माघ २१ ,डिसी विजय थापा गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सदस्यता बितरण गर्ने अन्तिम म्याद जनवरी ३१ भित्र तोकेको समय भित्र सदस्यता लिनेको संख्या करिब १२ हजार पुगेको छ l अमेरिकाको प्यासिफिक समय अनुसार राती ११:५९ सम्म सदस्यता लिनेको संख्या ११ हजार ९ सय ८८ पुगेको हो l नया सदस्यता तथा नवीकरणका लागि आवेदन दिने म्याद सकिएता पनि आवेदनको छानबिन गरे पनि सदस्यतामा त्यति ठुलो फरक नपर्ने एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले बताए l जस अनुसार विश्व रहेका गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति मध्ये अमेरिका संसारमा सबै भन्दा धेरै एनआरएन सदस्य भएको देश बन्दै किर्तिमान कायम गर्न सफल भएकोमा एन आर एन एन सी सी अमेरिकाका पदाधिकारी हर्षित भएका छन् l अहोरात्र खटिएर गत सालको भन्दा झन्डै तीन गुणा सदस्यता वृद्धि भएकोमा कार्यकारी समिति नेपाली समुदाय प्रति नतमस्तक भएका छन् अभूतपूर्व सदस्यता वृद्धि बारे पदाधिकारीहरुको भनाई यस्तो छ : एक पटकको नेपाली सधैको नेपाली भन्ने नाराले परदेशिएका नेपालीहरुलाई एक सुत्रमा बाधेको छ भन्दै परदेशमा आफ्नो पहिचानको लागि यस्तो अप्रत्याशित नतिजा हुन् पुगेको अध्यक्ष खगेन्द्र जिसीले बताएका छन् l यसै गरि एनआरएन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारी भन्छन अमेरिकामा छाता संगठनको खोजीमा भौतारी रहेका प्रवासी नेपालीले एन आर एनले नेपाल सरकार समक्ष आवाज पुर्याउन सक्ने संस्था देखेर यो मोह जागेर सदस्यतामा यति ठुलो वृद्धि भएको बताए l अभूतपूर्व सदस्यतामा वृद्धि हुनुको कारण बताउदै एन आर एन अमेरिकाका महा सचिब कृष्ण पोख्रेल भन्छन एन आर एन चाहे नेपाल भित्र होस् या नेपाल बाहिर आम नेपालीको प्रतिनिधित्व गर्ने गरिमामय संस्था हो भन्ने विश्वास बढ्दै गएकोले सदस्यता वृद्धिमा चमत्कार भएको बताए l एन आर एन अमेरिकाका संचार संयोजक कृष्ण केसी भन्छन एनआरएन अमेरिकाको संचार संयोजक भएको नाताले सदस्यता बारेमा अनवरत रुपमा प्रचार प्रसार गर्न कुनै कसर नछोडेको कारण सदस्यताले यत्रो फड्को मारेको हुन् सक्ने आफुलाई लागेको कुरा व्यक्त गरे l र ,उनले अगाडी भने मन भित्र बाट लागेकाहरुको कारणले पनि सदस्यता बढेको बताए l न्यु योर्कका संचार कर्मी तथा अध्यक्ष खगेन्द्र जिसी संग निकटतम रहेका सूर्य थापाले अमेरिकामा धेरै संघ तथा संस्था भएकोले अब माउ संस्थाको खोजि गर्दै गरेको अवस्थामा एनआरएन अमेरिकाले गत एक बर्ष देखि धेरै मेहनत गरेको कारण यति ठुलो सदस्यता प्राप्त गर्न सकेको बताए l एन आर एन सदस्यमा भएको वृद्धिले अब अमेरिकाले एनआरएन आईसीसीमा नेतृत्व लिनु पर्ने चाहना भएको बताए l कुन कुन राज्यहरुमा कति सदस्य भए त ? गत साल भन्दा यस बर्ष एन आर एन प्रति मोह र अभिरुचि अत्यधिक रुपमा बढेकोले अमेरिकाका सबै राज्यहरुबाट सदस्यता लिइएको तथांकले देखाएको छ l अमेरिकामा करिब तिन लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिन्छ l जस अनुसार सदस्यता अत्यधिक लिने राज्यहरुमा प्रथम ,न्युयोर्कबाट मात्र ३ हजार १ सय ७४ ,द्वितीय ,क्यालिफोर्नियाबाट १ हजार ७ सय ९९ सय र तृतीय टेक्सास १ हजार ४ सय ८८ सदस्य बन्ने सौभाग्य पाएका छन् l डिसी महानगर क्षेत्र अन्तर्गत ,भर्जिनिया ,म्यारिल्याण्ड तथा डिसीलाई मानिने हुदा तीनैलाई जोड्ने हो भने न्युयोर्क पछि दोश्रो करिब अठार सय भन्दा ज्यादा डिसी महानगर क्षेत्रबाट सदस्यता लिएका छन् l तीन लाख जनसंख्याको हिसाब गर्दा गत बर्ष १.९ प्रतिसत र यो बर्ष झन्डै ४ प्रतिसत नेपालीहरु एनआरएन अमेरिकाको सदस्यता लिएका छन् l अलास्का ,अमेरिकन सामोया ,ग्वामबाट १ जना मात्र एनआरएनका सदस्य बनेका छन् भने नेपाल भन्दा करिब १२ गुणा ठुलो क्षेत्रफल भएको अलास्काबाट १ जनाले मात्र गैर आवासीय नेपाली संघको सदस्यता लिएका छन् l यसै गरि १० भन्दा कम सदस्यता लिने राज्यहरु करिब १३ वटा राज्यहरु परेका छन् l हाल अमेरिकामा गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको गरिमा निक्कै उचाईमा पुग्दै गएको छ l नेपाली समुदाय यस तर्फ आकर्षित भै रहेका छन् l आगामी निर्वाचनमा अत्यधिक प्रतिस्प्रद्धा हुने अनुमान अमेरिका बासीको रहेको छ भने करिब ४ जनाले मात्र सभापतिमा सामाजिक संजाल र बिभिन्न संचार माध्यममा उम्मेदवारी दिई सकेका छन् l
mahoday · Feb 3, 2015 8:29 PM · 17,800 views
I will keep on coming back here to read the comments...should be fun....lol
Khairey · Feb 3, 2015 8:42 PM
sajhamitra · Feb 3, 2015 9:14 PM
एक पटकको नेपाली सधैको नेपाली भन्ने नाराले परदेशिएका नेपालीहरुलाई एक सुत्रमा बाधेको छ How many of them are Bhutani Nepali? Why sajha people hate Bhutani Nepali?
magorkhe1 · Feb 4, 2015 3:25 PM
Gorkhe bro,who hate them, do you ? Now its called sparking of fire, I didn't know there are haters for our Nepali people .Whoever says they are Nepali, then they are Nepali, they don't need to show some I'd or has to live there and follow certain norms, just yo maan ta mero Nepali ho, But f... this NRN, I don't give a damn about this organization
aalukojhol · Feb 4, 2015 4:58 PM
No need to be proud of numbers. Try to help the community, country you are staying and working as well as your origin country, How success is NRN can be measured by its impact on people life, community and country as whole, not just number. Nepalese are good at making clubs and pulling each other legs rather than helping each others. Action speak louder than ....
wizit · Jul 27, 2015 10:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion