अमेरिकामा नेपालीको जीवनशैली पार्वती पन्त अमेरिका बिश्वको सक्ति सम्पन्न राष्ट्रहरु मध्ये एक हो। हरेक मानिसहरुको स्वप्नलोक मानिन्छ अमेरिकालाई। बिदेसमा बस्ने नेपालीहरु जहाँ भए पनि सम्भवत: सबै नेपालीहरुको मन नेपालतिर नै आकर्षित हुन्छ। आफ्नै देशको डाँडाकाँडा, पाखापखेरा अनि संस्कार र सँस्कृतिमा नै लालायित हुन्छ। हामी अमेरिकामा बस्ने नेपालीहरुका लागि पनि यो कुरा अपवाद हुन सक्दैन। सबैलाई मातृभूमि प्राण झैँ प्यारो लाग्छ। आज हामी नेपालीहरु अनेकौ कारणबाट बिदेसिएका छौ। शरीर बिदेसमा भए पनि मन त नेपालमा नै छ। एउटा नेपालीको मन रुदा अर्को नेपाली पक्कै पनि हाँसिरहेको हुँदैन। सबैलाई आपत बिपत पर्दा सहयोग गरिरँहु जस्तो भाबना जागृत हुन्छ। अमेरिकी जीवन घडीको सुईसँगै दौडने जीवन हो। स्रोतको प्रचुरता र अनेकौ भौतिक विकासले गर्दा विश्वको शक्तिशाली देशहरुमा अमेरिका पर्छ। भूगोलको हिसाबले विश्वको चौथो मुलुकमा पर्दछ अमेरिका। बिबिध भौतिक सुख सुबिधाले सम्पन्न भए पनि यहाँ साधारण जीवन सैलीमा बाँच्नको लागि हप्तामा छ दिन काम गर्नुपर्छ। काम नगरी कोही टिक्न सक्दैनन। उमेर बुढो भए पनि काम गरिरहनुपर्छ। बिदेसिएका नेपालीहरुको जीवन शैली हेर्दा जो कोही पनि धुरुधुरु रुन बेर लाउँदैनन्। उनीहरुले कति धेरै दु:ख गरेका छन् त्यो शब्दमा प्रस्तुत गर्न गाह्रो पर्छ। यसको मतलब यो होइन कि नेपालमा बस्नेले दु ;ख गरेका छैनन्। बिहान कुखुराको डाकोमा उठेर बेलुका अबेला घर फर्कन्छन्। बिदेसिने नेपालीको खासै जीवन छैन भन्दा अत्युक्ति नहोला। दिनभरी कामले लखतरान परेका हुन्छन्। कोही फुर्सदिला देखिदैनन्। बिदेसमा पहिलो प्राथमिकता परिवारभन्दा काम हुन्छ। एक्लो मानिसलाई त गाह्रो हुन्छ भने झन् परिबारलाई त भनि साध्य छैन। भाडा नै महँगो पर्दछ। बिदेसी जीवनमा अनेक किसिमका जटिलताहरु छन्।बच्चाहरु पाचँ वर्ष नपुगि स्कुल पठाउन नपाईने, डे केयर महँगो पर्ने, तेह्र वर्षसम्म बालबच्चालाई एक्लै घरमा छोड्न नपाउने, महिनै पिच्छे डाक्टरकोमा बच्चाको जाँच जस्ता अनेक कारणले पनि एक जनाले त बच्चा सँगै अनिबार्य बस्नुपर्छ। एकजनाको कमाईमा बिदेशमा जीवन यापन गर्न कति कठिन हुन्छ जो कोहिले पनि सहजै अनुमान लगाउन सक्छन्। घरमा एउटा बिरामी हुदाँ अर्कोले थाँहा नपाउँदै सन्चो भैसकेको हुन्छ। थाहा पाएर पनि के गर्नु काममा जानुपर्ने स्थिति हुन्छ। बालबच्चा,घर परिवार समाल्न पनि बिरामी जसरीनी उठ्नैपर्छ। बिरामीको सेवा गरेर बस्यो भने उता साहुले कामबाट निकालिदिन्छ। अनि मामको समस्या पर्छ। काम नगरी बिदेसमा बाच्न सकिन्छ भन्नु त मूर्खतापूर्ण कुरा हो। हप्तामा एकदिन बिदा हुन्छ भन्नु मात्रै हो। घरको सरसफाई, लनरी, ग्रोसरी गर्दैमा साँझ परिसकेको हुन्छ। अझ बच्चाहरुलाई समय दिन कठिन पर्छ। नेपाली बच्चाहरुले मातृभाषा नै बिर्सेर जात्रा हुन्छ। किन भने अभिभावकले बच्चालाई चाहिने जति समय दिन सकिरहेका हुँदैनन्। बच्चाले आफनो अभिभावकलाई चाहेर पनि कहिले काही भेट्न पाईरहेको हुँदैन। ठूलाठूला भएर नेपालबाट अमेरिका आएका कतिपय भाइबहिनीहरुले पनि आफ्नो परम्परा, रितीरिबाज, सँस्कार र सँस्कृतिलाई जानी जानी बुझ पचाएको देखिन्छ। नेपाली बोलेपछि त सानो भैंइन्छ जस्तो सोच्दा त म अचम्ममा पर्छु। हामी भने बच्चालाई नेपाली सिकाउनमा नै जोड दिएका हुन्छौ। नेपालका चाडपर्बहरुलाई बच्चाले सिक्न अनि जान्न खोजुन भनेर नेपालमा मानिदैआएका प्रत्येक चाड बाड बच्चाहरुकै लागि भए पनि मनाउने गर्छौ। हाम्रो नेपाली संस्कार अनि संस्कृति थोरै भने पनि सिकुन् जस्तो लाग्छ। कतिपय नेपालीहरुले नेपाली संस्कृतिलाई कुल्चेर बिदेसी सस्कृतिलाई अबलम्बन गरेको देखिन्छ। बाबु आमाले नै ति कुराहरुलाई सिकेपछि आउने सन्ततीलाई के सिकाउने जबकी आफैले नेपाली संस्कृतिलाई लात हानेका हुन्छन्।यसको मतलब बिदेसी संस्कृति नराम्रो भन्न खोजिएको पनि होइन। सबै देशको आफ्नै संस्कृति हुन्छ। कतिपय राम्रा बिदेसी संस्कृतिलाई पनि हामीले बच्चाहरुलाई सिकाउनुपर्ने हुन्छ। झन् विद्यार्थीको लागि त जटिल छ अमेरिकाको जीवन। बस्ने ,खाने ,कलेजको फि तिर्ने अनि सगसँगै आफू आऊदा लागेको ऋण तिर्ने जस्ता समस्यै समस्याले घेरिएका हुन्छन। यी बिबिध परिस्थितिले गर्दा कतिपयले त बिचैमा पढाई छोडेर काममा पेलिनुपर्ने हुन्छ। उता नेपालमा कसलाई के थाहा यहाँ हामी कसरी बाचिरहेका छौ भन्ने कुरा। नेपालबाट कति सजिलैसँग यो पठाईदेऊ ,त्यो पठाईदेऊ (आइफोन ,आईप्याड ,ल्यापटप )भन्नेको ताँती नै लाग्छ। यहाँ मानिस कसरी बाँचिरहेको छ ,कसरी सारंगी झैँ रेटिएर काममा पेलिएको छ भन्ने कुरा आफैलाई मात्र थाहा हुन्छ। आफ्नो दु ;ख पोखौ भने कसले सुन्छ र। कतिले त डलर कमाएर ठूला भयौ भन्ने बाण हान्न समेत पछि पर्दैनन। तर, यहाँको मर्म बुझिदिने कसले? धेरै राम्रा कुराहरु पनि छन् अमेरिकामा। हेरक काम सिस्टममा चलेको हुन्छ। नियम ,अनुशासन ,काम प्रतिको सम्मान, ठूला ठूला किनमेल गर्ने ठाउँ, बिजुली, पानी, जहाँ पनि बिक्ने खालको प्रमाणपत्र, स्वास्थ,रोजगार, शान्ति, हरेक प्रकारका भौतिक सुख सुविधा आदि कुराहरु अमेरिकामा छ। यहाँ कामलाई ठूलो सानो भनेर बिभाजन गरिँदैन।जुनसुकै कामलाई पनि सम्मान जनक रुपले हेरिन्छ। नेपालमा जस्तो काम गरेपछि तलब लिन महिनै पर्खेर बस्नुपर्दैन। प्रत्येक सात सात दिनमा काम गरेको रकम बुझ्न पाईनेछ। यी बिबिध कुराहरुले गर्दा सुन्दर पनि छ अमेरिका।तर, सँगसँगै सामाजिक जीवन छैन भने पनि हुन्छ। जुनसुकै बादलमा पनि चाँदीको घेरा भए झैँ हरेक चिजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ। घुमफिर ,हाँसखेल ,ख्यालठट्टा ,जस्ता नेपालमा पाईने बिशेषता यहाँ पाउन मुस्किल पर्छ। विसंगति र विकृति,राजनीतिक स्थिरता,कानुन, मानव अधिकारको सम्मान,सम्बृद्धि र सुशासन आदि जस्ता कुराहरुमा सरकारको ध्यान पुगेमा हाम्रो देशले पनि अबस्य फड्को मार्ने थियो की? बिदेसमा दिनरात नभनी बगेको रगत ,पसिना र श्रमको मुल्य नेपालमा अबस्य पाईने थियो की? यी सम्पूर्ण स्रोत हाम्रै देशमा उपलब्ध हुन सके बिदेसिएका नेपालीहरु नेपाल फर्किएर आफनो जीविका चलाएर सुखमय तरिकाले सामाजिक जीवन यापन गर्थे कि? प्रकाशित मिति: बुधबार, पौष १६, २०७१ ०८:२५:४६ http://setopati.com/blog/22128...
cybernepali · Jan 7, 2015 8:36 AM · 20,979 views
पार्वतीलाइ America मा भिज्न आएन जस्तो छ| अलिकति पढेको लेखेको म जस्तै फरर्र अंग्रेजी बोल्न सक्ने, २-४ पैसा खर्च गर्न नडराउने को लागि अमेरिका धेरै बेस छ नि | नाच्न नजान्ने आगन तेधो |
hakim_saab · Jan 7, 2015 9:37 AM
America is like an Elephant and we are like those seven blind people who have their own perspective on what is elephant . It is nearly impossible for us to the whole elephant, even if we see it , its difficult to explain it. As one of the blind people, I saw America as a student, dv winner,gas station worker,motel worker,cab driver,gas station owner-looser,ware house worker, IT consultant, lover,hater,writer,reader,sajha poster etc etc and still I haven't seen half of that elephant :-)
aalukojhol · Jan 7, 2015 10:15 AM
Parbati ji ko yo kura chahi malai chitta bujhena ->" घुमफिर ,हाँसखेल ,ख्यालठट्टा ,जस्ता नेपालमा पाईने बिशेषता यहाँ पाउन मुस्किल पर्छ | ".....ghanta pani muskil pardaina...hola aafno samasya bhayera din raat kaam garnu parne badhyata cha bhane ta kaha ko gumna paunu...tara paisa cha time cha bhane gumne thau haru tanna chan....gumne chahana pani hunu paryo ni...din bhar tehi laptop chyapo; facebook ma jhundiyo; youtube heryo - ani kaha ko gumfir garna muskil nahunu....maile dherai [Disallowed String for - replaced word] nepali haru dekheko ra bheteko chu katai jauu yeso outing bhanyo bhane aajha kaam cha bhanchan ani uhi laptop chyapyo ani khat ma paltiyo.... Last edited: 07-Jan-15 12:54 PM
cool_like_a_bird · Jan 7, 2015 12:54 PM
Exactly "cool like bird" लौ हेर्नुस् साथी हरु पार्वती जी ले कत्तिको मस्ती गर्नुस् भयको छ, उनै को फकेबूक page https://www.facebook.com/parba... यि सब बकुब्फुसे गफ हुन
blue_moon · Jan 7, 2015 1:48 PM
अमेरिका मा को, किन आयको छ भन्नेमा भर पर्छ, जिबैसैली कस्तो हुन्छा भन्ने
blue_moon · Jan 7, 2015 1:51 PM
वहाँ हरु DV वाला पर्नु भाको रैछ त एस्तो लेख्नु भाको. US graduates हरुको बारे मा त वहाँहरु अनविज्ञ हुनुहुदो रैछ. के गर्नु बिचरIहरु America मा पढ्न पाउनु भएन. अनि यहाँ को Professional life को बारे के थाहा? Last edited: 10-Jan-15 07:09 AM
NepaliBudho · Jan 7, 2015 2:20 PM
harek hapta pay aucha re, company ma kaam agre po taha hunthyo, monthly aauthyo ki weekly, ghuman fursad hunna re, fursda milayera kahrcha garne aat bhaye katti thau ghumna sakincha, paisa kahrcha huncha vanera apt bhitra lukera basne hola, ani dijju le baru yeso weight gahtauna tira lagne ho ki
divorceguy · Jan 7, 2015 7:15 PM
पार्वती जी .....सस्तो कुखुरा को मासु र भात खाएर गाला त पुक्क पुक्क पार्नु भाको रिचा नि? अनुवार हेर्द त तेस्तो दुख परेको जस्तो देखिन्न हजुरलाई |
SAP Dude · Jan 8, 2015 2:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion