[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  युवाहरूका केही असमझदारीहरू
[VIEWED 3498 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-18 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विदेशबाट फर्केका आफ्ना गाउँ, जिल्ला र नगरका युवाहरूको सुटकेट, नयाँ महँगा मोबाइल र केही सामानहरू देखेर वा केहीले २–४ लाख नगद कमाएको रकमको झिलीमिली र नयाँ नयाँ रोजगारको आफ्नै गाउँ–ठाउँमा गर्न लागेका पशुपालन तथा तरकारी खेती, घर एवम् छिमेकमा उनको बढेको महत्वले विदेश नगएका युवाहरूमा पनि एक पटक विदेश गएर २–४ लाख चोखो रकम कमाएर आफूहरू पनि गाउँ–ठाउँका ‘जिउँदा’ युवाहरू बनी नाम कमाउन लालयित भएको प्रचार हुनु नयाँ विषय भएन । तर कहिले आफ्ना गाउँले र छर–छिमेकका युवाको लाश आएको सुन्दा र ५ वर्ष दुःख पाएर पनि हात खाली हुने अवस्थाले आमा–बाबुको आँसु र ‘लालाबाला कसरी पाल्ने होला’ भन्ने सहानुभूति राख्नेहरूको करुणा मिश्रित अभिव्यक्तिले फेरि विदेश जान चाहने युवाहरूमा हिजोको निर्णय बदल्ने सोच पलाउँछ ।

२–४ दिन पछि छिमेकी र नाता–गोताका दिदी–बहिनीहरूको दुःखान्त, ५ वर्षदेखि बेपत्ताको सूची वा आँसुसँग भात खाएर घरपतिको घरबाट भागेर नेपाली दूतावास वा वाणिज्य दूतावासमा शरण लिएकाहरूको दुखेसो अथवा निको नहुने रोग बोकेर नेपाली दूतावास वा हवाई अड्डामा राखिएका नेपाली चेलीहरूको रक्तको आँसुको कथा, ‘अब सपनामा पनि विदेश देख्न नपरोस्’ वा ‘अब विदेशको सम्झनाले नै आफू मरेतुल्य हुन्छु’ भन्ने बयानले युवाहरू एक छिन आफ्ना निर्णय बदल्न खोज्छन् ।

मलेसिया र अन्य देशका शारीरिक मजदुरहरूको आफ्नो जीउभन्दा अग्ला र ग¥हौं वस्तु उठाउनु पर्दाका दुःख सुनेर आफ्नै देशमा सुन फलाउने जाँगरले युवाहरू पुनः विदेश नजाने नै निर्णय गर्छन् । तर देशको हरेक सरकार बद्लिंदा, निर्वाचन हुँदा वा म्यानपावर कम्पनीका दलालहरूको चुरीफुरी र नानाथरिका फाइदा हुने कथा बताउँदा युवाहरू फेरि अल्मलिन्छन् । कोही कोही भन्छन् – विदेशमा मजदुर गर्नु नराम्रो भए सरकारले किन ऐन–नियम बनाउँछन्, म्यान पावर कम्पनीका मालिकहरू नै मन्त्री बन्छन्, कति संसद सदस्य छन्, पार्टी निर्वाचनमा विजय हासिल गर्न ती म्यानपावर कम्पनीका मालिकहरूले करोडौं र अरबौं खर्च गर्छन् र शासक दलका नेताहरू विदेशमा गएर आ–आफ्ना मजदुर स·ठनको बैठक राखी देश विकास र विदेशबाट फर्केका घाइते, रोगी र मृतक परिवार र छोराछोरीलाई काम दिने र हेरचाह गर्ने वचन दिन्छन् र लाखौं लाखौं रकम उठाउँछन् । तर सा¥है कम युवाहरूले मात्रै आफूले दुःख पाएका बेलीविस्तार लाउँछन् आ–आफ्नो परिवारको इज्जत र प्रतिष्ठा जाने डरले । तर सयकडा एक प्रतिशतले राम्रो ठाउँमा काम पाइ बिदामा आएकाहरू विदेश नै फर्केर जाँदा युवाहरूको मन पुनः तुल्बुलाउन थाल्छन् ।

कोही भन्छन् – कि धेरै धनी हुनपर्छ, केही भन्छन् – कि त धेरै राम्रो पढाई हुनुपर्छ वा राम्रो पढाईसँगै विदेश गएर फर्कंदा आफ्नो गाउँ, सहर र छरछिमेकमा धाक र रवाफ देखाउन सकिन्छ । चौतारीमा फेरि युवाहरूमा छलफल चल्छ – साँचै धनी हुँदैमा इज्जत हुने भए, तिनीहरू किन ठगी, कालाबजारी, तस्करी आदि अपराधमा जेल जान्छन् र जनताबाट तिरस्कृत हुन्छन्, परिवारका अन्य सदस्यहरू विदेश भाग्छन् र केही वर्षपछि ‘मोस्ट वान्टेड’ को पकडी पाएर नेल र हट्कडीका साथी नख्खु वा केन्द्रीय कारागारमा देशको शत्रुको रुपमा पिंजडामा बस्छन् ¤ अर्को युवाले भन्छ – व्यापारीहरू जतिपटक आर्थिक अपराधमा जेल जान्छन् , उति उनीहरूको समाजमा प्रतिष्ठा बढ्छ भन्छन् । अलि उमेर पुगेको युवाले थप्छ – तिनीहरूको अपराधको सूचीकै कारण तिनीहरूको विवाह नेपालमा हुँदैन र विदेशमा गएर विवाह गर्छन् । तिनीहरूले लाखौं र करोडौं रकम खर्च गरेर विवाहमा झिलीमिली गर्नुको मुख्य कारण तिनीहरूका अपराधका सबै पापहरूलाई बत्ती र बाजाले छोप्छन् । समाजमा प्रतिष्ठाको कुरा त जेलमा पनि ठूल्ठूला अपराधीलाई ‘नाइके र भाइ नाइके बनाएर’ प्रतिष्ठा दिन्छन् ! ‘हो त पैसा भएर मात्रै इज्जत हुन्न रैछ’ भन्ने टुंगोमा युवाहरू पुग्छन् ।

अर्को दिन चौतारोमा अनौपचारिक युवा भेला बस्छ । एमए र पीएचडी पास नगरी समाजमा इज्जत रहन्न भन्ने विषयमै भेला केन्द्रित हुन्छ । एक गम्भीर युवा भन्छ –‘सत्य यही हो भने निर्वाचनमा पढे–लिखेका विद्धानहरू हार्छन्, धरौटी जफत हुन्छ र गुण्डा, अपराधी, ठग र चेली–बेटी बेची आएका बरोबर जेलमा पुगेका व्यक्ति अत्यधिक मतले विजयी किन हुन्छ ?’ अर्कोले थप्छ – ‘निर्वाचन गुण्डाको कारणले जितेको होइन बरु पार्टीको नामबाट जित्छ, पैसाले पार्टीलाई पुर्छ अनि निर्वाचन जित्छ ।’ तेस्रोले गम्भीर भएर बोल्छ – हो, ठूल्ठूला व्यापारी, उद्योगपति र विदेशी व्यापारी वा कम्पनीहरूले पैसा मात्र होइन हजारौं र लाखौं थानका लुगा (कुर्ता–सुरुवाल) टीशर्त वा महँगा कपडा, ग्यास सिलिन्डर र खाने कुरा, वियर र रक्सीले मेयरदेखि सांसदसमेत जिताएका छन् । अब चुनाव पार्टीको घोषणापत्र र सिद्धान्तले होइन बरु लाज पचाउन सक्नुपर्छ, घोषणापत्र र सिद्धान्तलाई एककुनामा थन्काउने साहस गर्नुपर्छ । आफ्नो छोरोलाई मेयर बनाउन एउटा पार्टीसँग सम्झौता गर्न सक्नुप¥यो, आफू प्रधानमन्त्री बन्न शत्रुसँग घाँटी जोड्न सक्नुपर्छ । त्यसैले पढे–लिखेका इमानदार र प्राध्यापकहरू ती नै निर्लज्जहरूको सल्लाहकार, अनेक आयोग, दूतावास, प्राधिकरण वा विश्वविद्यालयहरूको उपकूलपति, रेक्टर, रेजिष्टार आदि आदिमा ज्यू हजुर गरेर जीवन बिताउँछन् ।

नेताको इज्जत छैन भने विशेषज्ञहरूको के इज्जत ¤ प्रधानमन्त्रीले करोडौं घुस नखाई माथिल्लो कर्मचारी भर्ना गर्दैनन् ?¤ चौतारीको भेलामा पैसा भएर वा माथिल्लो शैक्षिक योग्यता भएर पनि नहुने रहेछ भन्ने निष्कर्षमा पुग्छ । २ दिनपछि निराश युवाहरू फेरि चौतारीमा भेला हुन्छ र विदेश जान नपाएकोमा घरमा आ–आफ्ना श्रीमतीले समेत आँट नभएको भनी घुक्र्याउन थालेको सुनाउँछन् । पाको उमेरमा नाग्लो पसलेले युवाहरूको गन्थन सुनेर भन्यो – हेर बाबुहरू,पैसा पठाउँदा पठाउँदा २–४ वर्षपछि घर फर्किंदा न पैसा छ, न श्रीमती घरमा छन् । बरु आफ्दै देशमा इज्जतपूर्व काम गरौं । नेपालमा पीएचडी गरेका कति प्राध्यापकहरू विदेशी विश्वविद्यालयमा घाँस काट्छन् र आफ्नी श्रीमती नाता–गोताका कारण राम्रो पदमा छन् ।

छोरा–छोरी र श्रीमती छोडेर कति नेपालमै फर्केर मानिस भएका छन्, देश र जनताको सेवा गरेका छन् । यसकारण आफ्नै बल र बुद्धिले आफ्नै देशमा काम गरौं भाइहरू, भलाई यसैमा छ । घरमा आमा–बुबाले गरेको व्यवहारबाट मरे पनि विदेशमै मरौंला भन्ने भावना आमा–बाबुको माया र आफ्नो महत्व नबुझ्नु हो । हरेक बुबाले जेठो छोरो आफूसँगै होस् भन्ने चाहन्छन्, त्यस्तै कान्छो छोरोलाई आमाले सधैं आफ्नै अगाडि होस् भन्ने चाहन्छिन् । यस्तो विषयमा मलाई आमा–बुबाले विदेश पठाएन घरबाटै मैले माया पाइन भन्ने कुरा साँचोमा आमा–बाबुको मनलाई नबmुभेको हो, जुन छोरोलाई बढी माया गर्छ उसैलाई बाबु–आमाले असल होस् भनी हेरचाह पनि गर्छन् – किसानले आफ्नो खेतको गोडमेल गरेजस्तै । युवाहरू मुखामुख गरे, भएको घर–खेत बन्दकी राखेर वा बेचेर बर्बाद हुनुभन्दा आफ्नै योग्यताअनुसार आफ्नै देश, सहर र गाउँमा काम गरौं भन्दै युवाहरू गम्भीर भएर घर फर्के ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters