सर्मिला - २

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

       अघिल्लो हप्ता बाचा गरे बमोजिम सर्मिला मोरीको भाग २ साझाबासी माझ पस्कदै छु, आशा छ पढीदिनु हुनेछ अनि प्रतिक्रिया पनि राखिदिनु हुनेछ भन्ने | यहाँ हरुको न्यानो मायाले नै गोरी मेक्सिकन बाट मोरी सर्मिलामा पुगेको छु , मायाले निरन्तरता पाए अरु धेरै अनुभब साट्ने नै छु , जदौ |                 अघिल्लो हप्ताको कोसेली छुटेको भए यहाँ छ है त , http://sajha.com/sajha/html/in...        एकदिन शान्ति विधा मन्दिर पछाडिको उकालोमा सरुको हात बिस्तारै समाते, हिंड्दा हिंड्दै | उसले पनि सुस्तरी मेरो हात झट्कारी | मैले फेरी उसको नरम औंला समातें, उसले उसैगरी झट्कारी | मेरो पालो अब दर्होसंग उसको नाडी समातें, उसले कोसिश गरि झट्कारने, तर सकिन, अनि भनि “ छ्या तिमि पनि, मान्छेले देखे के भन्छ ” | मैले नि भन्दियें “ तेही भएर त १५ मिनट कुरेको येही गल्लीको लागी ” लाजले राति भइ सरु |                                              सर्मिला - २        “ हेर न हेर, गेडेले त सर्मिलाको ..... समातेछ ” ठिक तिन घण्टा पछी चिर्पटे ( खास नाम – राम बहादुर महर्जन ) कराउदै थियो क्यान्टिनमा | भर्खरै आउदै गरेको बिने (खास नाम- बिनय गुरुङ) पनि करायो “ के हो गेड़े, भन न हौ हाम्लाई नि, कसको के समातिस ? ” मेरो भने पारो चढ्यो रिसले | अघि क्लासमा तक्लु सरको इकोनोमिक्स पढ्न मन नलागेर लास्ट बेन्चमा , म र चिर्पटे बस्याथ्यौं, बिने आकै थिएन | मन थाम्नै नसकेर सरु संगको कुरा येही चिर्पटे लाइ भन्न पुगेछु, तिल लाइ पहाड बनाइहाल्यो मोरोले | बिनेलाई पछी भनुला भनेर थमथमाएर तेहाँ बाट हिंडे | “ के समात्न सक्छ त्यो गेडेले तरुनीको ...., हामी जस्तो बोका हुनुपर्छ हो तेती आँट लेउनलाई त ” सुनिहाले बिनेको आवाज पछाडीबाट, बिने र चिर्पटेको हाँसोले क्यान्टिन थर्कियो |         गोपीकृष्ण हल, चाबेल, असारमासको गर्मि पसिना खलखल्ती | सेक्सी अमिषा पटेलको फिलिम “जमिर” चलेको बेला, सनिबार बिहान ११:५५ बजे | मरे टिकेट पाइदैन त, उता कुनामा सर्मिला आतिसकेकी थिइ, कसैले देख्छ कि भनेर | उसको आँखा र मेरो आँखा जुध्यो, आँखाले नै अनुनय गरि, “ भयो नि अब, अर्को पटक आउँला ” | मैले पनि आखाँले नै उत्तर दिएँ “ अब एकछिन मात्रै है सरु ” | मन मनै भगवानलाई घूश खुवाउने जमर्को नि गरें “पिलिज म्हेपी माता, अब अर्को एउटा टिकेट मिलाइदिनुस न, बेलुकी चुरोट तान्ने बेलामा हजुरको परिक्रमा गर्छु नि, बरु चिर्पटे र बिनेलाई पनि लिएर आउँला ” | घुसले काम गरेपछि दङ्ग पर्दै हामी दुइ पनि हलभित्र छिर्योउ टिकेट देखाएर |        अमिषा पटेलको फिलिम म सितिमिति छुटाउदिनथें | कहो न प्यार हे देखि गदर सम्म, ये हे जलवा देखि हमराज सम्म सबै भ्याको थिएँ | उसको एक्टिंग त तेस्तै हो, मलाई तिघ्रा चाहिं सार्है मन पर्थ्यो | तर आज अमिशाको फिलिम भन्दा सरुको फिलिंग नै काफी थियो | सरुको तातोतातो शरीरको इस्पर्शले मलाई अर्कै दुनियाँमा पुर्याइरहेको थियो | त्यो फिलिममा अमिषाले आफ्ना तिघ्रा देखाई कि देखाइन थाहा भएन, मैले भने आफ्नो हर्कत हदै सम्म गरें | कुनाको सिट, तेसमाथि अँधेरो, येही मौका छोपी मैले सरुलाई अंगालो बाँधे , उसले केहि भनिन | अनि अर्को हातले बिस्तारै उसको हातका औंलाहरु खेलाएँ, उसले अझै पनि केहि भनिन | मेरो झन् आँट आयो, अब भने मेरो देब्रे हात उसको देब्रे छातीतिर सलबलाउन थाल्यो, दुबैको मुटु जोडले धड्केको महसुश गरें, पसिना पसिना भएँ म अनि ओठ मुख सुक्न थाल्यो | एक्कासी बिने करायो पछाडिबाट “ के समात्न सक्छ त्यो गेडेले तरुनीको ....” तब म थरर काँपे अनि “ चिर्पटे .......ए ” भनि सरुको देब्रे छाती च्याप्पै समाउन पुगें | यता उति फर्की हेरें बिने-चिर्पटे कोहि थिएनन्, तिनीहरुको भूत मात्रै थियो मेरो दिमागमा | सरुले उसको दाहिने हातले बिस्तारै तर दह्रो संग उसलाई बाँधिरहेको मेरो देब्रे हात फुस्काईदिइ | हाप टाइममा केहि खाउँ भन्दा नि मानिन | घर फर्कने बेलामा केहि पनि बोलिन बाटोभरी | म जलिरहें पश्चातापमा, मरिरहें सरुको यादमा |        २ दिन भेटिन सरुलाई कपुरधारा चोकमा, कलेजमा पनि देखिन | उसका साथीहरुलाई नि सोधें , सन्चो नभएर नआएकी रे | सायद मेरै कारणले हो कि ठुलै बिरामी परि भन्ने भयो अनि फोन गरें उसको घरमा पहिलो पटक | पहिले घरको फोन नम्बर दिन मानेकी थिइन, अनेक बहाना गर्नु परेको थियो | “घरमा आमा कडा हुनुहुन्छ, सकेसम्म नगर है फोन” भनेकी थिइ | फोन उसैले उठाई, उसको आवाज ले सन्चै रैछे भन्ने खुट्टाएं, तर म संग अझै रिसाएकी रैछे | म भन्ने थाहा पाएपछि केहि बोलिन फेरी | कति कोसिस गरे सकिन उसको बोलि फुटाउन , मलाई नि लास्टइ रिस उठ्यो | “एउटा मौका त देउ एक्स्प्लैन गर्ने, यो शनिवार ५ बजे म्हेपी मन्दिरमा आउंछु, तिमि आए नि नआयेनी कुर्नेछु रातभरी ” एती भनि मैले नि ढ्याक्क फोन राखिदिएँ उही सारुखान इस्तायलमा   Last edited: 23-Jul-14 05:18 PM Last edited: 23-Jul-14 05:27 PM

Aamalaa · Jul 23, 2014 5:03 PM · 18,950 views

14 Replies

गेडे सोम, कथा मज्जा को रैछ| बहुत राम्रो लाग्यो| अर्को भाग कैले हो?

yotabhayananisom · Jul 24, 2014 9:46 AM

अमला मित्र , कथा मेक्षिकन बाट सर्मिला तिर बग्यो .... राम्रै गैरहेको छ .... ल अघि बढौ साथि ....

ThahaChaena · Jul 24, 2014 1:32 PM

Very nice! Flow is excellent.. I am missing behoove_me writing also..You both are great.. Auta Nepali ma ani arko English ma..Wow.. Kudos ! Please keep writing..

edipre · Jul 24, 2014 2:40 PM

सिनेमा थिएटर भित्र बिने र चर्पटेको भूमिका मिलाई जवान ठिटोले मौकामा चौका हानेको बढो मिलाएर लेखिएको छ | अर्को अन्सको प्रतिक्षामा !

magorkhe1 · Jul 25, 2014 9:05 AM

The flow of the story is very good. Don't know if this is fictional or real story of yours. Eagerly waiting for your next chapter. But I will be happy to know that Sharmila never forgave you and ended all the ties with you thereafter for the sexual assault you committed to her.

sojho manche · Jul 25, 2014 10:08 AM

राम्रो छ अमला साथी। कति सजिलो सँग सर्मिलालाइ पट्याएको। मलाई त डाहा लग्यो ब्रो।

bigT · Jul 25, 2014 4:17 PM

YoTaBhayenaNiSOm लाई मेरो हृदय देखि नै को धन्यवाद पढेर, मज्जा लिएर अनि कमेन्ट गर्नुभएकोमा | ThahaChaena मित्र लाइ पनि धेरै धन्यवाद मेरो कथाहरु पढेर कमेन्ट गरेर साहस बढाई दिनुभएकोमा | edipre साथि म पनि behoove _me जी को प्रसंसक हुं, खै आजकल कहाँ हरौनुभो , उहा संग दाजिन लायक अलि नहुला , खैर तपैले मेरो लेख मन पराउनु नै मेरो अहोभाग्य हो, मुरी मुरी धन्यवाद | magorkhe1 जी त्यो बेला नेपालमा सिनेमा घर बाहेक अरु तेस्तो स्पोट हुदैनथ्यो ;-) धन्यवाद तपाइलाई नि | sojho manche जी लामो समय पछि साझामा आफ्नो अमुल्य समय दिनुभयो त्यो पनि म जस्तो भर्खरको अनुभवकारको लागि , हृदय देखि को धन्यवाद हजुरलाई , यो साँचो कहानी हो कि झुठो कहानी त्यो मैले भन्यो भने खुल्दुली र प्रतिछ्याको मिठास नै रहेन नि , कि कसो ? यहाँ आएपछि मात्रै था भो सिनेमा हल मा तेसरी रमाइलो गर्नुलाई sexual assault भनिन्छ भनेर , खैर येदि मैले तेसो गर्दा सर्मिलाले पनि रमाइलो मानेकी रैछे भने नि ...? bigT bro लाइ पनि धन्यवाद, हजुरको पबित्रा को कहिले दर्शन पाउने हो हामीले ? हतार भैसक्यो मलाइ त ;-) सर्मिलाले sojho manche जी ले भने जस्तै मलाई इन्कार गरेर उहालाई खुसि बनौछे कि मेरो सारुखान इस्तायल ले केहि काम गर्छ , त्यो थाहा पाउन अर्को भाग को प्रतिछ्या गर्नुहोला .....

Aamalaa · Jul 25, 2014 5:46 PM

अमला ब्रो पवित्रा को दर्सन पाउन मलाई पनि हम्मे हम्मे भाको छ भन्या। समयको पाबन्दिले गर्दा लेख्ने मौका मिलेको नै छैन। तर छिट्टै नै नया भाग लिएर आउने जमर्को गर्दै छु।

bigT · Jul 25, 2014 6:08 PM

Amalaa, aba kasai ko ikchhya bina kunai pani kisim ko physical contact lai sexual assault nai bhanincha jasto lagcha. Tapai ko katha padda ta tapai eklai le matrai ramailo garnu bhaye jasto lagya thyo Sharmila le pani ramailo manya bhaye ta reciprocate garnu parne ni. Kina tes pachi upset bhayo ta? Anyway, yeslai maile katha ko roop ma padhera enjoy gare. Feri pani katha ramro cha.

sojho manche · Jul 25, 2014 9:15 PM

bigT ब्रो तेही त समय मिलाउन नै गार्हो है , अनि यो नेपालीमा युनिकोड ले अलि समय लाग्ने, मेरो अर्को भाग पनि अलि समय नै लाग्ला जस्तो छ sojho manche जी हजुरको को कुरा एकदम सहि छ , धेरै चिन्ता नगर्नुहोला सर्मिला लाइ राम्रै छ , अब अर्को भाग पस्किन अलि समय लाग्न सक्छ , आएपछि पढेर फेरी सल्लाह सुझाब दिनुहोला नि है त मित्र .....

Aamalaa · Jul 27, 2014 10:58 AM

यो सर्मिला भन्ने नाम पनि सुन्नु मुन छैन. कथा के पढ्ने

sojoketo · Jul 27, 2014 4:19 PM

sojoketo जी ले हसाउनु भयो , तपाइको सर्मिलाको कथा पनि दर्दनाक थियो जस्तो छ ;-) , मलाई नि लास्तई रिस उठेको थियो त्यो सर्मिला भन्ने नाम संग कुनै बेला ......तपाइको लागि मात्रै भए पनि कथाको टाइटल बदल्नु पर्ला ;-)

Aamalaa · Jul 28, 2014 11:32 AM

जति रीस उठे पनि मोरी सर्मिला अहिले पनि मुन पर छ . येसो कैले कै मोरी को facebook profile हेर्छु. मोरी झनै नक्कली र राम्री भाछे. यो break up भए पछी मोरिहरु झनै राम्रा किन लाग्छन?  मेरी मोरी सर्मिले ले त कैले उनको र मेरो lop नै परेको थिएन भनेर पो पारो चढेर आको थियो. mesmerizing the past, sometimes i do wonder; my relationship with sarmeela; was that just an immaculate infatuation??????????????????????????????????????????????????????? :P  Last edited: 28-Jul-14 09:13 PM

sojoketo · Jul 28, 2014 9:13 PM

sojoketo जस्तो सोझो मान्छेलाई पनि एस्तो धोका दिने सार्है निस्ठुरी पो रैछिन त सर्मिला मोरी, मन को सन्तोष को लागि infatuation नै सम्झनु होला त्यो story लाइ , हेरु मेरी सर्मिला कस्ती भएर निस्कने हो ;-)

Aamalaa · Jul 29, 2014 1:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all