सगूनको तथाकथित “गिरी आइपीओ” सम्बन्धी तथ्य

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सामाजिक संजाल र अनलाइन व्यापारको मिश्रित रुपमा विदेशमा बस्ने नेपालीहरुको गौरब र पौरखको शिखर भनेर बहुतै प्रचार र होहल्ला गरिएको कम्पनी सगूनको स्वघोषित मिनी आइपिओको जुन प्रकारले चर्चा गरिदैछ, त्यसमा नेपाल र नेपालीको नाम जोडिएकोले मलाई चुप लागेर बस्नै नसक्ने बनायो । सर्वप्रथम त्यो सगून भन्ने कम्पनीको धितोपत्र सम्बन्धमा संयुक्त राज्य अमेरिकाको सम्बन्धित निकायको कुनै आधिकारिक स्वीकृति नै छैन। अधिकारिक रुपमा वितरित सगूनको प्रस्ताव परिपत्र (Offer Circular) व्यक्तिगत सम्पर्कबाट लगानी गर्न आउनेलाई आमन्त्रित गर्न पाउने छुट (exemption) अन्तर्गतको सम्बन्धित निकायमा दर्ता मात्रै हो।अझ भनौ कुनै नयाँ कम्पनी खोल्दा लगानीकर्ता जुटाउन छुट भएको जस्तै हो। त्यो प्रस्ताबको दस्ताबेजमा कहिँ कतै आइपिओ (IPO) भन्ने शब्द नै छैन। यसरी व्यक्तिगत सम्पर्कबाट गरिएको शेयर लगानी धितोपत्र बजारमा सुचिकृत नहुने र बिक्रि गर्दा आफैले नै अर्को खरिदकर्ता खोज्नु पर्ने हुन्छ। लगानी गर्नेहरु ठगिदैछन् सगूनले प्रस्ताव दर्ता गर्दा पेश गरेको दस्तावेजबाट जुन २०१६ सम्म त्यो कम्पनीले कारोबार वा ब्यबसायबाट एक रुपैँया पनि आम्दानी गरेको छैन । सोही दस्ताबेजमा सो कम्पनीको बिगत तीन आर्थिक बर्ष देखि खर्च मात्रै भएकोले २०१६ जुन सम्म ६३६९०६ डलर नोक्सानीमा रहेको छ। खुद सम्पत्ति (net-worth) नकारात्मक भएको र प्रकाशित बिबरण अनुसार आम्दानी नै नभएको सगूनको १ अमेरिकी डलरको अंकित मूल्य (Face Value) भएको शेयरलाई प्रिमियम सहित २३०००० डलरको दरमा नेपालीलाइ समेत बेचिदैछ। यो घाटामा भएको र आम्दानी गर्न समेत नसकेको सगून कम्पनीको शेयरको मूल्य गूगल र फेसबुक जस्तो विश्वको १ र ३ नम्बरको सूचना प्रबिधिमा आधारित कम्पनीको आजको शेयरको मुल्य भन्दा पनि धेरै गुणा महँगोमा अर्थात् प्रति शेयर अंकित मूल्य $०.००००१ बराबरको शेयरलाई २२९९९९ गुणा बढी प्रिमियम मूल्य तिरेर प्रति शेयर $२३ मा किन्नु पर्ने? अझ कुल बिक्रीमा राखिएको सगून कम्पनीको ८६९५६४ कित्ता शेयरको प्रति शेयर अंकित मुल्य ०.०००१ डलरको दरले कुल ८७ डलरको तथाकथित मिनी आइपिओको कुल बिक्रि मूल्य प्रतिशेयर $२३ को दरले कुल २ करोड डलर रहेको छ। कस्तो अचम्म ! लगानीकर्ताले २३ डलर प्रति शेयर लगानी गरेपछि तुरुन्तै बुकभ्यालु चाहिँ प्रति शेयर ४.७७ डलरमा झर्ने पनि उक्त प्रस्ताब पत्रमा उल्लेख छ । गोेबिन्द गिरी कम्पनी उक्त कम्पनीको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार ९९% मताधिकार सहित गोबिन्द गिरीले उक्त कम्पनीमा २३६ डलर मात्र लगानी गरेको र अन्य रकम मताधिकार नहुने लगानी रकम, साथीभाइको सापटी अनि लगानीकर्ताबाट प्राप्त अग्रिम लगानी रकमबाट खर्च भएको देखिन्छ । अझ २ करोड डलरको अथाह प्रिमियम सहितको शेयर बिक्रि गरेपछि पनि गोविन्द गिरीको मताधिकार ९५.९४% रहने भएकोले त्यो कम्पनी एक्लो मान्छेको हाली मुहाली हुने कम्पनीकै रुपमा रहिरहने प्रमाणित हुन्छ। पैसा फिर्ता आउँदैन ताम-झाम र चमक-दमक सहित कार्यक्रम र अभियान संचालन गरिदाँ बिगतमा पनि ठुला बडा र राजनैतिक व्यक्तित्वहरुको नाम मुछिएको छ । अब यसलाई सरसर्ती हेर्दा कागजीरुपमा बैधानिक बनाइएको भए पनि निकट भबिस्यमा लगानी गरिएको रकम फिर्ता नआउने पक्का देखिन्छ, किनभने ०.०००१ डलरको शेयर किनेर त्यो रकमको लाभांश कति आउला र त्यो रकमबाट कति बर्ष पछि आफ्नो २३ डलर बराबरको लगानीको साँवा असुल उपर हुने हो ? कसैलाई थाहा छैन। यसरी संकलन गरिएको रकम ब्यबसाय संचालन गर्न लाग्ने खर्चमा प्रयोग गरिने भनेर कम्पनीले उल्लेख गरेकोले प्रस्तावित व्यापारबाट असफल हुदा बित्तिकै आंशिक वा सबै लगानी डुब्ने सम्भावना रहन्छ । अब त्यो कम्पनीले पेश गरेको बिबरणमा प्रक्षेपित वित्तीय विवरण समेत नरहेको अनि फेसबुक र गूगलको किम्बदन्ति जस्तै उदाहरण बाहेक भबिष्यमा ठुलो आम्दानी हुन्छ भन्ने अन्य कुनै आधार समेत केही भेटिदैन । पहिले ३.७५ डलर प्रति शेयर बेच्ने तयारी गरेको कम्पनीले अवसर देखेर मूल्य २३ डलर पुर्याउनुपर्ने कुनै कारण र आधार समेत देखिदैन। भबिष्य अन्धकार यस प्रकारको सूचना प्रबिधिमा आधारित कम्पनीको कुनै सम्पति बिक्रि गरेर कर्जा वा लगानीको कुनै रकम असूल हुने सम्भावना नै रहन्न। यसको सम्पत्तिको रुपमा एउटा वेबसाइट र केही मोबाइल एप बाहेक अरु उल्लेख्य केही देखिन्न। कम्पनीकै एकलौटी मालिक गोबिन्द गिरीले स्वघोषणा गरे बमोजिम कम्पनीको वास्तविक मूल्य (real worth) करोडौ वा अरबौ छ भन्ने कुराको कुनै तथ्यपरक वा स्वत्रन्त्र पुष्टी भएको छैन । त्यसै गरि गिरीले दाबी गरे जस्तो उनको योग्यता, क्षमता र अनुभव प्रमाणित हुने तिनी स्वयम् को दाबी र उनले पेश गरेको कागज बाहेक अन्त कतै र अन्य कसैबाट प्रमाणित हुने कुनै किसिमको आधार समेत भेटिएन। अझ यो शेयर बिक्रि गर्न आयोजना गरिएको कार्यक्रम वा अभियानमा बिश्वको शिखरमा पुग्ने र काल्पनिकता र परिकल्पनाले भरिएको बखान बाहेक प्रस्ताब परिपत्र (Offer Circular) का आधारभूत तथ्यहरु पेश गरिएको छैन । मेरै विदेशमा बस्ने पढे लेखेका र नजिकका साथीहरु समेत प्रतिशेयर मूल्य २३ डलर त हो नि भन्दै गर्दा मैले शेयरको प्रिमियमको अंक र अन्य तथ्यहरु सम्झाएपछि झसंग भएको समेत पाएको छु । महाबीर पुन प्रयोग हुनु र निर्बाध प्रचार हुनु रहस्यमय महाबिर पुन ज्यू र अन्य गन्यमान्य व्यक्तिहरुले सगूनको तथाकथित मिनी आइपिओको बिज्ञापन ब्यबसायिक रुपमा वा नबुझीकन समर्थन गर्नु भएछ जस्त्तो लाग्छ। नेपालमा कुनै पनि शेयर प्रिमियम मुल्यमा जारी गर्न दुई बर्ष देखि लाभांश बाँडेको लगाएतका प्राबधान पूरा गर्नुपर्ने व्यवस्था छ। अब अन्य देशको प्रक्रिया पुरा गरेको भरमा नेपालमा प्रचार र प्रसार गरिनु तर प्रक्रिया पुरा गरेको र कम्पनीको प्रधान कार्यालय रहेको अमेरिकामा सोही गतिबिधि नहुनुले पनि वास्तविक उदेश्य र बैधानिकतामा शंका उत्पन्न गर्दछ । नेपालमा स्वीकृति दिनै नमिल्ने किसिमको त्यस्तो तथाकथित मिनीआइपिओ नेपालमा प्रचार प्रसार गर्न चाहिँ कसरी मिलेको होला मैले बुझ्न सकिन। गोबिन्द गिरीको व्यक्तिगत कम्पनी सगूनको स्वघोषित आइपिओ नेपालमा प्रचार प्रसार गरेको अमेरिकन नागरिक र परिचयपत्र धारकलाई शेयर बेच्नलाई हो भनेर पत्याउने कुनै आधार भेटिन्न। नेपालको कुनै पनि नियम अन्तर्गतको स्वीकृति नलिएको र स्वीकृति दिनै नमिल्ने किसिमको त्यस्तो आइपिओ नेपालमा प्रचार प्रसार गर्न चाहिँ कसरी मिलेको होला मैले बुझ्न सकिन। तर गोबिन्द गिरीलाई कुल दुई अरब रुपैया चन्दा दिने अवसरको रुपमा यो “गिरी आइपीओ” लाई सदुपयोग भने गर्न सकिनेछ। Source - http://merolagani.com/NewsDeta...

adityamuni · Mar 21, 2017 9:37 AM · 13,990 views

3 Replies

Good analysis. I never had any faith in this IPO. They are trying to raise money by using people's nationalistic feelings more than business potentials. In the age of Facebook and Google, what chance does Sagoon have in making any new breakthroughs? Nada!

shahi baba · Mar 21, 2017 9:42 AM

Great Writing. Check out their sec filing and audit. https://www.sec.gov/Archives/e... Its laughable what they have managed to loose in couple of years. Anyone who buys their stock can write it off next years tax obligations.

maxpayne · Mar 21, 2017 10:21 AM

murkha haru dherai chan..sano lobh dhekhayera nepali lai thagna garo chaina.

mancini · Mar 22, 2017 10:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion