तरबार,भाला,छुरी,त्रिशूल लिएर सार्बजनिक ठाउँमा बितंडा मच्चाउनेहरुलाई चाहिं ठीक गरिस भन्दै रमिता हेरेर बस्ने अनि उत्पीडित र दलितहरुले संविधानमा हाम्रो पनि हक अधिकार सुनिश्चित गरियोस भन्दा हात खुट्टा भाँच्ने ?यो सारा सत्तामा रहेका बिष्टहरुको खेल हो ! यो त्यति धेरै समय टिक्ने वाला छैन ! सबैलाइ चेतना भया !!! (Copy/Paste)
metta · Aug 9, 2015 8:06 AM · 87,519 views
@facebook, तिम्रो के हो तर्क लेखम न, अनि म जवाफ दिम्ला, के गाली छोड्नु, आरोप लगाउनु नै तिम्रो तर्क हो? तिमि सार्है विद्वान रहेछौं, म अनपढले के नै तर्क दिन सकुम्ला र? तै पनि प्रयाश गर्ने छु | भन, तिम्रो तर्क के हो?
metta · Aug 17, 2015 3:59 PM
तेत्रो माथि त मैले गीत को लिरिक्स लेख्या थे ।
facebook · Aug 17, 2015 5:26 PM
@facebook, तिम्रो के हो तर्क लेखम न, अनि म जवाफ दिम्ला, के गाली छोड्नु, आरोप लगाउनु नै तिम्रो तर्क हो? के हो तिम्रो तर्क?
metta · Aug 17, 2015 5:49 PM
दलित भन्ने थाहा पाएपछि गोठमा पूजा गराइयो नयाँ संविधान जारी भएपछि के हुन्छ थाहा छैन अहिलेसम्म नेपाल धर्मनिरपेक्ष मुलुक हो। अन्तरिम संविधान २०६३ अनुसार नेपालमा धर्मनिपरेक्ष मुलुक हो। तर, अझै पनि सबै जातजातिका मानिस एउटै मन्दिरमा बसेर पूजाआजा गर्न पाउँदैनन्। यसै मेसोमा र्भखरै प्युठानको स्वर्गद्वारी मन्दिरमा एक दलित परिवार मन्दिरभित्र पूजाआजा गर्नबाट वञ्चित भएको छ। मन्दिरमा पूजा गर्नबाट वञ्चित गराएर गोठमा पूजा गराइएपछि अपमानित महसुस गरेर दाङ फर्केका दाङ त्रिपुर नगरपालीका ६ सिस्नेरी निवासी बसन्ता नेपाली र श्रीमान भीम नेपालीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका छन्। पीडित बसन्ताको बयान जस्ताको तस्तैः जेठी छोरी सन्ध्या ११ वर्षकी भई, ऊ चार वर्षदेखि बिरामी छे। बेहोश हुने, देउता चढेजस्तो गर्ने समस्याले ज्योतिषलाई हेराउँदा संकटा ग्रह भएकाले ग्रहदान गर्न भनियो। स्वर्गद्वारी मन्दिरमा धेरै पूजारी हुने भएकाले त्यही जान ज्योतिषले सुझाव दिए। हामी यही साउन २२ गते स्वर्गद्वारी गयौं। अघिल्लो दिनमै गएर हामी बास बस्यौं र २३ गते विहानै पूजापाठका लागि मन्दिरमा छिर्यौं। पूजारीले दुई छोरी र हामी श्रीमान श्रीमतीलाई मन्दिरभित्र बस्न भने। त्यहाँ हलजस्तो कार्पेट बिछ्याएको सफा ठाउँ थियो। पूजाका सबै सामाग्री तयार बनाएर पूजारीले भित्र आउ भने, हामी बसेर पूजा गर्न शुरु गरेपछि पूजारीले मन्त्र भट्ट्याइरहेका थिए, त्यसै क्रममा आफ्नो नामथर र गोत्र सोधेपछि मैले थर नेपाली भन्ने बित्तिकै एकाएक उठेर पूजारीले पूजा गर्न नसक्ने बताए। हामीलाई अचम्म लाग्यो, अघिसम्म निकै हाँसीखुशीरुपमा पूजा गर्न बसेर पात्रो पल्टाउँदै मन्त्र उच्चारण गरिरहेका पूजारी एकाएक उठेपछि मनमा चिसो पस्यो। 'किन उठ्नुभयो गुरु ?’– मैले पूजारीलाई सोधें। 'होइन, म अरु काममा लाग्नुपर्ने भयो, त्यसैले नभ्याउने भएँ’– पूजारीले यसो भनेपछि हामीलाई निकै दुःख लाग्यो। त्यसपछि पूजारीले उता गाईगोठमा पूजाका लागि जान आग्रह गरे। गाईको गोठमा गएर पूजा गर्दा पवित्र हुने भन्दै उनले गाई दुधे बाजेलाई भनिदिने र उनी पनि पूजारी भएको बताए। पात्रो पल्टाउँदै मन्त्रोच्चारण गरिरहेको बेला एक्कासी हाम्रो थर सुनेर कालोनिलो बनेका पूजारी त्यहीँ बस्नसमेत सकेनन् र सिधै गाईगोठतिर गए। उनले गाईगोठमा गएर 'दलितहरु आएका रहेछन् यतै पूजा गरिदिनुहोस्’ भनेपछि हामीलाई गोठमै बोलाएर गाई दुहुने व्यक्तिले पूजा गराए। हामीलाई यस्तो अपमान किन गरियो? हामीले मन्दिरमा पूजा गर्न किन पाएनौं? पटकपटक सोध्यौं तर ती गाइ दुहुने व्यक्तिले 'होइन गाईगोठमा पूजा गर्दा अझ पवित्र हुन्छ, धेरैले यही पूजा गर्छन्, ग्रह फाल्ने यतै हो' भनेर हामीलाई फकाउँदै पूजा गरिदिए। अरुले मन्दिरमा पूजा गरिरहेको बेला हामीलाई घासँपात र गोबरमात्र थुपारिएको गोठमा पूजा गराएर अपमान गरे। हामीले अपमान महसुस गर्दै पूजा गर्यौं र छोरी सन्धाको ग्रह शान्तिको ग्रह शान्ति गरिदिए वाफत २ हजार ७ सय दियौं। मेरो र श्रीमानको ग्रह शान्ति गरिदिए वापत छुटै १ हजार ५ यस रुपैयाँ दियौं। त्यसपछि हामी फर्क्यौँ, छोरीले प्रसाद लिन जाउँ भने पनि हामी गएनौं, मलाई त्यो मन्दिर नै हेर्न मल लागेन। तल झर्दा एउटा मन्दिरकै पसल रहेछ। त्यहाँ एक जना 'बाजे’ रहेछन्, उनलाई हामीमाथि किन यसो गरियो भनेर प्रश्न गर्यौं तर उल्टै उनले यो मन्दिर व्यवस्थापन समितिको निर्णय हो, जहाँ पूजा गरे पनि गरिहाल्यौ नि किन मन्दिरभित्रै जानुपर्यो भनेर हकारे। हामी दाङ आएर फेरि एकपटक फोन गर्दा बाहिर हल्ला नगर्नू, बरु पीर परेको भए आऊ पैसा फिर्ता गरौंला भनेर मन्दिरका व्यक्तिहरुले भनिरहेका छन्। हामीले पैसा फिर्ता त लिउँला तर हामीजस्तै अरु दलितले देशका कुनै पनि मन्दिरमा यस्तो अपमान भोग्नुनपरोस् भनेर यो घटना सार्वजनिक गरेका हौं। प्रस्तुतिः नरेन्द्र केसी - http://www.pahilopost.com/cont...
metta · Aug 27, 2015 11:42 AM
हिन्दु राष्ट्र किन हुन्न? मोहनविक्रम सिंह राष्ट्रिय एकता, सद्भाव र राष्ट्रियतामा गम्भीर आँच आउनेछ धर्म निरपेक्षताको अर्थ के हो? त्यसको अर्थ हो- सांसारिक वा लौकिक। अर्थात् धर्मभन्दा बाहिर। राज्य धर्मभन्दा बाहिर हुनुपर्छ वा धर्मप्रति तटस्थ। त्यसको सम्पूर्ण कार्यविधि सांसारिक वा लौकिक विषयमै सीमित वा केन्द्रित हुनुपर्छ। त्यस अर्थमा राज्य धर्मप्रति निरपेक्ष हुनुपर्छ। त्यसको ठीक विपरीत धार्मिक सापेक्षता हो। राज्यले कुनै धर्मविशेषसित जोडिएर वा त्यसका आधारमा काम गर्छ वा गर्नुपर्छ। राज्यका सबै कारबाही, ऐनकानुन वा व्यवस्थासमेत धर्मको अधीन हुनुपर्छ वा धर्मद्वारा निर्देशित। उक्त दुई विषयमध्ये कुन प्रणाली अपनाउने? त्यसबारे धेरै मतभेद देखा पर्दै आएको छ वा त्यो प्रश्नमा ठूला-ठूला संघर्षसमेत भएका छन्। खास गरेर युरोपमा राज्यलाई चर्चबाट अलग गराउन चलेको संघर्ष उल्लेखनीय छ। धर्म निरपेक्षताको अर्थ हुन्छ, राज्यलाई धर्मबाट अलग गराउन वा त्यसलाई (राज्यलाई) धर्मको नियन्त्रणबाट मुक्त गर्नु। आज संसारमा जुन राज्यले धर्म निरपेक्षताको सिद्धान्त अपनाएका छन्, त्यो राज्यलाई धर्मको प्रभाव वा नियन्त्रणबाट अलग राख्न चलेको लामो जागरण, सांस्कृतिक आन्दोलन वा संघर्षको परिणाम हो। नेपालमा त्यस प्रकारको सांस्कृतिक आन्दोलन वा संघर्षको कुनै इतिहास वा परम्परा छैन। अहिले धर्म सापेक्षता वा हिन्दु राज्य पुनस्र्थापनाका पक्षमा आवाज उठाउनेहरूले भनेझैं धर्म निरपेक्षताको विचारधारा विदेशबाट परेको वैचारिक असरको परिणाम हो। तर त्यसकारणले त्यसको (धर्म निरपेक्षताको) औचित्य कम हुँदैन। सती प्रथाविरुद्ध भारतमा लामो सांस्कृतिक आन्दोलन चलेको थियो भने दासप्रथाविरुद्ध विश्वस्तरमै ठूला-ठूला संघर्ष भए। नेपालमा ती विषयमा कुनै संघर्ष भएको थिएन। जंगबहादुरले सतीप्रथा र चन्द्रशम्शेरले कमारा-कमारी प्रथा समाप्त गर्नुको पछाडि बाह्य प्रभावले नै काम गरेको थियो। तर त्यो कारणले सती प्रथा वा कमारा-कमारी प्रथा समाप्त गर्ने कार्य गलत थिए भनेर कहिल्यै आवाज उठेन। संसदीय वा बहुदलीय व्यवस्था पनि विदेशबाटै आयात गरिएका प्रणाली हुन्। त्यो कारणले मात्र त्यो व्यवस्थाको औचित्य समाप्त हुँदैन। हामीले दैनिक जीवनमा प्रयोग गर्ने बिजुली, कार, कम्प्युटर, विभिन्न प्रकारका यन्त्र, औषधि वा कलेज वा युनिभर्सिटीमा पढाइने ज्ञानविज्ञानका कैयन् विषय आदि विदेशबाटै आयात गरिएका हुन्। तर ती कारणले तिनीहरूको औचित्य अस्वीकार गर्ने कुरा हुँदैन। ठीक त्यही कुरा धर्म निरपेक्षताका सन्दर्भमा पनि सत्य हो। त्यस प्रकारको विचार वा आन्दोलन देशभित्र पैदा भयो वा विदेशबाट आयात भयो भन्ने आधारमा होइन, त्यसको औचित्यका आधारमा सही छ वा गलत छुट्ट्याउनुपर्छ। कुनै एउटा धर्म वा हिन्दु धर्मलाई राज्यको धर्म बनाउँदा अन्य धर्मावलम्बी असन्तुष्ट भई देशमा धार्मिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्छ। त्यसबाट राष्ट्रिय एकता र सद्भाव मात्र खल्बलिने छैन, राजतन्त्र र त्यसको निरंकुश शासनको पुनस्र्थापनाका लागिसमेत बल पुग्नेछ। धर्म सापेक्षताले विश्वस्तरमा कति नोक्सान पुर्याउने गरेको छ? त्यो आम रूपमा थाहा भएको हो। अरब देशमा अहिले पनि कैयन् राज्य धर्म सापेक्ष छन्। कानुन धार्मिक मान्यताका आधारमै बन्छन् र त्यसअनुसार त्यहाँ शासन पनि गर्ने गरिन्छ। त्यस सन्दर्भमा महिलामाथि कति नियन्त्रण वा उत्पीडन गरिन्छ? व्यक्तिगत स्वतन्त्रतामाथि कति धेरै दमन गरिन्छ? लुकेको कुरा होइन। तालिवान वा अन्य मुस्लिम कट्टरपन्थीले महिलालाई सामान्य शिक्षा प्राप्त गर्ने अधिकारबाट पनि वञ्चित गर्छन्। मुस्लिम धर्मअनुसार नचलेमा उनीहरूको हत्यासमेत गर्ने गरिन्छ। पश्चिम देशमा जुन बेला राज्यमाथि चर्चको नियन्त्रण थियो, इसाई धर्मको कारणले आम जनतामाथि उत्पीडन र दमन गरिएका असंख्य उदाहरण छन्। राज्यलाई चर्चको नियन्त्रणबाट मुक्त गर्न चलेका संघर्षका कैयन् महत्त्वपूर्ण उपलब्धि भए। पहिले चर्चको सबै राज्यमा नियन्त्रण थियो। पछि त्यो समाप्त हुँदै गयो। अहिले पनि संसारका कैयन् देश वा कैयन् राज्यहरूमा इसाई धर्मको असर छ। तर राज्यमाथि इसाई धर्मको नियन्त्रण समाप्तप्राय: भएको छ। अर्को शब्दमा इसाई धर्मको नियमअनुसार राज्यका कानुन निर्माण गर्ने वा कार्य सञ्चालन गर्ने कार्य करिब-करिब बन्दजस्तै छ। नेपालमा लामो समयसम्म राज्य धर्मसापेक्ष थियो र हिन्दु धर्मका आधारमा राज्यका कानुन बने वा शासन प्रणालीको सञ्चालन हुने गरेको थियो। परिवारको व्यवस्था वा आचारसंहिता आदिसम्बन्धी ऐनकानुन धर्मका आधारमा नै बन्थे। त्यसले समाजलाई कति धेरै क्षति पुगेको थियो? सती प्रथाका कारणले महिलाको निर्मम हत्या गर्ने गरियो। कमारा-कमारी प्रथाको व्यवस्थाअनुसार ठूलो संख्यामा निर्दोष मानिसमाथि उत्पीडन गरियो। छुवाछूत प्रथाद्वारा समाजको एउटा ठूलो भागलाई उत्पीडित गरियो र त्यो कार्य अहिले पनि जारी छ। महिलामाथि ठूलो पैमानामा भेदभाव गरियो। विश्वमा र नेपालमा पनि आएको जनजागरणका कारणले राज्यमाथिको त्यस प्रकारको धार्मिक नियन्त्रण कम हुँदै गयो। यद्यपि, त्यसका कैयन् अवशेष अहिले पनि विद्यमान छन्। आज जसरी सनातन हिन्दु धर्मको नाममा राज्यलाई धर्मसापेक्ष गराउने प्रयत्न गरिरहेका छन्, त्यसरी नै हिन्दु धर्मलाई राज्यको धर्म बनाइयो भने त्यसले देशलाई अग्रगमन होइन, अरू प्रतिगमन र पतनको दिशामा लैजाने छ। सनातन हिन्दु धर्मले बढी जोड दिएको विषय हो- राजा विष्णुका अवतार हुन्। त्यसैले राज्यलाई धर्मसापेक्ष बनाउनुको बल राजतन्त्र वा राजतन्त्र पुनस्र्थापनालाई पुग्छ। त्यसरी धर्म सापेक्षता वा हिन्दु राज्यको पुनस्र्थापना राज्यलाई धर्मबाट अलग गर्न विश्वव्यापी रूपमा चलेका राजनीतिक वा सांस्कृतिक आन्दोलनका उपलब्धि समाप्त गरेर पुन: देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न हो। नेपाल विभिन्न जाति, संस्कृति, भाषा वा धर्म भएको देश हो। यहाँ पहिले एउटै धर्म, संस्कृति वा भाषाको प्रभुत्व रहँदै आएको थियो। हिन्दु धर्म वा नेपाली भाषाबाहेक अन्य धर्म वा भाषासित समान व्यवहार गर्ने गरिएको थिएन। त्यसले गर्दा अन्य भाषाभाषी वा धर्मावलम्बी कुण्ठित थिए। त्यो अवस्थामा धर्म निरपेक्षता देशको वस्तुस्थितिअनुसार कायम भएको सही प्रणाली हो। धर्म निरपेक्षताले सबै धर्मलाई समान अवसर र स्वतन्त्रता दिन्छ। हिन्दु धर्मलाई राज्यको धर्म बनाइयो भने अन्य धर्मप्रति भेदभाव हुन्छ। अन्य धर्मावलम्बीलाई पनि चित्त बुझ्दैन। त्यसबाट धार्मिक असहिष्णुता वा तनावको स्थिति पैदा हुन्छ। त्यसरी राष्ट्रिय एकता वा राष्ट्रियतामा पनि गम्भीर आँच पुग्न सक्छ। त्यसैले राज्यलाई हिन्दु धर्मसापेक्ष बनाउने कार्य प्रतिगामी र पुनरुत्थानवादी कार्यमात्र होइन, त्यसले राष्ट्रिय एकता, सद्भाव वा राष्ट्रियतालाई समेत गम्भीर आँच पु:याउनेछ। सनातन हिन्दुधर्मलाई राज्यको धर्म बनाउन प्रयत्न गर्नेहरू पनि यसबाट अनभिज्ञ छैनन्। तर उनीहरूको मुख्य उद्देश्य हिन्दुधर्मको संरक्षण त्यति होइन, जति राजतन्त्रको पुनस्र्थापना। उनीहरूको मुख्य रणनीति हिन्दु धर्मलाई हतियार बनाएर राजतन्त्र पुनस्र्थापना गर्नु हो। भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि यहाँ हिन्दु धर्मको पक्षको आन्दोलन अरू तीव्र बनेको छ। नेपाली कांग्रेसभित्र हिन्दु धर्मका पक्षमा चलेको आन्दोलन उल्लेखनीय छ। त्यसभित्रको एउटा पक्षले खुलारूपले नै राज्यलाई हिन्दु धर्मसापेक्ष बनाउनका लागि अभियान चलाइरहेको छ भने त्यसको नेतृत्वपंक्तिले त्यस प्रकारको अभियानविरुद्ध कडा नीति अपनाएको देखिन्न। त्यसका पछाडि मोदी सरकार असन्तुष्ट हुने वा मोदी सरकारको अनुग्रहबाट वञ्चित हुने आशंकाले उनीहरूमा काम गरेको ता होइन? एमालेले पनि हिन्दु धर्मका पक्षका गतिविधिविरुद्ध कुनै ठोस र स्पष्ट नीति अपनाएको देखिन्न। एमाले वा कांग्रेसभित्र हिन्दु धर्मका पक्षमा देखापरेका गतिविधिबारे स्पष्ट नीति नलिनुका पछाडि मोदी सरकारको प्रभावले काम गरेको छ। भारत स्वयं धर्म निरपेक्ष देश हो। त्यो अवस्थामा त्यहाँ कुनै बेला हिन्दु धर्मवादी राजनीतिक पार्टी सत्तामा आएकाले त्यसप्रति सम्झौतापरस्त नीति अपनाउनु निम्न प्रकारको राजनीतिक सोचाइ हो। स्वयं भारतीय जनता पार्टीले भारतमा हिन्दु राज्य स्थापना गर्ने दिशामा कुनै आवाज उठाउन सकेको छैन। त्यो अवस्थामा पहिले धर्म निरपेक्षताको पक्षमा निर्णय लिने राजनीतिक शक्तिले त्यसबारे दृढ र सम्झौताहीन प्रकारको नीति लिन नसक्नुले उनीहरूको कमजोर र अवसरवादी राजनीतिक चरित्रलाई नै बताउँछ। धर्म निरपेक्षतामा जोड दिनुको अर्थ कुनै धर्मको विरोध गर्नु होइन। त्यसको अर्थ राज्य धर्मको प्रश्नमा तटस्थ हुने हो। राज्यले कुनै धर्मलाई विरोध गर्नु वा कुनै धर्मको पक्ष लिनु- दुवै विषय धर्म निरपेक्षताभित्र आउने होइनन्। महात्मा गान्धीले भनेका थिए, 'मैले धर्मलाई मान्छु र त्यसका लागि मर्न पनि तयार छु, तर राज्यको त्यससित कुनै सम्बन्ध रहनु हुन्न।' गान्धी स्वयं धर्मालम्बी भए पनि राज्यलाई धर्मबाट अलग राख्नुपर्ने वा त्यसप्रति तटस्थ रहनुपर्नेमा जोड दिएका थिए। त्यसरी भारतमा धर्मनिरपेक्षताको ठूलो जग बनेको छ। आफ्नो कट्टर हिन्दुवादी दृष्टिकोण हुँदाहुँदै पनि मोदी सरकारलाई भारतमा हिन्दु धर्मलाई राज्यको धर्म बनाउने वा धर्म निरपेक्षताको सिद्धान्त बदल्नका लागि केही गर्नु सम्भव छैन। जे काम उनीहरूले त्यहाँ गर्न सकेका छैनन्, उनीहरूले प्रत्यक्ष वा परोक्ष प्रकारले नेपाललाई हिन्दु राज्य बनाउन प्रयत्न गर्दैछन्। त्यहाँको सरकारले त्यसबारे खुलारूपले कुनै नीति नअपनाए पनि भारतीय जनता पार्टीसित सम्बन्धित कतिपय हिन्दुवादी संगठनले नेपाललाई हिन्दु राज्य बनाउन वा हिन्दु राजाका रूपमा राजतन्त्रको पुनस्र्थापनाका लागि खुलारूपले आवाज उठाउने वा नेपालका पुनरुत्थानवादी शक्तिसित साँठगाँठ गर्ने काम गरिरहेका छन्। मोदी पशुपतिनाथ वा जनकपुरमा पूजा गर्न जान्छन् भने त्यो उनको व्यक्तिगत आस्थासित जोडिएको विषय हो, तर उनीहरूको प्रभावमा परेर वा मोदी सरकारको अनुग्रह प्राप्त गर्न जुन तत्त्वले नेपालमा हिन्दु राज्य बनाउने अभियान चलाइरहेका छन्, त्यो आपत्तिजनक हो। धर्मनिरपेक्षताको अर्थ कुनै धर्ममाथि नियन्त्रण वा धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गर्नु होइन। नेपालका अन्य सबै धर्मलाई जस्तै हिन्दु धर्मावलम्बीलाई पनि आफ्नो आस्थाअनुसार धार्मिक कार्य गर्ने अधिकार रहन्छ। तर धर्मका नाममा अन्य धर्मावलम्बीको स्वतन्त्रतामा आघात पु:याउने वा सामाजिक हितमा कुठाराघात गर्ने कार्यलाई न्यायोचित भन्न सकिन्न। राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्नुको अर्थ के पनि हो भने त्यसले (राज्यले) धर्मका नाममा गरिने सबै प्रकारका अन्याय र अत्याचार रोक्नुपर्छ। त्यसरी नै सबै धर्मको धार्मिक स्वतन्त्रता सुरक्षित रहन सक्छ। त्यसैले हिन्दु धर्मलाई राज्यको धर्म बनाउने कार्य जनताको व्यापक हितमा छैन। कुनै एउटा धर्म वा हिन्दु धर्मलाई राज्यको धर्म बनाउँदा अन्य धर्मावलम्बी असन्तुष्ट भई देशमा धार्मिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्छ। त्यसबाट राष्ट्रिय एकता र सद्भाव मात्र खल्बलिने छैन, राजतन्त्र र त्यसको निरंकुश शासनको पुनस्र्थापनाका लागिसमेत बल पुग्नेछ। http://www.annapurnapost.com/N... Last edited: 27-Aug-15 11:52 AM
metta · Aug 27, 2015 11:48 AM
धर्म निरपेक्षता हरिराम जोशी हाम्रो सन्तान धर्मको एक अभिन्न अंग नेपाल प्राचीनकालदेखि नै धर्म निरपेक्ष मुलुक रहँदै आएको छ। यहाँ सम्पूर्ण धर्म तथा सम्प्रदायको समान आदर रही सबैलाई आफ्नो उन्नति गर्ने समान अधिकार प्राप्त छ। यहाँ कुनै धर्मविशेष या सम्प्रदाय विशेषप्रति कुनै पक्षपात राज्यद्वारा गरिएको पाइँदैन। बरु राष्ट्राध्यक्ष भनौं या राज्य प्रमुखहरू आफू कुनै एक धर्मप्रति मात्र आबद्ध नभई विभिन्न धर्म एवं सम्प्रदायहरूको समुन्नतिमा लागिपरेका उदाहरण यहाँका अभिलेखहरूमा पाइन्छन्। पाँचौं, छैटौं शताब्दी ई. का राजा मानदेव वैष्णव भनौं या शैव धर्मावलम्बी राजा हुँदाहुँदै पनि तिनले बौद्ध धर्मको उन्नतिमा पनि खास भूमिका खेलेको कुरा तिनका मान विहार एवं मानदेव विहार आदि बौद्ध विहारहरूको उल्लेखको प्राप्तिले उक्त कुराको पुष्टिमा सघाउ पुर्याएका छन्। त्यस्तै राजा मानदेवका प्रपितामह राजा श्री वृषदेव बौद्ध धर्मावलम्बी भएको कुरा तिनलाई लिच्छवी राजा जयदेव द्वितीयको संवत् १५७ को पशुपतिको अभिलेखमा 'सुगत शासन पक्षपाती' भनी उल्लेख गरिएको पाइएबाट हुन्छ। यी आधारबाट तत्समय व्यक्तिगत रूपले जोसुकै व्यक्ति आआफ्ना धर्मका पक्षपाती देखिए पनि राज्यस्तरबाट कुनै एक धर्मलाई मात्र राज्यको धर्मको रूपमा मान्यता दिने गरेको देखिँदैन। भारतमा पनि ईशापूर्व तृतीय शताब्दी ताकाका सम्राट् अशोक, जो एक कट्टर बौद्ध रहेको प्रतीत हुन्छ, न केवल बौद्ध धर्मको उन्नतिको लागि बल्कि अन्य धर्म एवं धर्मावलम्बीहरूको समुन्नतिमा पनि लागिपरेका कुरा तिनले स्थापना गरेका आभिलेखिक साक्ष्यहरूले पुष्टि गरेका छन्। यद्यपि सम्राट् अशोक बौद्ध धर्मका कट्टर अनुयायी रहे पनि तिनको राज्यलाई बौद्ध राज्यको रूपमा लिइनु उचित नभएको स्पष्टतः लाग्दछ। बौद्ध ग्रन्थ 'दिव्यावदान' अनुसार मन्त्रीहरूको विरोधको कारण मौर्य सम्राट् अशोकले कुक्कुटाराम विहारलाई आधा स्याउ मात्र दान दिनुुपरेको थियो। अशोकको राज्य बौद्ध मुलुकको रूपमा रहेको भए सम्राट् अशोक आफ्नो इच्छाविपरीत कुक्कुटाराम विहारलाई उक्त प्रकारले आधा स्याउ मात्र दान दिन विवश हुनुपर्ने थिएन। यी विभिन्न आधारबाट प्राचीनकालमा कुनै एक धर्मलाई मात्र राज्यस्तरबाट विशेष पहिचानसहितको मान्यता दिने गरेको छैन भन्दा अत्युक्ति नहोला। प्राचीनकालको अनन्तर मध्यकालमा पनि कुनै एक धर्मलाई मात्र राज्यस्तरबाट आफ्नो धर्मको रूपमा मान्यता दिने गरेको देखिँदैन। त्यस समयका राजाहरू कुनै एक धर्मको मात्र नभई विभिन्न धर्मको समुचित विकासमा खास अभिरुचिका साथ लागिपरेका थिए। तत्कालीन नेपाल इतिहासको अध्ययनबाट उक्त कुरोको यथार्थ प्रस्टिन्छ। बरु ती राजाहरू नेपालमा धर्मको विषयमा कुनै झैझगडा नहोस् भन्ना खातिर उत्तर-प्राचीनकालीन संवत् ४८७ को पशुपतिस्थित हरि-शंकरको पादपीठ लेखमा केशव-शंकरको अद्र्धशौरीश्वर मूर्ति प्रतिष्ठापन गरिएको कुरा उल्लेख भएअनुरूप नेपाल संवत् ७९२ मा नेपाल ललितपुरका प्रख्यात कर्णाटवंशी राजा श्रीनिवास मल्लले श्री मत्स्येन्द्रनाथलाई विभिन्न धर्म यथा योगीहरूमध्ये मुख्य (कन्फत्तायोगी), शाक्त, बौद्धसित सम्बद्ध एउटै ब्रह्मस्वरूप देवता भनी सुवर्णपत्रमा उल्लेख गरी बुङमतीस्थित श्री मत्स्येन्द्रनाथको मन्दिरमा प्रतिष्ठापन गराएका थिए। 'मत्स्येन्द्रं योगिनां मुख्याः शाक्ता शक्तिं बदन्तियम्। बौद्धा लोकेश्वरं तस्मै नमो ब्रह्मस्वरूपिणे ।।१।।' वर्तमानकालमा पनि उपर्युक्त प्रकारले नै राज्यस्तरबाट कुनै एक धर्मलाई च्यापेर अन्य धर्महरूको उपेक्षा गर्ने गरेको थिएन। तर पछि २०१९ सालको संविधानमा तत्कालीन राजा महेन्द्रले नेपाललाई सर्वप्रथम हिन्दु राज्य भनी उल्लेख गरी एकातिर आफ्नो सस्तो लोकप्रियता प्राप्त गर्ने तथा अर्कोतिर भारतका अधिकांश हिन्दुहरूलाई आफूतिर आकर्षित गरी तत्कालीन भारतीय राजनीतिसित तक्कर लिने अठोत गरी नेपाललाई हिन्दु राष्ट्र भनी सर्वप्रथम घोषणा गरेका थिए। यसरी २०१९ सालमा नेपाल नरेश श्री ५ महेन्द्रले नेपाललाई हिन्दु राष्ट्र भनी घोषणा गरी विश्वमा आफूलाई एकमात्र हिन्दु सम्राट् भनी चिनाउने अठोट गरेका थिए।तर यहाँ के बिर्सनु छैन भने नेपालमा विभिन्न समय बौद्धहरूको सम्यक् महादान हुँदा ती शाह राजाहरू बौद्ध बोधिसत्वको रूपमा आसीन भई उक्त सम्यक् महादान समारोहमा सम्मिलित हुने गरेबाट तिनीहरू साँचो अर्थमा भन्ने हो भने हिन्दु राष्ट्रका हिन्दु राजा भन्नुको बदला बौद्ध राजा भनी कहलिनु उचित हुने देखिन्छ। जे होस्, नेपाललाई सर्वप्रथम हिन्दु राष्ट्र भनी घोषणा गर्ने राजा महेन्द्र हुन्, जसको कारण आज नेपालमा धार्मिक विद्वेषको नौलो परम्पराको प्रारम्भ भयो। नेपाललाई सर्वप्रथम हिन्हु राष्ट्र भनी घोषणा गर्ने राजा महेन्द्र हुन्, जसको कारण आज नेपालमा धार्मिक विद्वेषको नौलौ परा्मपराको प्रारम्भ भयो। उपर्युक्त यथार्थको राम्रो विवेचना गर्दा नेपालको लागि प्राचीनकालीनदेखि प्रचलित हुँदै आएको धर्म निरपेक्षता नै समीचीन भएजसतो लाग्छ। उपर्युक्त यथार्थको राम्रो विवेचना गर्दा नेपालको लागि प्राचीनकालदेखि प्रचलित हुँदै आएको धर्म निरपेक्षता नै समीचीन भएको लाग्छ। यथार्थतः धर्म निरपेक्षता नै समाजवादको आधारशिला हो। 'सेक्युलर'को लागि विद्वान्हरूले 'लौकिक' पर्याय दिएका छन्। यस दृष्टिले धर्म निरपेक्ष त्यसलाई भनिन्छ, जसमा समस्त धर्म तथा सम्प्रदायहरूको समान आदर र सबैलाई उन्नति गर्ने समान अधिकार प्राप्त हुने हुन्छ। धर्म निरपेक्ष राज्यमा कुनै धर्मविशेषप्रति कुनै प्रकारको पक्षपात हुने हुँदैन। धर्म निरपेक्षता भन्नुको अर्थ धर्महीनता या धर्मको उपेक्षा होइन। भारतका राष्ट्रपिताको रूपमा मान्य महात्मा गान्धीले धर्म तथा राजनीतिलाई सर्वथा पृथक् राखेर भारतको धर्मनीति स्थिर गरे। पं जवाहरलाल नेहरूले सन् १९४५ मा घोषणा गरेका थिए कि आजाद हिन्दुस्तानको भावी सरकार धर्म निरपेक्ष हुनु पर्दछ। अर्थात् त्यो सरकार कुनै धर्मविशेषसित सम्बन्धित रहनुको साटो सबै धर्मका अनुयायीहरूप्रति समान सहिष्णुता कायम गर्दछ। पं नेहरूले त्यसलाई धार्मिक स्वतन्त्रता तथा आफ्नो अन्तरात्माअनुसार कार्य गर्नुको स्वतन्त्रता भनेको छ। भारतमा संविधानले कुनै धर्मविशेषलाई कुनै महत्व दिएको छैन। भारतीय संविधानमा धर्म निरपेक्ष सिद्धान्तको विस्तृत व्याख्या गरिएको छ र भारतलाई लोकतन्त्रमा आधारित यहाँका विभिन्न धर्मानुयायी निवासीहरूका धर्मलाई समान मान्यता एवं स्वतन्त्रता प्रदान गरिएको छ। धर्म निरपेक्षताको आधार सहिष्णुतालाई मानेर जति पनि धर्म तथा धर्मानुयायीहरू यहाँ रहेका छन्, तिनीहरूप्रति सहनशीलता, उदारता र समान भावको व्यवहारको व्यवस्था गरिएको छ । अर्को, धर्म निरपेक्षतालाई नै राष्ट्रियता मानेर यसै राष्ट्रियताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धहरूको स्थापना भएको छ। वास्तवमा राष्ट्रियताको स्थिरताले नै अन्तर्राष्ट्रियताको मार्गप्रशस्त गर्न सकिन्छ। धर्म निरपेक्षताको आशय धर्महीनता, धर्मप्रति उदासीनता अथवा अधार्मिकता होइन। यहाँको लोक जीवनका सामाजिक, राजनीतिक तथा शासकीय जति पनि क्रियाकलाप छन्, तिनीहरूबाट कुनै धर्मविशेषलाई सम्बन्धित नगर्नु नै धर्म निरपेक्षता हो। धर्म निरपेक्षताको आशय धर्मशास्त्रहरूको उपेक्षा गर्नु पनि होइन। त्यसको सम्बन्ध ईश्वरको विरोध गर्नु पनि होइन। उन्नाईसौं शताब्दी ईका प्रसिद्ध विद्वान् होलीओकले लेखेका छन्, ‘मानव भलाइको लागि मानव प्रयोगद्वारा, मानव बुद्धिद्वारा जुन कुरो सम्भव हुन्छन्, जसलाई यस जीवनमा गर्न सकिन्छ, जसको सम्बन्ध यस जीवनसित छ, त्यही नै लौकिकता भनौँ या धर्म निरपेक्षता हो।' व्यक्तिका विचार स्वातन्त्र तथा धर्मानुचरणको लागि प्रत्येक व्यक्ति स्वतन्त्र छ। सम्पूर्ण नागरिकलाई धार्मिक प्रचारको स्वतन्त्रता छ। भारतीय संविधानको धारणाको व्याख्या गर्दै लोकसभाका अध्यक्ष श्री अनन्तशयनम् आयंगरले आफ्नो भाषणमा भनेका थिए-हामी वचनबद्ध छौं कि हाम्रो राज्य धर्म निरपेक्ष हुन्छ। धर्म निरपेक्ष शब्दबाट हाम्रो यो अभिप्राय अवश्य होइन कि हामी कुनै धर्ममा विश्वास गर्दनौं र हाम्रो दैनिक जीवनसित त्यसको कुनै सम्बन्ध छैन। यसको अर्थ केवल यो हो कि राज्य सरकार कुनै धर्मलाई अरूको तुलनामा न त सहायता दिन सक्तछ र न प्राथमिकता। यसर्थ राज्य आफ्नो पूर्ण निरपेक्ष स्थिति राख्न विवश छ। उपर्युक्त विभिन्न आधारबाट यो निश्चितप्रायः लाग्दछ कि धर्म निरपेक्षता हाम्रो सनातन धर्मको एक अभिन्न अंग रहेको छ। साँचो भन्ने हो भने यो नै हाम्रो धर्मको मर्म पनि हो। यसमा माथि वर्णन गरिएअनुसार समस्त धर्म तथा सम्प्रदायहरूलाई समान आदर र सबैलाई आफ्नो उन्नति गर्ने समान अधिकार प्रदान गरिएको छ। विश्वका प्राचीनतम ग्रन्थमध्येका वैदिक साहित्यको अवलोकनले पनि यसै यथार्थतिर स्पष्टतः इंगित गरेको छ। वेदमा वर्णित भएअनुसार सबैले परस्पर मित्रकै दृष्टिले हेर्नुपर्दछ। सबैले मलाई मित्रकै दृष्टिले हेरून् तथा म पनि सबैलाई मित्रकै दृष्टिले हेर्दछु।'मित्रस्य मा चक्षुषा सर्वाणि भूतानि समीक्षन्ताम्। मित्रस्याहं चक्षुषा सर्वाणि भूतानि समीक्षे। मित्रस्य चक्षुषा समीक्षामहे।।-यजुर्वेद ३६.१८ धर्म निरपेक्षताको आशय धर्महीनता, धर्मप्रति उदासीनता अथवा अधार्मिकता होइन। यहाँको लोक जीवनका सामाजिक, राजनीतिक तथा शासकीय जति पनि क्रियाकलाप छन्, तिनीहरूबाट कुनै धर्मविशेषलाई सम्बन्धित नगर्नु नै धर्म निरपेक्षता हो। धर्म निरपेक्षताको आशय धर्मशास्त्रहरूको उपेक्षा गर्नु पनि होइन। http://annapurnapost.com/News....
metta · Aug 27, 2015 11:52 AM
धर्म र धर्म निरपेक्षताबारे – कृष्णराज पौडेल ‘सञ्जाल’ August 24th, 2015 विचार विश्लेषण 0 आदिम समाजमा धर्मको उत्पत्ति भएसँगै राज्यको उत्पत्ति भएको इतिहास भेटिन्छ। त्यतिखेरका राज्य एउटै भाषा, एउटै संस्कृति, एउटै भेषभुषा र एउटै धर्ममा आधारित हुन्थे। नेपालको परम्परागत मान्यता बलियो रहेका कारण धर्मको स्थान पनि बलियो नै छ। धर्म भन्नु अलौकिक शक्तिमा विश्वास गर्नु पनि हो। धर्मले राजा/महाराजा, गुरू–पुरोहित, देवता आदिमाथि पूर्ण विश्वास गर्नु पर्ने बताउँछ। तर बुद्ध धर्म वाहेक अन्य धर्महरू ईश्वरको आधारमा खडा भएका छन्। पूजाआजा, होम, ब्रत, कीर्तन, भजन, जात्रा, मेला पर्व आदि जस्ता पुण्य गरेको भरमा स्वर्गमा जाने र जसले यी कर्म गर्दैन, त्यो नर्कमा जाने भ्रम फैलाउँदै शोषकलाई शोषण गर्ने धर्मले छुट दिइएको छ। संसारभरि हालसम्म प्रचलनमा रहेका धर्ममध्ये हिन्दू धर्म सबैभन्दा पुरानो धर्म रहेको अनुसन्धानले देखाउँछ। हिन्दू धर्मावलम्बीहरू सिन्धु घाँटी सभ्यताबाट आएका हुन्। सिन्धु घाँटीमा सनातन धर्म मान्नेहरू बसोबास गर्थे। प्राचीन सिन्धु शब्द पछि हिन्दू शब्दमा रूपान्तरण भयो। मुस्लिमहरू अन्य ठाउँबाट सिन्धुघाँटीमा बसाइ सरेपछि आफ्नो आफ्नो समूह छुट्याउनका लागि मुस्लिमले त्यहाँका मूल बासिन्दालाई हिन्दू र उनीहरू बस्ने ठाउँलाई हिन्दुस्तान भन्न थाले। सिन्धु सभ्यताका प्राचीन बासिन्दाहरू भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, बर्मा आदि ठाउँमा छरिँदै गए र आफ्नो हिन्दू सभ्यता अपनाउँदै गए। हिन्दू धर्मको उत्पत्ति इसापूर्व ३००० वर्ष अघि भएको मान्यता छ। सबैभन्दा धेरै हिन्दू धर्माम्वलम्बीहरू दक्षिण एसियामा बसोबास गर्छन्। विश्वमा सबैभन्दा धेरै प्रभावमा रहेको धर्म बौद्ध धर्म हो। त्यसका प्रवर्तक गौतम बुद्ध नेपालमा जन्मिएका थिए। बौद्ध धर्मको उत्पत्ति ई.पू. २५०० वर्ष पहिले भएको पाइन्छ। विश्वमा धर्ममध्ये इसाई धर्मको जन्म रोमन साम्राज्यको पूर्वी क्षेत्रको मध्य पूर्वमा भएको थियो। विश्वमा इसाई धर्म मान्नेहरू एक–तिहाई जनसङ्ख्या ओगटेका छन्। त्यस्तै, इस्लाम धर्मको जन्म सातौँ शताब्दीमा मध्य पश्चिम एसियामा भएको थियो। यी बेग्ला बेग्लै धर्मका ईश्वरहरू फरक फरक छन्। सबै धर्मले ईश्वर एक मात्र छन् भनेर दावा गर्दछन्। प्राचीन समयमा नेपालको स्वरूप बहुधार्मिक थियो। त्यस कालखण्डमा हिन्दू र किराँत दुवैले शासन गरेको इतिहास छ। बुद्ध नेपालकै थिए। यिनै विविध कारणले पनि नेपालमा धार्मिक सहिष्णुता कायम छ। हिन्दूहरू स्वयम्भूमा गएर पूजाआजा गर्दछन्। बौद्धहरू पशुपति जाने गर्दछन्। मुक्तिनाथ देवतालाई हिन्दू र बौद्ध दुवैले पूजा गर्दछन्। समयसँगै नेपालीहरूले धार्मिक अतिवादी सोचलाई त्यागेर नेपाली माटो अनुसारको मौलिकता अपनाउन खोजेको देखिन्छ। जबरजस्ती धर्म परिवर्तन गराउनु अपराध हो। धर्म मान्ने र नमान्ने दुवै स्वतन्त्रता व्यक्तिमा हुन्छ। पछिल्लो समयमा नेपाल इसाई समेतको थलो बन्न गएको छ। जसरी बगैँचामा फुल्ने रङ्गीविरङ्गी फूलको सुन्दरता एउटै रङको बगैँचाको भन्दा फरक हुन्छ, त्यसरी नै नेपालको सांस्कृतिक चरित्र पनि प्राचीन कालदेखि नै बहुभाषी, बहुधार्मिक, बहुराष्ट्रिय र बहुसांस्कृतिक रहेका कारणले हाम्रो देश विविध संस्कृति र मौलिकताको धनि छ। आखिर धर्म के हो? के धर्म प्रगतिशील छ? के कर्मकाण्ड गरेर धर्म प्राप्त हुन्छ? धर्मले दिने शिक्षा के हो? धर्मले परिवर्तनमा विश्वास गर्दैन। पुरानो परम्परा, संस्कारको संरक्षण गरिरहन्छ। कसैले दुःख पाउनु र कसैलाई सुख प्राप्त हुनुलाई पूर्वजन्मको फल बताउँछ। जतिसुकै अन्यायमा परे पनि मानिस मुक्त हुने विधि त्यही ईश्वरको पूजाआजा र प्रार्थना गर्ने कुरामा जोड दिन्छ र मानिसलाई झनै कङ्गाल बनाउँछ। त्यसकारण धार्मिक गुरूहरू सधै यो बताउँछन् कि जतिसुकै दुःख–कष्टमा परे पनि एक दिन ईश्वरले मुक्त गर्दछन्। पहिलो जन्ममा दुुःख पाउनेले अर्को जन्ममा सुखैसुख पाउने बताउँछन्। यो विधि गरिबलाई झनै गरिब बनाउँदै लैजाने र धनि धनिकै रूपमा राख्ने सोचाइ हो। शोषकहरूले धार्मिक अन्धविश्वासको आधारमा आफ्नो स्थितिलाई टिकाइराख्न बल पुग्ने गरी व्याख्या गरिरहन्छन्। धनि र गरिबलाई धार्मिक आस्थाका आधारमा एउटै वर्ग बताइरहन्छन्। गरिबलाई पूजाआजा र दानका लागि मन्दिरमा पठाइन्छ। धर्मले गुरूलाई मालिक र धर्मात्मा व्यक्तिलाई नोकर बनाइराख्छ। हिन्दू धर्मशास्त्र अनुसार भगवान विष्णुले पृथ्वीको रक्षाका लागि १० अवतार लिएको बुझिन्छ। नेपालमा राजतन्त्रको इतिहास हेर्दा नेपालमा राजालाई विष्णु भगवानको अवतारको रूपमा हेरिन्छ। धर्ममा मन्त्रको प्रयोग गरी उनै ईश्वरको पुकार गरिन्छ। जब मानिस अप्ठ्यारो परिस्थितिमा पुग्छ, त्यतिखेर भगवानको नाम जपिन्छ। हुनै नसक्ने अर्को जन्मलाई सुखमय बनाउने बाचा–बन्धनमा पारेर बाँकी जीवनमा अत्यार सहेर भए पनि ईश्वरप्रीत श्रद्धा गर्नु पर्ने चेतनाको विकास गरिन्छ। अन्यायी जनताले सचेत र सङ्गठित तरिकाले आफूमाथि भएको अत्याचारबाट मुक्त हुन धार्मिक आस्था त्याग्नु पर्ने कुरालाई यसले विरोध गर्दछ। धर्मले धर्म विरोधीलाई नास्तिकको बिल्ला भिराइदिन्छ। भर्खरै नवलपरासीको कुडियामा आफ्नो छोरा बचाउन छिमेकीको छोरा बली दिइएको छ। दास प्रथा, सति प्रथा र छुवाछूत प्रथा सबै धर्मकै कारण गरिएका विभेद हुन्। तर धर्मले पारेको भ्रम बुझ्दै गएपछि अहिलेको अवस्थामा विभेद केही मत्थर भएको छ। विश्वभर ईश्वरको अवतारको रूपमा मानिने राजतन्त्र धेरै देशबाट पतन हुँदै गइरहेको छ। हिन्दू धर्मको जन्मदाता नै बाह्मणहरू हुन्। ब्रह्म ज्ञान जानेको मान्छेलाई ब्राह्मण भन्न थालियो। शिक्षा आर्जन गर्ने पद्धति कर्मकाण्डी हुन थाल्यो। गैरब्राह्मणले शिक्षा लिने रूचि राख्दा जातीय विभेद गर्दै कामका आधारमा जातको विभाजन गरी अन्य जातलाई ब्राहम्णमा आउन रोक लगाइयो। सुरूमा हिन्दू धर्मशास्त्रमा जातीय विभेद थिएन। हिन्दू धर्मका अनुयायीहरूकै बीचमा स्वार्थको जन्म भई सानो जात र ठूलो जातको रूपमा धर्मको प्रयोग गरिएको उनीहरूको भनाइ हुन्छ। मन्दिरलाई ठूला, सम्पन्न जातको मात्र प्रयोगशाला बनाइयो र साना जातलाई मन्दिर प्रवेशमा रोक लगाइयो। एकात्मक हिन्दू राज्य निर्मातादेखि नै निरन्तरता पाएको ब्राह्मणवादी सोच र पितृसत्तात्मक सोचले लैङ्गिक विभेद व्यापक रूपमा बढ्दै गयो। त्यही विभेदको कारण पनि हुन सक्छ, नेपालमा हिन्दू धर्माबलम्बीको सङ्ख्या घट्नु। के धर्ममा जातीय विभेद गर्न पाइन्छ? के धर्म र जाति एउटै कुरा हो? राजा महेन्द्रले पञ्चायत सुरू गर्दा मुलुकी ऐन मार्फत् जातीय विभेद गैरकानुनी बनाए पनि राष्ट्र र धर्म जोडेर राज गर्न थाले। त्यो भन्दा पहिले नै नेपाली राज्य र समाजलाई हिन्दूकरण गर्ने अभ्यास जयस्थिति मल्ल, राम शाह र सेन राजाहरूले गरेका थिए। बुद्ध जन्मेको देशमा बुद्ध धर्मकै अनुयायीहरूलाई देश निकाला गर्न र हिन्दू अधिराज्यलाई बलियो बनाउने काम राजा महेन्द्रले गरे। जसले वेदमाथि विश्वास गर्दछ भने उसले जातीय वर्गीकरण मान्नु पर्दैन। उसले पछि निर्माण भएको मनुस्मृति मान्नु पर्ने बाध्यता पनि छैन। त्यसकारण धर्मको नाममा जातीय विभेद गर्नु शोषकहरूको काम हो। महिलालाई पुरूष सरहको अधिकार दिनु हुँदैन भन्ने मान्यता पितृसतात्मक सोचाइ हो। सेवा नै धर्म हो भन्ने भनाइ राजनीतिमा पनि प्रयोग हुँदै आइरहेको छ। यसको अर्थ जनताले ईश्वरको सेवा गर्नु पर्छ भन्ने नै हो। ईश्वरको सेवा गर्नलाई मन्दिरमा पूजाआजा गर्नु पर्छ। सम्बन्धित धर्मका कर्मकाण्ड विधिविधान गर्नु पर्छ। सामन्ती युगमा सबै धर्मले राजा–महाराजा, साहु, जमिन्दार र गुरूपुरोहित सहित सिङ्ग्ाो सामन्तवादको सेवा गर्यो। यो नै सांस्कृतिक रूपमा उत्पीडनका बलिया साधन बने। धर्मलाई उत्पीडनका निम्ति प्रयोग गर्न खोजिएको कुरालाई हामी नकार्न सक्दैनौँ। तसर्थ धर्म सेवाका निम्ति मात्र अस्तित्वमा आएको मान्न सकिँदैन। धर्म विज्ञानविरोधी छ। परिवर्तनविरोधी छ। तर नराम्रा कुराको सिको सजिलै गर्न सकिने, त्यसमाथि गरिबी, अशिक्षा र चेतनाको न्यून स्तरलाई प्रयोग गर्दै धर्म प्रचार गर्न र धर्मबाट नै मुक्ति मिल्ने कुराको आधार सामन्ती सोचले बलियो बनाउँदै लग्यो। आजको नयाँ पुस्ताले पुस्तौँदेखि मान्दै आएको धार्मिक आस्था छोड्दै गएका छन्। कसैको प्रलोभनले मात्र मानिसले धर्म परिवर्तन गरेको छैन। आफूले पुस्तौँदेखि मान्दै आएको विभेदबाट मुक्त पाउन पनि मानिस अर्को धर्म अनुसरण गरेको हुन सक्छ। यतिखेर देशमा धर्मबारे बहस चलेको छ। कमल थापा लगायतका प्रतिगामी व्यक्तिले ‘राज्यको धर्म हुन्छ’, ‘देश हिन्दू राष्ट्र हुनु पर्छ’ भन्ने बहस र आन्दोलन चलाइरहेका छन्। सच्चा गणतन्त्रवादीहरू ‘राज्यको धर्म हुँदैन’, ‘देश धर्मनिरपेक्ष राष्ट्र नै हुनु पर्छ’ भन्नेमा अडिग छन्। तर आफूलाई गणतन्त्रवादी ठान्ने कतिपय व्यक्ति र सङ्गठनहरू अझै पनि धर्म निरपेक्षताको पक्षमा अडान लिन सकिरहेका छैनन्। बुद्ध जन्मेको देशमा बौद्ध धर्मको देश हुनु पर्छ भन्ने बहस चलेको छैन। हिन्दू धर्मको तुलनामा बौद्ध धर्म केही प्रगतिशील छ। तसर्थ हिन्दू राष्ट्रको मात्र माग अपनाउनु परिवर्तनविरोधी नारा हो। नेपाल बहुधार्मिक मुलुक हो। धर्म निरपेक्षता समयको माग हो। नेपाली जनताको चाहना हो। आज हिन्दू राष्ट्रको नारा उचाल्ने व्यक्तिहरूलाई नेपाली जनताले लामो आन्दोलन र सङ्घर्षबाट पाखा लगाएका हुन्। अबको गणतान्त्रिक मुलुकमा कसैले धर्मको आधारमा राजनीति गर्न मिल्दैन। त्यसकारण समय अनुसार धर्मशास्त्रको व्याख्या गर्न राज्यले पाउनु पर्छ। धर्मभन्दा ठूलो राज्य हो। धर्म मानिआएको पुरानो संस्कार पनि हो। देशका सबै विविधताको सम्बोधन अब धर्म निरपेक्ष राज्यले नै गर्छ। धर्म निरपेक्षतालाई सुदृढ गर्ने काम गणतन्त्रको हो। हिन्दू धर्मलाई राज्यको धर्म मान्नु पर्छ भन्ने तर्क प्रतिक्रियावादीको गणतन्त्रबाट पछि हट्नु पर्छ भन्ने सोचको उपज हो। त्यसकारण हिन्दू अधिराज्य स्थापना गर्ने नाममा समाजलाई धार्मिक द्वन्द्वमा फसाउने कार्यलाई रोक्न सकिएन भने गणतन्त्र पनि बचाउन सकिने छैन। संसारमा सबैभन्दा धेरै हिन्दू भएको देश भारत हो। तर भारत धर्म निरपेक्ष राष्ट्र हो। आजका जनता गुण र दोषका आधारमा राम्रा कुराको अनुसरण गर्छन् भने नराम्रा कुराबाट पछि हट्छन्। पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्रको रूपमा घोषणा गर्ने माग बढ्नु भारतमा उठेको मोदी लहर जस्तै हो। यहाँ हिन्दू अतिवादी सोंचलाई प्रयोग गर्दै राजतन्त्रको पुनरुदय गराउन खोजिएको छ। सामान्यतः राजतन्त्रलाई धर्मको नाराबाट अथवा धर्मको राजा बनाउन खोज्नु कुनै नयाँ विषय होइन। यस विषयमा जनता अलि बढी सचेत रहनु पर्छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा, काङ्ग्रेसका खुमबहादुर खड्का लगायतको एजेण्डामा देशलाई हिन्दू राष्ट्र बनाउने पक्षमा छन्। सयौँ वर्षसम्म चलेको निरङ्कुश राणा शासनदेखि लामो समयसम्म चलेको निरङ्कुश राजतन्त्रको आडमा बसेर धर्मलाई प्रयोग गर्दै शोषकहरूले लुट नै मच्चाए। कुनै मानिस मर्दा पर्दा वा कुनै बेला पुरोहितलाई दिइने दान पूजालाई पूरोहित वर्ग पाल्ने उपायमा केही मानिसलाई अन्धो बनाएर झुक्याइएको छ। यदि धर्ममा समानता, स्वतन्त्रता र न्याय छ भने कि धार्मिक स्थलमा साना र ठूलो जातको नाममा साना जातिलाई प्रवेशमा रोक लगाइन्छ। एउटै धर्म मान्नेबीच विभेद गरिन्छ। धर्मकै नाममा दलाली र ठगी गरिन्छ। यहाँ देशलाई हिन्दू राष्ट्र बनाएर ती सबै पुरातन मान्यतालाई स्थापित गराउन खोजिएको छ। जनताको चेतना समय र परिस्थिति अनुसार परिवर्तन हुँदै जान्छ। इतिहासमा परम्परागत शैलीमा जनतालाई झुक्याएर राज्य चलाएको आडमा फेरि अन्याय अत्याचार गर्न शोषकहरू व्ब्युँतिदै छन्। गणतन्त्रभित्र रहेको धर्म निरपेक्षतालाई मुट्ठीभर शोषकले मन पराएका छैनन्। केही महिना अगाडि नेपाल भारत सहयोग मञ्चको कार्यक्रम पशुपति क्षेत्रमा भएको थियो। भाजपाका शीर्ष नेता रेणुदेवी लगायतले नेपाल हिन्दू राष्ट्र नै हुनु पर्ने, नेपाल हिन्दू राष्ट्र भए मात्र देशको विकास हुन्छ भन्ने धारणा राखेकी थिइन्। सोही कार्यक्रममा पूर्व मन्त्री प्रकाश चित्रकारले हिन्दू राष्ट्र स्थापनासँगै राजालाई स्थापित गर्ने माग गरेका थिए भने पूर्व मन्त्री गणेश शेरचनले राजा स्थापित गर्न भारतको आशिर्वाद चाहिने भन्दै भाजपाका वरिष्ठ नेता विजय जोली र रेणुलाई राजा फर्काउन सहयोग मागेका थिए। तर हिन्दूको परम्परा र संस्कारमा हुर्किएका जनतालाई प्रयोगमा ल्याउने राजावादीको स्वार्थ अनुकूल अहिले खुल्ला रूपमा हिन्दू राष्ट्र पुनः स्थापना गर्न अभियान सञ्चालन गरिरहेका छन्। ८० प्रतिशतभन्दा धेरै हिन्दू भएको देशमा हिन्दू धर्मको कुरा उठाउन सजिलो छ। यदि हिन्दू राष्ट्र पुनः ब्युँताउन सकेमा हिन्दू सम्राटलाई पुनः स्थापित गर्न सजिलो हुने मान्यताका आधारमा पनि हिन्दू राष्ट्र हुनपर्नेमा राजावादीको चलखेल बढिरहेको छ। आज विश्वमा भौतिकवादी विचार हावी भैइरहेको सन्दर्भमा कुनै घटना, सत्व, दुःख, संयोग, वियोग कुनै ईश्वरवादी कारण नभै वैज्ञानिक कारणले घटेको मानिन्छ। धर्म भौतिकवादी विश्व दृष्टिकोण र विज्ञानको हमेशा विरोधी रही आएको छ। धर्मबारे मार्क्सले भनेका छन्– “धार्मिक व्याथा एकै साथ वास्तविक व्यथाको अभिव्यक्ति र वास्तविक व्यथाको प्रतिवाद दुवै नै हो। धर्म उत्पीडित प्राणीको सुस्केरा हो। एक हृदयहीन दुनियाँको हृदय हो। त्यो जनताका लागि अफिम हो।” मार्क्स अनुसार धर्मको प्रयोग उत्पीडक वर्गले पीडित वर्गलाई आफ्नो गरिबी र शोषणको कारणले झेल्नु परेका समस्याहरू सहनका लागि उर्जा दिने काममा प्रयोग गरेको हुन्छ। त्यस्तै लेनिनले भनेका छन्– “जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मानिनु पर्छ तर जहाँसम्म पार्टीको सवाल हो, हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्दैनौँ। धर्मसँग राज्यको कुनै सरोकार हुँदैन र धार्मिक संस्थाहरूको पनि सरकारी सङ्गठनसित कुनै प्रकारको सम्बन्ध हुनु हुँदैन। त्यसकारण मार्क्सवाद सधै धर्म निरपेक्षताको पक्षमा हुन्छ।” धर्म निरपेक्षताको अर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु हो। धर्मको बीचमा भेदभाव नगर्नु हो। धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट जनता मुक्त हुनु हो।
metta · Aug 27, 2015 11:54 AM
सामाजिक विभेद हरेक देश र समाजमा हुन्छ | दुर्भाग्य हिन्दकुस छेत्रमा आर्य जातिले मानिसको काम अनुसार बर्ण विभाजन गरे तर यी सोशक हरुले बर्ण विभाजनलाई जातिय विभाजन मा लगेर राजालाई राज्य संचालनमा सहयोग पुर्याउन गरेका हुन् | जातिय तह बनाए पछि स्वस्फुर्त एकले आर्कोमाथि सासम गर्ने हुदा राजालाई सजिलो हुने अनि आफुलाई राजा भन्दा माथि राखे | कानुनि रुपमा एक ले अर्को धर्म धन, लालच र प्रलोभन मा पारि परिवर्तन गर्न नपाइने हुनु पर्छ | Last edited: 27-Aug-15 02:43 PM
magorkhe1 · Aug 27, 2015 1:38 PM
Indian scholar who criticized idol worship murdered at home By KATY DAIGLE August 31, 2015 NEW DELHI (AP) — Following a knock at his front door, an Indian scholar greeted two unidentified visitors and was shot in the head and the chest, becoming the third critic of religious superstition to be killed in the country in three years. The attack on Malleshappa M. Kalburgi sent a chill through Indian civil society, stoking worries about religious extremism and intolerance and prompting an outpouring of condemnation as the 77-year-old author and academic was cremated Monday in his hometown of Dharwad, in the southern Indian state of Karnataka. "This incident should not have happened. It is highly condemnable," Karnataka Chief Minister Siddaramaiah told reporters. Authorities are searching for two men who according to Kalburgi's daughter arrived on a motorcycle at their home Sunday, knocked on the door and fired two shots that killed her father, Inspector S.S. Hiremath said. He declined to give further details about the attack. Police are investigating whether Kalburgi's murder is connected to death threats he received last year from angry right-wing Hindu groups after he criticized idol worship and superstitious beliefs by Hindus. He was provided police security after the threats but it was removed about two weeks ago at the scholar's request, police said. The attack was widely condemned. "Everyone has the right to express his opinion," actor and director Girish Karnad said. "If this grows in Karnataka, we are in trouble." Columnist Nitin Pai, who founded a think tank in the southern city of Bangalore, said on Twitter that he was "Shocked at the murder of M.M. Kalburgi. Disgusted that his killers have apologists among us." India has long held secularism to be a keystone of its constitution — and a necessity for keeping the peace among its cacophony of cultures defined by caste, clan, tribe or religion, including Islam, Christianity, Judaism, Hinduism, Sikhism, Jainism and Buddhism. Earlier this year, unknown attackers gunned down another anti-superstition crusader, Indian writer and communist politician Govind Pansare, as he and his wife were taking a walk in western Maharashtra state. In another daytime attack in 2013, two assailants gunned down Narendra Dabholkar, a 68-year-old doctor-turned-activist, while he was out for a walk in the Maharashtra city of Pune, near Mumbai. Police have arrested two suspects in Dabholkar's murder. He had received years of death threats and demands that he stop giving lectures in villages across Maharashtra state promoting rationalist thought and discouraging superstitions, religious extremism, black magic and animal or human sacrifice. Maharashtra's government later passed long-stalled legislation that Dabholkar had worked on banning religious exploitation and fraudulent medical workers. Activists have said the legislation does not go far enough since it only allows complaints from victims and their families, not from third parties, which they say limits the law's effectiveness because most victims are invested in superstitious beliefs and are not likely to complain. ___ Associated Press writer Chonchui Ngashangva contributed to this report. http://news.yahoo.com/indian-s...
metta · Sep 1, 2015 6:50 PM
[बहस] धार्मिक राज्य कि धर्मनिरपेक्षता ? - श्याम श्रेष्ठ, काठमाडौं [बहस] धार्मिक राज्य कि धर्मनिरपेक्षता ? 8.2kSHARES Shareon facebookShareon twitter अन्तरिम संविधानको धर्मनिरपेक्षताको प्रावधान उल्ट्याएर नेपाललाई एकल धार्मिक साम्प्रदायिक राज्य बनाउनु कसैको पनि हितमा हुने छैन। भाद्र १५, २०७२- नेपालमा अहिले एकथरी मानिसहरू नेपाललाई पुन: हिन्दु राष्ट्र्र बनाउनुपर्छ भनेर जीउज्यान छाडेर लागेका छन्। नेपाललाई पुन: यथास्थितिमा फर्काउने यो प्रयत्न सामाजिक र राजनीतिक रूपमा कति नोक्सानदायी हुनसक्छ भन्ने कुराको हेक्का भने उनीहरूले राखिरहेको देखिँदैन। धर्मनिरपेक्षतालाई नै नबुझी धार्मिक स्वतन्त्रताको मात्र वकालत गर्नेको संख्या पनि नेपालमा थोरै छैन। भूपि शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे नामक आफ्नो कविता संग्रहमा नेपाल हल्लै—हल्लाको देश हो भनेका थिए। यो कुरा अहिले पनि साँचो सावित भइरहेछ। लोकतन्त्रको मुख्य गुदी समानता र स्वतन्त्रता हो। धर्मनिरपेक्षता भनेको धर्मको क्षेत्रमा समानता र स्वतन्त्रतासहितको लोकतन्त्रको विस्तार हो। धर्मनिरपेक्षताको मुख्य कुरा हो– राज्य धर्मबाट अलग हुनु, धर्मलाई व्यक्तिको निजी मामिला र व्यक्तिगत आस्थाको विषय बनाउनु, राज्य धर्मको मामिलामा तटस्थ बस्नु, सबै धर्मलाई राज्यले समभावका आँखाले हेर्नु। धर्मनिरपेक्षताले धर्मको क्षेत्रमा राज्यबाट हुने भेदभाव र निरंकुशताको अन्त्य गर्छ र हरेक नागरिकलाई धर्मको मामिलामा समानता र स्वतन्त्रताको व्यवहार प्रदान गर्छ। धर्मनिरपेक्षता यति लोकतान्त्रिक र वैज्ञानिक कुरो हुँदाहुँदै पनि यसको विरुद्ध अनर्गल प्रचार हुनु र कुरै नबुझी यसको अन्त्य हुनुपर्छ भन्ने स्वर चर्किनु अचम्मलाग्दो छ। हामी नेपालमा एकल जातीय राज्यचाहिंँ कुनै पनि हालतमा हुनुहुँदैन भनिरहेछौं। त्यो सही पनि हो, किनकि राज्यको आफ्नो कुनै जात र जाति हुनुहुँदैन। सबै जात र जाति राज्यका लागि बराबर हुनुपर्छ। राज्य कुनै सम्प्रदाय विशेषको हुनुहुँदैन। तर जो जो एकल जातीय राज्यको विरोधमा देखिएका छन्, तीमध्ये धेरै अहिले एकल धार्मिक राज्यको वकालत गर्न थालिरहेछन्। यो विरोधाभासपूर्ण कुरा हो। राज्यले कुनै धर्म विशेषको पक्ष लिनु र कुनै जात/जाति विशेषको पक्ष लिनु सारमा एउटै कुरा हो, किनकि दुबैले बनाउने एकल साम्प्रदायिक राज्य नै हो। यही हुनाले एकल धार्मिक राज्यको अहिलेको वकालतले एकल जातीय राज्यका पक्षधरलाई आफ्नो कुरो सही छ भन्नाका लागि दरिलो सैद्धान्तिक आधार प्रदान गरिरहेछन्। एकल धार्मिक राज्यले सिद्धान्तत: पुर्याउने एकल जातीय राज्यमै हो। धर्मनिरपेक्षता त्यसको ठीक विपरीत बाटो हो। धर्मनिरपेक्षता भनेको अरू केही होइन, राज्यले कुनै धर्म सम्प्रदाय विशेषलाई प्रश्रय नदिने, राज्य धर्मको मामलामा अलग बस्ने, यसले कुनै धर्म सम्प्रदायलाई काखा कुनैलाई पाखा नगर्ने भनेको हो। राज्यको कुनै धर्म विशेषसित लगाव वा विशेष सम्बन्ध नहुने, राज्यका नजरमा सबै धर्म समान हुने र धर्म मान्नु वा नमान्नु हरेक व्यक्तिको व्यक्तिगत आस्था र स्वतन्त्रताको विषय हो भन्ने कुरा धर्मनिरपेक्षताको चुरो कुरो हो। यस प्रकार धर्मनिरपेक्षताका तीनवटा आधारभूत सिद्धान्त छन् : एक, राज्यको धार्मिक तटस्थता, दुई, धार्मिक समानता र तीन, व्यक्तिको धार्मिक स्वतन्त्रता। त्यसैले जसरी बेसार भनेपछि पहेँलो रंगसहितको बेसार भनिराख्नु पर्दैन, त्यसैगरी धर्मनिरपेक्षता भनेपछि धार्मिक स्वतन्त्रता भनिराख्नु पर्दैन। धर्मनिरपेक्षताभित्र धार्मिक स्वतन्त्रता अभिन्न रूपले जोडिएर आउँछ। तर नेपालमा अहिले उदेकलाग्दो कुरा भइरहेछ। एकथरी मानिसहरू धर्मनिरपेक्षता नेपालको लागि उचित होइन, धार्मिक स्वतन्त्रतामात्र उपयुक्त हो भनिरहेछन्। यथार्थमा धर्मनिरपेक्षतारूपी टेम्पोका तीनमध्ये एउटा मुख्य पांग्रा नै धार्मिक स्वतन्त्रता हो। अरू दुई पांग्रा, धार्मिक समानता र राज्यको धार्मिक तटस्थता हुन्। धर्म व्यक्तिगत आस्थाको विषय भएकाले धर्मनिरपेक्षता अन्तर्गत हरेक नागरिकलाई धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हमेशा रहन्छ। यस अन्तर्गत राज्यले मात्र धर्म सम्प्रदाय नबोक्ने हो। व्यक्तिको धार्मिक स्वतन्त्रतामा यसले कुनै खलल पुर्याउँदैन। यसले हरेक नागरिकलाई भन्छ कि त्यो तिम्रो व्यक्तिगत मामला हो। तर कसैलाई पनि तर्साएर, लोभ्याएर, भ्रममा पारेर, बल प्रयोग गरेर जबर्जस्ती धर्म परिवर्तन गराउन पाइँदैन। यसले त्यसो गर्नेहरूमाथि नियमन र नियन्त्रणको काम गर्छ। धर्मनिरपेक्षता भनेको यति स्पष्ट वैज्ञानिक र लोकतान्त्रिक कुरा हुँदाहुँदै धार्मिक स्वतन्त्रताचाहिँ उचित, धर्मनिरपेक्षताचाहिंँ अनुचित भन्नु अचम्मलाग्दो कुरो हो। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्नेहरू पनि केही समययता ह्वात्तै बढेका छन्। उनीहरूको स्वर निकै छोटो अवधिमा निकै चर्को हुँदैछ। यसो गर्नेमा नेपालभित्रका साधुसन्त, राजतन्त्रवादी राजनीतिक दलमात्र छैनन्, इसाई धर्मको प्रभाव नेपालमा तीव्र गतिमा बढ्नुको कारण भयभीत भएका हिन्दु सर्वसाधारण पनि यसमा सामेल छन्। यतिखेर यो एजेन्डा ज्यादा चर्किनुमा गत वर्षमात्र सत्तामा आएको भारतीय जनता पार्टी र शिवसेनाको अहम् भूमिका देखिँदैछ। यो जगजाहेर छ, गएको संविधानसभाको चुनावताका हिन्दु राज्य पक्षधर र धर्मनिरपेक्षता विरोधी स्वर यति चर्को थिएन। तर आज त्यो स्वरको ग्राफ एकाएक किन माथि चढ्दैछ? हिन्दु राज्य यति धेरै जरुरी र लोकप्रिय विषय थियो भने किन संविधानसभाको चुनावमा हिन्दु राज्यको मुख्य प्रवक्ता राप्रपा नेपालले प्रत्यक्षतर्फ एक सिट पनि जितेन? किन ९४ प्रतिशत भोट धर्मनिरपेक्ष पक्षधर पार्टीका पक्षमा खस्यो?भारत पनि नेपालसरह ८१ प्रतिशत हिन्दुहरूको बसोबास भएको देश हो, नेपालमा जत्तिकै हिन्दुहरूको अनुपात रहे पनि भारतमा धर्मनिरपेक्षता छ। भारतको सत्तारुढ राजनीतिक दल भाजपाको विरोधाभास के हो भने उनीहरू नेपालमा चाहिँं हिन्दु राष्ट्र स्थापना गर्ने सल्लाह र दबाब दिँदैछन्, आफ्नो मुलुकमा चाहिंँ निर्विवाद ढंगले धर्मनिरपेक्षताको अभ्यास गरिहेछन्। यस परिप्रेक्ष्यमा नेपालमा हिन्दु राज्यको माग नेपालकै भूमिको उपज नभएर यो भारतका हिन्दुवादी सत्तारुढ दलप्रेरित हुनु दु:खलाग्दो कुरो हो। धर्मका सम्बन्धमा सबैभन्दा सन्तुलित, समतामूूलक र वैज्ञानिक नीति धर्मनिरपेक्षता नै भएकाले खालि भारतमा मात्र होइन, विश्वका अधिकांश मुलुकमा अहिले धर्मनिरपेक्षता अपनाइएको देखिन्छ। विकिपेडियाका अनुसार धर्मसापेक्ष मुलुक विश्वमा संख्यात्मक रूपमा जम्मा ४४ वटामात्रै छन्, जबकि धर्मनिरपेक्ष मुलुक ८५ वटा छन्। अमेरिका, रूस, चीन, भारत, जापान, क्यानाडा, नेदरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्युवा, भियतनाम, दक्षिण कोरिया, उत्तर कोरिया, भियतनाम, स्विडेन, स्पेन, इटाली, फ्रान्स लगायत धेरै मुलुकहरू धर्मनिरपेक्ष मुलुक छन्। विश्वको यतिबेलाको मुख्य प्रवृत्ति के हो भने धर्म बोक्ने राज्यहरूको संख्या घट्दो छ, धर्मनिरपेक्ष मुलुकको संख्या बढ्दो छ। परन्तु धर्मनिरपेक्ष भइसकेर फेरि धर्म बोकेका मुलुकहरू पनि विश्वमा नभएका होइनन्। हाम्रो छिमेकी बंगलादेश नै त्यसको उदाहरण हो। इरान र इराकमा पनि त्यस्तै भएको हो। नेपाल पुन: हिन्दु राष्ट्र हुनुपर्छ वा धार्मिक स्वतन्त्रता भएको मुलुक हुनुपर्छ भन्नेहरूले मुख्य तर्क के दिने गरेका छन् भने नेपाल धर्मनिरपेक्ष भएपछि इसाईहरू धेरै बढे। उनीहरूका दृष्टिमा नेपाल इसाइहरू तीव्र गतिमा बढ्नुको मूल कारण धर्मनिरपेक्षता हो। तर के यो सत्य—तथ्यमा आधारित धारणा हो? यसबारे राम्ररी सोचविचार गर्नु आवश्यक छ। नेपालमा इसाईृहरू तीव्र गतिमा बढ्नुका तीनवटा मुख्य कारण छन्, जसमा उनीहरूको नजर गइरहेको देखिँदैन। एक, संक्रमणकाल लम्बिनुका कारण राज्य कमजोर हुनु, दुई, हिन्दु धर्म जातपातका मामिलामा उदार नहुनु, यसले तथाकथित तल्लो जातका र अरू जातिका मानिसहरूलाई आज पनि चर्को विभेद गर्नु, इसाईहरूले नगर्नु र तीन, इसाईहरूले आफ्नो धर्म विस्तारका लागि योजनाबद्ध रूपमा आक्रामक नीति अपनाउनु। इसाईहरूले आफ्नो धर्म अवलम्बन गर्नेहरूलाई निकै आकर्षक आर्थिक सहयोगको प्याकेजसमेत दिने गरेको कुरा नेपालको मिडियाले बेलाबेलामा सार्वजनिक गरिरहेको छ। यही अस्त्र प्रयोग गरेर उनीहरूले नेता, कार्यकर्ता, प्रशासक र नीति निर्माताहरूसमेत आफ्नो पक्षमा तान्न वा किन्न भ्याएको दृश्य बेलाबेलामा सञ्चार माध्यममा उजागर नभएको होइन। धर्म विस्तारका लागि यस्तो आक्रामक नीति अरू कुनै धर्मको देखिँदैन। यदी यी तीनवटा मूल कारण यथावत राख्ने हो भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गरे पनि इसाईहरूको तीव्र गतिमा संख्या विस्तार रोकिनेवाला छैन। जरो ज्युँकात्युँ बाँकी भएपछि त्यसमा पालुवा र हाँगा त पलाइनै हाल्नेछ। यो जगजाहेर छ, नेपालमा इसाईहरू २०४८ सालपछि ह्वात्तै बढेका हुन्, जबकि त्यतिखेर नेपाल हिन्दु राष्ट्र नै थियो। यस तथ्यमा कसैको ध्यान गएको देखिँदैन। अत: नेपालमा इसाईहरू तीव्र गतिमा बढ्नुको कारण अरू नै छ, जसलाई हिन्दु राष्ट्रको रथ हाँक्न खोज्नेहरूले सम्बोधन गर्नु आवश्यक छ। त्यसको दोष धर्मनिरपेक्षताको थाप्लामा थोपरिदिनु न्यायोचित हुँदैन। यसरी हेर्दा समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको नेपाल हरेक हिसाबले धर्म सम्प्रदाय निरपेक्ष रहनुमै देशको पनि कल्याण छ, जनताको पनि। अन्तरिम संविधानको धर्मनिरपेक्षताको प्रावधान उल्ट्याएर नेपाललाई एकल धार्मिक साम्प्रदायिक राज्य बनाउनु कसैको पनि हितमा हुने छैन। यो धर्मको मामिलामा प्रतिगमन मात्र हुनेछ। यो एकल जातीय राज्यको राजमार्गतर्फको यात्रामात्र हुनेछ। प्रकाशित: भाद्र १५, २०७२ http://kantipur.ekantipur.com/...
metta · Sep 1, 2015 6:57 PM
बिराटनगरको भारतीय क्याम्प र वीरगञ्जको वाणिज्य दूतावास सरकारी निगरानीमा भारतले चलखेल बढाएको कोइराला सरकारको निश्कर्ष केही साताअघि इटहरीमा भएको हिन्दुवादीहरुको प्रदर्शनका बेला बिराटनगरमा अवस्थित भारतीय क्याम्प अफिसको सहयोग रहेको स्थानीय प्रशासनले पत्तो लगाएको थियो । रअका पूर्वअधिकारी आरके सिंह बिराटनगरको जेनियल होटलमा केही दिन बसेका थिए । http://www.onlinekhabar.com/20...
metta · Sep 1, 2015 8:26 PM
पाँचवटा बच्चा जन्माउने हिन्दु दम्पतिले २ लाख पाउने २०७२ भदौ १६ गते हिन्दुवादी संगठन शिवसेनाले हिन्दु धर्मावलम्बीको संख्या बढाउनका लागि अनौठो र विवादित अफर घोषणा गरेको छ । यो भारतको खबर हो । भारतको कट्टर हिन्दुवादी संगठन शिवसेनाको आगरा इकाइले पाँचवटा बच्चा जन्माएका परिवारलाई २ लाख भारु पुरस्कार दिने घोषणा गरेको हो । शिवसेनाका स्थानीय नेताका अनुसार हालैको जनगणनाले हिन्दुहरुको जनसंख्यामा गिरावट आएको देखाएकाले सोही चिन्ताका कारण धेरै बच्चा जन्माउने हिँदु परिवारलाई पुरस्कार दिने प्रणाली उनको संगठनले सुरु गरेको हो । उनका अनुसार सन् २०१० देखि २०१५ को बीचमा जुन हिन्दु दम्पतीले ५ वटा बच्चा जन्माएका छन् उनीहरुलाई २ लाख भारु इनाम दिइनेछ । पाँचवटा बच्चा जन्माएका अभिभावकहरुले नगरपालिकाले जारी गरेको आफ्ना सन्तानको प्रमाणपत्र पेश गर्नुपर्नेछ । साथै शिवसेनाले मुस्लिमको जनसंख्या वृद्धिदर निकै उच्च रहेको प्रति चिन्ता व्यक्त गर्दै हिन्दु र मुस्लिम सबैलाई समान नागरिक संहिता लागू गर्न माग गरेको छ । यदि यसो गरिएमा मुस्लिमलाई पनि बहु विवाह गर्नमा रोक लाग्ने र त्यसबाट मुस्लिमको जनसंख्या वृद्धिदरमा केही कमी आउने आँकलन शिव सेनाको छ । http://www.onlinekhabar.com/20...
metta · Sep 3, 2015 6:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion