King Mahendra's Alaska Visit

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

The guide Burnett said that the Nepal embassy didn't pay him the cost that incurred during the King Mahendra's hunting expedition in Alaska. "No expense was too great when royalty came to Alaska in 1967. Then the king of Nepal skipped out on the bill." https://www.adn.com/alaska-lif...

harkhe7 · Oct 19, 2021 12:58 PM · 23,510 views

11 Replies

Read it... i don't believe the story. who can get away in the US without paying the agreed amount? The embassy might have refused to pay some additional... tips and other extra ...

AnandNepal · Oct 19, 2021 2:49 PM

Mahendra raja lai pani bhaaarat le nai hatya garera Nepal pathayeko bhanni kura halla matra ho ki sachi ho ?? Maile na patyayeyko chai chaina hai .

Sanaklaal · Oct 19, 2021 7:21 PM

@AnandNepal I won't be surprised if the guide exaggerated as you said. He seemed to like the attention. He called King Mahendra "nice little guy". SMH @Sanaklaal I had never heard of that theory. If there is any connection that would be one interesting theory. However, I searched King Mahendra's death after seeing your post, and came across this quora post. The guy has a very interesting theories regarding the Shah Kings that they were "predisposed for heart disease" and "madness". 😶 "Question" https://www.quora.com/How-did-...

harkhe7 · Oct 20, 2021 12:01 PM

चुत्तिया पञ्चे, राजा साब भैखाको भिखारी नै रैछ मान्छे चाहिं ।

soaltee · Oct 20, 2021 3:21 PM

sounds like a typical nepali ending to an event that involves money and bills. i heard this particular story before, and brushed it off. now here it is with details, and i believe it to be true. it is sad the hunting guide's wages are still being garnished. sometimes, litigated stuff is in public domain. i will do some digging and see where it goes. also, if you saw the the couch in the nepali embassy in DC (circa 2018), you would tend to believe why such a big(ish?) bill would have been ignored by the embassy!

ghogay_moro · Oct 20, 2021 7:20 PM

@ghogay_moro ले थप जानकारी दिएमा अपडेट बनाउनु पर्ला .. अहिले समरी यस्तो बन्यो .. Thanks to Harke7 (भिडियो मा यो पोष्टको लिंक पनि डिस्क्रिप्सनमा समावेश गरेको छु) https://youtu.be/jQS70IW1TyM

AnandNepal · Oct 22, 2021 10:57 AM

great presentation Annanda ji Thank you. Last edited: 22-Oct-21 03:56 PM Last edited: 22-Oct-21 03:57 PM

tallagheremaila · Oct 22, 2021 3:56 PM

@anandnepal - i could only get snippets of these. courtesy of Anchorage Daily News Archives. don't quote me if you update the video on this topic - just credit the ADN Archives. else, let the readers interpret. peace. Last edited: 22-Oct-21 05:26 PM

ghogay_moro · Oct 22, 2021 5:23 PM

मोरो युटुवर ले एकतर्फी विचार को खण्डन भन्दै आफ्नै एकतर्फी विचार राख्न भ्याएछ। Did you try to get Nepal embassy's response? अमेरिकामा पैसा चुक्ता नगरि ठगेको कैयौं घटना हरु छन् । Even the ones where Nepalis are involved. Don't act naïve. उदाहरण - कुशल निरौला "नेपाली प्रिन्स" प्रकरण । जे होस् राजाका ढोके, हुक्के, डोले, रखैल हरुक सन्तानलाई आफ्नो मालिकको जय जयकार गर्ने राम्रो खुराक बनेको छ भिडियो । बधाई छ!

soaltee · Oct 24, 2021 2:17 PM

Great video! I really enjoyed watching it. Mahendra US visit video was a great find! It was too bad that there aren't any hunting videos or photos available from that trip.

harkhe7 · Oct 27, 2021 8:33 PM

यस्तो अपडेट आएको रहेछ : अमेरिकी राष्ट्रपतिको जहाजबाट सिकारमा जाने क्रममा राजा महेन्द्र अलास्काको एलमेनडर्फ एयरबेसमा सीताराम बराल कात्तिक १५ गत मार्च (चैत) मा विश्वव्यापी चर्चा पाएको अमेरिकाकाे अलास्का राज्यमा पर्ने एंकोरेज सहरले कात्तिक (२०७८) को सुरुवातमा नेपालीको पनि ध्यान खिच्यो। तर कारण फरक–फरक थिए। एंकोरेजले मार्चमा चर्चा पाउनुको कारण थियो– चीन–अमेरिका व्यापारमा देखिएको गतिरोध तोड्न चिनियाँ विदेशमन्त्री वाङ यी र अमरिकी विदेशसचिव एन्टोनी ब्लिङ्केनबीच ५ चैत (१८ मार्च २०२१) मा भएको वार्ता, जसमा चिनियाँ विदेशमन्त्री यीले प्रजातन्त्र र मानव अधिकारका विषयमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनलाई ‘मुहतोड’ जवाफ दिएका थिए। त्यसको ७ महिनापछि कात्तिकमा त्यही एंकोरेजले नेपालमा चर्चा पाउनुको कारण भने राजा महेन्द्रले ५४ वर्षअघि २०२४ कात्तिकमा त्यहाँ गरेको ‘सिकार यात्रा’ तथा त्यसबापत लाग्ने शुल्क नतिरेकोबारे एक जना स्थानीय इतिहासकारले तयार पारेको रोचक सामग्री थियो। स्थानीय समाचारपत्र ‘एंकोरेज डेली न्युज’को अनलाइन संस्करणले १८ अक्टोबर (१ कात्तिक) मा इतिहासकार डेभिड रिमरले तयार पारेको राजा महेन्द्रको सिकार–यात्राबारे लामो आलेख प्रकाशन गरेको थियो। जसमा त्यो सिकारको सम्पूर्ण प्रबन्ध मिलाएका एआई बर्नेट नामका सिकार प्रबन्धक र गाइडले पाउनुपर्ने साढे ५ करोड रुपैयाँभन्दा बढी रकम नपाई कसरी ठगिए भन्नेबारे विस्तृत विवरण दिइएको छ। अमेरिकाका तत्कालीन राष्ट्रपति लिन्डन बी. जोन्सनको निमन्त्रणामा राजा महेन्द्रले २०२४ कात्तिकमा दोस्रोपटक अमेरिकाको राजकीय भ्रमण (स्टेट भिजिट) गरेका थिए। त्यसअघि २०१७ वैशाखमा उनी तत्कालीन राष्ट्रपति ड्वेट आइजनआवरको निम्तामा राजकीय भ्रमणका लागि अमेरिका पुगेका थिए। अमेरिकाको दोस्रो राजकीय भ्रमणका क्रममा राष्ट्रपति लिन्डन बी. जोन्सनका साथ राजा महेन्द्रअमेरिकाको दोस्रो राजकीय भ्रमणका क्रममा राष्ट्रपति लिन्डन बी. जोन्सनका साथ राजा महेन्द्र सात वर्षको अवधिमा आफ्ना एकै राजा (महेन्द्र) ले महाशक्ति अमेरिकाका राष्ट्रपतिबाट दुई–दुईपटक राजकीय भ्रमणको निम्ता पाउनु नेपाल र नेपालीका लागि साँच्चै गर्वको विषय थियो। तर सिकार गरेबापत राजाले तिर्नुपर्ने साढे ५ करोड रुपैयाँभन्दा बढी शुल्क आजका दिनसम्म नतिरिएको खबर सार्वजनिक भएपछि हाम्रो शिर निहुरिने विषय पनि बन्न पुग्यो। रोम छाडेर एंकोरेज राणा शासकहरू झैँ राजा महेन्द्र पनि प्रत्येकजसो हिउँदमा सिकारका लागि तराई झर्ने गर्थे। विदेश भ्रमणका क्रममा पनि उनी सम्भव भएसम्म सिकार खेल्न छुटाउँदैनथे। अमेरिकी राष्ट्रपति ड्वेट आइजनआवरको निमन्त्रणामा सन् १९६० मा अमेरिकाको भ्रमणमा जाँदा पनि क्यालिफोर्नियामा उनले सिंहको सिकार गरेका थिए। यसको ७ वर्षपछि राष्ट्रपति जोन्सनको निमन्त्रणामा दोस्रोपटक १५–१६ कात्तिक २०२४ मा अमेरिकाको राजकीय भ्रमणका क्रममा पनि उनी सिकारमा संलग्न भए। खासमा ८ कात्तिक (२०२४) मा नेपालबाट अमेरिकाका लागि प्रस्थान गर्नु अघिल्लो दिनसम्म राजा महेन्द्र एंकोरेज सहर जाने कार्यक्रम तय भएको थिएन। ७ कात्तिक (२०२४) मा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको उनको भ्रमण तालिकामा बम्बई, कायरो, पेरिस, न्युयोर्क हुँदै कात्तिक १६ गते बिहान वासिङ्टन पुग्ने, १५–१६ गते हुने राजकीय भ्रमणको समाप्तिपछि त्यसै दिन (१६ कात्तिक) न्युयोर्कबाट लन्डन हुँदै इटालीको रोममा ४ दिन बिताउने कार्यक्रम थियो। तर राजा महेन्द्र १० कात्तिक (२०२४) मा बम्बईमा रहेका बेला भ्रमण तालिका संशोधन भयो। नयाँ तालिकाअनुसार राजाले २० कात्तिकमा संयुक्त राष्ट्र संघको २२औं अधिवेशन (महासभा) लाई सम्बोधन पनि गर्ने भए। त्यसैले उनी एक हप्ता अमेरिकामै रहने भए। यसले गर्दा रोम भ्रमण गर्ने उनको कार्यक्रम रोकियो। सम्भवतः सिकारका लागि अलस्का जाने कार्यक्रम अमेरिकी राष्ट्रपति जोन्सनसँगको कुराकानीपछि तय भएको थियो। अमेरिकाको दुईदिने राजकीय भ्रमण सकिएकै दिन (१६ कात्तिक) उनी अलास्का जाने र त्यहाँ सिकार गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो। ‘अमेरिकाका ती स्थान, जहाँ श्री ५ सवारी भइबक्सनेछ’, १७ कात्तिक (२०२४) मा गोर्खापत्रले राजा जाने स्थानहरूको विवरण दिएको थियो। त्यसमा अमेरिकाका पूर्वराष्ट्रपति आइजनआवरसँग भेटघाट गर्न वासिङ्टनबाट २ घण्टा लाग्ने गेटिसबर्गस्थित ‘आइजनआवर फार्म’ र ‘सिकारका लागि अलास्का जाने’ उल्लेख थियो। ‘सिकारको निमित्त श्री ५ महाराजधिराज सवारी होइबक्सँदा मौसुफबाट अमेरिकामा सबैभन्दा ठूलो राज्य, जंगलले भरिपूर्ण, हिमाच्छादित, धेरै कम थाहा पाइएको तथा हाँक दिइरहने एकदम उत्तरमा स्थित अलस्का नजर गरिबक्सनेछ’, गोर्खापत्रले लेखेको थियो, ‘सिकारीहरूलाई आकर्षण गरिरहने भालु यहाँ प्रशस्त मात्रामा पाइन्छन्, यहाँको बाह्रसिंगेको सिकारलाई धेरैजसो सिकारीहरू रुचाउँछन्।’ अमेरिकाको पहिलो राजकीय भ्रमण (२०१७ वैशाख) मा तत्कालीन राष्ट्रपति आइजनआवरले राजा महेन्द्रका लागि क्यालिफोर्नियामा सिकारको प्रबन्ध गरिदिएका थिए। यसपटक पनि सिकारमा जाने रहर गरेपछि राष्ट्रपति जोन्सनले नेपाली राजाका लागि अलास्काको एंकोरेजमा सिकारस्थलको प्रबन्ध मात्र गरेनन्, त्यहाँसम्म पुग्न आफैंले प्रयोग गर्ने सी–१३७ जेट विमानसमेत व्यवस्था गरिदिए। २३ कात्तिकमा न्युयोर्कस्थित केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति जोन्सनको सी–१३७ जेट चढेर राजा महेन्द्र अलास्काको एलमेनडर्फ एयरबेस पुगे। त्यहाँबाट उनको भ्रमण दल अर्काे एक सानो जहाजमा अलास्काको दक्षिणतर्फ कोडियाक टापु पुगेको थियो। त्यही टापुस्थित एंकोरेज सहरमा राजा महेन्द्रले ४ दिन बिताएका हुन्। अमेरिकी राष्ट्रपति जोन्सनको जहाजबाट राजा महेन्द्र अलास्काको एलमेनडर्फ एयरबेसमाअमेरिकी राष्ट्रपति जोन्सनको जहाजबाट राजा महेन्द्र अलास्काको एलमेनडर्फ एयरबेसमा अमेरिकाको राजकीय भ्रमणमा राजाका साथ रानी रत्नसहित उपप्रधान तथा परराष्ट्रमन्त्री कीर्तिनिधि विष्ट, राजाका निजी सचिवद्वय बडाकाजी पुष्पराज भण्डारी र मीरसुब्बा (मीसु) मधुसुदन राजभण्डारी, सचिव मीसु ईश्वरीमान श्रेष्ठ, प्रेससचिव मीसु रेणुलाल सिंह, परराष्ट्रसचिव यदुनाथ खनाल, फिल्डमार्सल नीरशमशेर जबरा, मेजर जनरल मोहनविक्रम शाह, संस्कृति विभागका निर्देशक एमएन खनाल, मदरल्यान्डका सम्पादक मणीन्द्रराज श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकृत बद्री खनाल थिए। ‘राजकीय भ्रमण’ र राष्ट्रसंघीय महासभामा सम्बोधन गरेर राजा महेन्द्र अलास्का जाने भएपछि भ्रमण दलका अन्य केही सदस्य स्वदेश फर्के। उपप्रधान तथा परराष्ट्रमन्त्री विष्ट भने जर्मनीको बोनमा हुने एउटा कार्यक्रमका लागि त्यता गए। ‘राजा–रानीको साथ अलास्का जानेमा अमेरिकाका लागि नेपाली राजदूत जनरल पद्मबहादुर खत्री, राजाका एडीसी जनरल शेरबहादुर मल्ल, कर्णेल सुशीलशमशेर, शाही चिकित्सक एससी हल्डर र शाही दम्पतीको सेवासुश्रुषा गर्नेहरू मात्र थिए’, राजाको अमेरिका भ्रमण दलमा रहेका पूर्वराजदूत (परराष्ट्र मन्त्रालयका तत्कालीन अधिकृत) बद्री खनाल भन्छन्, ‘राजाको निजी सिकार कार्यक्रम भएकाले हामी अलास्का नगई वासिङ्टनबाट नेपाल फक्र्यौं।’ आइजनहावरको राइफलले सिकार राजा महेन्द्रसँगै अलास्का जानेमध्ये अहिले दुई जना मात्र जीवित छन्– राजा महेन्द्रकी अर्धाङ्गिनी पूर्व मुमाबडामहारानी रत्न र सुशीलशमशेर जबरा। सुशीलशमशेर पनि रत्नकै भाइ हुन्। सिकारका सौखिन राजा महेन्द्रले देश–विदेशको भ्रमणमा उनलाई अक्सर छुटाउँदैनथे। दरबारको शाही सिकार विभागको प्रमुख रहेका उनी राजाका लागि सिकारसम्बन्धी प्रबन्ध गरिदिन्थे। अलास्का भ्रमण दलका उल्लिखित दुवै सदस्य जीवनको उत्तराद्र्धमा छन्। त्यो सिकारकै विषयमा कुराकानी गर्न सञ्चारकर्मीहरूले उनीहरूसँग भेट पाउनु असम्भवप्रायः छ। त्यसैले ‘अलास्का सिकार’का गतिविधिसम्बन्धी जानकारीका लागि ‘एंकोरेज डेली न्युज’को अनलाइन संस्करण एडीएनडटकममा प्रकाशित इतिहासकार डेभिड रिमरकै आलेख तथा त्यसमा रहेका तस्बिरको सहारा लिनुपर्ने स्थिति छ। सिकारका सौखिन राणा शासकहरू झैँ राजा महेन्द्र पनि आफूले सिकार गरेका जनावर, काढिएका तिनका छाला वा टाउका आफूसँगै राखेर तस्बिर खिच्न रुचाउँथे। उपलब्ध तस्बिरमध्ये हिउँ नै हिउँले भरिएको जंगलमा खिचिएको एउटा तस्बिरमा राजा महेन्द्र सिकारमा प्रयोग गरिएको टेलिस्कोपजडित राइफल र आफूले सिकार गरेको जंगली बाख्रोसँगै देखिन्छन्। साथमा एक जना सहयोगी पनि छन्, जो उनका सिकार गाइड एवं प्रबन्धक एआई बर्नेट हुन्। आफूले सिकार गरेको जंगली बाख्रो र सिकार गाइड बर्नेटका साथ राजा महेन्द्रआफूले सिकार गरेको जंगली बाख्रो र सिकार गाइड बर्नेटका साथ राजा महेन्द्र राजा महेन्द्रले आफूले सिकार गरेको छालासहितको भालुको टाउकोसँगै बसेर पनि तस्बिर खिचाएका छन्। तेस्रो तस्बिरमा उनी परिचय नखुल्ने जनावरका दुईवटा छाला अगाडि बसेका देखिन्छन्। तस्बिरमा झुन्ड्याएर सुकाइएका छालासहित अलास्काका जंगलमा पाइने ‘मुस’ (मासुको फराकिलो सिङ भएको हरिण) को सिङ पनि भुइँमा देखिन्छ। इतिहासकार रिमरका अनुसार पनि अलास्का र लेक जर्जनजिकै राजा महेन्द्र र रानी रत्नले कोडिआक (खैरो रंगको भालु), मुस, केरिबु (हरिण), भेडा र दुईवटा भालुको सिकार गरेका थिए। त्यसैले छाला र ‘मुस’ को सिङ उनैले सिकार गरेका जनावरका हुन्। आफूले सिकार गरेको जंगली भालुका साथ राजा महेन्द्र यो सिकार कार्यक्रमबारे उतिबेला काठमाडौंस्थित अमेरिकी सूचना केन्द्रले सञ्चारमाध्यमहरूलाई सीमित जानकारी दिएको थियो। केन्द्रको सूचना उधृत गर्दै १६ मंसिर (२०२४) को गोर्खापत्रले उल्लेख गरेअनुसार राजा महेन्द्रले जुन राइफलबाट भालु सिकार गरेका थिए, त्यो राइफल अमेरिकाका पूर्वराष्ट्रपति आइजनहावरले उपहार स्वरूप उनलाई दिएका थिए। ‘श्री ५ महाराजधिराजबाट भूतपूर्व अमेरिकी राष्ट्रपति डिडी आइजनहावरले उपहार स्वरूप चढाउनुभएको शक्तिशाली राइफलद्वारा खैरो भालुको सिकार गरिबक्सेको थियो’, गोर्खापत्रले लेखेको छ, ‘तीनवटा गोली प्रहार गरी भालुको सिकार भएको थियो। सिकारका बेला साथमा एक जना मात्र गाइड थिए।’ तर पूर्वराष्ट्रपतिले त्यो राइफल राजाको यसैपटकको भ्रमणका क्रममा उपहार दिएका थिए वा पहिलोपटकको– त्यो भने अमेरिकी सूचना केन्द्रले प्रस्ट पारेको थिएन। खनालका भनाइमा– शाही दम्पतीले काठमाडौंबाट अमेरिका प्रस्थान गर्दा सीमित हतियार लिएर गएको थियो। जुन सिकारका लागि प्रयोग हुने सामान्य खालका बन्दुक थिए। राजा–रानीले सिकार गरेका दुई भालुमध्ये राजा महेन्द्रले सिकार गरेको भालु ठूलो थियो भने रत्नले सिकार गरेको भालु सानो। तर रानी रत्नले जंगलमा आफैंले खोजेर भालु सिकार गरेकी होइनन्। रिमरका भनाइमा– उनका लागि एउटा जिउँदो भालु ठिक्क पारेर अगाडि राखिएको थियो। त्यसपछि उनले विमानबाट गोली हानेर त्यसको ‘सिकार’ गरेकी थिइन्। यो सिकारको प्रबन्धकको जिम्मा पाएका गाइड बर्नेट अमेरिकी जलसेनाका पूर्वअधिकारी थिए। बर्नेट अहिले जीवित छन् वा छैनन्, रिमरको आलेखबाट थाहा पाउन सकिन्न। आलेखमा उल्लेख महत्त्वपूर्ण सूचना इतिहासकार रिमरले सन् १९६९ मा ‘लस एन्जलस टाइम्स’सँग गरेको कुराकानीबाट लिएको देखिन्छ। त्यो अन्तर्वार्तामा बर्नेटले रानी रत्नले जस्तै राजा महेन्द्रले पनि ठिक्क पारेर राखिएको भालुलाई गोली हानेर सिकार गरेको संकेत गरेका छन्। उनले भनेका छन्, ‘राजा महेन्द्रको आँखाको दृष्टि कमजोर थियो। त्यसैले उनलाई नजिकै लगेर ‘यही हो सिकार, अब यसको सिकार गर’ भन्नुपथ्र्याे।’ राजाबाट ठगिएपछि टाट पल्टिए बर्नेट सायद राजा महेन्द्रको दृष्टिशक्ति कमजोर छैन भन्ने देखाउन, राजा महेन्द्र पनि राणा शासकहरू जस्तै शक्तिशाली हुन् भनेर जनतालाई चिनाउन र उनलाई ‘विजेता’का रूपमा प्रस्तुत गर्नाका लागि होला– राजा महेन्द्रले गरेका सिकारको प्रचार दरबारले बढाई–चढाई गरेर गथ्र्याे। यही कारण उनले गरेका सिकारले चर्चा पनि पाउँथे। ​तर ५४ वर्षअघि राजा महेन्द्रले एंकोरेजमा गरेको सिकारले उनको निधन भएको ५० वर्षपछि यतिविघ्न चर्चा पाउनुको कारण त्यसबापत लाग्ने साढे ५ करोड रुपैयाँभन्दा बढी शुल्क नतिर्नु हो। राजाले शुल्क नतिरेपछि टाट पल्टेका त्यो सिकारका प्रबन्धक एवं सिकार गाइड एआई बर्नेटले बेहोर्नुपरेको अप्ठेरो पढ्ने/बुझ्ने जोसुकैको मन कटक्क खान्छ। सिकारसम्बन्धी कतिपय प्रबन्ध अमेरिकी कानुनप्रतिकूल थिए। तर शीतयुद्धको समय भएकाले चीन र भारतबीचमा रहेको देश नेपालका राजालाई खुसी पार्नु अमेरिकाको ‘बाध्यता’ पनि थियो। त्यसैले अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अधिकारीहरूले अमेरिकी नीति–नियमको पर्वाह नगरी राजाका लागि सिकारस्थल र गाइड–प्रबन्धकको व्यवस्था गरिदिए। अमेरिकी स्टेट डिपार्टमेन्टका अधिकारीहरूको विश्वासमा बर्नेटले सिकार कार्यक्रमको सम्पूर्ण प्रबन्ध गरेका थिए। त्यसैले राजा महेन्द्र नेपाल फर्केपछि उनले बिल भुक्तानीका लागि स्टेट डिपार्टमेन्टमा सम्पर्क गरे। तर डिपार्टमेन्टका अधिकारीहरूले खर्चको जिम्मा नेपाली राजदूतावासको भएको जवाफ दिए। यसपछि बर्नेटले ६० हजार डलरको बिल नेपाली दूतावासलाई बुझाए। उतिबेलाको ६० हजार डलर रकमको मूल्य अहिले ४ लाख ८५ हजार ५ सय अमेरिकी डलर हुने उनले उल्लेख गरेका छन्। आइतबार (१४ कात्तिक २०७८) को मूल्यअनुसार १ अमेरिकी डलरबराबर नेपाली रुपैयाँ झन्डै १ सय २० हुन्छ। यस हिसाबले माथिको अमेरिकी रकमलाई नेपालीमा रूपान्तरण गर्दा ५ करोड ८२ लाख ६० हजार रुपैयाँ हुन आउँछ। तर बर्नेटले बुझाएको बिल भुक्तानी गर्न नेपाली राजदूतावासले अस्वीकार गर्यो। वास्तवमा राजाको सिकार कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत जनरल पदमबहादुर खत्री पनि थिए। पहिलो बिल अस्वीकृत भएपछि बर्नेटले ४५ हजार डलरको अर्काे बिल पठाए। पहिलेको तुलनामा बिलमा १५ हजार डलर कम हुनुको कारण थियो– आफ्नो नाफा कटौती गर्नु। राजाले सिकार शुल्क नतिरेको कुरा बाहिरिएपछि नेपाली राजदूतावासले आफूले तिर्ने सार्वजनिक प्रतिबद्धता जनायो। तर यसअनुरूप बर्नेटले भुक्तानी पाएनन्। ‘राजदूतावासले गरेको ढिलासुस्ती समय क्रममा मौनतामा बदलियो, बर्नेटले रकम पाएनन्’, इतिहासकार रिमरले लेखेका छन्, ‘बर्नेटले रकम नपाउनुको अर्थ अरू सयौं अलास्कावासीले पनि आफूले पाउनुपर्ने रकम पाएनन्।’ त्यो सिकारको २ वर्षपछि सन् १९६९ मा प्रसिद्ध अमेरिकी पत्रिका ‘लस एन्जलस टाइम्स’ले राजाको सिकारको बिल–रकम नतिरिएकोबारे लामो समाचार सामग्री प्रकाशन गरेको थियो। त्यसमा बर्नेटले नेपाली राजाबाट ठगिँदा आफूले कानुन व्यवसायीलाई दिनुपर्ने शुल्क तिर्न नसकेको मात्र होइन, विमान तथा लामो दूरीको सवारी भाडा तिर्न नसक्ने हालतमा पुगेको बताएका छन्। सिकारका क्रममा उनीबाट पाउनुपर्ने रकम नपाउँदा पीडितहरूले उनीविरुद्ध अदालतमा मुद्दा पनि हालेका थिए। ‘नौ वर्षसम्म गाइड (प्रबन्धक) का रूपमा मैले गरेको कामबापतको ६० हजार डलर सबै स्वाहा भयो’, बर्नेटले भनेका छन्, ‘मैले आफूसँग रहेका महत्त्वपूर्ण कलाकृति पनि गुमाएँ। सिकारीहरूलाई खुवाउने सामग्रीका लागि किरानाको सामान किन्न नसक्ने गरी म रित्तिएँ।’ सिकारमा प्रयोग गरिने आफ्नो सानो जहाज उनी आफैं उडाउँथे। उपलब्ध एक तस्बिरमा जहाजको पंखामा उनको नाम (एआई बर्नेट) लेखिएको देखिन्छ भने उनी अर्का एक सहयोगीका साथ प्रसन्न मुद्रामा राजा महेन्द्रसँग कुराकानी गरिरहेका छन्। राजाबाट ज्याला नपाउँदा उनले त्यो जहाज र इन्जिनसमेत गुमाउनुपर्यो।​ राजाले रकम नतिरिदिएका कारण बर्नेटले सिकारमा संलग्न कर्मचारी र अन्य सहयोगीलाई पारिश्रमिक दिन नसकेपछि उनीहरूले बर्नेटविरुद्ध मुद्दा दायर गरे। तर त्यो मुद्दा के भयो भन्नेबारे इतिहासकार रिमरले आफ्नो आलेखमा केही उल्लेख गरेका छैनन्। तर रिमरले कोडिआकका तत्कालीन मेयर पिट डेभ्युको भनाइ उधृत गरेका छन्। मेयर डेभ्युले भनेका छन्, ‘राजा महेन्द्रका लागि यहाँ सबैले आफूलाई टक्टक्याए (अर्थात् खर्च गरे), तर राजाले बिल तिरेनन्।’ बाबुका पालामा सिकार, छोराका पालामा समाचार सिकारबापतको मात्र होइन, अलास्कामा तीन हप्ता रहँदा मुकाम बनाएको ‘होटल क्याप्टेन कुक’को रकमसमेत नतिरी राजा महेन्द्र स्वदेश फर्केका थिए। होटलको बिलसमेत भुक्तानी नगरेका कारण पनि नेपाल उतिबेला अन्तर्राष्ट्रिय रूपमा बदनाम भयो। होटलको बिलको खुलासा अमेरिकी समाचारपत्रहरूले गरेका थिए। ‘किङ अफ नेपाल लिभ होटल विथ आउट पेइङ बिल’ (नेपालका राजाले बिल नतिरी होटल छाडे) शीर्षकमा अमेरिकाको एउटा पत्रिकाले समाचार लेख्यो, त्यसले राजालाई निकै अप्ठेरोमा पार्यो’, खनाल भन्छन्, ‘राजासम्बन्धी समाचार सबैका लागि रोचक हुने भइहाल्यो। नेपाली राजा होटलको बिल नतिरी स्वदेश फर्केको सूचना पाएपछि विदेशी पत्रकारहरूले के छाड्थे!’ राजाको अलास्का भ्रमण दल बसेको ‘होटल क्याप्टेन कुक’ ‘हाइकेल होटल्स’को मातहत थियो। सिकार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा उनले होटलमा भव्य भोज आयोजना गरेका थिए। त्यहाँ रहँदा अन्य खर्च पनि उनले मन फुकाएर गरे होलान्, जसले गर्दा उनको गोजी रित्तियो। र, बिल नै नतिरी अलास्का छाडे। लामो समय रकम नतिरेपछि होटलका महाप्रबन्धक ह्यान्स बेकरबेर्थले आफूहरू राजा महेन्द्रबाट ठगिएको आरोप लगाएको रिमरले उल्लेख गरेका छन्। सिकारको अन्त्यपछि राजा महेन्द्रले ‘होटल क्याप्टेन कुक’मा दिएको रात्रिभोज ‘होटल बसाइको बिल नतिरी राजा स्वदेश फर्केको समाचार सार्वजनिक भएपछि भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले रकम पठाइदिएको थियो’, खनाल भन्छन्, ‘यताबाट रकम पठाइदिएपछि राजदूत खत्रीले त्यो रकम भुक्तानी गरिदिनुभयो।’ होटलको बिल ढिलागरी तिरिएकाले ‘महेन्द्रबाट आफूहरू ठगिएको’ भन्ने महाप्रबन्धक बेकरबेर्थको उतिबेलाको आरोप रकम प्राप्त गर्नुअघिको हुनसक्छ। होटलको रकम अझै बाँकी रहेको भए इतिहासकार रिमरले आलेखमा अवश्य उल्लेख गर्नुपर्ने। के कुरामा विवाद छैन भने राजा महेन्द्र अन्तर्राष्ट्रिय जगतमा नेपालको व्यक्तित्व उँचो बनाउन चाहन्थे। अलास्कामा रहँदा साथमा पुग्ने रकम थिएन भने स्वदेश फर्केपछि उनले सिकारको बिल तिर्न पुग्नेगरी रकम पठाइदिन सक्थे। होटलको बिल भने उनले मुलुककै बेइज्जत हुनेगरी समाचार प्रकाशन भइसकेपछि मात्र पठाए। तर सिकार कार्यक्रमको प्रबन्ध गरेका बर्नेटले पाउनुपर्ने रकम बाँकी नै राखे। यो रकम किन पठाएनन्? प्रश्न अनुत्तरित छ। राजा महेन्द्र अमेरिकामा राजकीय भ्रमणकै लागि गएको कुरा साँचो हो। तर अलास्का भ्रमण ‘राजकीय भ्रमण’को अंग थिएन। ‘राजकीय भ्रमण’ त दुई दिन (१५–१६ कात्तिक) मै टुंगिएको थियो। त्यसैले उनको अलास्का यात्रा विशुद्ध ‘अनौपचारिक’ र ‘निजी’ थियो। यसर्थ त्यस क्रममा भएका खर्च कुनै पनि राज्य (अमेरिका र नेपाल) बाट तिराउनु अनैतिक हुन्छ। यस्तो अपेक्षा राजा महेन्द्रले नै गरेका थिए भने पनि त्यो अशोभनीय कुरा हो। तर सिकार व्यवस्थापनका लागि स्टेट डिपार्टमेन्ट (अमेरिकी विदेश मन्त्रालय) ले सम्पूर्ण जिम्मेवारी अमेरिकी जलसेनाका पूर्वअधिकारी एआई बर्नेटलाई दिएकाले राजा महेन्द्रलाई लाग्यो होला– अलास्का बसाइ र त्यस क्रममा एंकोरेजमा गरेको सिकारको खर्च पनि अमेरिकाकै सरकारले तिरिदिनेछ। ​वासिङ्टन डिसीबाट अलास्का पुग्न अमेरिकाकै राष्ट्रपति जोन्सनको जेट उपलब्ध गराइदिएकाले पनि सबै खर्च त्यहाँकै सरकारले बेहोर्छ भन्ने राजालाई लाग्यो कि? सिकारको इच्छा जाहेर गरेपछि राष्ट्रपति जोन्सनले ‘चिन्ता नलिनुस्, सबै कुरा म मिलाइदिन्छु’ भन्ने आश्वासन अनौपचारिक तवरमा दिएकाले सबै बिलको भुक्तानी उतैबाट होला भन्ने सोचेर पो उनले रकम नपठाएका हुन् कि! जनताको करबाट संकलित रकम अमेरिकी सरकारले विलासी व्यवस्थापनमा खर्च गरेको तथा नेपाली राजाले विनासकारी सिकार गरेकोविरुद्ध संसदमा समेत आवाज उठेको रिमरले उल्लेख गरेका छन्। थप आलोचना नहोस् भनेर अमेरिका राजा महेन्द्रले गरेको खर्च सकार्न पछि हटेको पो हो कि? कोही टाट पल्टिएर रुँदै हिँड्नुपर्ने अवस्था आउनेगरी किन त्यो सिकारको बिल तिरिएन? जवाफ दिनसक्ने जनरल पद्मबहादुर खत्री (राजा महेन्द्र र अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत) अहिले हाम्रासामु छैनन्। तर त्यो रकम नतिरिएको समाचार सार्वजनिक भएको दुई हप्ता नपुग्दै सरकारले तत्कालीन राजदूत खत्रीकै छोरा प्राध्यापक श्रीधर खत्रीलाई अमेरिकाकै लागि राजदूत बनाउन सिफारिस गरेको छ। अमेरिकामा नेपालकै बेइज्जत हुनेगरी किन त्यो रकम नतिरिएको रहेछ? कार्यभार सम्हालेपछि प्राध्यापक खत्रीले सोधखोज गर्लान् कि! तस्बिर संकलनः सीताराम बराल (@sitarambaral) प्रकाशित: November 01, 2021 https://nepalkhabar.com/magazi...

AnandNepal · Nov 1, 2021 4:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion