Salaam Saab! Aapka bharat mahan.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खुसिको खबर!! प्रचण्ड सरकारले अर्को नया बिदा को घोषणा गर्यो! चीन वा भारतको सरकार प्रमुखको नेपाल भ्रमण हुँदा नेपालमा सार्वजानिक बिदा हुने!! अस्ति एउटाको मेहन्दी पार्टीमा गइयो, हिजो एउटाको रंगोलीको बिषयमा बाद विवाद सुनियो. रंगोली हाम्रो मौलिक संस्कृति होर? मेहन्दी , ब्याचेलर पार्टी, रंगोली  हाम्रो रिवाज होइन. मा स्वयम् यो रिति निम्त्याउन्न. तर कसैले त्यो मनाए भने म तेस्को खण्डन गर्न जान्दिन. गरुन, न गरुन, त्यो उसको मर्जी हो. मलाई गर्ने पर्छ भनेर लादेको छैन, मेरो टाउको किन दुख्ने? मेरो टाउको तब दुख्छ, जब मेरो सरकारले आफ्नै बाबुको बिर्ता जस्तो गरेर नेपालको हक मा नानाथरि कुरा गर्न थाल्छ. टाउको तब दुक्छ जब लाजै  पचाएर आफु त खुट्टा ढोग्न जान्छ, अनि सारा देशबासीको पनि टाउको घोक्राएर टेकाउन्छ चीनका राष्ट्रपति जिन्पिंग गोवामा भएको ब्रिक सम्मेलन पश्चात नेपाल भ्रमण गर्ने कार्यक्रम हुन लागेको थियो. नेपालको पोलिटिक्समा निकै महत्वपुर्ण र संवेदनशील समयमा चीनका राष्ट्र प्रमुख आउनु एक महत्वपुर्ण कदम हुने थियो दुवै राष्ट्रलाई. चीन यो छेत्रमा आफ्नो पकड मजबूत बनाउन परि लाग्या छ (UN, general trade diplomacy etc). तर चीनले नेपालमा पंगु राज्य छ, गएर काम छैन भन्ने आभाष गरिहाल्यो अनि बंगलादेश तिर लाग्यो. यो एक प्रकारले नेपालको सानो तिनो बेइज्जत हुने काम थियो, यो छेत्रमा नेपालको महत्व कति छ भन्ने स्पष्ट जनही भयो. शायद यहि कामको स्याबासीलाइ होस् , अथवा भारतले गरेको अनौपचारिक नाकाबन्दीलाइ प्रोत्साहन गर्न होस्, हाम्रो सरकारले यो दुइ राष्ट्र प्रमुख आउंदा सार्वजनीक बिदा घोषणा गरको छ. हो. कुरा बिदा मात्रको हो. कुन ठुलो कुरो भयो? हैन? कुरो नेपालको बैदेशिक रणनीतिको हो. किन दुइ राष्ट्रलाई मात्र? America, Paakistan, बंगलादेश हाम्रो शत्रु हुन् र? उनीहरुलाई भाउ छैन? फेरी हाम्रो घांटी ऐन्ठेको बेला यस्तो काम गर्नु  त्यो कामलाइ प्रोत्साहन दिनु हैन? कुरो सार्वभौमसत्ताको हो. अतिथि सम्मान गर्नु एउटा कुरा हो, अतिथिको नाममा देशै बन्द गर्नु - के हामि सिक्किम हौ? नेपाल सानो छ, तर तेसो भन्दैमा हामि झुकेर मुत्नई पर्ने त हैन नि. नेपालीलाइ दरबान भनेर जिस्कायो भन्दै थ्यो एउटा मित्रले. अब हाम्रो demotion भयो, अब हामि नोकर हुदै छौं. साब सलाम!! आपका भारत महान. Last edited: 31-Oct-16 09:43 AM

Kiddo · Oct 31, 2016 9:29 AM · 15,119 views

3 Replies

मेरो ब्लड त झन् यो खबर सुने पछि अझ बढी तात्या छ! एस्तो सत्कार गरेपछि, नेपाललाइ भारतीयहरुले आफ्नो एउटा प्रान्त जस्तो किन नठानुन? http://setopati.com/samaj/5598... Last edited: 31-Oct-16 09:37 AM

riddle · Oct 31, 2016 9:37 AM

यो प्रचंडे त डाका हो तर यो अहिले आएर मात्र बिदा दिएको चाई होइन| अल्लि अगाडी मोदी आउदा पनि भाथ्यो! तर साच्ची तेती बेला त हामि लाइ मोति कै जयजयकार गर्दै मा फुर्सद भएन एस्तो कुरा याद हुन लाइ| Last edited: 31-Oct-16 12:27 PM

Velcroid · Oct 31, 2016 12:26 PM

कस्तो अचम्म होइन त ? पैसावाल चाइनिज लाइ छाडेर बुँगा देशको राष्ट्रपतिको स्वागत तयारी मा छौ हामी तोरीलाहुरे हरु हाहा.. खै के पान बनारसवाला बिपि, केपि भट्टराइको देश । तर नेपालीहरुलाइ बाल मतलब छैन नेपालको चाबी नारायणहिटी बाट दिल्ली सरेको । १७००० मार्ने मावोबादी तेस्रो पनि हुनु हुदैन थियो तर के गर्नु त्यसैले देश चलाइ राछ ! यो देश यस्तै हो जबसम्म नेपालीहरु हावा कुरामा दगुर्न छोडदैनन ।

controversial · Nov 1, 2016 7:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion