इटहरी । सुन्दा अचम्म लाग्न सक्ला कि एक प्रशिद्ध गायक तथा अहिलेका युवायुवतीहरूकाे ढुकढुकीमा बस्न सफल भारतको दार्जिलिङ निबासी नेपालीभाषी गायक बिपुल क्षेत्रीले कुनै जमानाकाे एक गित हुबहु चाेरी गरेर गाए भन्दा ! तर याे सत्य सावित हुन गएकाे छ । नेपालकाे पुराना गायक , रच्नाकार एवम संगितकार गंगा बरदानले अर्का प्रशिद्ध गायक बिपुल क्षेत्रीमाथी अाफ्नाे गित चाेरी भएकाे गम्भिर अाराेप लगाएका हुन्। लाखाैं नेपालीहरूकाे मनकाे ढुकढुकी बनीसकेका दार्जेलिङ निवासी नेपाली भाषी गायक बिपुल बिरूद्ध कानुनी मुद्धा लडने या अापसी सहमतीमा कुरा मिलाउने भन्ने दाेधारमा रहेका छन पुराना गायक गंगा बरदान । पछिल्लोे समय चर्चित बनेका भारतको दार्जिलिङ निबासी नेपालीभाषी गायक बिपुल क्षेत्रीमाथी पुराना गायक,रचनाकार तथा संगितकार गंगा बरदान (मास्के) ले आफनो गित चोरी गरेको गम्भिर आरोप लगाएका छन । सुनसरीको धरानस्थित बिजयपुरका बासिन्दा बरदानले मंगलबार आफ्नै निबासमा पुर्वेली न्युजसँग कुराकानी गर्दै आफनौ ३८ बर्ष पुरानो गित कहाँमा काटयो, बेतको लौरी नामको गित चोरी गरी आफनो भन्दै गाएर युटयुवमा समेत राखेको र सो गितका बारेमा आफुलाई एक शब्द पनि नसोधेको भन्दै गम्भिर आपत्ति जनाएका छन । बि.स २०३५ सालमा रेडियो नेपालमा रेकर्ड भएको बरदानको सो गित केही समयदेखि क्षेत्रीले आफनो दाबी गर्दै गाउँदै आएका छन । केही समयअघि आफनी श्रीमती र साथीभाईले तपाईको गित चोरेर बिपुलले गायो भनेपनि आफु सामाजिक सञ्जालबाट टाढा रहेका कारण थाहा नभएको र केहीदिन अघिमात्र अरुमार्फत सो गित युटयुबमा बिपुलको नाममा देखेपछि आफनो रचना,संगित र स्वर चोरिएकोमा दुःख लागेको उनले गुनासो गरेका छन । उनले आफनो गित चोरिएको थाहा पाएपछि बिपुललाई पटक पटक फोन सम्पर्क गरेपनि उनी सम्पर्कमा नआएको दाबी गरेका छन । एकसाता अघि इटहरीमा आएका क्षेत्रीलाई भेटन पटक पटक प्रयास गर्दा पनि उनी सँग भेट हुन नसकेपछि आफु बिक्षिप्त बनेको बताएका छन । अर्काको गित चोरेर हिट हुनुअघि एकचोटी त्यसका सर्जक सँग सोधिदिएको भए मेरो पनि त मन रहन्थ्यो भावुक हुँदै बरदानले गुनासो पोखे । बरदानले आफना दर्जनौ गितहरु र त्यसका भाकाहरु चोरेर धेरैजना गायक भएको समेत गुनासो पोखे भोजपुरको दिङलामा २००९ सालमा जन्मिएका बरदान २०३५ सालदेखि गायन, रचना,र संगितमा क्रियाशिल रहेका छन । उनका ४ वटा एल्बम बजारमा आएका छन भने केही गित रेकर्डिङ भईरहेका छन । उनी सँगको भिडियो अन्तरबार्ता पुर्वेली न्युज सँग सुरक्षित रहेको छ । बिपुल क्षेत्रीले गाएकाे याे गीत https://www.youtube.com/watch?... गंगा बरदानकाे माैलिक गीत https://www.youtube.com/watch?... कहाँ के गर्दैछन गायक गंगा बरदान ? झुकेनन् बिपुल : युटुबबाट बिपुलले लुकाए चाेरीएकाे गितकाे भिडीयाे गल्ती स्विकार्नुकाे सट्टा बचाउकालागि बिपुलले गरे यस्ताे हर्कत http://purbelinews.com/90560#u... Last edited: 21-Dec-16 11:57 AM Last edited: 21-Dec-16 12:02 PM
ktmpost · Dec 21, 2016 11:52 AM · 46,213 views
लोक गीत हो, लोकले गाउँदै आएको गीत हो | संकलक र गायक गंगा बरदान हुन | बिपुल क्षेत्रीले गंगा बरदानको अनुमति बेगर गाउँदै हिडेको भए गलती गरेका हुन |
rahulvai · Dec 21, 2016 12:20 PM
Bipul is from Kalimpong not Darjeeling.
seeker77 · Dec 21, 2016 12:22 PM
Actually, Kalimpong is a town within Darjeeling district. I happen to know some kith and kins of Mr. Chhetri up-close. (No, I am not from Darjeeling). I listened to a few of Bipul Chettri's songs but failed to find note-worthy melody or funk given a frantic search. Here an interview with the accuser in context: https://www.youtube.com/watch?...
GeetMaiJawaafDiu? · Dec 21, 2016 12:38 PM
Youtube bhari cover song cha. Concert haru ma ni cover songs haru gaayekai hunchan. aba anumati liyena bhanera chor bhane barbaad. Aba ma youtube ma kunai geet ko cover garnu agaadi tyo artist to anumati line? That might be tough. AAfnu geet bhanera prachaar gareko bhaye ko bhaye euta kuro. It was obvious it was a cover.
Oh_Gaathe · Dec 21, 2016 12:40 PM
So, Siliguri is also in Darjeeling district. But, none from Siliguri would say he/she is from Darjeeling. And the OP did not say Darjeeling district. Anyway, it's a trifling matter to argue. In the main context, Ganga Bardan also did not write this song himself, most probably. This song he possibly collected from Sankhuwasabha or Bhojpur or Dhankuta or any other place in the eastern hill. IDK what is the fuss here.
seeker77 · Dec 21, 2016 1:09 PM
Has Bipul claimed it to be his song? As far as I know it's not included in his album or EP. I even heard that he acknowledged it to be a song he heard growing up.
Kiddo · Dec 21, 2016 4:43 PM
कोही a b c d ले कसैको गीत क्रेडिट नदिएर नै गाएपानी खासै मतलब हुन्न \ तर एक जाना चर्चित गायक ले अर्को श्रस्टा को रेडियो नेपाल ले नै रेकोर्ड गरेको गीत क्रेडिट नदिई गाऊड़ा के भन्ने ? ' सानो माँ सुनेको भनेर ता धेरै पचि राखेको रैछ ' | "लोक गीत ho जसले गाये पानी हुन्छ " भने पनि रेडियो नेपालमा रेकार्ड भये पछि एककिसिम ले official नै भयो \ वारी जमुना पारी जमुना को लोक version रेकॉर्ड नभए पनि खेम गुरुंगले जहा गए पनि 'गाउँमा हजूर बा हरुले गाएको सुनेको ' भन्थे \
nepalilaure · Dec 21, 2016 8:19 PM
Right on !Nepali laaure le kehi garlaa jasto chha bhabisya maa! Gari sakyo ki ke thaah, huna ta hoi? @Seeker, This is so pre-101 but here it goes. The hailing-from-where context becomes different and generalized based on where the narrator is currently located at. Are you gonna continue to say that Mr. Chettri is from Kalimpong when we have all migrated to planet Mars after Elon Musk colonizes it? At that point, we will most likely say he is from planet Earth, not India, not WB, not Darjeeling, and def' not Kalimpong. Last edited: 21-Dec-16 09:25 PM
GeetMaiJawaafDiu? · Dec 21, 2016 8:27 PM
गंगा बरदान पूर्वी नेपाल खासगरी धरानका ढुकढुकी हुन/ उनले गाएको यो गीत हामी ३/४ क्लास मा पढ्दा सुनेको सायद २०३४-३५ तीर होला/ आज आएर बिपुल जस्ता गायक ले गंगालाई क्रेडिट नदिई यो गीत गाउनु भनेको ठाडै बदमाशी गरेको हो- मेरो बिचारमा/ गंगा बरदान धरानका हस्ती हुन तर ऊनि केहि गलत संगतमा परेर केहि समय ओझेल परे- त्यसको अर्थ अरुले उनको कमजोरी को फ़ायदा लीने हैन बरु उनलाई सहयोग गर्नु पर्छ होला/
Public · Dec 21, 2016 10:03 PM
GMJD Wow! Don't stretch it too far mate. The news is published from Itahari, not Mars. from that context, Darjeeling and Kalimpong are not the same. I'd still consider a nearby town of Gorubathan or Kurseong or Mirik to be different from Darjeeling. Yes, I continue to say Bipul is from KPG, as it's true. Are you trying to say Dharan and Inaruwa are the same?
seeker77 · Dec 22, 2016 11:11 AM
होइन को रहेछ यो मामपाखा बिपुल भन्ने? कस्तो गाएछ भनेर विडियो हेर्न खोजेको प्राइभेट रे विडियो पनि! साले गधा चोर भाते!!!!!!!!
lopchandai · Dec 22, 2016 11:16 AM
गाली त दिए तर गाना चाहीं खतरा गाउने रहेछ. त्यों बूड़ोको भन्दा पनि राम्रो गायो होला गाना. तर क्रेडिट चाहीं दिनपर्छ है अर्काको गीत गएपछि!
lopchandai · Dec 22, 2016 12:25 PM
हाम्रो बा सँगै ९ किलास सम्म सैंगै पढेका रेचन गंगा श्रेस्ठ ? ९ किलास तिरै गाना बजाना माँ लागि अल्लारे भएर धरान पसेछन रा लोक पॉप गायक भएछन | पाहिले देखि नै पढ़ने गुनने भन्दा जुल्फी पाल्ने र कम्मर मर्काउने गर्थे रे गंगा रास्ता मैन | अब मेरा बा ले ६५ जाती हानि सके, यो गंगा पनि त्यस्तै उमेरको हुन पर्छ | मैले ता उनलाई अंकल नै भन्ना परयो जस्तो छ | अझ पाहिले "वारी जमुना पारी जमुना, जमुना तो वरिपरि मनकामना" जून गीत चाई माय हजूर आमा हरू मनकमां मंदिर ज्यादा आफ्नो 20s माँ गाउने गर्नु हुन्थियो रे | त्यों गीत पनि गंगा अंकल ले संकलन गर्नु भएको हो तर पछि खेम राज गुरुंग ले रेडियो में चौका हान्नु भएछ | एनीवे अहिले हेर्दा गंगा अंकल ठमेल तीर गांजा खोज्दै हिन्नू हुन्छ रे तर वोहा को टैलेंट चाई मलाई एकदम नै ऑथेंटिक लाग्यो है !!! त्यों विपुले ले लिरिक्स सम्म मिक्स गरेर र भएका चाई एउटै पारेर गएको रैछ | Anyway....i just googled him today and was listening to the song then dad asked me if that was Ganga Singing and i said yes...then there was that story....what a small world. Looks like the dude had lots of talent. What a raw presentation of Nepali Bhaka and the words too. Hope he does not dispair like Arun Thapa and majority of Nepalese know him only after he dies. The least Bipul can do is come forward and clarify what it is. Just acknowledge if it was an honest mistake and if it was not a mistake then take appropriate action to pay the credit where its due. In a way i am glad this became a controversy as i would have never known this great talent.
sidster · Dec 22, 2016 2:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion