जंगबहादुर अनौठै ब्यक्ति हुन .. शक्ति हत्याउने देखि कुटनितिबाट देशको सिमा बढाउने (पृथ्वि नारायणले युद्ध गर्नु परेको थियो, जंगबहादुरले त्यो पनि नगरि सिमा बढाए) प्रेमिका त कति हो कति .. जहाँ पुगे पनि थपि हाल्ने : https://youtu.be/mgGHoevrM5E जंगबहादुरको मिथुन राशि मात्रै होइन .... कुटनिति कस्तो थियो भन्ने बुझ्न यो भिडियो हेर्नुहोस : https://youtu.be/wOBQ8uhM3-k भिमसेनको पालामा गुमेको नेपालको भुमि .. यसरी फिर्ता भयो मिति - १८५८ मार्च २३ तारिख स्थान - लखनउ नेपालका श्री ३ जंगबहादुर शाह आँफ्नो दलबलका साथ लखनऊ छोडेर इलाहाबादको लागि रवाना भए । उनि अप्रिल १, १८५८ का दिन इलाहाबाद पुगे । इलाहाबादमा गभर्नर जनरल लर्ड क्यानिङले जंगबहादुरलाइ दिलदेखि नै भव्यताका साथ स्वागत गरे । एक हप्तासम्म जंगबहादुरको टोलिले बिभिन्न भेटवार्ता र कुटनितिक वार्ताहरु गरे। अनि, एक हप्ता पछि, अप्रिल ८ का दिन लर्ड, लर्ड क्यानिङ र जंगबहादुरको औपचारिक भेटवार्ता भयो । त्यस अवसरमा जंगबहादुरको कुटनितिले काम गर्यो । लर्ड क्यानिङले भने: ‘तपाईंको हामी ब्रिटिसमाथि ठूलो देन छ । तपाईंलाई खालि धन्यवादको शब्द मात्र पर्याप्त हुँदैन, तसर्थ पछि – परन्तुसम्म याद रहनाको खातिर तपाईंलाई र तपाईंको जनताको खातिर सन् १८१५ मा अङ्ग्रेजले नेपालबाट लिएको इलाका नेपाल सरकारलाई फिर्ता गर्ने भएको छ।॑" यसरि जंगबहादुरले सन् १८१६ मा नेपालले गुमाकेको केहि भु-भाग फिर्ता ल्याएका थिए। कुटनितिबाट देशको सिमा बिस्तार गरेका जंगबहादुर खुशि हुँदै इलाहाबादबाट काशी–वनारसतर्फ लागे । उनि काशीमा ६ दिनसम्म मुकाम गरेर बसे। उनको यो छोटो बसाइ पनि उपलब्धि मुलक बन्यो - उनले भारत– ‘कटक’ स्टेटकी राजकन्यासँग काशी विवाह गरी ‘गंगा महारानी’को पदसमेत दिई साथै काठमाडौं लिई आए । यो डबल सफलताले जंगबहादुर खुबै उत्साहित बनेका थिए। उनलाइ काठमाण्डौं पुग्न हतार थियो । काठमाण्डौं पुगेर यि सबै बखान सुनाउन हतार थियो। तेसैले उनले सक्दो छोटो बाटो रोजे काठमाण्डौं फर्कनको लागि। यसरि छोटो बाटो गरेर हिँड्दा, बलरामपुर स्टेटको बाटो हुँदै नेपाल फर्कंनु पर्ने भयो। उनले बलरामपुर स्टेटमा क्याम्प खडा गरेर बसे। त्यसरि क्याम्प खडा गरेर बसेको थाह पाउने बित्तिकै त्यहाँका स्थानिय राजाले उनको खातिरदारि गरुन भन्ने उनको ठुलो अभिलाषा थियो । तर, ति राजाले उनको वास्ता नै गरेनन। देशमा नयाँ भुभाग जोडेन सफल भएका अनि नयाँ महारानि लिएर घर जाँदै गरेका जंगमा एक युद्ध जितेको उन्माद भरिएको थियो। यस्तो अबस्थामा अपमान सहने त कुरै भएन । रिसले मुर्मुरिएका श्री ३ जंगले निज राजालाइ पक्रेर ल्याउने आदेश दिए। राजा ल्याइए, उनलाइ जंग बहादुरले गालि गरे, आंफ्नो रिस पखे अनि निर्ममता पुर्ण क्याम्पअगाडिको रूखमा बाँधेर राखियो। पछि ति राजाले ज्यादै नै रोई–कराई गरेर माफी समेत मागेपछि उनलाइ छोडिएको थियो। यसरि, इलाहबाद बाट देशको भुभाग जोडेर काशीबाट ‘गंगा महारानी’लिएर जंग बहादुर मे ४, १८५८ का दिन काठमाण्डौं फर्के। Last edited: 18-Apr-20 11:14 AM
AnandNepal · Apr 18, 2020 11:07 AM · 19,025 views
फुर्सद भए .. यो पनि चाखलाग्दो छ कोत पर्व, भण्डारखाल पर्व र अलौ पर्व सबै को बिस्तृत बिवरण https://youtu.be/lcB-jvKONM8
AnandNepal · Apr 18, 2020 6:04 PM
जंगबहादुरको बारेमा अझ अर्को भिडियो : राणा शासनको शुरुवात गर्ने जंगबहादुर राणाको वास्तविक नाम वीरनरसिंह कुँवर हो। उनि वि. सं. १८७४ असार ७ गते (जून १८ तारिख सन् १८१७) गणेशकुमारीको कोखमा जन्मेका थिए। उनकि आमा माथवरसिंह थापाकी सहोदर बहिनी थिइन। अनि, जंगबहादुरकि आमा उनका पिता बालनरसिंह कुँवरकी कान्छि पत्नि थिइन। जंग बहादुर उनका सात भाइ छोरा र दुई बहिनी मध्ये जेठा सन्तान थिए। उनि कुँवर बाट राणा कसरि बने .... जंगबहादुरले भिमसेन थापाबाट के के सिके भन्ने बिस्तृत बिवरण यो भिडियोमा छ : https://youtu.be/EtBpFHMDVEg
AnandNepal · Apr 19, 2020 9:17 AM
हाम्रो इतिहासका एक नायक भने पनि खलनायक भने पनि जंगबहादुर अति नै अनौठा पात्र थिए। भेट भएको भए निर्दयि, डरलाग्दा भन्न्नु पर्ने थियो होला तर, इतिहास पढा चाँहि चाखलाग्दा मान्छे भनिदिए पनि फरक पर्दैन। तेसैले मैले उनका ४२ जना पत्निहरुको बारेमा, उनका प्रेमिकाहरुको बारेमा, उनका सन्ततिहरुको बारेमा, उनको कुटनिति र उनले घटाएका हत्याकाण्डहरुको बारेमा चर्चा गरे पछि प्रस्तुत छ उनि बेलायत जाँदाको एक रमाइलो ऐतिहासिक प्रसंग। बेलायत भ्रमणको बेला जव जंगबहादुरलाइ एक कोभेन्ट गार्डेनमा आयोजित एक ओपेरा गायिकाको कार्यक्रममा लगियो ति गायिकाले गाएर सके पछि उनले खुबै बुझेको जस्तो गरेर, खुबै उत्साहितभएर तालि बजाए । रानि भिक्टोरियालाइ अचम्म लागेछ। अंग्रेजि पनि नबुझ्ने जंगबहादुरले के बुझे होलान भनेर रानिले सोधिन, "तपाइले के बुझेर तालि बजाउनु भयो?" जंगबहादुरको जवाफ थियो, "बुझ्न त मैले कोइलिले गाएको पनि बुझ्दिन। तर पनि मलाइ कोइलिले गाएको खुबै मन पर्छ," भनेर जवाफ दिएका थिए रे। यो कथा यत्ति मात्रै होइन यसलाइ अझै चाखलाग्दो तरिकाले प्रतुत पनि गरिएको सुनिन्छ । बेलायत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्रि जंगबहादुररानाको लागि रानि भिक्टोरियाको आतिथ्यमा कोभेन्ट गार्डेनमा आयोजित एक कार्यक्रममा एक मशहुर ओपेरा गायिकालाइ पनि डाकिएको थियो। ति ओपेरा गायिकाले लामो लेग्रो तानेर नबुझिने गित गाइन ..... https://youtu.be/hWNgAoABgnc
AnandNepal · Apr 19, 2020 10:20 PM
हँसायो निक सि ले ;) जंगबहादुरको भिडियोको बाढि आएको छ अर्को भिडियो पनि तयार भै सक्यो .. https://youtu.be/3aciLotnMe0 Last edited: 20-Apr-20 10:42 AM
AnandNepal · Apr 20, 2020 10:42 AM
पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’मा पञ्जाव केशरी राजा रणजित सिंहकी कान्छि रानी जिन्द कौरको नाम नै गल्ति लेखिएको रहेछ । उक्त पुस्तकमा लेखिएको नाम “चाँद कुँवर (चाँद कौर)” खासमा राजा रणजित सिंहका जेठा छोरा खरक सिंहकि पत्नि थिइन। खरक सिंहको निधन पछि चाँद कौरका छोरा नौ निहाल सिंह राजा बनेका थिए। छोराको पनि अकालमा नै निधन भएपछि चाँद कौर महारानि भएर छोटो समय राज्य सम्हालेकि थिइन। तर, पछि कौरले उनका देवर शेर सिंहलाइ राजा बनाएकि थिइन। तिनै देवर, शेर सिंहले चाँद कौरकि सुसारे द्वारा हत्या गराइदिएका थिए। तेसैले जिन्द कौरका छोरा दुलिप सिंह राजा बन्नु भन्दा अगावै चाँद कौर मारिइसकेकि थिइन । तेसैले, पुरुषोत्तमशमशेरको पुस्तकमा चाँद कौर भनिए पनि चाँद कौर नभएर राजा रणजित सिंहकि कान्छि पत्नि जिन्द कौर को बारेमा चर्चा गरिएको छ। नाम नै गल्ति गरिएको हुनाले सो पुस्तकका घटनाक्रम बिवरण पनि पुर्ण सत्य नहुन सक्छ । पुरुषोत्तमशमशेर जिन्दै कौर अमलेखगञ्जमा शरणार्थीस्वरूप आइपुगिन भनिएको छ । तर, मैले पढेको अर्को सन्धर्व सामाग्रिमा उनि काठमाण्डौं नै पुगेको बताइएको छ । उनि काठमाण्डौंमा लुकेर बसेर अंग्रेज बिरुद्धको अभियानमा लागेको भनिएको थियो । कुन ठिक हो कुन बेठिक हो भन्नेमा कन्फ्युजन भो ! Last edited: 23-Apr-20 07:35 AM
AnandNepal · Apr 23, 2020 7:32 AM
पहिलो भाग बन्यो .. दोश्रो भाग बनाउँन गाह्रो छ, हाम्रा कुन चाँहि इतिहासकारहरुले प्रष्ट र तथ्यगत बिवरण जम्मा गरेका छन ? https://youtu.be/PnBlreEj5gU
AnandNepal · Apr 23, 2020 10:22 AM
यो बिषय चाख लाग्दो रहेछ भारतमा राज गरिरहेको ब्रिटिस राज रानि जिन्द कौरको खोजि गरिर्हएको थियो । तर जिन्द कौर भने ८०० किमि उत्तर तिरको दुरि पार गरेर काठमाण्डौं पुगेर एक दासिको भेष लिएर बसिरहेकि थिइन । यो अनौठो ऐतिहासिक तथ्य थ्यो जंग बहादुर को समयको । सन १८१४ मा नेपाल अंग्रेज युद्ध भयो सिमा बिवाद भयो अनि अन्तत दुबै पक्षको धेरै क्षति पछि १८१५ को अन्त्यमा सुगौलि सन्धि भयो। नेपालले पुर्व र पश्चिमको धेरै भुभाग गुमायो। यो युद्धको दुइ दशक पछि नेपालले त्यसबेला स्वतन्त्र रहेको पन्जाव राज्यसंग गोप्य कार्यगत एकता गरेको थियो अंग्रेज शासकहरु बिरुद्ध । तेस्तै राजा राजेन्द्र र प्रधानमन्त्रि भिमसेन थापाले जेनरल पुस्कर शाहलाइ चिन पठाएका थिए, चिनिया सहयोगको लागि। तर चिनले १७९२मा आँफ्नै बिरुद्ध युद्ध गर्ने नेपाल संग मिल्न त्यति सहज मानेन ।चिनको लागि नेपाल शक्तिशालि हुनु भन्दा नहुनुमा नै फाइदा थियो। चिनले साथ नदिएपनि नेपाल र पन्जाव मिलेर ब्रिटिस राज बिरुद्ध सैनिक कारवाहि गर्न तयार हुंदै थिए । तर, त्यसै बेला पन्जावका राजा रंजित सिंह १८३९मा रहस्यमय तरिकाले अचानक बिते। त्यसपछि शिख राज्य पहिला जस्तो एक ढिक्का रहेन, दरवारि भाइ भारदार बिचको शक्तिसंघर्ष चर्कियो। रंजित सिंहका जेठा छोरालाइ राजा बनेको केहि समयमा नै बिष ख्वाएर मारियो। उनका नातिलाइ पनि राजा बनेको केहिमहिनामा नै हत्या गरियो। उनकि बुहारि केहि महिना महारानि बनेर शासन चलाउन नपाउँदै रंजित सिंहका अर्का छोरा राजा बने। त्यसपछि ति राजाको पनि हत्या गरियो। त्यस पछि सन १८४३ मा दिवंगत राजाकि कान्छि रानिका १० बर्षका छोरा दुलिप सिंह राजा बने र महारानि जिन्द कौर नवालग राजाको राज्य सहायक नियुक्त भइन। जिन्द कौर सुन्दरताको मामलामा अद्वितिय थिइन। त्यसको साथ साथै अति नै आँटिलि र सहासि थिइन। अंग्रेजहरु उनिसंग अति नै डराएका थिए। तेसैले उनको नाम नै "पंजावकि मेसलिना" भनेर राखेका थिए। मेसलिना रोमन वादशाह क्वाउडिसकि तेस्री रानि थिइन जो, यौनलाइ हतियार बनाउन र हत्या आतंकफैलाउन मशहुर थिइन। अंग्रेज हरुले सिख साम्राज्यमा राजनितिक खेल खेल्नमा जिन्द कौरकै ठुलो हात रहेको ठान्दै उनलाइ नियन्त्रण गर्ने र शिक साम्राज्य हत्याउने प्रयास गरिरहे। .... अरु भिडियोमा नै https://youtu.be/TgZSpfKH1n0
AnandNepal · Apr 25, 2020 10:44 AM
यो अनौठो कुरा थाह भयो जंगबहादुर र कार्ल मार्क्स एउटै समयमा एक बर्षको अन्तरमा जन्मेका रहेछन अनि मार्क्सले नेपालको बारेमा एउटा कितावमा लेखेका रहेछन जंगबहादुरलाइ त कुकुर नै भनेर गालि गरेका रहेछन !! https://www.youtube.com/watch?...
AnandNepal · Apr 27, 2020 11:11 AM
जार काट्ने कथा .. अनि जंगबहादुरको .. अनि मुलुकि ऐनको दिक्क लाग्ने डिटेल पनि ;) सबै एकै ठाम्मा !! enjoy !! https://www.youtube.com/watch?...
AnandNepal · May 1, 2020 11:44 AM
आनन्द नेपालजी, मैले तपाईंको प्राय भिडियोहरु हेरिराको नै हुन्छु, कुनै चै बिशेष लाग्छ कुनै ठिकै। अहिलेसम्म कमेन्ट चाइ गरिहालेको थिएन। आज हाइपर भाको बेला केही लेखिदिहालु भनेर लेख्दैछु। तपाईंको presentation शैली र बोल्ने तरिका चै मान्नुपर्छ हामीले। मलाई राम्रो लागेको भिडियोहरुमा लक्ष्मी प्रसाद देवकोटा र धिरेन्द्रको छोरी को नागरिकता को बारे मा थियो। तपाईंले त्यो अन्तिम भिडियोमा उल्लेख गर्नु भएको किताब "The King of Nepal, Life Before drugs wars मसँग नि भाको हुनाले तपाईंको अनुसन्धान राम्रो लाग्यो। केही प्रश्न: तपाईंले भिडियो एडिटिङमा कुन software इउज गर्नुहुन्न्छ? तपाइले full fledged entertainment पत्रीका अब निकाल्न हुन्छ कि नाइ?
Bennedict · May 4, 2020 1:57 AM
@Bennedict Thank you for your comment... म भिडियो एडिटिंङ को लागि भनेर बिशेष सफ्टवेर प्रयोग गर्दिन .. कम्युटरमै आएको iMovie ले काम चलाउँछु। तर, आबश्यकता अनुसारका बिभिन्न टुलहरु भने प्रयोग गरिरहेको हुन्छु - जस्तो कि, एनिमेसनको लागि छुट्टै सफ्टवेर र प्रक्रिया हुन्छ। अनि, full fledged entertainment पत्रिका भनेर के भन्न खोज्नु भएको हो मैले बुझिन .. तर, मैले सँधै केहि न केहि नयाँ गर्ने प्रयास गरिरहेको हुन्छु । अहिले युट्युव च्यानल बन्द गरेर अरु केहि गर्नु पर्ला भन्ने सोचिरहेको छु .. हेरौं के हुन्छ । It's just an adventure ... there's no destination.
AnandNepal · May 4, 2020 9:02 AM
आनन्द जि, software सोध्नुको कारण चै मेरो interest को बिषय भाको भर। Adobe को कुनै software प्रयोग गर्नुहुन्छ कि भनेर सोधेको। full fledged entertainment पत्रीकाको बारेमा सोध्नु को कारण चै मैले तपाईंको amazon या कतै तपाईंले नेपाली movies बारेमा actors सँग या यस्तै बिषयमा निकालेको पत्रीका देखेको थिए। I think anmol kc सँग interview yastai केही थियो। तपाईंले त्यो बन्द गर्नु भएको जस्तो लागेको थियो।
Bennedict · May 4, 2020 1:51 PM
@Bennedict Adobe software are great तर, मेरो लागि त्यति धेरै फिचर आबश्यक नै पर्दैन । सफ्टवेरमा जति थोरै फिचर भयो त्यति काममा फोकस हुन सजिलो हुन्छ। तेसैले म सक्दो सिम्पल सफ्टवेर प्रयोग गर्छु। सक्दो थोरै information प्रयोग गर्छु । yes I tried to start a magazine ... समय अति धेरै लाग्ने .. पाठ्क त्यति भएनन। तेसैले बिचमै छुट्यो। It was a good learning experience. Thank you.
anandnepal · May 6, 2020 2:36 PM
एउटाले डाक्टर बाबुराम संग डाक्टर जंगबहादुर को पढाइको कम्पेर गरेछन् रिसुठ्दो .. प्लिज कमेन्ट ;) https://youtu.be/50wgXU5us8I
AnandNepal · May 12, 2020 7:03 PM
This is interesting .. Jung Bahadur had 1,200 "one or two times wives" - writes Kamal Dixit Padma Jung had a list of 18 such women ..
AnandNepal · May 16, 2020 1:11 PM
यो दुर्लभ जीवनी भेटियो हस्त लिखित .. अनि लेख्दा लेख्दै बिचमै रोकिएको रहेछ -- जंगबहादुर जीवित नै हुँदा लेखेको हुनु पर्छ https://youtu.be/ZQ7AryW6ezs
AnandNepal · Apr 3, 2021 8:04 PM
अपहरण शैलीमा सालीसँग विवाह जंगबहादुर जतिखेर वैवाहिक सम्बन्धमा बाँधिए, त्यतिबेला उनी केवल ७ वर्षका बालक थिए। पुरुषोत्तम शमशेर राणा (उहीः १८९) अनुसार उनको पहिलो विवाह काजी प्रसादसिंह बस्नेतकी अविवाहितातिरबाट जन्मेकी प्रसाद लक्ष्मीसँग १८८५ सालमा भएको थियो। कुनै समय जंगबहादुर पजनीका क्रममा खोसिएर ढाक्रे (बेरोजगार) पनि भएका थिए। गंगा खरेलको ‘सिनास जर्नल’ को वर्ष २६ अङ्क १ (जनवरी १९९९ः१६३–१७०) प्रकाशित ‘जङ्गबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध एक टिपोट’ लेखमा उनी १८९२ र ९६ मा खोसिएर दुईपटक बेरोजगार भएको उल्लेख छ। साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए। जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए। ७ वर्षमा विवाह गरेकाे पत्नीकाे मृत्युपछि साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए। जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए। पुरुषोत्तमशमशेर राणा (उहीः ६) अनुसार जंगबहादुर त्यो बेला (पहिलोपटक बेरोजगार हुँदा) जागिर खान बनारस पुगेका थिए। उनी पण्डित अमरराज पाण्डेकहाँ आश्रित थिए। फर्कंदा उनकी श्रीमती प्रसादलक्ष्मीको निधन भइसकेको थियो। उनले साली सिद्धि गजेन्द्रलक्ष्मीलाई विवाह गर्ने मन गरे र ससुरासमक्ष प्रस्ताव गरे। तर बेरोजगार जंगबहादुरलाई छोरी दिनु त के, नराम्ररी हप्काएर पठाए। जंगबहादुरलाई आफ्नो यो बदनामीको ठूलो इख थियो। उनले ससुराको त्यो हप्कीलाई प्रतिशोधका रूपमा लिए। र, आफू शक्तिशाली भइसकेपछि विवाह गरिसकेकी सालीलाई अपहरण शैलीमा उठाएर रानी बनाए। पुरुषोत्तमशमशेर राणा (उहीः १९२) लाई पढ्दा जंगबहादुरले आफ्नी सालीलाई कसरी अपहरण शैलीमा लिएर विवाह गरे भन्ने तथ्य थाहा हुन्छ। उल्लिखित घटना विवरण अनुसार, जंगबहादुर प्रधानमन्त्री भएपछि एक दिन हात्ती चढी साली सिद्धि गजेन्द्रलक्ष्मीको घरमा पुगे। झ्यालबाट भित्र पसी उनको लोग्नेलाई थाममा बाँधे। त्यतिखेर सिद्धि सुकुलमा बेरिएर लुकेकी थिइन्। जंगबहादुरले उनलाई जबरजस्ती जंगबहादुरले आफ्नो थापाथली दरबारमा ल्याए। तत्कालीन प्रचलनअनुसार उनले जारलाई जारी पनि तिरेका थिए। सिद्धि गजेन्द्रलक्ष्मी जंगबहादुरकी १४औं पत्नी भइन्। from https://www.himalkhabar.com/ne...
AnandNepal · Apr 25, 2021 11:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion