खिलराजका छोरासमेत भ्रष्टाचारमा June 1st, 2015 नेपाल प्रहरीमा आठ करोड अन्ठाउन्न लाख चार हजारभन्दा बढी भ्रष्टाचार नेपाल प्रहरीले दुईपटक रायट कन्ट्रोल गियर (भीड नियन्त्रण गर्दा प्रहरीले प्रयोग गर्ने सुरक्षा कवच) खरिद गर्दा कम्तीमा आठ करोड अन्ठाउन्न लाख चार हजार सात सय रुपैयाँ (८,५८,०४,७००।–) मूल्य अन्तर गरी भ्रष्टाचार गरेको पाइएको छ । नेपाल प्रहरीले आर्थिक वर्ष २०६८/०६९ मा नौ सय सतहत्तर थान रायट कन्ट्रोल गियर प्रतिथान चार सय छयासी (४८६) अमेरिकी डलरमा र ०६९/७० मा चार सय पचहत्तर (४७५) डलरमा चौध सय पैंतालीस (१४४५) थान खरिद गरेको थियो । हाल सशस्त्र प्रहरीले सोही सामान खरिद गर्नका लागि टेन्डर आह्वान गर्दा करिब एक सय पच्चीस अमेरिकी डलरमा प्रतिथान ‘इक्विपमेन्ट’ उपलब्ध गराउन कबोल भएको जानकारीमा आएको छ । यद्यपि कुख्यात माफियाका रूपमा समेत चिनिएका व्यापारी दीपक भट्टका कारण सशस्त्र प्रहरीले टेन्डरअनुरूप खरिद प्रक्रिया अघि बढाउन नपाएको बताइन्छ । सशस्त्र प्रहरीले करिब तीन हजार थान रायट कन्ट्रोल गियर खरिद गर्न करिब अढाइ महिनाअघि टेन्डर आह्वान गरेको थियो । टेन्डर खुलेपछि गृहमन्त्री वामदेव गौतम र गृहसचिव सूर्य सिलवालको विशेष साथमा दीपक भट्टले प्रतिथान चार सय पचहत्तर अमेरिकी डलरबराबरको मूल्यमा खरिद गर्ने गरी आफूलाई टेन्डर पार्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीले जसले उक्त सामग्रीको गुणस्तर राम्रो र मूल्य कम कबोल गर्छ सोही कम्पनीको नाममा टेन्डर स्वीकृत गर्ने अडान लिएपछि दीपक भट्ट टेन्डर प्रक्रियामै सहभागी नभएको बताइन्छ । भट्टले नै शक्तिकेन्द्रहरूको प्रयोग गरी टेन्डर खुलेपछि पनि खरिद प्रक्रिया सुरु गर्न रोकावट पैदा गरेको बुझिएको छ । सशस्त्रले उक्त सामग्री एक सय पच्चीस डलरमा खरिद गरेमा आफूले विगतमा नेपाल प्रहरीलाई सोही सामग्री अधिक मूल्यमा बिक्री गरेको पुष्टि हुने र त्यस्तो अवस्थामा खरिद प्रक्रियामा संलग्न प्रहरी अधिकारीसहित आफू पनि कसुरदार ठहर भई जेल जानसक्ने भएकोले भट्टले ‘सम्पूर्ण शक्ति’ प्रयोग गरी खरिद प्रक्रियामा रोक लगाएको जानकारीमा आएको छ । तर, सशस्त्र प्रहरीले माफिया व्यापारीको अड्चन पन्छाउँदै खरिद प्रक्रिया सुरु गर्न लागेको बुझिएको छ । दीपक भट्टले आर्थिक वर्ष ०६८/६९ मा उपलब्ध गराएको नौ सय सतहत्तर थान सामग्री खरिद गर्दा नेपाल प्रहरीले कम्तीमा तीन लाख बाउन्न हजार दुई सय सन्तानब्बे अमेरिकी डलर तथा वर्ष ०६९/७० मा चौध सय पैंतालीस थान खरिद गर्दा पाँच लाख पाँच हजार सात सय पचास डलर मूल्य अन्तर पारी भ्रष्टाचार गरेको देखिन आएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको र उजुरीमाथि छानबिन भइरहेको बुझिएको छ । कुल आठ लाख अन्ठाउन्न हजार सतचालीस डलरभन्दा बढी नगद अन्तर पारेर सामग्री खरिद गर्ने र त्यसरी राज्यलाई नोक्सानी पुर्याउने व्यापारी दीपक भट्टसमेतलाई अख्तियारले के–कस्तो कानुनी कारबाही गर्ने हो प्रतीक्षाको विषय बनेको छ । ज्ञातव्य छ, उल्लिखित सामग्री खरिद गर्दा गृहमन्त्रीहरू विजयकुमार गच्छदार र माधव घिमिरे थिए भने आईजीपीमा रवीन्द्रप्रताप शाह र कुवेरसिंह राना । घिमिरेको कालमा भट्टले खिलराज रेग्मीपुत्र पुरन रेग्मीलाई समेत साझेदार बनाएका थिए । लाभांश बाँड्ने क्रममा उत्पन्न विवादले उनीहरूबीच अहिले राम्रो सम्बन्ध नरहेको बताइन्छ । http://www.weeklynepal.com/?p=...
metta · Jun 1, 2015 7:25 PM · 16,492 views
Regmi haru sabai chor ghusyaha hudo raichan kya ho
divorceguy · Jun 1, 2015 8:13 PM
यो गुले** च्याखुरे बाहुन** को चाकमा** तातो रड घुसाउनु पर्ने**
DHOTI · Jun 1, 2015 11:03 PM
यो चोर को छोरि पैला धोति को गास स्टेशन मा काम गरठेयो बौ सत्ता मा पुगे पछी त साले हरु त टन्न पैसा वाला भाको छ , नेपाली छ सात करोड पर्ने घर अनि आठ नौ करोड पर्ने दोकान खोल्न पुगेको छ , एस्तो पगति देखेर बाल्टिमोर को सबैइ नेपाली हरु तिन छक परेको छन्
nepal_nepal · Jun 2, 2015 6:12 AM
Baltimore ma kahan nira ho sathi, thaha pai rakhhum na.
Highflyingeagle · Jun 2, 2015 8:57 AM
बाल्टिमोर को जो नेपाली लाई सोधोयो भने पनि बताई दिन्छ, जौ सोधअ flyingeagle mitra
nepal_nepal · Jun 2, 2015 9:29 PM
paisa kamauna ta neta hunu aprdo raicha, k taha natra paile nai netagiri garera hidthe
divorceguy · Jun 2, 2015 10:10 PM
हो मित्र हो , हामी जीन्दकि भर काम गर्दा पनि मोरगेज तिर्न गारो हुन्छ , यो साले हरु करोडौ करोडौ को घर मा मस्ती गर्दै छ , खप्पर मा त ले र आको छ
nepal_nepal · Jun 2, 2015 10:26 PM
http://www.weeklynepal.com/?p=...
nepal_nepal · Jun 3, 2015 8:11 AM
manche ko consciousness ma nai beekaas hunu jaruree cha, natra bhane kukur haru ko beech ma haddee throw gare jastai ho. Pugne gari haddee kukur haru ko beech ma throw gare pani tee kukur haru fight garihaalcha. yeuta strong (or chalakha) kukur ko side ma sabai haddee pile huncha.
ramas · Jun 3, 2015 10:33 AM
example त सैइ छ
nepal_nepal · Jun 3, 2015 9:22 PM
ma lootna sakchu yini haru lai Nepal ma ghar kaha ho, ma banduk liyera janchu, sabai paisa lutdinchua nai garib lai baddinchu
divorceguy · Jun 3, 2015 9:26 PM
यो साझा लिए नेपाल को भस्त नेता हरु को पॊल खोल्ने अदा बनौ नु पर्ला जस्तो छ , यो भस्तचारी को साका सन्तान को नाम यो साझा मा राक दे र तिनी हरु को दिन रात को निन्द्रा भंग गर्नु पर्ला जस्तो छ.
nepal_nepal · Jun 3, 2015 10:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion