[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  फ्लोइड मेवेदरले म्यानी प्याकियाओलाई हराए
[VIEWED 12199 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-15 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



विजय थापा
वाशिंगटन डिसी


अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड मेवेदरले फिलिपिन्सका बिश्व प्रख्यात म्यानी प्याकियाओलाई पराजित गरेका छन् l

अमेरिकाको लस भेगासको एमजीएम ग्रान्ड गार्डनमा भएको ईतिहास कै सबै भन्दा महँगो खेल बक्सिङ्गमा मेवेदरले अंकको आधारमा म्यानी प्याकियाओलाई हराएका हुन् l

उक्त भिडन्तमा मेवेदरले दुई वटा निर्णायकबाट क्रमश ११६– ११२ अंक प्राप्त गरेका थिए भने तेश्रो निर्णायकबाट ११८–११० अंक प्राप्त गरेका थिए ।

२००९ देखि नै दुई खेलाडी बिच भिडन्त गराउन अथक प्रयास गरिएता पनि अन्तत्वगत्वा २०१५ मा ब्रम्हाण्ड कै घगडान दुई बीच भिडेका थिए l

अहिले सम्म कै ईतिहासको सबै भन्दा ठुलो राशि भएको खेलमा मेवेदरले म्यानी प्याकियाओलेलाई पराजित गर्दै डब्लुबिए वेल्टरवेट तौल समुहको प्रतिस्प्रधामा विजय हासिल गरेका छन् l

प्रतिरक्षाका उस्ताद मेवेदरले लगातार ४८ पटक बिजयी गर्दै यो शताब्दी कै सर्बोकृष्ठ मुडकीवाज बनेका छन् l

फिलिपिन्सका म्यानी प्याकियाओ २०१२ मा लगातार दुई पटक पराजित भए पनि २०१३ देखि लगातार ३ पटक बिजयी भएका थिए l तेज तथा कडा मुड्कीको प्रहार गर्न सिपालु प्याकियाओले अनुमान गरे अनुसार मेवेदर संग खेल देखाउन सकेनन l

अहिले सम्मको ईतिहासमा म्यानी प्याकियाओले फ्लोइड मेवेदर जस्ता प्रख्यात खेलाडी संग कहिले पनि भिडेका थिएनन् भने फ्लोइड मेवेदरले पनि म्यानी प्याकियाओ जस्ता उत्कृस्ट खेलाडी कहिले पनि सामना गरेका थिएनन l

विश्वका प्रख्यात पूर्व बक्सिङ्ग खेलाडीहरु महमद अलि ,जर्ज फोरम्यान ,माइक टाइसन ,होलिफिल्ड ,सुगर रे ,मिगल कोटो ,टिमोथी ब्राडली,क्रिस अल्जेरी ,अस्कर दे ला होया ले म्यानी प्याकियाओको जित्ने भबिष्य वाणी गरेका थिए l

प्रशंसकहरुको लागि आफुले खेलेको भन्दै आएका म्यानी प्याकियाओको हारले खेल प्रेमी ,उनका प्रशंसक तथा बिश्व भर दुखि भएका छन् l फ्लोइड मेवेदरले यो खेल पछि अवकास लिने मनस्थितिमा रहेका थिए भने उनको जित पछि उनका प्रशंसक ज्यादै हर्षित भएका छन् l

भिडन्त हुनु भन्दा अगाडी प्रतक्ष्य प्रसारणमा बिश्व भर गरिएको मत सर्वेक्षणमा म्यानी प्याकियाओको पक्षमा ५८ प्रतिसत र मे वेदरको पक्षमा ४२ प्रतिसत मतले जित्ने मतदानले देखाएको थियो l

ट्वीटरमा ६७ प्रतिसतले प्याकियाओले जित्ने भनि मतदान गरेका थिए भने ३२ प्रतिसतले मात्र मे वेदरले खेल जित्ने छन् भनि मतदान गरेका थिए l

पराजित भएका म्यानी प्याकियाओले नेपालमा गएको विनासकारी भूकम्पले जनधनको ठुलो क्षति भएकोमा तालिमलाई थाती राख्दै दुख व्यक्त गरेका थिए l प्याकियाओले यस दुखद घडीमा धैर्य धारण गर्न सक्ने आत्मबल नेपाली जनतालाई मिलोस भनि अनुहार किताब मार्फत लेखेका थिए l

जित हार जे भएता पनि यो खेल पुन खेलाइने भनि सम्झौता नगरिएको जनाईएको थियो l खेल समाप्त हुन साथ मे वेदरले आफुले जितेको महसुस गर्दै खुशियाली मनाउन सुरु गरेका थिए भने म्यानी प्याकियाओले आफुले जितेको होला भन्ने ठानेको बताएका थिए l

 
Posted on 05-03-15 11:11 AM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुन् यी मुजीहरु | तातो न छारो !!


 
Posted on 05-04-15 6:32 PM     [Snapshot: 431]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It is clear that you translated this from some other news source. That makes you a translator, more than a reporter. If you had watched it yourself, you'll not miss to write them talking about Nepal earthquake tragedy before they started the match.
 
Posted on 05-04-15 6:40 PM     [Snapshot: 440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@mahoday: Bitch, what's the point of your post?
 
Posted on 05-04-15 8:53 PM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bitch plzzz....arghhhhhh
that fcking game was ....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
Does he deserve Noble Peace prize??
Kamala Devi Harris chosen as Biden Running Mate
Dufferent types of people who hate Trump
Example of how media controls the sheeps
Michael Kobold's expose on Nimsdai Purja
Trump is a winner
Love trumps Hate
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supporting issues on principle instead of blind brainwashed support
Democrats cannot think for themselves
Follow and obey the news you see on TV 100%
If you are mad at Elon and DOGE..
Supreme Court Decision Crushes TPS Dreams
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
The RSP Convention
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters