर बस्दा भने भलादमी देखिदा रहेछन् । त्यसैले कांग्रेसले गिरिजालाई धेरै बोल्न नदिने ट्याक्टिक लिदा चुनावमा राम्रो हुन्छ ।

 

Nepe


 
Posted on 04-08-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाजु,

-'चना जी ले भारतीय आशिर्बाद प्राप्त नहुंदा गणेश मान र बी पी ले राष्ट्रिय मेलमिलाप नीती अख्तियार गर्नु पर्‍यो लेख्नु भएको रैछ, त्यो बिलकुल गलत हो। --- भारतीय आशिर्बाद त राजा माथि थियो, प्रजातान्त्रिक शक्ती माझ होइन।'-

मलाइ लाग्छ मेरो लेखाइ तपाइको बुझाइसित विलकुल मेल खान्छ । भारतीय आशीर्वाद राजामाथि भएर नै तात्कालीन समयका विद्रोही नेता बीपी गणेशमानहरुले राजासितको द्वन्दलाइ त्यागेर मेलमिलापको नीति लिनु परेको हो, र विगतको यो उदाहरणको आडमा अहिलेको पुस्ताका नेताहरु पनि बलियो बिदेशी भरथेग विना आफ्नै बलबुताले पुनर्द्वन्दतर्फ लम्केर राजनीतिक विजय हासिल गर्ने क्षमता राख्तैनन भन्न खोजेको हो मैले ।

Maverick ब्रो,

पार्टीलाइ छान्ने र ब्यक्तिलाइ छान्ने दुइकिसिमको भोट हाल्न पाइने छ अहिले, त्यहि भएर अहिले मन परेको ब्यक्ति र मन परेको पार्टी फरक फरक भएपनि भोट हाल्न अप्ठेरो नपर्ने अवस्था छ । माथिको मेरो रोजाइ ब्यक्तिलाइ रोजेको अवस्था हो, पार्टिलाइ रोज्ने सवालमा म अनिर्णित छु । ब्यक्ति खराव पार्टी (वा भनौ नीति) राम्रो , पार्टी  खराब ब्यक्ति राम्रो, जस्ता कुराले मलाइ कन्फ्युज गराउँछ । यदि भोट हाल्न पाउने भए तपाइको विश्लेषणले केहि सहयोग चै गर्ने थियो होला ।

नेपे दाजि,

पेलेको पेलेइ गरेको चै हैन है, थोरै चित्त नबुझ्या कुरो कोट्याउदै बसेको मात्तै हो । अनि, माओबादीको ४० वुँदाबाट तपाइले साभार गर्नु भएको वुँदा मध्ये २० नं र २६ नं मा उल्लेख गरेको autonomy को आशयलाइ छोड्ने हो भने वाँकि मुद्दाहरु पहिला देखि उठीरहेका मुद्दाहरु  नै हुन, माओबादीले पनि उठाए भन्न मिल्ला । जस्तै भाषा, धर्म, जाति, लिङ्ग, र विकेन्द्रीकरणका मागहरु एमालेको २७ बुँदाहरु (आलोचनात्मक समर्थन गर्दाताकातिरकै) मा पनि थियो,  कार्यान्वयन नगरेपनि महिला अधिकारसम्बन्धि पञ्चायतकालीन नीतिहरु पनि तात्कालीन समाजसामु प्रगतिशील एजेण्डा नै थिए । तर माओबादि बाहेक अरुले जातीय स्वायत्तताको कुरो गरेको मेरो संम्झनामा छैन । स्थानिय स्वायत्तताको कुरो बिकेन्द्रीकरणको नारासंग जोडेर एमालेले एकाधपल्ट उल्लेख गरेको थियो ।  माओबादीले उठाएको स्वायत्तताको माग (२० नं र २६ नं) पनि परस्पर बाझिएको देखिन्छ, किन कि स्थानीय स्वायत्तता र जातीय स्वायत्तता नेपालजस्तो मिश्रीत समाजमा एकैपल्ट लागू हुन सक्तैन । शायद मुल माग नेपालीबाट अंग्रेजिमा उल्था गर्दा केहि फरक पर्न गएको पो हो कि ? अन्यथा परस्पर बाझिने माग गर्नु भनेको हचुवा वा विना पर्याप्त तैयारी माग उठाएर राजनीतिक च्याँखे थापेका भनी अर्थ्याउन मिल्छ, त्यस्तो नीति वा मागलाइ बैचारीक स्पष्टतासाथ प्रतिवद्ध भएर उठान गरिएको भन्न मिल्दैन । मलाइ लाग्छ जनयुद्ध शुरु गर्दा ताका साना निकायहरुले वढी अधिकार सहितको आंशिक स्वायत्तता खोजेको घटनाहरुबाट प्रभावित भएर स्वायत्तता शब्दलाइ समावेश गरेको हुन सक्छ । यस्तो अवस्थामा संघियता, समावेशी भावनालाइ मोटामोटी शब्दमा समेटेको भनेर तर्क गर्न मिल्ला तर समावेशी र संघियताको प्रवर्तक नै माओबादी हो भन्न चै नमिल्ला । सारमा मेरो मत समाबेशी, संघीयता र संविधान सभा जस्ता हालका यी जल्दोबल्दो मुद्दाका प्रवर्तक माओबादी हैनन भन्ने मात्रै हो ।


 
Posted on 04-09-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनावको मुखमा यो धागोलाइ यस्सो धकेलेको,


 
Posted on 04-09-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero 2 paisa.

 

Chana-jyu,

 

I agree that the 40-points demands are overrated.  It was indeed an impromptu organization of some crude and in some cases primordial thoughts for what Maoists later adopted as “democracy for 21st Century” and it’s agenda.

 

So the evolution of Maoist thoughts during the war itself must be taken into account while judging the contributions of Maoists in how the contemporary political discourse shaped up.

 

Nepe


 
Posted on 04-10-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चुनाव पनि भयो, सोचे भन्दा धेरै शान्तीपूर्ण । मलाइ अहिले लाग्दैछ कि स-सानो समाचारहरुलाइ बढाइचढाइ प्रस्तूत गर्ने पत्रकारहरुका कारण बिदेशीएका नेपालीहरुले नेपालको वास्तविकता चिन्न नसकेको रहेछ । चुनावि वातावरण जति धमिलो भन्ठानेका थियौ, त्यो हैन रहेछ ।

 

अब नतीजा हेर्न रमाइलो हुने भयो । काउण्टीङ शुरु भैसकेको छ । मेरो भोटको के हालत हुने होला ? मैले भोट हाल्ने उम्मेदवारहरुले जित्ला ? खुल्दुलि बढेको छ ।

 

 


 
Posted on 04-10-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

seems congress is winning..

change was inevitable but what about GPK....now im gonna be citizen of tht country where GPK would reign as president.....first president....noone other than GPK

this plane broker as father of a sovereign nation at this age..Nepal is in africa or what...wtf...

shtt im alive to see this day...agillo janmama pap gareko rachu


 
Posted on 04-10-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I was in oblivion that there were two voting ballets for direct and representative election.

 
Posted on 04-10-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KrishnaKale-jyu,

 

GPK is even more likely than until now to become a compromise candidate among the political parties to lead the government. So, unless he retires as he has said so, he is the next boss.

 

Whatever the case, you can still console with the fact that the next government is still “interim” government.

 

The parliamentary function of the Constituent Assembly is still “interim” one. The normal parliament and the government will be formed after the Constituent Assembly brings out the new constitution and a new election is conducted accordingly.

 

Since the current “interim constitution” is silent about what happens (how the government is formed) after the country is declared a republic at the first seating of the Constituent Assembly, it is possible that the interim constitution will be amended again to set a new procedure for the formation of the government.

 

So the possibilities are open.

 

One possibility is that UML, Maoist and other parties would like to go for a direct election of the head of the government right now (everybody must have encouraged by the peaceful conduction of this election. Election does not appear a big deal anymore, particularly a simple one for the head of the government.). This still will be “interim”, technically.

 

Other equally or more likely possibility is the formation of the government with the consensus of all parties rather than through a new election.

 

In that case, the current form of the government will probably be retained (PM as the head of the government) adding only a ceremonial president to it.

 

It will be interesting to see who shall be interested to be nominated the first ceremonial president, if that happens.

 

In case of a new election (for the president, with a newly amended interim presidential system ), Prachanda (popularly joked as a “bhitte rastrapati” until now) is going to contest. NC will probably rely on GPK’s image unless his health fails.

 

So, all in all, all possibilities are open. However, GPK would not go for a ceremonial president for sure. They will probably find somebody representing traditionally excluded groups for that, for a symbolic purpose.

 

Nepe

 


 
Posted on 04-10-08 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपत्यकामा एमाले बढारिने जस्तो पो देखिन आयो त अहिले आएर । पहिला एमालेले जरा गाडेर बसेको ठाउँमा काँग्रेस अघि बढ्ने,  काँग्रेसको पकड क्षेत्रहरुमा एमाले र माओबादीको प्रभाव फैलने हो कि जस्तो लागेको छ अहिले आएर ।

 

काठमाडौ १ मा मेरो मत खेर नजाला जसो छ, हेरुम अन्त कस्तो हुने हो ।


 
Posted on 04-10-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess this is only an opening in क्षेत्र ५ of KTM, but I wished Narhari Acharya won, and it's good to see him with an early lead.

What I gathered from numerous conversations with family and friends in Chhettra 5 over the last few days was that Narhari was clearly the favorite. I even donated for his campaign -- the little I could do from here since I could not go home to cast my vote. However, on the समानुपातिक section of the election, many people I talked to had inclinations -- surprising, but with understandable argument -- to vote for the Maoists. Their reasoning was that since they didn't have clear faith in any of the parties, it might be helpful to push the Maoists into the arena too, so as to make the Assembly more "balanced", specially, they argued, in these times of urgent need for unity based on inclusion. If this reflects the general mood of the nation, Maoists sure do have a shot at becoming an influential party in the CA, albeit obviously without a majority.

Anyway, I obviously could not hide the ecstasy over the successful election despite by new work load that does not allow me to visit Sajha as often as I used to, or as often as I'd like to.


 
Posted on 04-10-08 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Poonte-jyu,

 

With what now turned out to be a hyped uncertainty hovering over, I was worried about the voter’s turnout. I am so happy to see that they voted as they have done in the past.

 

Election Year

1991

1994

1999

2008

Voter Turnout

 

65.15

 

61.86

 

65.79

 

60

 

And I have no doubt that they will show in their decision more maturity and wisdom than one can milk out of Nepali intelligentsia’s quickly swaying deliberations.

 

Nepe


 
Posted on 04-10-08 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In response to Mr. Nepe..........

 

Its not I was opposing GPK to favor another from SPAM-the nondegradable waste! I don’t think Nepal’s position has changed or will change........cliffhanger is there.......or in fact better we be prepared to see the worst !

 

Given their record of performances/accomplishments, like me people are skeptical on the capacity and sincerity of SPAM…so the broader question is who or what else we have to replace an institution of the size and experience of the palace.....yes very same palace—you don’t want evil but you still concede one or two bad—that’s whey they term it necessarily evil.

 

You sensed the blood, if not perfectly!

 

take it easy brother.......


 
Posted on 04-16-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी,

 हजुरको मेहनतलाई सलाम ।  मै हु भन्ने राजनितिज्ञलाई  त भेउ पनि भएन यि बिगतका काला रातहरु हरेक नेपाली ले कस्तो पिडा र दर्दनाक यातना सहेर ब्यथित गरेका थिए। नेपाल भित्रै रहेर कुर्सिको राजनितिमै ब्यस्त रहने नेताले त अनुमान गर्न सकेनन जनसागर कता बग्दै छ भनेर  झन घर देखि ठाढा  परदेसमा बसेर पाइतलामा देशको  माटो  छ कि भनेर हेर्नु पर्ने हाम्रो बाध्यताले  देशको कालचक्रलाई के अनुमान गर्न सकोस ?

म धेरै पहिले देखि साझामा तपाईले ब्यक्त गर्ने विचारलाई कदर र सम्मानका साथ  हेर्ने गर्थे तर माफ गर्नुहोला यसपटक चै सहमत हुनै सकिन ।

चनाजी,

 मलाई बधाई  दिनुभएन ?! 


 
Posted on 04-16-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपाध्यायज्यू,

 

विचार, तर्क र तथ्य को आधारमा भएको असहमतिलाई त म अभिवादन नै टक्र्याउँछु । यहाँ साझामा त तर्क त तथ्य भन्दा तरंग र कल्पनाको आधारमा हुने असहमति अधिक देख्छु म । त्यसैले यति कुरा भनिहालेको ।

 

अब जहासम्म मेरो कुरा छ, निश्चित रुपमा (प्रचण्डको नक्कल गर्न खोजेको के) मैले माओवादीको प्रभावलाई कम आँकेको रहेछु । त्यस्तै नेपाली जनताको निर्णायक निर्णयक्षमतालाई पनि मैले बुझ्न नसकेको रहेछु । त्यसैले चुनावबारे मेरो अनुमान गलत निक्ल्यो, यद्यपि अरुहरु भन्दा म कम गलत निक्लें ।

 

तर एउटा के कुरामा म सन्तुष्टी लिन सक्छु भने मैले माओवादी, एमाले र नेपाली कांग्रेसलाई जसरी तुलनात्मक रुपमा बुझेको थिएँ (MAOIST: Mixed bag, NC: Empty bag and UML: No bag), नेपाली जनताले पनि त्यसरी नै बुझेको हुनपर्छ । त्यो भन्दा थप ढंगले पनि बुझेको होला, तर न्यूनतममा त्यति बुझाई पर्नुपर्छ ।

 

जे भए पनि, यो चुनावको परिणामले हामीजस्ता कोठे विश्लेषकहरु कति ठूलो भ्रम र गलत सूचनामा बाँचिरहेका रहेछौं, बगिरहेका रहेछौं भन्ने कुरा चाही दिमागै रन्थनिने गरी छर्लङ्ग भयो ।

 

सत्य के हो त, सत्य के थियो त ? अब हामीले हाम्रा सारा पुराना निस्कर्ष, थ्यौरी र विश्वासमाथि पुनर्समिक्षा र करेक्सन गर्नुपर्ने भएको छ । त्यो नगरीकन हामी ठूलो भींडमा मिसिन हिड्यौं भने हामी अवसरवादी भयौं । त्यही सोचेर बसिराछु म त ।

 

तर बधाई त हकै हो तपाईको, बधाई छ ! तपाईको विश्वासलाई बधाई छ, माओवादीहरुको संघर्षलाई बधाई छ, र नेपाली जनताको निर्णायक निर्णयलाई बधाई छ ।

 

Nepe

 

 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters