बंगलादेशमा झन्डा नबोकेको भए नेपालको हुने थिइँन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बंगलादेशमा झन्डा नबोकेको भए नेपालको हुने थिइँन : शक्ति गौचन डिभिजन टूमा तलमाथि भए वन डे बाट सन्यास लिनसक्छु ३ पुस, काठमाडौं । नामिबियामा हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूसँग नेपाली क्रिकेटको धेरै सपना जोडिएका छन् । ती सपनामा ३२ वर्षे क्रिकेटर शक्ति गौचनका सपना पनि छन् । शक्ति भन्छन्– ‘सफलताले मेरो निरन्तरतालाई जोड दिन्छ । केही तलमाथि भयो भने म डेभलोपमेन्टतिर लाग्दा राम्रो हुन्छ र वनडेबाट रिटायरमेन्ट हुन सक्छ ।’ २० वर्षे क्रिकेट करियरबारे शक्ति गौचनसँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले गरेको कुराकानी । क्रिकेट करियर सुरु गरेको दुई दशक भएछ । क्रिकेट खेल्न सुरु गर्दाको क्षण याद छ ? –किन नहुनु । पहिलोपटक म ड्याडीसँग ब्याट किन्न गएको थिएँ । त्यसअघि आमाले कपडा पिट्न प्रयोग गर्ने डन्डाले खेल्थेँ । जहिले पनि ममीले धुन खोज्दा छोराले ब्याट बनाएको हुन्थ्यो । एउटा मुंग्रो बडा मुस्किलले बनाएको छु, त्यो पनि तैँले ब्याट बनाइस् भनेर मलाई पिट्न आउनुहुन्थ्यो । म जुन ठाउँमा बस्थेँ, त्यहाँ ६/७ वटा नेपाली परिवार थिए । त्यहाँ ८/९ जना बच्चा थिए, म तीमध्ये सबैभन्दा जुनियर थिएँ । हाम्रो कुनै पनि बेला फुटबल र क्रिकेट बन्थ्यो । क्रिकेट करियरचाहिँ भारतमै सुरु गर्नुभयो होइन ? – हो । म इण्डियामा जन्मिएको हुँ । बुबा इण्डियन आर्मी भएकाले मेरो बाल्यकाल त्यही बित्यो । १९९९ सम्म म भारतमा रहेँ । मैले पाँच वर्ष क्रिकेट खेलेँ । कुन लेभलसम्म खेल्नुभो ? – मैले मुम्बईबाट अण्डर १५ राष्ट्रिय लेभलबाट खेलेँ । यदि मैले बंगलादेशमा नेपालको झण्डा नबोकेको भए, राष्ट्रिय गान नगाएको भए सायद म अहिले  नेपालमा हुने थिइँन । भगवानले तँ नेपाली हो, नेपालका लागि गर्नुपर्छ । तेरो ठाउँ त्यही हो भनेजस्तो लाग्छ त्यसैले होला भारतीय सञ्चार माध्यमले बेला–बेला भारतका शक्ति गौचनले यस्तो गर्‍यो भन्ने गरेको ? – हा हा हा … । त्यो कस्तो भने इण्डियाको मिडिया हो । मेरो मात्र होइन, सोमपालको पनि त्यस्तै कुरा गरेको छ । हामीले भारतमा सिकेको हो । तर, सिक्दैमा नराम्रो हुँदैन जस्तो लाग्छ । पढाइ कहाँसम्म पुर्‍याउनुभयो ? - पढाइ भारतमा सकाएको । १२ पास गरेँ । त्यसपछि ? – क्रिकेटका कारण मैले चारपटक फाइनल परीक्षा छोड्नुपर्‍यो । कहिले एण्डर १९ वल्र्डकप पर्‍यो, कहिले एसीसी ट्रफी पर्‍यो । चार वर्ष कटेपछि आँट आएन । होप नै छोडेँ । अहिले मैले अझै पढ्नुपर्ने थियो भन्ने लाग्छ ? –अवियस्ली । कहिले कुरा गर्दा १२ पासभन्दा अलिकति अड फिल हुन्छ । एटलिस्ट ब्याचलर क्लियर गरेको भए प्राउडजस्तो हुन्थ्यो । तैपनि जानीजानी छाडेको होइन । क्रिकेटका लागि छाडेको हो । केही पाउन केही गुमाउनुपर्छ भनेर चित्त बुझाउँछु । सुरुवाती चरणमा क्रिकेटका लागि कत्तिको संघर्ष गर्नुपर्‍यो ? –ममी ड्याडीले त पढेर नै ठूलो पोष्टमा पुगोस् भन्नुहुन्थ्यो । तर, म कहिले फुटबल खेल्ने, कहिले बास्केटबल खेल्ने गर्दागर्दै क्रिकेटमा आएर अडिएँ । मेरी सानी दिदी हुनुहुन्छ । उहाँले मैले क्रिकेट खेलेको हेर्नुभएको थियो । मैले म क्रिकेट प्लेयर बन्न चाहन्छु भनेको थिएँ । गोरखपुरमा खेल्दा राम्रो एक्पोजर पाउने थिइँन होला । मेरा साथी ज्वाला सिंह भन्ने मुम्बईमा बस्थ्यो, उससँग म मुम्बई जान खोजेँ । मैले दिदीलाई यदि मलाई राम्रो प्लेयर बनेको देख्न चाहनुहुन्छ भनेर मुम्बई जानुपर्छ भनेर उहाँको सहयोगमा नै गएँ । मुम्बईमा १९९६ देखि १९९९ सम्म क्रिकेटको धेरै कुरा सिकेँ । नेपालभन्दा भारतमा नै क्रिकेट राम्रो छ । राष्ट्रिय लेभल नजिक पुगेर फेरि किन नेपाल आउनुभयो ? –संजोग भनौं कि भगवानले नेपालमा तेरो खाँचो छ, नेपालमै जानुपर्छ भनेर जस्तो लाग्छ । मुम्बईमा मैले राम्रै खेलेको थिएँ । अण्डर १६ खेल्दा खेल्दै १९ खेल्ने सायद म पहिलो प्लेयर होला । मेरो त्यसबेला लेभल हाई भइसकेको थियो । रणजी ट्रफीमा मुम्बईको तेस्रो नम्बरको र्‍याङ्किङमा लेफ्टहाण्ड स्पिनरमा आइसकेको थिएँ । त्यही अण्डर १९ खेल्दा कट एण्ड बोल्ड गर्दा मेरो औंला जमीनमा घिस्रियो र चोट लाग्यो । मैले डेढ वर्षसम्म संघर्ष गरेँ । तर, रिकभरी भएन । त्यसैबेला यहाँ ममीको स्टोनको अपरेशन हुन लागेको थियो । छुट्टी नमिलेर आउन सक्नुभएन । दिदीहरुको बिहे भइसकेको थियो । ममीलाई कसले हेर्ने त ? छिमेकी साथीभाइले त एक दुई दिन हर्ने हो । अपरेशनका बेला जुन टेककेयर चाहिने हो त्यो हुँदैन । म खाली नै थिएँ, त्यो भएर म आएँ । अपरेशनपछि डाक्टरले ६ महिना बेड रेष्ट गर्न भन्नुभयो र म यहीँ बसें । नेपाली टीमसम्म कसरी पुग्नुभयो त ? – सन् २००० को कुरा हो । यू–१७ बंगलादेश टूरका लागि जिल्लास्तरीय छनोट भइरहेको थियो । खुकुरी क्लबको जंगली गुरुले उहाँले तिमी के गर्छौ भन्नुभयो । मैले बलिङमा समस्या छ तर, ब्याटिङ गर्नसक्छु भनेँ । उहाँले मलाई बोलाउनुभयो । राम्रो भयो र जिल्लास्तरीयमा म्यान अफ दि म्याच भएपछि क्याप्टेन बनाइदियो । क्षेत्रीयमा पनि त्यस्तै भयो ।  काठमाडौंमा पनि म्यान अफ दि म्याच भएपछि नेपाल टीमकै कप्तान पो भएँ । त्यही नै टर्निङ प्वाइन्ट भयो मेरो करियरमा । कप्तान भएर बंगलादेश टुरमा जाँदा र मार्चपास गर्दा मैले नेपालको झण्डा बोकेँ र राष्ट्रिय गान गाएँ । त्यसले एउटा फिलिङ आयो । त्यसबेला माइण्डमा क्लिक गर्‍यो कि म नेपाली हुँ र मैले नेपालका लागि खेल्नुपर्छ । अहिले सम्झँदा त्यो क्षण कस्तो लाग्छ ? – त्यो टर्निङ थियो । यदि मैले बंगलादेशमा नेपालको झण्डा नबोकेको भए, राष्ट्रिय गान नगाएको भए सायद म अहिले  नेपालमा हुने थिइँन । भगवानले तँ नेपाली हो, नेपालका लागि गर्नुपर्छ । तेरो ठाउँ त्यही हो भनेजस्तो लाग्छ । अहिले यो सबै सम्झिएर हेर्दा मैले नेपाली भएर खेल्दा जति गर्व गर्छु, इण्डियाका लागि खेल्दा पनि त्यही गर्व हुँदैनथ्यो होला जस्तो लाग्छ । क्रिकेट खेलेर गरेको पहिलो कमाइ याद छ ? – भारतको छुट्टै छ । नेपालमा हकमा बंगलादेश टुरमा मैले ८ डलर पाएको थिएँ । हा हा हा … के गर्नु भो ? – त्यो मैले एक डलर अहिले मैले राखेको छु । सुरक्षित ठाउँमा राखेको छु । अहिले त धेरै कमाउनुभयो होइन ? – हुन त हाम्रो पारिवारिक पृष्ठभूमि बलियो नै थियो । तैपनि व्यक्तिगत रुपमा धेरै सपोर्ट भएको छ । सन् २००९ सम्म मैले क्रिकेटबाट पाएको ६/७ लाख र ममीले दिएको २/३ लाख थपेर आउटडोर एकेडेमी बनाएँ । भैरहवाको मैदानमा कहिले मेला लाग्ने, कहिले के भएर मुख्य सिजनमै ३/४ महिना खेल्न नपाउने भएपछि लगानी गरेँ ।  त्यसपछि ए शक्ति भाइ, भोलिबाट त मेला छ, कन्सर्ट छ भनेर कसैले भन्नुपरेन । गएको ३/४ वर्षमा झण्डै ३५/४० लाख पाएँ । यसले इन्डरको योजना आएको छ । क्रिकेट करियरको ऐतिहासिक क्षण ? – हिस्टोरिकल क्षणहरु थुप्रै छन् । तर, २००२ मा पाकिस्तानलाई न्युजिल्याण्डमा बिट गरेको क्षण वन अफ दि वेष्ट मोमेन्ट । जुनियर टीममा बिग टेष्ट प्लेइङ नेशनलाई हरायौं । त्यसबेलाका उमर गुल, सलमान बट थिएँ, त्यो ब्याचका ५/६ जना टेष्ट टिममा आए । मलाई लाग्छ, मेरो मात्र होइन, त्यो ब्याचको सबै प्लेयरको यो बेष्ट मोमेन्ट जस्तो लाग्छ । बिर्सन लायक क्षण ? – म जुन दिन टीम बाहिर भएँ, त्यो नै हो । जुन दिन ड्रप गरियो, मलाई ग्वाङझाओ एसियन गेम र एसीसी ट्रफीमा । किन हो, थाहा भएन । तर, मैले त्यो दिनलाई क्रिकेटको मेरो ब्याक डे भनेको छु । बिहे कहिले गर्नुभयो ? – सन् २००४ मा  । १० वर्ष अस्ति कट्यो । दुईवटी छोरी छन् । मैले उनीहरुलाई भनेको छु, ड्याडीले केटाको वर्ल्डकप खेल्यो, अब तिमीहरुले केटीको वर्ल्डकप खेलेर देखाउनुपर्छ लभ कि एरेन्ज – एरेन्ज नै भन्नुपर्छ । बालबच्चा छन् होइन ? – हो । दुईवटी छोरी छन् । ठुली ७ पूरा भएर आठ लागिन् । सानी छोरी ३ वर्षकी भइन् । रहर छ छोरीहरुलाई क्रिकेटर बनाउने ? – रहरभन्दा पनि मैले बाचा नै गरेको छु । मैले उनीहरुलाई भनेको छु, ड्याडीले केटाको वर्ल्डकप खेल्यो, अब तिमीहरुले केटीको वर्ल्डकप खेलेर देखाउनुपर्छ । प्रोमिस ? भन्दा उनीहरुले प्रोमिस ड्याडी भन्छन् । मैले उनीहरुलाई अहिलेदेखि नै मोर्टिभेट गरिरहेको छु । कार्टुन हेरिरहेका बेला क्रिकेट खेलाडी बन्ने कि नबन्ने भनेपछि बन्ने भन्छन् । त्यसो भए क्रिकेट हेर्नुपर्छ भनेर कार्टुनबाट हटाएर क्रिकेट देखाउँछु । दुबै छोरीलाई क्रिकेट खेलाउन सकेँ भने मेरो जीवनको अर्को खुसीको क्षण हुनेछ । विवाहित भएपछि प्रेम प्रस्तावहरु आउँछन् होला नि ? – फ्यानहरु छन् । तर, उनीहरुले पनि बुझ्छन् । अरुलाई नबुझे पनि मलाई बुझ्छन् । हा हा हा …. । मैले हरियो झण्डा नदेखाएपछि उनीहरुलाई आँट नै आउँदैन । झुट कत्तिको बोल्नुहुन्छ ? – अरुलाई दुःख दिन हर्ट गर्न झुट बोलेको छैन । तर, झुट बोलेर कसैलाई खुसी पार्न सकिन्छ भने त्यसबेला झुट बोल्छु । शक्तिको कमजोर पक्ष ? – छ । मेरी श्रीमतीले पनि भन्छिन् । म बाहिर हुँदा जति मेन्टेन गरेर अघि बढ्छु, घरमा गयो भने क्रिकेटबाहेक सबैथोक परिवारमै डिपेन्डेड हुन्छु । रुममा ड्रेस चेन्ज गरेपछि सबै जताततै छोडेर हिँड्छु । मिसेसले कपडाहरु मिलाएर राखेकी हुन्छिन् । म चाहिएको निकाल्छु, सबै भाताङभुतुङ पारेर छोड्छु । यो मलाई पनि कहिलेकाँही फिल हुन्छ । कहिलेकाँही आफैंले मिलाएर उसलाई खुसी पार्ने प्रयास गर्छु । तर, पनि आउट अफ टेन, सेभेन टाइम मैले मिस्टेक गरेकै हुन्छु । जीवनमा कत्तिको रुनुहुन्छ ? – क्रिकेटमा धेरै पटक रोएको छु । टीमबाट बाहिर हुँदा सबैभन्दा नराम्रोसँग त्यही दिन रोएँ । टीममा धेरैजनाको निक नेम छ, तपाईलाई श्याकी भन्छन् । यसको कुनै विशेष मिनिङ छ कि ? – शक्तिलाई स्याकी भनेको हो । बसन्तले कहिले काँही ड्याकु भन्छ । जहिले पनि हाँसिराख्छु त्यो भएर मलाई पहिला ड्याकु भन्थे । तर, यो मेरो पुरानो सन् २००२ सम्मका टीममेटलाई थाहा छ । हाम्रो टीममा देखेको कमजोरी के हुन् ? –कमजोर पक्ष हाम्रो टुर्नामेन्टमा शो हुन्छ । कुनै बेला हामी एक्ट्राअर्डिनरी खेल्छौं । कहिले फ्लप हुन्छ । फर्म अनुसार हुन्छ । त्यो एउटा मोमेन्टम हुन्छ, सुरुको २/३ खेल राम्रो ग¥यौं भने राम्रो हुँदै जान्छ । राम्रो भएन भने खस्किएर जान्छ । क्रिकेट बाहेक अरु केही सोच्नु भएको छ ? – मैले अन्तिमसम्म नै क्रिकेट नै सोचेको छु । के गर्दा क्रिकेटलाई सहयोग हुन

_____ · Dec 18, 2014 7:27 AM · 11,632 views

1 Reply

भगवानले शक्तिको रहर पुरा गरुन्। नेपानमा कम्सेकम् क्रिकेटको चाहिँ बिकास होस्। शक्ति ब्रोलाई धेरै धन्यवाद।

Chandra Surya · Dec 18, 2014 7:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion