← Back to Archives

फेरि नयाँ खुशीको खोजमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक निर्दोष पाना, म लेख्दैछु अदम्य साहसको स्याहीमा बाटो हराएका शब्दका जुलुस निस्कन्छन संघर्शको कथा बोक्दै केही सपनालाई पछ्याउदै अनी सहानुभुती खोज्दै प्रताडित प्रयासलाई छर्लङ पार्दै सबै उत्तरहरुलाई खोज्छन प्रश्नहरुको लामको माझ हरेक छण जसले झस्काउदै बस्छन एक बैराग्य युक्त जिबन, हरेक समुहबाट जो छ निश्काषित घुम्दै छ जो गन्तब्य बिहिन भएर तेही पुराना, घिसापिटा बिमर्शहरुको प्रतिबिम्बमा जसले धावा बोल्दै बस्छन बेरोक, बेटोक सधैंभरी बिभिन्न शब्दका रुपमा तर तेही मर्म, भावमा देखाउछन नसकिने दुर्भाग्यका अंशहरु केही कुटिल चलनहरु केही निर्दयी चालहरु बिरोधाभास, म केलाउछु केही हराएका इच्छाहरु, केही सम्पन्न आंकन्छाहरु, बिस्थापित जिबनको दौडमा होशबाट सन्यासित अनी रणभुल्लमा हराएको आत्मा सोचिरहन्छु अलमल्लमा तर पनि कुनै कैदमा झै कही कतै आशाको त्यान्द्रोमा फेरि नयाँ खुशीको खोजमा

Bennedict · Mar 25, 2021 7:12 PM · 4,078 views

2 Replies

बाजे, राम राम छ है, हराउनुभो नि गाँठे, सबै कुशल मंगल् होलानी हजुरको तिर है। अब तपाईं चै परमधाम हुने टाइममा अश्लील प्रतित हुने अवतार राखेर सबैको ध्यान आकर्शित गर्नेमा हुनुहुन्छ हैन, के भन्ने अब। मेरो केसमा चै, पुरानो खुशीहरु धुल्मिलिए, हराए, पुरानो खुशीले ज्यादा असर गर्न छाडे भनम, जस्तो तपाईं २० बर्षको हुँदा तपाईंलाई जे कुरामा interest लाग्थ्यो, अहिले नलाग्न सक्छ नि, तपाईंको जिउले नदेला, तपाईंको इच्छा नहोला, तेस्तै हो नि हजुर उमेरले नेटो काटेसी के के हुन्छ हुन्छ मान्छेको जिबनमा नि।

Bennedict · Mar 25, 2021 7:46 PM

बिरोधाभास, केलाउछु हराएका इच्छाहरु, सेलाउछु केही सम्पन्न आकांक्षाहरु अंगालेर जिबनको दौड संगालेर आशाको त्यान्द्रोबाट चुहेको रस पिएर भएको होशबाट सन्यास बस्! लिएर बेरोक, बेटोक थोरै मोजमा फेरि नयाँ खुशीको खोजमा :)

AnandNepal · Mar 25, 2021 8:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant