दलदलमा फुलेकी कमल — मीनासिंह खड्का - प्रदीप बस्याल, राजकुमार बानियाँ भाद्र २७, २०७२- मदर टेरेसा, बाराक ओबामा, हार्वर्ड युनिभर्सिटी...पहिले के सोध्ने ? यस्तै अलमलबीच मीनासिंह खड्का, ५९, लाई सोधियो– तपाईंको जन्मथलो कहाँ हो ? यति झूर प्रश्न ‘हार्वर्ड–रिटर्न’ प्राध्यापकलाई पक्कै सुहाउँदो थिएन । तैपनि, मदर टेरेसाको प्रसंगमा पुग्ने बाटो त्यही भइदियो ।६ वर्षको उमेरसम्म धरानको फुस्रेमा बित्यो उनको बाल्यकाल । बल्लतल्ल गाउँमा स्कुल त खुल्यो तर केटालाई मात्र पढाउने । त्यही भएर सिपिङ कर्पोरेसनमा कार्यरत पिताजीले उनलाई कोलकाता लगेछन् । त्यतिबेलासम्म उनको खुट्टामा चप्पल थिएनन् ।पिताजीले मदर टेरेसाकहाँ छाडिदिए मीनालाई । मदरले भारतकै टप स्कुल बालीगन्ज साउथ प्वाइन्ट, कोलकाता पठाइदिइन् । “स्कुलमा बलिउडका राज कपुरकी छोरी, उत्तमकुमार, विश्वजीतका छोराछोरी, मुनमुन सेनकी आमा सुचित्रा सेन, औद्योगिक घराना टाटा, बिड्ला, जिन्दलका छोराछोरी पनि पढ्थे,” उनी सुनाउँछिन्, “तर, मदरको एउटै चिठीका कारण मैले नि:शुल्क पढ्न पाएँ ।”त्यसबापत् उनले हरेक बिहान ५.३० देखि ७.३० सम्म फलामको बाल्टीमा टालो हालेर दुई हजार जनाले प्रार्थना गर्ने सबभन्दा ठूलो गिर्जाघर (कथिड्रल)को भुइँ पुछ्नु पथ्र्यो । अहिले आएर उनलाई त्यो आफ्नो पढाइको फिजस्तो लाग्छ । तर, त्यो प्रसंग उनले आफ्ना पितालाई कहिल्यै सुनाइनन् । उनले एकैचोटि कक्षा ३ मा भर्ना पाइन् । कक्षामा सबभन्दा कान्छी पनि थिइन् । त्यतिखेर मदर ४५ वर्ष हाराहारीकी थिइन् । गोरी, बिस्तारै बोल्ने, त्यति नहाँस्ने, अलिअलि बंगाली बोल्ने, भुइँखाटमा सुत्ने । मदरको आश्रममा सिलावरको थालमा भात खानुपथ्र्यो । घरको काँसको ठूलो थाल मिस भइरह्यो उनलाई । तर, उनले घर फर्किन्छु कहिल्यै भनिनन् । “आठ/नौ वर्षदेखि गर्मी बिदामा १२ घन्टा रेल चढेर एक्लै घर आउँथेँ ।”मीना भारत गएकी सन् १९६२ मा हो । आश्रममा बस्दा नै उनले ‘क्रस कल्चर’ बुझ्ने मौका पाइन् । शनिबार छुट्टीको दिन मदरले गाउँ गाउँमा, अस्पतालमा लैजान थालिन् । बिरामीको स्याहार गर्दा घिन लाग्न पनि छाड्यो ।मीनाको सौभाग्य के भने उनले मदर टेरेसाकै कोठामा सँगै बस्न पाइन् । त्यसरी बस्न पाउने पनि उनीमात्रै थिइन् । “मदरसँग बस्ने भन्नेबित्तिकै अनाथजस्तो या खान लाउन नपाएर गएको भन्ने कतिपयलाई लाग्दो हो,” उनी भन्छिन्, “कोही नेपाली त्यसरी जाँदैन । म पनि त्यसरी गएकी होइन ।”उनलाई जहिल्यै लाग्थ्यो– भगवान्ले बचाउन सक्छन् । गणेशले बुद्धिले बचाउँछन्, लक्ष्मीले पैसाले अनि सरस्वतीले विद्याले । तर, चर्चमा त भगवान् आफैँ शूलीमा झुन्डिरहेको देखिन् उनले । एक दिन उनले डराई–डराई मदरलाई सोधिन् : ‘हजुरले भगवान् देख्नुभएको छ ?’ जवाफ पाइन्, ‘अँ देखेको छु । दिनदिनै भेट्छु । सबै राम्रो चिजमा म भगवान् देख्छु र संसारका सबै राम्रा चिज भगवान् हुन् ।’ त्यसपछि उनलाई लाग्यो, ‘भगवान् मेरा लागि निकै ठूलो र बुझ्न नसक्ने कुरा हो । म राम्रो त देख्न सक्छु । म किन राम्रोलाई नपछ्याउँ ?’ उनको स्कुलमा दुई सय ५० जना थिए । तर, उनी पहिलो नेपाली । “पछि खस्र्याङकी निरुपा लामा आइन् । उनी आफैँमा क्रिस्चियन थिइन्,” उनी भन्छिन्, “तर मैले कहिल्यै धर्म परिवर्तन गरिनँ । कसैले दबाब पनि दिएन ।” रोचक के भने मदरसँग बस्दा उनी शिवरात्रीमा पानी नखाई व्रत बस्थिन् रे । तर कहिल्यै कसैलाई सुनाइनन् । उनको जीवनमा विकल्प पनि थिएनन् र कहिल्यै प्रश्न पनि गरिनन् । तर त्यै उनको लागि भाग्य भइदियो । विहारीलाल कलेज, कोलकातामा होम इकोनोमिक्समा स्नातक गरिन् उनले । १९ वर्षकी हुँदा त युनिभर्सिटी अफ कोलकाताबाट भाषाविज्ञानमा गोल्ड मेडलसहित स्नातकोत्तर गरिसकेकी थिइन् ।स्नातकोत्तर सके पनि उनीसँग अनुभव केही थिएन । भारतमा काम नपाएपछि सीधै काठमाडौँ आइन् । कन्या स्कुलका संस्थापक जनकनाथ प्याकुरेलले मानवशास्त्री डोरबहादुर विष्टसँग चिनजान गराइदिए । विष्टले पिपल अफ नेपालको प्रुफ रिडिङको काम दिए । केही अनुसन्धानका काम पनि गरिन् । अनुसन्धानको सिलसिलामा घान्द्रुक पनि बसिन् मीना । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग जम्काभेट हुन्थ्यो । “एक दिन हर्क गुरुङले उनी यहीँको रिसर्चर हो भनेर चिनाएछन्, तर मैले कहिल्यै मतलब गरिनँ” उनी भन्छिन्, “मलाई नेपालका ठूला, नामी र धनी मान्छेसँग सधैँ डर लाग्छ । लाग्छ, उनीहरू कहीँ न कहीँ गलत छन् ।” हुन पनि मीना आफैँ सबभन्दा कमाउने महिला थिइन् त्यतिबेला । एकसाथ अमेरिकी, फ्रेन्च र जापानी दूतावास अनि पिसकोरले जागिर दिएका थिए उनलाई । कारण थियो, भाषा । अंग्रेजी, जापानिज, हिन्दी, बंगाली, मारवाडी, गुजराती, पन्जाबी, तिब्बती, भोजपुरीलगायत नौ भाषा आउँछ उनलाई । रमेशनाथ पाण्डेले गोरखापत्र र नयाँ सन्देशमा उनका बारेमा समाचार नै छापे, सबैभन्दा धेरै कमाउने महिला भनेर । “आजभन्दा ४२ वर्ष अगाडि मेरो जीवनको पहिलो तलब नै ४६ हजार थियो,” उनी सुनाउँछिन् । अहिले उनी आफ्नो तलब आफैँ तय गर्छिन् । एउटा लेक्चरको पाँच हजार अमेरिकी डलरसम्म लिएको बताउँछिन् । उनलाई लाग्थ्यो, आखिर कमाउने त रैछ । थप किन पढ्ने ? त्यसैबीचमा भेटिइन्, अमेरिकी नागरिक डा स्मिथ । नेपालीमा विषयमा पीएचडी गरेकी उनले मीनालाई अझै पढ्ने अफर गरिन् । उनी मन नलागी–नलागी गइन्, युनिभर्सिटी अफ क्यालिफोर्निया । उनलाई अमेरिकाले पटक्कै आकर्षण गरेन । मान्छे सबै हिप्पीजस्ता । दुई महिनामै फर्किन लागेकी थिइन्, पासाङ ल्हामु शेर्पाका दाजु दोर्जेले भनेछन्, ‘कति जना नेपालीले तिमीजस्तो अवसर पाउँछन् ? त्यत्तिकै नफर्क ।’ उनका पीएचडी शोध निर्देशक थिए ब्रुस प्रे । चर्चित अमेरिकी स्कलर प्रेले सबै डिग्री पाकिस्तानमा लिएका थिए । उनले मीनालाई आफ्नो एउटा प्रोजेक्ट सकेपछि मात्र पीएचडी सुरु गर्न भने । उनले त्यहाँ नेपाल गएर पीएचडी गर्न चाहने विद्यार्थी धुइँपत्ताल लगाएर खोजिन् । त्यहाँ नेपाली भने जम्मा तीन जना रहेछन्, तारा वैद्य, तुलसी उप्रेती र शान्ता थपलिया । शान्ताले उनका बारेमा सुनेकी रहिछन्, एउटी नेपाली बहिनी आएकी छन्, खुबै अंग्रेजी बोल्ने । नेपालीको जमघटमा पहिलोपटक दसैँ मनाएको, अबीर नपाएर रातो मसी हालेर टीका लगाएको उनलाई सम्झना छ । उनकै पहलमा सन् १९८१ मा क्यालिफोर्निया युनिभर्सिटीमा स्कुल फर इन्डिपेन्डेन्ट स्टडिज अफ साउथ एसिया (सिसा) विभाग खोलियो । शेर्पा, गुरुङ, मगर, तामाङ, नेवारी, कुमारी, दसैँ, तिहारलगायत आठ संस्कृति र पर्वको अध्ययन सुरु भयो । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए । मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । त्यसबेला उनी वल्र्ड कलेज वेस्ट, स्ट्यान्डफोर्ड, क्यालिफोर्नियामा काम गर्दै थिइन् । कोलम्बिया युनिभर्सिटीले बोलाइहाल्यो । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । सन् २००९ मा युनिभर्सिटी अफ टोकियोमा पनि उनले दक्षिण एसिया विभाग खोलिन् ।“गुन्द्रुक बेचेर दुई करोड कमाएको समाचार सुनेँ मैले । नेपालमा पैसै पैसा छ,” उनी भन्छिन्, “माग्नेलाई भन्दै मागेर ख्वाउँछौ भने त हामी झन् ठूला माग्ने हौँ । हाम्रो विवशता नै विशेषता भयो । चेलीहरू हाम्रै परिवार र आफन्तबाट बेचिन्छन् । हामी त्यसकै प्रचार गरेर अवार्ड थाप्छौँ ।”२५ वर्ष अगाडि उनले पोखराको बैंकमा ८० लाख रूपियाँ निकालिरहेकी एक भूपू ब्रिटिस सेनाकी श्रीमतीले ल्याप्चे लगाएको देखिछन् । उनले यत्रो रकम निकाल्दा नाम पनि लेख्न नसकेको भन्दै ती महिलालाई क्याप्पै पारिन् । बैंकमा खैलाबैला मच्चियो तर पछि त्यसले नै ‘आफ्नो नाम आफ्नो पहिचान’ अभियानको रूप लियो । मीनाले गाउँगाउँमा गएर सम्झाइन्– ल्याप्चे होइन नाम लेख, आफ्नो नाम आफैँ लेख । त्यो अभियानअन्तर्गत एक लाख जनालाई साक्षर बनाउने उनको लक्ष्य छ । अहिलेसम्म ७० हजार पुगेको छ । यसका लागि उनी स्कुल स्कुलमा पुगिन् । त्यसको पृष्ठभूमिमा अर्को घटना छ । एक दिन नाङ्ले व्यापारी महिलासँग गोंगबु चोकमा छुर्पी किनिछन् । १० रुपियाँको नोट दिँदा छुर्पी बेच्ने महिलाले ३० रुपियाँ फिर्ता दिइन् । अनपढ महिलाले यसरी घाटाको व्यवसाय गरेको देखेपछि उनी यस्ता महिलाका लागि कस्सिइन् । उनले त्यस्ता विद्यार्थीलाई किताबकापी किनिदिइन्, जसले आफ्नै घरमा गएर बा–आमालाई कम्तीमा नाम लेख्न सक्ने बनाओस् । “यति जाबो गर्दैमा मलाई समाजसेवी नभन्नुस् । जसको हिजो चप्पल किन्ने पैसा थिएन, उही समाजसेवाका नाममा पजेरो चढेर हिँड्छन्,” उनी भन्छिन्, “मलाई त समाजसेवी भनेको गालीको बिल्ला भिराएजस्तो लाग्छ ।”सन् १९९६ मा बेइजिङमा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो– इतिहासमै पहिलो पटक सबभन्दा ठूलो । त्यहाँ अमेरिकाबाट प्रथम महिला हिलारी क्लिन्टनले प्रतिनिधित्व गरेकी थिइन् र मीना हरदम उनीसँगै थिइन् । तीन वर्षअगाडि उनी हार्वर्डको पूर्णकालीन प्राध्यापक भइन् । हार्वर्डमा उनले पीएचडीका शोधार्थीलाई मात्र पढाइन् । अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले π हावर्डमै पढेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले ह्वाइट हाउसमा दीपावली मनाउन पाइन्, सन् २०१४ मा । कार्यक्रमको संयोजन उनैले गरेकी थिइन् । किनकी, हार्वर्डको दक्षिण एसिया विभागमा जो थिइन् । “ओबामालाई नेपालीबारे हामीलाई भन्दा बढी थाहा छ, उनका धेरै साथी हिन्दू छन्,” उनी भन्छिन्, “उनी मुसलमान परिवारमा जन्मिए, विवाह गरेर क्रिस्चियन भए र सासूको पुरानो बाइबल छोएर सपथ ग्रहण गरे । तर हिन्दू दर्शनमा विश्वास र बुद्ध धर्ममा सम्मान छ ।” तिब्बतीसँग धेरै संगत गरेकी छन् मीनाले । जसको जमिन छैन उनै पाँच जना जम्मा भए भने त्यहीँ तिब्बत खडा गर्छन् । उनीहरूको भाषा, संस्कृति, खानपान के छैन ? “बुद्ध दर्शनको प्रचार गरेर दलाई लामाले नोबेल पुरस्कार पाए,” उनी भन्छिन्, “बुद्ध जन्मेको देशको कोखमा नौ महिना बसेका त सबै बुद्ध हुन सक्छन् ।” बुद्धप्रति उनको लगाव कति छ भने, पहिलोपटक इमेल ठेगाना राखिन्–होमफरबुद्धज् । वैशाखको भूकम्पलगत्तै हार्वर्ड छाडेर नेपाल आइपुगिन् मीना, देशलाई मेरो खाँचो छ भनेर ।त्यतिबेला नै उनले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को शिक्षासम्बन्धी अध्ययनकर्ताका रूपमा अफगानिस्तान जाने अफर पाइन् । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट)का प्रमुख कार्यकारी अधिकृत खेम लकाईले उनलाई रोके । “त्यही पोस्टमा गएको तीन हप्तामै एक अमेरिकी महिलाको हत्या भयो, तिनको ठाउँमा गएकी अर्को भारतीय महिलाको पनि हत्या भयो,” उनी भन्छिन्, “खेम सरको त्यो आग्रहलाई मानेकै भएर आज म जीवितै छु ।” मीना अहिले गेट कलेजको अध्यक्षको जिम्मेवारीमा छन् । उनको कोठाको भित्तामा हावर्डका अध्यक्ष ड्रियू जिलपिन फस्टको फोटो छ । ‘गेट’मा उनी तीन विषय पढाउँछिन्– सांस्कृतिक मानवशास्त्र, महिला अध्ययन अनि व्यक्ति र व्यक्तित्व विकास । “म बस चढेर हार्वर्ड जान्थेँ, आवश्यकता पर्दा महँगा गाडी पनि चढेँ । तर, त्यो ठूलो कुरा होइन,” उनी भन्छिन्, “विदेशमा धेरै राम्रा नेपाली मान्छे छन् । तिनले यहाँ फर्केर उदाहरण बन्नु आवश्यक छ ।”केही वर्ष अगाडि संविधानसभाका सदस्यलाई ‘मोटिभेसन’ कक्षा लिइन् तर, त्यसमा आफू सफल भएजस्तो लागेनछ । “चिच्याएर बोल्दा माओवादी, मिलाएर बोल्दा एमाले, टाठिएर बोल्दा कांग्रेसजस्तो सोच्दा रहेछन् । तपाईं कुन दलको भनेर सोधे,” उनी भन्छिन्, “म न यो दलको, न त्यो दलको । बरु दलदलमा शिक्षाको कमल फुलाउने कमिला कदको मान्छे ।” तस्विरहरुः रवि मानन्धर प्रकाशित: भाद्र २७, २०७२
_____ · Sep 14, 2015 8:22 AM · 17,886 views
"मैले कहिल्यै धर्म परिवर्तन गरिनँ" उहालाइ मेरो हृदय देखि नि नमन ! उहा एक सच्चा हिन्दु नारि हुनुहुन्छ ! त्यो खातेनी मदर टेरेसाले धन्न कसो उहाको धर्म परिवर्तन गर्नलाइ करकाप गरिन छे !
Nas · Sep 14, 2015 10:17 AM
वहा शिक्षा प्राप्ति को आभार प्रकट गर्न धर्म परिवातन गर्नु भएन | कर काप गरे गरेनन यो लेखमा कुनै लेखा नभएकोले अरुलाई गालि गलौज नगर्दा उचित होला!
magorkhe1 · Sep 14, 2015 10:39 AM
"अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले" के यो सम्भव छ ?
rahulvai · Sep 14, 2015 10:49 AM
@rahulvai, mero man ma pani exactly yehi question aayeko thiyo. 6000 ko phd guide, k yo sambhav cha?!!
efg · Sep 14, 2015 11:03 AM
ThahaChaena · Sep 14, 2015 11:07 AM
६००० हजार जना को पी एच डी सुपरिवेक्षण गर्न ६०० बर्ष बाच्नु पर्छ | कोइ पनि मै हुँ भन्ने प्रोफेसरले बर्षमा १० जना भन्दा बढीको सुपर्भाइज गर्न सक्दैन र सम्भव हुन्दैन पनि | गफ लाउनेको नि एउटा सीमा हुन्छ नि ....|
rahulvai · Sep 14, 2015 11:36 AM
नास दाइ, हुनत छोटा मुंह बढि बात होला (अनि मुजी कति ठीस साझा का उपबुज्रुक नेपालि ले हिन्दि बोल्ने बिहारी पनि भन्लान, तर बालै सिद्धि), अब हजुर सित दुश्मनी मोल लिन अलि असमन्जस मा पनि परियो, तपाईं का फ्यान हरु ले कुट्लान भनेर तर पर्सनल ओपिनियन दाइ, हजारौं चिक्ने हिन्दु खाते हरु भन्दा, जो जात पात का नाम मा, धर्म का नाम मा, समाज का नाम मा, ग्लोबल रुप मा मुसलमान हरु पछि को सबै भन्दा ठुला कलंक हुन् (स्ट्याटिस्टिकल तौर मा भन्या नि फेरी, फेरी एउटा मुजी हिन्दु लिबरल भड्केला) मदर टेरेसा कसरि अझै खाते भईन होला, येसो जानकारी पाउँ न कृपया.
underwear · Sep 14, 2015 11:57 AM
नास dai मदर टेरेसा कसरि अझै खाते भईन होला, येसो जानकारी पाउँ न कृपया म panee? underware dai, can you please post your statistics ?
Lokay · Sep 14, 2015 3:19 PM
यो समाचार त हजार जिब्र भएका शेष नागले पनि गर्न नसकेको प्रसंशा लेखकले गर्नु भए जस्तो लाग्यो । अपत्यारिला कुराहरु: “आठ/नौ वर्षदेखि गर्मी बिदामा १२ घन्टा रेल चढेर एक्लै घर आउँथेँ ।” - Can 8-9 year old GIRL dare to travel ALONE in indian train? मीनाको सौभाग्य के भने उनले मदर टेरेसाकै कोठामा सँगै बस्न पाइन् । त्यसरी बस्न पाउने पनि उनीमात्रै थिइन् । - Is this for one day? I don't believe she stayed in her room during her stay and if she did, she CAN NOT possibly be the only one who got to stay in Mother Teresa's room. अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग जम्काभेट हुन्थ्यो । “एक दिन हर्क गुरुङले उनी
metta · Sep 14, 2015 4:25 PM
आजभन्दा ४२ वर्ष अगाडि मेरो जीवनको पहिलो तलब नै ४६ हजार थियो,” उनी सुनाउँछिन् । उनी मन नलागी–नलागी गइन्, युनिभर्सिटी अफ क्यालिफोर्निया । उनलाई अमेरिकाले पटक्कै आकर्षण गरेन । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए । मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । त्यहाँ अमेरिकाबाट प्रथम महिला हिलारी क्लिन्टनले प्रतिनिधित्व गरेकी थिइन् र मीना हरदम उनीसँगै थिइन् । हार्वर्डमा उनले पीएचडीका शोधार्थीलाई मात्र पढाइन् । अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले हावर्डमै पढेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले ह्वाइट हाउसमा दीपावली मनाउन पाइन्, सन् २०१४ मा । कार्यक्रमको संयोजन उनैले गरेकी थिइन् । “ओबामालाई नेपालीबारे हामीलाई भन्दा बढी थाहा छ, उनका धेरै साथी हिन्दू छन्,” उनी भन्छिन्,
metta · Sep 14, 2015 4:37 PM
"मदर टेरेसा कसरि अझै खाते भईन होला, येसो जानकारी पाउँ न कृपया. " अन्डरवेर ब्रो, "खतेनी" शब्द त् उहाको लागि अति नि बिनम्र शब्द प्रयोग गरेको हो मैले ! मेरो आर्को धागोमा मैले तथाकथित् मदरलाइ येसो भनेर सम्बोधन गरेको थिए जुन ब्रोलाइ अलिक ज्यादै अश्लिल लाग्न सक्ला ! लागे अग्रिम माफी चाहन्छु है ! "रन्डी फुंडी बोक्शिनी बाउचुतिया भालु हो यो आइमाई !" - नाज मैले मदर टेरेसाको बारे धेरै लेखिसकेको छु साझामा ! यो बोक्शिनि को खाने दांत एउटा छ, अनि देखाउने अर्कै छ अन्डरवेर ब्रो ! क्रिस्टोफर हित्चेंसले यो जान्ठीको राम्ररी भण्डाफोड गरेको छ ! यो बोक्शिले कहिले पनि एउटा सफा हृदयले भारतका गरिबलाई मदत गरेन ! यो फुंडीले जति पनि हिन्दुहरुलाइ मदत गरे सबलाइ उनीहरुको लाचार अवस्थाको फाइदा उठाएर इसाईमा परिणत गरे ! एसको कुकर्मको गन्थन गरि साध्य छैन ! मैले यो केहि भिडियो पोस्ट गरेको छु ! फुर्सद मा हेर्नु न ल ब्रो ! अनि अँन अ लाइटर नोट ! त्यो फुंडीले अन्डरवेर लगाउथिन होला ब्रो ? "What Really Goes on at Mother Teresa's Mission in India? "
Nas · Sep 14, 2015 6:53 PM
अब यो धागो फेरी खोल्न मन लाग्यो लज्जा सरणम्
Sajha keto · Jun 13, 2016 7:25 AM
http://sajha.com/sajha/html/in...
Sajha keto · Jun 13, 2016 7:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion