रमाइलो भै रा'च

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चाईनेजो केटा हो निक्कै रमाइलो भा छ हो हिजो आज । ४९ दिन बाद लक डाओन खुल्यो चहल पहल सुरु भयो । अब सबै तिर ठिक हुन्छ होला । आज भखर काम बाट फर्किदा ४०० को ग्रोसरी किनेर ल्याएको । काम नि अर्को हप्ता बाट पूर्ण रुपमा संचालन, उतै अड्डा मै हाजिर हुनु पर्ने । सुरु सुरु मा त घर बस्दा कस्तो रमाइलो भाको थियो, २ हप्ता पछि त torture हुन थाल्यो, के गरम कसो गरम , तल जाम् कि माथि जाम हुने ।परिवार बाल बच्चा हुने लाई त तैबिसेक ठिकै भयो होला एक्लो ज्यान लाई चाई ऐठन हुने । अब जागिरको टेनसन् अर्कै छ । एक महिना २ महिना पो फोकटमा पाल्ला, तेस्पछि त लात हान्छ, सरकारी जागिर परेन ।जागिर को बारे बलराम गुरु ले राम्रो भन्नु भा छ - सुरुमा पढ्न गारो छ पढेर खान गारो छ जागिर खाएर फेरी धान्न गारो छ जागिर नर्मल जिन्दगि कस्तो थ्यो बिर्सिन लागिएको थियो । धन्न यता साझामा केटाहरुले बेला बेला हसाई राक्छन। २ महिना घर बसेर था भो, अपराध गर्ने लाई किन गोलि नठोकर जेलमा कोचेको । आम्माहो, बन्धिजीवन त torture हो, अब म अपराध नगर्ने, मलाई जेल बस्नु छैन । यता साझाको कुरा गर्न मन लाग्यो । यता झन् खुब रमाइलो भयो अन्त्य अन्त्य तिर। मलाई त अब Instagram भन्दा यता तिर रत लाग्न थाल्यो ।के छ त्यो जार Instagram म़ा? तेइ पूर्व प्रेमीहरुको सुँगुरमुखे पोउट वाला फोटा , तिनले खाका, तिनका thailand , maldives घुमेका TBT पोस्ट हरु । बरु यता आयो केटा हरु कति रमाइलो गर्छन । आफुले नबुजे नि stock म़ा के भै रा छ पुरै जानकारी पाईन्छ । हल्का फुल्का IT को नया update नि येतै छ । YouTuber बन्धुहरु नि येतै छन्, तिनले नि आर्थर गण देखि मेरा नेपाली आइडल गजेडी पारस सरकार सम्मका update दि रा छन् । केहि साथीहरुको तारिफ योग्गे अंग्रेजी कविता देखि लेख सम्म नि येही देख्न पाई राख्य छ । उता नेपाली साहित्यको त कुरै नगरम, कस्ता कस्ता सब्द सुन्न पाई राख्या छ। दैबकसम धाक्रे जसरी भारी बोकेर करिब करिब ५० जिल्ला घुमियो, बैतडी, जोगबुडा देखि ओलचुङ्गगोला, खादबारी सबै घुमियो तेस्तो भाषाको गहन प्रयोग कर्ता कतै भेटिएको थिएन, यहाँ भेटियो । नेपाली ठेट भाषाम़ा येति सम्म दखल राख्ने ब्येक्ति साझामै भेटियो। नेपालको लोपहुन लाग्य झ्याउरे भाषाको ठाडो गाली वहाले सम्बर्दन गरि राख्नु भा छ । वहाले प्रयोग गर्ने केहि सब्द सायद नेपालम़ा नै लोप भै सकेको हुनु पर्छ, अलि अलि कतै बाकी छ भने स्यांग्जा पुतलीबजार र गुल्मी तम्घास तिर बाकीछ होला । नेपाली ब्याकरणम़ा येत्तिको दखल हुने मान्छे लाई मान्नै पर्छ । वहाको लेख पढ्ने नपढ्ने तपाइको खुसि । अर्का एकथरी जासुस नि येही भेटिनु भयो, वहाको सेन्से ओफ हिउमर को तारिफ नगरी बस्न सकिएन । वहा लाई भखर नै भेटेको हो तर वहा को logic लाई चाई मान्नु पर्छ, ठुल्ठुला लाई नि वहा ले ढाल्दिन्नु हुने रैछ/ यो २ ४ दिन को स्टार वार नि खुब रमाइलो भयो, या भनौ बिसेस रमाइलो ।हिजो देखि फुर्सद भयो, सबैको सब्द सब्द पढे। प्रस्न पढे, प्रस्नको उत्तर पढे, उत्तरको प्रतिउत्तर पढे, घात पढे, प्रतिघात पढे, अन्तरघात पढे, जे जे आउछ मज्जाले पढे । पुराना ID का सवाल पढे तिनका जवाफ पढे, नया नया सिर्जना भएका डमी ID बाट आउने लेख पढे । कसले बनायो डमी ID खासै बाल भएन तर तिन बाट आउने सवाल पढे तिनका जवाफ पढे, एक्लै पढे गाजा तानेर पढे, हासी हासी पढे, स्वाद लि लि पढे । गाजा तानी रा बेला ति ID बाट आउने " जय सम्भु" पढे , फेरी अर्को बाट आउने 'जय नेपाल पढे " , कम्निस्ट पार्टीको कमिटि गठन बारे पढे, एहोई हासी हासी पढे । कतै कतै मेरो जस्तो लेख राखेर " जय सम्भु" लेखेको पढे । जसले लेखे नि लेख चाई ज्यादै रमाइलो थियो ।तेस्भित्रका राजनीतिक कुरा, "हाहा" के भनौ इट वाज फन । येस्मा मलाई नि तान्न खोजिएको भान भयो, तर तपाई (यो फन को रचियेता ) लाई था छ यो म हैन , यो तपाई हो । मुजी तपाई नि हासी राख्नु भा होला हाहा । एस्त फन हरु हुनु पर्छ, अनि घोच पेच घुमाउरो हुनु पर्छ, ठिक येस्तै अनि पो रमाइलो हुन्छ। ब्येक्तिगत गाली गलौच चाई हुनु हुन्न भए नि inbox मा गर्दा राम्रो । एकजना हस्ती चाई अति diplomatic , अति नै के, too much , तर एउटा साथीले भनेर पो था पाको वहा त danger हुनु हुदो रैछ । चिनिएको ID बाट केहि नबोल्ने अर्को डमी ID बाट चाई अर्का एक जना लाई पुरै भकुर्ने, पेटको चुर्ना मर्ने गरि। वहा येति बाठो कि, वहा को कुनै सब्दले नि त्यो ID वहा हो भनेर अनुमान लाउन नसक्ने। वहा ले प्रयोग गर्ने एउटा दुर्लव सब्द ले मैले वहा लाई चिनी हाले । अनि म फेरी पेट मिची मिची हासे, एक्लै हासे, गाजा तानी तानी हासे । येति खतरा मान्छेले जवाफ दिनु हुदो रैछ रपो येति दरो जवाफ आउदो रैछ । फेरी अर्का एकजना विद्वान हुनु हुन्छ, वहा लाई छुटायो भने पाप पग्छ। वहाको दखल हरेक छेत्रमा, सबै लाई दनक दि हाल्नु हुन्छ, मलाई त छुटाउनु नै हुन्न। लेख्न नि गहन लेख्नु हुन्छ, धेरै लेख्नु हुन्छ, तर बिध्यानास, के लेख्नुहुन्छ, रामजाने । लेखनको सार त परै जावोस ताली होकी गाली हो वहा ले गर्नु भाको ऐले सम्म था पाको छैन। वहा लाई सुझाब, तपाई लेखन होइन सिधै podcast गर्नुस, येसो गर्दा तपाईले के भन्न खोजेको प्रस्ट बुझिन्छ अनि तपाईको लेखन समयको नि बचत हुन्छ । यो स्टकवालाहरु लाई नि गुनासो पोख्नु छ, हुन त म अज्ञानी भएर होला तर तपाई को स्टकको इन्फो हेर्यो कि धिरेन शाक्यको फिमिम हेरे जस्तो लाग्छ । २ पैसा को लोस, ४ पैसा को गेन फेरी ३ पैसाको लोस न सो अन।तपाई हरुको केहि प्रगति देख्न नपाई मरिने भयो कि भन्ने चिन्ता लाग्छ । स्टकको थ्रेद सधै टप मा आउछ, चाख नहुने मान्छे लाई त दिक्क । तपाई हरु ४ ५ जना हुनु हुन्छ close group बनाए कसो होला ? अब आफ्नो बारे त के कुरा गर्नु, महादेव उत्तानो टांग। एउटा नराम्रो अनुभब लेख्छु भनेर बसेको, तपैहरुको दोहारी ब्याटलमा त्यो हराउने देखेर ऐले लाई होल्ड मा छ ।यो दोहारी ब्याटल को मज्जा लि रा छु । अलिक हाई मा छु, रमाइलो गर्दै गरम । -आउदा जादा लाउला पिरती ।

ssk · May 7, 2020 6:00 PM · 15,982 views

6 Replies

SSK, Sir, I like your experiences and analysis over some characters you encountered here in Sajha in last couple of days. Keep writing and stay in touch.  तपाईंलाई एउटा gift दिन मनलाग्यो। यो मैले केही बर्ष अगाडि गरेको sketch हो, white र black charcoal यस्तै केही use गरेर बनाको। तपाईंको avatar सँग मिल्ने जस्तो लागेर। यसको main image गूगल बाट नै लिएको थिए। Last edited: 07-May-20 11:07 PM

Bennedict · May 7, 2020 11:04 PM

ह्यात्तेरी benndict बाबु, तपाईको नामै अफ्ठेरो छ के, तपाईले देको उपाहार सहर्ष स्वीकार गरे हृदये देखि, मैले बदलामा दिने कहिँ छैन धन्यबाद बाहेक, २ चिम्टी गाजा पठाई दिनु हुन्थियो, लेखाई हेर्दा पढे लेखेको सरिफ घरानाको महसुस गरेर, गाजाको अफर राख्ने आट गरिन । फुर्सद छैन कसो तपाई लेख्नै हुन्न, फेरी लेखे पछि बिहान ४ बजे पनि मुर्दा उठाई दिनु हुदो रैछ चिहान बाट, उता तपाईको लेख पढेर था पाको । logic भए पछि धेरै लेख्ने नपर्ने रैछ, तपाई बाट सिकेको । logic छैन भने ५ पन्ना को सोकपत्र नि जोकपत्र जस्तो देखिने, सीरियेस भएर सोकपत्र पढौ भनेको हास मात्र उठे, यो गाजा ले होकी । उता भूपीको कविता बाट उरन्ठ्यौलाहरु लाई तिर हान्नु भयेछ, कसलाई हान्न खोज्नु भा थियो कुन्नि, यहाँ मलाई आएर लाग्यो, कम्ता रिस उठेर तपाई संग । तपाई को कविता ले के हुन्छ म गोपाल प्रा रिमाल को कविता बाट जवाफ दिन्छु ; सहे भनि सम्झीएका इख फेर्न उठ्दछन, गए भने नदेखिएका फर्की फर्की आऊदछन्, सुते भनि सम्जिएका सुरु सुरु हिर्दछन, मरे भनि फ्याकिएका जुरु जुरु उठदछन तपाईले लेखे पछि उलट पुलट हेर फेर आउछ । तपाईले नया ID वाला साथी हरु लाई कता फाल्दिनु भयो, आउनै छाडे, कस्तो मज्जा आइ रा थियो, फेरी खल्लो हुन थाल्यो । - "जय सम्भु " नभनी भएन Last edited: 08-May-20 02:39 PM

ssk · May 8, 2020 2:32 PM

aaile lai.......... Dammmmmn!!!!! matra bhanchu.

Gwach · May 8, 2020 3:44 PM

Good one guys! Last edited: 13-May-20 12:26 PM

pepesilva · May 8, 2020 3:58 PM

SSK सर, अलीकती busy भए, साझाको नशा त लागेकै हो। आएन भने नआएको नआएकै हुन्छ अनी आईयो भने फेरी आको आकै। तर अली moderation मा चलाऊदै छु। "उरन्ठेउला बोकाहरुको नाङो नाच" जसको शब्दहरु थिए उसैलाई satire थियो। उहाले बुझ्नु भएको नाइ थाहा छैन। नयाँ ID वालाहरुलाई फाल्ने त मेरो उद्देश्य थिएन तर most of those नयाँ ID हरु सबै एउटै मान्छेको भन्ने थाहा पाएछी के रमाइलो हुनु नि। जसको यो कर्तूत छ उहा चै अरुलाई trolling गरे मैले भनेर मक्ख अनी हामी चै मुर्ख अन्तमा। हैन अरुहरुलाई displace गराउने मेरो motive हैन, साझा आउनुको मेरो कारण पनि रमाइलो गर्न नै हो। म यहाँ गीता, पुराण या रामायाणको कुरा सुन्न, गर्न आउदिन तर कोही चै अरुलाई trolling गर्दै ठीक्क बनेको देख्दा चै मन परेन र कतै कतै म पनि बोलेको चै हुँ।

Bennedict · May 8, 2020 8:02 PM

पिक्चर चैँ सहि कोर्न भाको छ बेनेडिक्त ब्रो ! 👌👍

Nas · May 8, 2020 8:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion