पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा काठमाण्डु, ७ जेठ– पूर्वमन्त्री एवं तमलोपा नेपाल वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा गरेकी छन् । सोमबार साँघु साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा उनले विवाह गरेर गुप्ताको घरमा भित्रिएदेखि नै आफूले दाइजो नल्याएको आरोपमा यातना सहँदै आएको उल्लेख गरेकी छन् ।   आफूले सामाजको प्रतिष्ठित व्यक्तिले अरुलाई समेत दाइजो नलिन आग्रह गर्नुपर्नेमा दाइजोका लागि आफूमाथि नराम्रो व्यवहार नगर्न आग्रह गरेको तर, गुप्ताले ज्यादती गर्न नछाडेको आरोप संगीताको छ । संगीताले गुप्ताले दाइजोमा स्कोरपियो गाडी मागेको बताएकी छन् ।   ‘विहे गरेर आए लगत्तैदेखि दाइजको निहँुमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए’, संगीताले भनेकी छन्, ‘देशको कानूनमन्त्री भइसकेको मान्छे, यस्तो नगर्नूस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपनेृमा तपाईं आफै ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उनले ममाथि धेरै ज्यादति गरे ।’     संगीताले आफूलाई गुप्ताले अप्राकृतिक मैथुन गर्नमसेत बाध्य पारेको आरोप लगाएकी छन् । आफू पटकपटक बलात्कारमा परेको उनको भनाइ छ । त्यस यसक्रममा दुई पटक गर्भपतन समेत भएको तर परिवार बिग्रन नदिने आफूले यातना भोगेर पनि धेरै प्रयास गरेको बताएकी छन् ।   गुप्ताले सम्बन्ध ज्यान मार्ने धम्की दिएर विच्छेदका लागि दबाब दिएको आरोप पनि उनको छ । धम्की दिएर आफूलाई चार महिनाअघि घर निकाला गरेकाले माइतीको शरणमा लुक्दै हिंडेको उनको भनाइ छ । ‘छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने ।’  गुप्ता र उनका परिवारका सदस्यले अरु मान्छे प्रयोग गरेर बलात्कार प्रयाससमेत गराउन खोजेको आरोप संगीताले लगाएकी छन् । ‘म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमानबाहेक अरुसँग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार प्रयास समेत गरेका छन्’, संगीताले भनेकी छन् ।  उनले प्रहरीले उजुरी नै दर्ता गर्न नमानेको र महिला आयोगले दुईपटक छलफलका लागि बोलाउँदासमेत गुप्ता नआएको बताइन् । भारत माइती भएकी उनले आफ्नो कानूनी लडाइँमा सम्पूर्ण नेपालीको साथ पाउने विश्वास लिएकी छन् । http://kathmandutoday.com/2015...

metta · Jun 24, 2015 5:47 AM · 2,583 views

1 Reply

मेरा पतिले मलाई नोकरसँग सुत्न दबाब दिए – संगीता गुप्ता , तमलोपा नेता बृजेश गुप्ताकी पत्नी June 28th, 2015  अन्तरबार्ता 1 (असार ३ गते रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्न आउँदा संगीता गुप्ता निकै डराएको र हडबडाएको मुद्रामा थिइन् । उनी घरिघरि ढोका बाहिर हेर्थिन् । नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न नसक्ने संगीताले हिन्दीमै आफूमाथिको अन्याय अत्याचारका श्रृंखला सुनाइन् । पूर्व कानून मन्त्री एवं वर्तमान संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाईजो नल्याएको भन्दै आफूमाथि निरन्तर हिंसा र यातना दिएको संगीताको भनाइ थियो । संगीतासँग  निकै लामो कुराकानी गर्ने क्रममा उनले धेरै खुलासा पनि गरिन् । जुन कुरा कतिपय उनी अहिले नै बाहिर नजाउन् भन्ने चाहन्छिन् । उनलाई अहिले ज्यानको ठूलो डर छ । तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव समेत रहेका संसदीय दलका उपनेता गुप्ताले संगीतालाई मार्न व्यवसायिक किलरहरूलाई प्रयोग गरेको उनको भनाइ छ । भने अनुसारको दाइजो नल्याएकै निहुँमा संगीताले यसबीचमा गुप्ताको घरमा धेरै प्रकारका यातना भोगिन् । उनलाई नोकर लगाएर बलात्कार गराउने प्रयास समेत भयो । भारत माइती भएकी संगीताले केही उपाय नलागेपछि मात्र पत्रकार गुहार्नृुपरेको बताइन् । यसबीचमा उनले प्रहरी, प्रशासन र महिला आयोगमा पनि उजुरी दिइन् । तर, कतैबाट पनि उनले न्याय पाइनन् । प्रस्तुत छ, तिनै संगीतासंग गरिएको कुराकानीका सम्पादित अंश–सम्पादक) ० आफ्नै पति विरुद्ध किन सार्वजनिक रुपमै उत्रिनु भएको हो ? –वास्तवमा मैले धेरै वर्षसम्म अन्याय, अत्याचार र यातना सहेँ । उहाँको (पति बृजेश गुप्ता)को सामाजिक र राजनीतिक प्रतिष्ठामा कुनै आँच नआओस् भनेरै मैले चुपचाप अन्याय सहें । तर, जति अन्याय सहँदै गएँ उतिनै ममाथिको यातना, दुव्र्यवहार र अन्याय बढ्दै गयो । मिलेर बस्नका लागि धेरै प्रयास पनि गरें । कानूनी कारवाहीका लागि प्रहरी प्रशासनमा निवेदन पनि दिएँ । तर, उहाँले आफ्नो पद र शक्तिको पहँुच प्रयोग गर्दै मलाई कतै पनि न्याय पाउने अवस्था दिनु भएन । मेरो उजुरी समेत दर्ता भएन । कहीँबाट केही उपाय नलागेपछि बाध्य भएर मैले पत्रकार गुहार्नु परेको हो । ० महिला हिंसा सम्बन्धी उजुरी त प्रहरीले जसरी पनि लिनु पर्छ नि, किन तपाईको उजुरी दर्ता भएन ? –मैले कपिलबस्तुको इलाका र जिल्ला प्रहरी सबैतिर उजुरी दिन खोजें तर दर्ता भएन । जिल्ला प्रशासन कार्यालयमा पनि मेरो कुरा सुनुवाई भएन । मेरो पीडा सुन्न सरकारका मान्छेहरू कोही तयार भएनन् । मैले तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरूलाई पनि ममाथि भएको यातनाको बारेमा सुनाएको हो, तर उहाँहरूले त उल्टै मलाई आरोप लगाउनुभयो । वास्तवमा यी मधेशवादी पार्टीहरू सामन्तहरूका पार्टी हुन् । यी पार्टीका नेताहरूका घरमा महिलामाथि घरेलु हिंसामात्र होइन चरम रुपका यौन दुव्र्यवहार पनि हुन्छन् । ० तपाईमाथि के कस्तो खालको हिंसा गरे गुप्ताले ? –विहे गरेर आए लगत्तैदेखि दाइजोको निहुँमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए । दाइजोमा स्कोर्पियो गाडी नदिएको भन्दै हिंसा गर्न थाले । यो देशको कानून मन्त्री भइसकेको मान्छे, मैले उनीसंग धेरैपटक अनुनय गरें । यस्तो नगर्नुस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपर्नेमा तपाई आफैं ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उनले ममाथि धेरै ज्यादति गरे । मलाई उनले अप्राकृतिक मैथुन गर्न पनि बाध्य पारे । एक प्रकारले भन्ने हो भने मलाई उनले पटक पटक बलात्कार पनि गरे । यसक्रममा दुई पटक गर्भपतन समेत भयो । मैले जति यातना यो बीचमा भोगें, त्यो भनेर साध्य छैन । तर, पनि मैले मेरो घर–परिवार बिग्रिन नदिन धेरै प्रयास गरें । ० तपाईहरूको विहे भएको त निकै वर्ष भइसक्यो होला, अहिलेसम्म किन चुपचाप रहनुभयो त ? –हाम्रो बीचमा विहे भएको सात वर्ष पुग्यो । मेरो माइती भारतमा हो । म नेपाली कमैमात्र बुझ्छु, बोल्न पनि गाह्रो पर्छ । मैले मेरो पीडा सुनाउने ठाउँ पनि पाइँन । घर पक्षका सबैले दाइजोका लागि मलाई नै यातना दिने, सताउने र दुव्र्यववहार गर्ने गरे । विहे लगत्तैदेखि उनीहरूले स्कोर्पियो गाडी मागेका थिए । ममाथि लगातार कुटपिट भयो । दुई पटक गर्भपतन भयो । पेटको बच्चा जोगाउन मैले धेरै प्रयास गरें तर सकिन । न्यायका लागि धेरै ठाउँमा गएँ । महिला आयोगमा समेत गएँ तर त्यहाँबाट पनि न्याय नपाएर बाध्य भएपछि पत्रकार सम्मेलनमार्फत मेरो कुरा बाहिर ल्याउनु परेको हो । ० अहिले तपाई कसरी न्यायको लडाई लड्दै हुनुहुन्छ त ? –मलाई चार महिनाअघि बृजेश गुप्ताले घरबाट निकाले । उनले छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने । मलाई धेरै डर लाग्यो । त्यसपछि मैले मेरो दाइ र भाइलाई यो कुरा सुनाएँ । उनीहरूले मलाई छोडपत्र दिन्छु भनेर माइती आऊ भने । मैले पनि मलाई मार्ने भएपछि छोडपत्र दिन्छु, तर एकपटक माइती जान्छु भनें । मलाई अब घर आउन पाउदिनस्, आइस् भने तँलाई मार्छु भनेका छन् । बाहिर बाहिरै बसिरहेकी छु । उनले मलाई मार्न मान्छे खटाएको भन्ने सुनेकी छु । ० तपाई अब कसरी अघि बढ्नुहुन्छ त ? – मेरो लागि नेपालमा न्याय पाउन निकै गाह्रो छ तर पनि यहाँका पत्रकार र धेरै मान्छेले मेरो पीडा बुझेर सहयोग गरेका छन् । मलाई त उनीहरूले मार्न खोजेका छन् । मलाई पतित बनाउनका लागि बृजेष गुप्ताले घरमा काम गर्ने नोकर लगाएर बलात्कार गराउन पनि खोजे । नोकरबाट पटक पटक दुव्र्यवहार गराएर मलाई चरित्रहीन देखाउन उनले खोजे । राति राति नोकरसंग सुत्न दबाब दिए । तर, मैले नमान्दा ममाथि कुटपिट गरे । हिन्दी फिल्ममा तपाईहरूले एउटा भिलेनले जे गरेको देख्नुहुन्छ, बृजेष गुप्ताले ममाथि त्यही गरेका छन् । अब म उनको चरित्र भण्डाफोर गर्छु र न्यायको लागि लड्छु । ० यत्रो वर्ष अन्याय सहनु भएछ तर अहिलेसम्म किन कुनै कारवाही हुन सकेन ? – मैले अघिनै भनिसकें, जानुपर्ने ठाउँ जति सबैतिर गएँ । ममाथि भएको अन्यायका बारेमा जानकारी गराएँ । महिला आयोगले एक दुई पटक उनलाई बोलाएको हो । तर, मेरा पति त्यहाँ जानै चाहेनन् । उल्टै मलाई अब त बाँच्दिनस् भनेर धम्की दिए । अहिले पनि तत्काल छोडपत्रको कागजमा सही गरेर ल्याइनस् भने गाडीले किचेर मारिदिन्छु भन्छन् । यो देशमा मलाई कसैले छुन सक्दैन भन्छन् । के यो देशमा कानूनभन्दामाथि नेता हुन्छन् ? मेरो यो प्रश्नको जवाफ अहिलेसम्म कसैले दिएको छैन । म अन्याय विरुद्ध लड्न भनेरै काठमाडौंमा आएकी छु । अब मलाई सबै नेपाली जनताले साथ दिनुहोस् भन्ने आग्रह छ । म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमान बाहेक अरुसंग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार गराउने प्रयास समेत गरेका छन् । यो कुरा अब म बाध्य भएर भण्डाफोर गर्छु र उनीहरूको सक्कली अनुहार बाहिर ल्याउछु । http://www.weeklynepal.com/?p=...

metta · Jun 30, 2015 8:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all