डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै, सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन । रेखा ओझा डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो । डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म । मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर । उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’ ‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो। साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो । त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’ कुन ठाउँबाट ? फलानो ठाउँ । ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ । फोन नम्बर छ, तपाईहरुसँग ? ‘छ । इमेलमा छ ।’- उनले जवाफ दिए । उहाँले फोन दिनुभयो । उनले इमेल चेक गरे अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो । उताबाट ती दाईको जवाफ आयो- ‘ए आइपुग्यौ तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं । घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै। त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ । उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका ! किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि । यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका । अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ । दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’ ‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ । दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो । त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो । तर, मेरो यो खुशी त्यतिबेला दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी । अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ । म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन । त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ । यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए । हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए । अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे ! एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो । त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च । सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे ! केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए। श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी ! त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा । यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ । तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ । नेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु । किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा । कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । लेखेर साध्य छैन। त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल ! रेखा ओझा (लस एञ्जलस, क्यालिफोर्निया) http://nepalesefolkdance.blogs... Last edited: 11-May-15 02:10 PM
cybernepali · May 11, 2015 1:54 PM · 193,672 views
Bakwash blog. Kaam chhaina? Jahile pani tehi story, different heading maa dine? Indian new channel jastai bhai sakechha. Jai Nepal!!
StatusPidit · May 11, 2015 2:34 PM
Timi ma sanga poila auuna ta ,herda ramri justo chau
gone12 · May 11, 2015 2:44 PM
Yo cybernepali bhanne ko raicha.. kati ganthan ho khali amerika yesto usto bahek kei lekhna audaina raicha.. sathi khadi muluk jau na ta sarai ramro chha tueta
dhukkure · May 11, 2015 2:49 PM
Rekhaji tapaile ta arkako matra dukha dekhaunu bhayo? Afno chahi khai ta? Ki tapai bhagyamani parnu bhayo? Aafu aai halnu bho Amrika arulai na aau bhanna khojya ho ki? Haina bhane Nepal ma tapailai anytime welcome. You have options to leave this country.
mangale · May 11, 2015 4:16 PM
aaha kati ramri chitikka pareki bahuni nani, ma divorced bhayera baseko chu, aaun ama snaga ma timlai sar akhusi dinchu, every night restaurnat ma dinner garauchu, no need to cook, harek mahina vacation ma lanchu, sports car kindinchu, timlai diamonds le sajaune chu.
divorceguy · May 11, 2015 6:26 PM
swasni le chodera gayo vandai ma bottle samati halnu parcha teslai. khutta bhaye jutta kati kati. aafiale ali careful bhayera sambhalnu parcha life. keti ta ho jata sukkha aaram dhekcha utai jancha. daiba na jane estri ka charitra to ham kya jane.
divorceguy · May 11, 2015 6:33 PM
it's not only girls. I know this Brahman guy who met the is lama gal from Dallas on Facebook who was bhutani refugee and a singer, who has videos on youtube. He was so clever and strategic that he made her fall in love with him through Facebook chats. She went to Nepal and brought this guy to USA. Finally the gal found out that the guy was using her. By that time it was too late and now he is in USA with free green card. I heard the guy even used her money. She spent all her money for him. So u know it's not only girls, guys do the same too. thokna samba thkyo, use garyo ani trash banner faldyo bichari lai. Last edited: 11-May-15 06:59 PM
divorceguy · May 11, 2015 6:41 PM
Thank you for the article, Rekha ji. Interesting !
adhikari_bandhu · May 11, 2015 8:00 PM
@divorceguy लाइ खूब घत परेछ । आफ्नै कथा पढे जस्तो लाग्यो होला ।
facebook · May 11, 2015 8:31 PM
ma freedom ma biswas garne manche hoon, kina ghat parne, sabai ko aafnai afnai zindagi ho, uslai logne chodera aaru sanga janu cha bahne jancha, ma pani swasni bahek aaru sanga sex agrna ruchauchu bahne malai pani freedom cha.
divorceguy · May 11, 2015 9:19 PM
This time he did not ask for contact number. One of my friend had the same deliama. Thanks for the true story. Do not suggest to post pictures and you knew it now unless you can handle any unpleasant comments.
magorkhe1 · May 11, 2015 9:27 PM
Nakkali bahuni, afu chahi America ma bhayko keta sita budai bhayapani bihagarayra aaunay, ani aaru layee chahi na aaija bhannay? lovi bahunee
loperthapa · May 11, 2015 9:37 PM
धेरै छन् त्यस्ता बाहुनी हरु | एक छोड्यो अर्को लियो !
deltagamma · May 11, 2015 10:10 PM
धेरै छन् त्यस्ता बाहुनी हरु | एक छोड्यो अर्को लियो !
deltagamma · May 11, 2015 10:10 PM
Pathetic, all these stories are specific to those people and sadly all the people you knew were such selfish. You yourself might end up as one of those. Too much of show off.
sirak · May 13, 2015 2:36 PM
hoina swasni poila gayo bhanera kina yetro issue ho kunni? US ma Ameircan haru aaj love garcha bholi sex ani parsi break up, bihe agrcha one month mai divorce garcha. Nepali haru lai kina big deal lageko ho kunni. I blame the culture and society we are raised.
divorceguy · May 13, 2015 7:14 PM
Everytime i visit Sajha, i see many people reading this thread. Didn't know Nepali husbands are so insecure or Nepali wives are so chaalu. Katai curious bhayera ta padya hola ni ta dubai jana le.
bairaghi · Mar 12, 2016 11:40 AM
I don't think you can blame DV for these extra-marital affairs. Kasaiko budi poila jancha bhane tyo nepal mai basi basi pani jancha ni. Nepal ma baseka husband or wife unfaithful bhaka chainan? Its human nature. DV parera aaune haru le pragati gareka chan. Koi koi nalayak haru na nepal ma garna sakchan na ta world ko kunai kuna ma garna sakchan. So , I think america le diyeko yo diverisity visa lai naramro banaunu uchit kuro hoina.
mac123 · Mar 13, 2016 12:32 AM
Dv paryo bhanera khusi hunuhos..nepal ka dherai aaimai logne chadera poila gayeka chan...
mancini · Mar 13, 2016 8:11 AM
I know of this woman who worked really hard here in the States and sending money back home to her husband, helping him to setup business out there. Somehow, the husband was womanizing out there in Nepal with all money his wife sent to him. They're divorced now. Moral of the story is there ain't always women at fault, husbands are equally to be blamed. Normally it's seen that husbands are pretty quick about bringing these issues to Press if they felt they're abused whereas women just suck it up and never flash.
bittertruth · Mar 13, 2016 11:26 AM
Guys check the 2nd Facebook comment on this thread. Janak raj he claims that he is never gonna move but he himself is from NY?
Jahbless · Mar 13, 2016 11:33 AM
america ma dv pare poila jane timra srimati haru ahileni nepal ma arkai kta sanga cheekdai holi ....slut lai america ki nepal.. slut will be a slut no matter where
sole · Mar 14, 2016 8:29 AM
america ko dv pareko bhanera kanchi srimati bhitryuna safal keto haruko khabar pani leknu paryo
Burga-Flippa · Feb 13, 2024 4:10 PM
यो ग्रीनकार्ड भनेको एक दिनको मात्र हासो हो।। नेपाली हैन यो थाईहरु चै मरिहत्ते नै गर्छन है एसको लागि।
Tesla guy · Feb 14, 2024 1:40 PM
Green card is a trap
tps2gc · Feb 16, 2024 10:11 PM
Do u mean a trap like black hole ?
Tesla guy · Feb 16, 2024 11:49 PM
Once ur in this trap there ia no exit . One way
tps2gc · Feb 17, 2024 2:10 PM
DV चैनी हैन asylum बाट पाएका GC का भरमा झापाको बेलडाङ्गी भुटानी क्याम्पमा हुर्केका केटोले धनकुटा घर भएकी एक केटीलाई उडाएछन्
Khaobaadi_Netaa · Feb 19, 2024 4:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion