गोरी मेक्सिकन - ३

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रिय साझाबाशिहरु , आरामै हुनुहुन्छ होला, अब त फुटबल पनि सकियो क्या रे , म पनि अलिक फुर्सद मा भए , तेही हप्तामा एकदिने फुर्सद न हो , तेसैले हल्का टायम पास गरेको यो लेखेर | पहिले जस्तै अहिले पनि मेरो सानो कोसिश , पढिदिनु होला है, मिले कमेन्ट पनि , त्यो पनि नमिले ठिकै छ, पढिदिनु नै ठुलो कुरो हो यहाको बेफुर्सदिमा त :-) गोरी मेक्सिकन - ३ सधैभरी मन मुटु क्रिस्टिनामय नहुदो रहेछ | त्यो क्रिस्टिना मोरीलाई कुर्दा कुर्दै सिंगै हप्ता जान्छ , त्यो पनि महिना बिते जस्तो गरि | अनि उ आउछे स्वर्गकी परि, छुनै नसकिने गरि | राम्रो इंग्लिश बोल्न नआउने आफुलाई, अनि तेसै खेर जान्छ त्यो पाच मिनट पनि | एस्तो अप्ठेरो क्रिस्टिनाको यादले पिरोलेको बेला उही सरुलाई सम्झन्छु, यानेकि सर्मिला लाइ | सर्मिलाको मधुरो सम्झना गाढा हुँदै आउँछ अनि एक्कासी म आफ्नो अतितमा पुग्छु | सर्मिला - १ “साँची तिम्रो नाम के रे ?” म एक्कासी सोधिदिन्छु, उ झसङ्ग हुन्छे | अप्रत्यासित रुपमा आएको त्यो प्रश्नको जबाफ दिउँ कि नदिउँ गर्छे | लाज र डर मिश्रित आवाजमा मेरो प्रश्न नबुझे जसो गरि भन्छे “ हजुर ..?” अर्की नखरमौली बोल्छे छेउबाट , “ किन चाहियो तिम्लाई उसको नाम साम ?” सधै संगै देख्थे ति तिन जना, सायद एकै ग्यांग का होलान | म पनि के कम भनिदिन्छु सारुखान इस्तायल मा, “एकै क्लास पढ्नुपर्छ, कुनै बेला ठोक्कियेला , नाम थाहा नभएर सरि सिस्टर भन्न मनले त मान्दैन नि ” | ति मध्येमा तेश्रीले भन्छे “ भन्दे न त भन्दे , एस्तो हत्ते गरेसी ” | जसलाई नाम सोधेको थिए उसले ठुला ठुला आखाले मलाई पुलुक्क हेरी अनि उसकी साथीलाई भनि “ तँ आफै भन्दे ” | तेश्रीले म तिर हेरी अनि मुस्कुराएर भनि “ म अनिता , उ यो नाकको टुप्पोमा रिस भाकी चै संगीता, अनि यो लजालु जसको नाम तिमीलाई चाईएको हो , उ चाही सर्मिला ” उसले अरु २ वटीको नाम के के भनि बाल भएन, म चाही सर्मिला मात्रै जप्न लागें , अनि दङ्ग पर्दै भने “ आहा, नाम पनि तिमि जस्तै रैछ, सर्मिला आ आ आ ......” ( आ आ चाही मैले लेघ्रो तानेर जिस्काएको सम्रिला लाइ ) त्यहि नै थियो मेरो सर्मिला संग को पहिलो भेट | तिन चार दिनमा फेरी भेट भयो सर्मिला संग | म गोंगबु देखि आउदै थिए माइक्रोमा , बल्ल तल्ल सिट मिलेको थियो | गाडी कपुरधारा चोकमा रोकियो अनि मैले सर्मिला लाइ देखे | उभिन पनि नमिल्ने माइक्रोमा दोधार भएर हेरी | म भने ढोकातिर फर्की चिच्याएँ “सर्मिला ....” एकछिन त कसले बोलायो भनेर नियालेर भित्र हेरी , मैले “ आउ आउ सिट खाली छ ” भनि आफु उठिदियें | लज्जावतिको मुखबाट मधुरो आवाज आयो, “थ्याँक् यू” | अलि अगाडी एकजना आन्टी म संगै चढ्नु भएको थियो , मैले सिट पाइहालें, उहाले उभिनु पर्यो | एती लामो बाटो जानुपर्छ, बल्ल बल्ल युद्द जिते जस्तो गरि पाएको सिट किन छोड्नु भनेर छोडेको थिईन , अहिले सर्मिलालाई छोडिदिए | हुन त सर्मिला लाइ फेरी अकस्मात येसरी भेट्नु पनि त कुनै युद्द जितेको भन्दा कम त कहाँ थियो र | ति अप्ठेरो संग उभिएकी आन्टी चाही सर्मिला लाइ पुलुक्क हेरिन अनि मलाई हेरी आखा बटारिन, म चाही नदेखेको जस्तो गरें, बालै भएन नि | बाटोमा सर्मिलासंग खासै कुरा भएन , यसै त धेरै नबोल्ने मान्छे, तेस्माथी माइक्रोको कोलाहल र ठेलाठेल | त्रिचन्द्र कलेज अगाडी माइक्रो रोकियो, हामी दुबैजना ओर्लियौं | उसको मुखबाट छुट्टिने बेलामा एती मात्रै निस्कियो, “ म गएँ है ” |यहि दुइ शब्द “ थ्यांक यू ” र “ म गएँ है ” जो सर्मिलाको मुखबाट निस्किएका थिए, यी नै काफी थिए, दिन र रात दुवै बिताइदियें | बिहान दाइले “ ओइ गेड़े ऊठ, कलेज जानु पर्दैन ” भनेर लात हानेपछि बल्ल बिउझेछु | खासमा मेरो टाइटल त “गेड़े” हुनु पर्ने हो साझामा, तर “अमला” राखिदिएँ | म ५, ६ बर्षको हुँदा पैसा भयो कि चोककी बुढी आमैको अमला खानुपर्ने | एकदिन पैसा भएन तर एकदम अमला खान मन लाग्यो, अनि त बुढी आमैको अमला एक मुठी चोरेर भागें, नांग्लो पनि खसेछ, अमला सबै भुई भरि | बुढी आमै रुँदै मेरी आमालाई कुरा लाउन आइन | आमाले मलाई खुब झपार्नुभयो | “तलाईं तेस्तै अमला खान मन लागेको भए मलाई भन्न सक्दिनथिस, बिचरा मजदुरी गरि खाने बुढी आमैको चोर्न हुन्छ, तलाईं अब पाप लाग्छ, जाबो अमलाको गेडामा आमैलाई रुवाइश हैन ” | मैले पनि हिक्क हिक्क रुँदै भनेछु, “ अब देखि खान्न त्यो बुढीको गेडा सेडा ” यो सुनेर मेरी आमा खुब हास्नुभयो | छेउमा भएको मेरो दाई जो म भन्दा तिन बर्ष मात्र जेठो छ, उ पनि हाँस्यो | किन के बुझेर हाँस्यो थाहा भएन, अनि उ “गेडा गेडा” भनेर कराउन लाग्यो | आमाले “ चुप लाग् , भन्न हुँदैन ” भनेर सम्झाउदै हुनुहुन्थ्यो, तर दाइ भने अझै “ गेडा ... गेडा ” भन्दै भाग्यो | त्यो दिन देखि मलाई उसले कहिले गेडा त कहिले गेड़े भनेर बोलाउछ, अनि म पनि उसलाई कालो पेडा भन्ने गर्छु, उसको अलि कालो छाला ले गर्दा | जब उसले मलाई “गेडा” भन्छ , म उसलाई “काल्पेड़ा” भन्छु अनि उसले “गेड़े” भन्यो भने म “काल्पेड़े” भनिदिन्छु | अनि येस्तै कुरामा हामी दुइ भाइ कहिले झगडा गर्छौं त कहिले हाँसी मजाक | काल्पेडेले मलाई गेड़े उठ भनेर लात हानेपछि म पनि हतार हतार तयार भएँ, सर्मिला भेट्ने आशमा | त्यो दिन सर्मिलालाई कपुरधारा अगाडी देखिन | उसलाई भेटिन्छ कि भनेर म तेहीं ओर्लिए | समय त भैसकेको थियो, अझ भनुं चार पांच मिनेट नै ढिला भएको थियो, हिजोको समय भन्दा | उ गइसकी होलि भनेर हतार हतार पाइला चालें | लगभग “श्रेष्ठ फोटो स्टुडियो” अगाडी पुगेपछी सर्मिला जस्तै केटि पनि हतार हतार गरि हिडेकी देखे | फेरी एस्तो उमेरमा जो मान्छे पनि आफुलाई मन परेको मान्छे जस्तै देखिन्छ भन्ने सुनेको थिए, तेसैले सर्मिला होइन होला भन्ने ठाने | तेही पनि एकपटक टराइ मार्नुपर्यो भनेर गीत गाए जस्तो गरि “ सरु ......” भने उसको ठ्याक्कै पछाडी पुगेपछि | अनि त्यो केटि पनि पछाडी फर्केर हेरी, रहिछे मेरी सरु यानेकि सर्मिला | “ ए तिमि पो, मैले त को होला भन्ने ठानेको ” , आज अलि धेरै बोलि सरु | उसको अनुहारमा पनि केहि चमक देखियो, सायद मलाई नै देखेर होला, मन गदगद भयो | कुरा गर्दै कलेज गइयो, गेड़े दंङ्ग भयो | एबं रितले म अलिक छिटो कपुरधारा चोकमा आउथे अनि सरुलाई कुर्थें | माइक्रो खालि नै भएपनि म “ सिट खाली छैन जस्तो छ दुबैलाई, जाउँ बरु हिडेर ” भन्थें , उ पनि नाइँ भंदिनथि | | उ पनि अब कम लजाउने अनि अलि बोल्ने भइ, सरु यानेकि नखरेवाली | एकदिन शान्ति विधा मन्दिर पछाडिको उकालोमा सरुको हात बिस्तारै समाते, हिंड्दा हिंड्दै | उसले पनि सुस्तरी मेरो हात झट्कारी | मैले फेरी उसको नरम औंला समातें, उसले उसैगरी झट्कारी | मेरो पालो अब दर्होसंग उसको नाडी समातें, उसले कोसिश गरि झट्कारने, तर सकिन, अनि भनि “ छ्या तिमि पनि, मान्छेले देखे के भन्छ ” | मैले नि भन्दियें “ तेही भएर त १५ मिनट कुरेको येही गल्लीको लागी ” लाजले राति भइ सरु | सर्मिला -२ ( समयको अभाबले टाइप गर्न सकिन, ठ्याक्कै १ हप्तामा रिलिज हुँदै छ , कृपया नछुटाउनुहोला ., अनि नया धागो सर्मिला -२ भनेर राखू कि येसैमा माथि अपलोड गर्न मिल्छ, त्यो पनि सुझाब दिनुहोला है त ..) Read next part here: http://sajha.com/sajha/html/in...

aamalaa · Jul 16, 2014 12:49 PM · 19,601 views

12 Replies

ओहो मैले त भुसुक्कै बिर्सेछु , अरु अगाडिको भाग पढ्न छुटाउनु भएको भए यहाँ छ है | गोरी मेक्सिकन भाग १ : http://sajha.com/sajha/html/in... गोरी मेक्सिकन भाग २ : http://sajha.com/sajha/html/in...

aamalaa · Jul 16, 2014 1:00 PM

ramro chha "gede" ajai lekhnu hai

kaji sahab · Jul 16, 2014 2:03 PM

अमला ब्रो र मेरो 'पवित्रा' भन्ने कथा उस्तै लग्यो ! राम्रो छ ब्रो ! बीचमा 'गेड़े' र 'अमला' को सन्धर्भ जोडेको राम्रो लग्यो !

bigT · Jul 16, 2014 3:35 PM

यो गेड़े को लेख्ने इस्तायल त दामी रहेछ . पहिले नै पढेको थिए २ भाग आज तेस्रो भाग पनि पढे. रमाइलो लग्यो. लेख्दै जानु मित्र अनि अन्तिम को भाग चै मिलन वा पुरानमिलन को कामना. मलाई त्राजीदी मन पर्दैन क्या. :)

bhariya · Jul 16, 2014 9:06 PM

धेरै धेरै धन्यवाद साथीहरु काजी साहब , बिग T , भरिया अनि wonton लाइ , अनि बिग T जी को "पबित्रा" भन्ने कथा कहाँ पढ्न पाइएला, मेरो जस्तो कथा भने पछि झन् पढ्न मन पो लाग्यो त | Wonton जी को कहानी पनि सुनुम न रमाइलो हुञ्छनि | भरिया जी मिलन हुञ्छ कि बिछोड त्यो पनि अर्को हप्ता थाहा हुञ्छ नि , पढ़िदिनुहोला है त , अरु सबै पढ़िदिनुहुने तर कमेन्ट गर्न नपाउने मित्र, मित्रा हरुलाई पनि मेरो हृदय देखि को साधुबाद |

Aamalaa · Jul 18, 2014 10:42 AM

अमला साथि , राम्रो प्रस्तुति , हिजो पढेको थिए ... राम्रो लग्यो भन्ननि भ्याएको थिईन मैले..... सुरु सुरु को भाग चै अलिक हल्का लागेको थ्यो ...तर अहिले चै गज्जब गयो .... अब अर्को भाग नि कुरी बसेको छु .... BigT मित्र, बिपी कोइरालाको थियो एउटा 'पवित्रा' भन्ने कथा .... कहीं पुनर्जन्म त लिएको हैन तपैले हे हे हे ... तपाईको कथा नि पढ़ुम न ... कहाँ छ भन्नुस न .... - थाहा छैन

ThahaChaena · Jul 18, 2014 10:54 AM

कहीं यो त हैन ?  http://www.mysansar.com/archiv...

ThahaChaena · Jul 18, 2014 10:56 AM

Last edited: 18-Jul-14 11:56 AM

bigT · Jul 18, 2014 11:15 AM

अमला ब्रो, गोरी मेक्सिकन बाट मोरी सर्मिला तिर कथाले बडो सरलता पुर्वक कोल्टो फेरेको छ ! गोरी र मोरी दुवैको कथाले म मन्त्रमुग्ध भएको छु ! अर्को भागको पर्खाइमा है त ब्रो ! 

Nas · Jul 18, 2014 11:29 AM

bigT मित्र , राम्रो गयो त पहिलो भाग "पवित्रा" कथा को ....तर एउटा कुरो नि ... यो अमला साथिको धागो मा गोरी मेक्सिकन लाइ नै दौडिन दिने पो हो कि ..... पवित्रा संगको उकालो अर्कै नयाँ धागो मा चड्ने हो कि ? ... यसो गर्दा हजुरको पनि एउटा कथा साझा मा छुट्टै भेटिन्छ र सर्च इन्जिनले नि खोज्ने हरु लाइ सजिलै त्यहाँ पुर्याई दिन्छ जस्तो मलाई लाग्छ ..... त मित्र नयाँ धागो रुपी नाङ्ग्लो मा कथा सुरु गरेर , केलाउन बसौं न हुन्न ? अन्यथा नलिनुस है . - थाहा छैन

ThahaChaena · Jul 18, 2014 11:53 AM

Thahachaina मित्र ले भनेको जस्तै गर्ने जमर्को गरे! नया थ्रेड बनाएर नै 'पबित्रा' लाई अगाडी लखेटछु !

bigT · Jul 18, 2014 12:01 PM

Thahachaina साथि पढेर कमेन्ट गर्नु भएकोमा आभार छु, येसरी विश्लेषण गरिदिनाले अर्को भाग मा अझै राम्रो गर्ने कोशिश गर्ने छु, Nas जी ले पढिदिनु नै ठुलो कुरो हो म जस्तो साझाको नया मुन्छेको लागि ;-), दुवै भाग मन पराइदिनुभयो, मेरो अहोभाग्य , अर्को भाग पनि पढी कमेन्ट गरिदिनुहोला है त | अरु सबै साझाबासी लाई पनि मुरी मुरी धन्यवाद मेरो |

Aamalaa · Jul 19, 2014 7:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all