भिसा दुरुपयोग गर्ने ३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशीलाई जरिवाना काठमाडौँ — पर्यटक भिसाको दुरुपयोग गर्ने ११ विदेशीलाई गृह मन्त्रालयले जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । ३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशी नागरिकले पर्यटक भिसामा आएर विभिन्न आयोजना तथा गैरसरकारी संस्थामा काम गरेको भेटिएपछि अध्यागमन कानुनअनुसार जरिवाना गरिएको मन्त्रालयले जनाएको छ । गृहले उनीहरूलाई अध्यागमन कानुनअनुसार ‘वर्किङ भिसा’ प्रक्रियामा जान निर्देशनसमेत दिएको छ । कारबाहीमा परेका विदेशीमध्ये अमेरिकी सहयोग नियोग (यूएसएआईडी) परियोजनाका ३, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ३, तनहुँ हाइड्रोपावरका ४ र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत आयोजनाका १ चिनियाँ छन् । गृहसचिव प्रेमकुमार राईले सचिवस्तरीय निर्णय गरी पर्यटक भिसा दुरुपयोग गर्ने विदेशीसँग जरिवाना असुलीका लागि अध्यागमन विभागमा पठाएका थिए । पर्यटक भिसामा आएका विदेशीले १५ दिनको ३० अमेरिकी डलर, ३० दिनको ५० र ९० दिनको १ सय २५ डलर शुल्क तिर्नुपर्छ । पर्यटक भिसाको अवधि थप्न प्रतिदिन ३ अमेरिकी डलरका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था छ । पर्यटक भिसामा आएर काम गर्ने अरू पनि हुन सक्ने शंका गर्दै छानबिन गरी कारबाही गर्न पनि गृह मन्त्रालयले अध्यागमन विभागलाई निर्देशन दिएको छ । प्रकाशित : आश्विन ५, २०७६ १९:२८
Rambrooo · Sep 22, 2019 5:43 PM · 10,613 views
americans too need visa like we need here
Manko Sathi · Sep 25, 2019 11:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion