nepaluk

More by nepaluk
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Mistyy
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली मेला २०१५ – तमुधिं यूके पत्रकार सम्मेलन ( विडियो सहित )
[VIEWED 6560 TIMES]
SAVE! for ease of future access.
Posted on 08-26-15 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिसन गुरुङ बेलायत

तमुधिं यूकेले नेपाली मेला २०१५ –केम्पटन पार्क रेसकोर्सको सभाकक्षामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । ३० अगस्त २०१५को दिनमा सोहि स्थानमा सम्पन्न हुने बहुप्रत्तिक्षित यस वर्षको नेपाली मेलाबारे सम्पूर्ण तैयारी विवरण पत्रकार सम्मेलनमा सम्पन्न हुनु अघि दिएको थियो ।पत्रकार सम्मेलन नेपालका भूकम्प पीडितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाली मेलाको तयारीका सम्बन्धमा आइतवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) ले सहयोग रकम गैरआवासीय नेपाली संघमार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।

भूकम्प पीडितका लागि लमजुङ समाज यूकेका अध्यक्ष तुलराम गुरुङले ३ हजार ८ पाउण्ड, तमू आमा समूहको तर्फबाट होम कुमारी गुरुङले ३ सय पाउण्ड हस्तान्तरण गरे । यस्तै भूकम्प पीडित पत्रकारका लागि तमुधिं यूकेले ६ सय पाउण्ड सहयोग गरेको थियो । गोर्खा च्यानलको मिसन बिल्ड नेपालका लागिसमेत तमुधिंले ५ सय पाउण्ड सहयोग गरेको छ । सो चेक अध्यक्ष रामचन्द्र गुरुङले च्यानलका निर्देशक राजेन्द्र भट्टलाई हस्तान्तरण गरेको थिए । तमुधिंका मिडिया सचिव रोहित गुरुङका रोहबरमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

सम्मेलनमा तमुधिं यूकेका पूर्व अध्यक्षहरु मुछेत्र गुरुङ, डमर घले, सुवास गुरुङ, कमल गुरुङलगायत गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ लगायतको उपस्थिति थियो ।कार्यक्रममा नै ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ अगामी आइतबार लन्डनस्थित क्याम्टनपार्कमा हुने नेपाली मेलाको तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ । मेला बिहान साढे १० बजेदेखि सुरु हुने छ ।

बेलायत सम्बन्धको २०० बर्ष गाँठको अवसर पारेर आयोजना हुन लागेको भेला गतबर्ष भन्दा भिन्न रहने आयोजक समितिका संयोजक नन्दजंग गुरुङले जानकारी दिनुभयो । नेपाली मेलामा २५ समूहले आ–आफ्नो भाषा साँस्कृति झल्कीने झाँकी प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा नृत्य प्रतियोगीता, झाँकी, राइफल ड्र र बिषेश सास्कृतिक कार्यक्रम रहने जानकारी गराइयो । कार्यक्रममा उपस्थित दर्शकको सुरक्षाको बिषेश प्रवन्ध समेत गरिएको संयोजक गुरुङले जानकारी दिए ।

मेलको  प्रवेश शुल्क ५ पाउण्ड राखिएको छ । मेलामा नेपाली व्यवसायको प्रबर्दन गर्ने उद्देश्यले २६ कम्पनी र ४ वटा नेपाली रेष्टुरेन्टको स्टल रहने उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । मेलामा गोर्खा ब्रिड्रेडले पहिलो पटक गोर्खा म्यूजियमको स्टल राख्ने भएको छ । मेलामा २५ हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ भने मेलामा नेपालीहरुको साथ रहने आयोजकले बिश्वास राखेको छ । यसपालीको नेपाली मेलामा सहभागी संस्थाहरु मध्ये हालसम्म २५ संघसंस्थाहरुले सहभागी र अझ आउने क्रम जारी रहेको कुरा संयोजकले बताएका थिए । अन्तमा समाजका अध्यक्षरामचन्द्र गुरुङ (सूर्जे) ले सबैलाई धन्यवाद ज्ञापन गरेर पत्रकार सम्मेलन समापन गरेका थिए ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters