Regarding Flex loan

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, flex लोन कसैले लेको छ? मलाई २ ३ ओटा ठुला बैंकले ३ वर्षको लागि ८ टक्का apr मा पैसा उठा भनेको भन्यै छ । जम्मा जम्मी ५४००० $ जति उठाउन मिल्ने रैछ ( unsecured loan ) । क्रेडिट चेक पनि नहुने, येतिकै दिने रैछ । म यो पैसा यहाँ उठाएर नेपालमा लालाजीको housing व्यापारमा हाल्न चाहनछु । -मैले बैंकबाट ऋण लिदा एस्तो छ principle ५४००० interest ८% apr *३ year = १२९६० total amount to be paid in ३ years = 66960 मैले लालाजी लाई दिदा एस्तो छ principle ५४००० interest 20 % apr *३ = ३२४०० मेरो खुद नाफा ३ वर्षमा ३२४००-१२९६० = १९४४० मैले लालाजी संग ३६% सम्म loan मा पैसा लगानी गरेको छु तर ऐले नेपालमा लगानीको बाताबरण खासै छैन २०% भन्दा माथिमा पैसा उठ्दैन । २०% मा गरौकि नगरौ भयो । यो भन्दा राम्रो लगानी ( रिस्क फ्री ) अरु केहि हुन सक्छ ।

thankeshwor · Dec 4, 2020 9:31 AM · 9,814 views

3 Replies

हिसाब किताब राम्रै देखिन्छ , हिसाबकिताब सङ्ग जोडिएका अरु कुरा लाइ मध्यनजर गर्नु ठिक होला ? नगदी हात पर्ना साथ् नेपाल पठाउनु पर्यो अनि तुरुन्तै लगानी गर्नु पर्यो | यहा नगद लिएर नेपाल पठाउनु पर्यो अनि त्यहा लगानी गर्नु पर्यो | मासिक १५०० प्लस ब्याज तिर्नु पर्यो , याने सबै पैसा लगानी गर्न सकिन्न , मासिक तिर्न केहि नगद राखी छोड्नु पर्यो | उता लगानी मा मासिक ब्याज उठाएर एता पठाउनु पर्यो : पठाउने खर्च पनि जोड्नु पर्यो | लगानी उठन सकेन भने धरोउटि बिक्रि गरि उठाउनु पर्यो , तेस्लाई लाग्ने समय पनि जोड्नु पर्यो | अहिले १ डलर बराबर रु ११९ जति होला , ऋण तिरुन्जेल सम्म त्यो रु ११९ मै बसी नराख्दैन बरु बढेर १२२ -१२५ पुग्ला ? खुद नाफा ३ वर्षमा $३२४००-$१२९६० = $१९४४० को हिसाब किताब दुरुस्त देखिन्न ? कहिँ नास ले झैँ लगानी गर्यो अनि बेच्ने बेलामा गुलामा हात राखेर सुत्ने काम झैँ नगर्नु है | कुराको चुरो : बन्दुक र गोला पनि अरुको श्रम मात्रै आफ्नो लगाएर बाघ कै सिकार नभएर बच्चा हरिण हात पारीए पनि सुन मा सुगन्ध मिले जस्तो होईन र ? ढुकुटि खेलका मास्टरले जबाफ देलान |

Logan · Dec 4, 2020 10:20 AM

mutual fund, stock would be better option for long run bhaya

logankobaje · Dec 4, 2020 11:27 AM

भाया, यो के हो, रमाइलो नि छ तर परेसनी पनि , लोगन पनि छ, लोगन को बाऊ पनि छ फेरी बाजे पनि , अरु series के के छ ? एकै मान्छे होकी फरक फरक ? कसलाई जवाफ दिने । तर दुवैको सुझाब राम्रै लाग्यो मलाई त धनुवाद ।

thankeshwor · Dec 4, 2020 12:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion