कर्णेको कन्सलटेंसी यात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"यस घटनाका पात्रहरु काल्पनिक मात्र हुन् र येदि कसैको जीवन संग मेल खान गएमा संयोग मात्र हुनेछ" कर्णेको कन्सलटेंसी यात्रा भाग १: “Choose a job you love, and you will never have to work a day in your life.” महान चिनिया दार्सनिक कन्फ्युसियसको यो भनाइलाई आत्मसाथ गर्दै म हरेक दिनको सुरुवात गर्थे / पत्रकारिता, आफुलाई मन पर्ने पेशा थियो / नेपाली पत्रकारिताका दिग्गज बिजय कुमार, सि. के. लाल र किसोर नेपाल देखि लिएर अमेरिकी पत्रकारिताका Anderson Cooper , Wolf Blitzer र Erin Burnett जत्तिको रेपोर्टिंग गर्ने छ्यमता नभएता पनि पारिएको बेला अरु तोरीलाहुरेहरुको सामुन्ने धाक देखाउन भने म पछि पर्दैन थिए / नेपालमा २ वर्ष सम्म गरेको खेल पत्रकारिता र अमेरिकामा झुण्डी झुण्डी ७ वर्ष लगाएर सकाएको पत्रकारिताको ब्याचलर डिग्रीको आधारमा म आफुले आफुलाई सनोतिनै भए पनि, पत्रकार हु भन्ने ठान्थे /  वर्तमान परिपेछ्यमा मेरो काम, पत्रकार भएर काम गर्ने नभएर पत्रकारिताको काम खोज्ने थियो अर्थात् सरल अर्थमा भन्नु पर्दा जागिरको खोजि "Job Hunting " /  फेब्रुअरी १४, Valentines Day , अर्थात् प्रणय दिवस, सधैझैँ बिहान उठेर नित्य कर्म सकाएर कम्पुटर खोल्दै थिए / कम्पुटर खोल्ने बित्तिकै दैनिक खोल्ने वेब साइट साझा डट कम, सी एन एन, नागरिक न्युज खोल्दै थिए, अचानक फोनको घन्टी बज्यो / प्रेम दिवस भनेर दिमागमा थियो तर आफ्नो प्रेम साटासाट गर्ने मुसीले मलाई छोडेर त्यो Zyak (मेरो ब्रोकेन अंग्रेजीमा) तर खास नाम चाई (Zach ) भन्ने केटोसंग गएको २ वर्ष भैसकेको थियो / मनमनै त अमेरिकी नागरिक भन्ने लोभमा कुन चाई अमेरिकीलाई फसाईछे भन्ने सोचेको थिए तर के को अमेरिकी हुनु र, नेपाली नै पो रहेछ नि मुर्दार त / त्येही अर्विङ्ग, डल्लासको बेल्ट लाईन जंगसन्को Conaco ग्यास स्टेशनमा रात्रिप्रहर (Night ) शिफ्ट काम गर्ने जनार्दन तिमिल्सिनाले नाम फेरेर Zach भएको रहेछ / मुर्दार Zach भन्ने जनार्दन संग पो गएकी रैछे मुसी डंकिनी त / त्यो मोरो जनार्दन डाका राती काम गर्थ्यो अनि यत्ति पैसा चोर्थ्यो कि कुरै नगरौ / कुबेर संग भन्दा बढी धन थियो त्यो मुला साग संग /  हुन त मेरो कथा संग जोडिएको बिषय त हैन तर पैसा चोरेको कुरा निस्केकोले लेख्न मन लागिहाल्यो त्यो डाकाको जनार्दनको कहानी / त्येसले के गर्दो रहेछ भने राती राती ग्यास स्टेसन बन्द गरेपछि भुइँमा लडिबुडी गर्दै नाच्ने रहेछ / अनि एक दिन छिमेकि रास्ट्रको धोति साहुले त्यो नाचेको क्यामरामा देखेछ / सधै यसरी नाचेको देखेपछि एकदिन धोति साहुलाई अचम्म लगेर सोधेछ , "ओ Zach भाई, तुम रातको स्टोर बन्द करने बाद, क्यु जमिन पे इधर उधर लड़के नाचते हो," / Zach ले पनि बाठो भएर भनेछ, "वो हे ना भाईजी, रातको स्टोर बन्द करने के बाद, मे घर जानेकी बात सोच्के बहुत खुस होता हु, इसीलिए जमिन पे लड़के नाचता हु" भन्देछ /  साहुले पनि होला त नि भनेर विश्वास गरेछ / तर मोरो डाकाले त के गर्ने रहेछ भन्दा खेरि, स्टोर बन्द गरेर शिफ्ट क्लोसको पैसा गन्ने बेलामा पैसा पनि गन्ने अनि गन्दै गर्दा बीच बीचम़ा २० र ५० को डलर बिलहरु चै भुइँ तिर फाल्ने गर्दो रहेछ अनि पछि सबै काम सकिएपछि भुइँम़ा लडेर नगिनले नाचेको जस्तै गरी त्यो पैसा टिप्दो रहेछ / त्येइ भएर पो मैले 1998 को निसानको sentra चढ़दा मोरा डाकाले 2013 को चिल्लो टोयोटा क्याम्री चडेर हिड्थ्यो त्यो जनार्दन डाका / हुन त मलाई पाप नलागोस तर एकदिन मेरो घरम़ा मोमो पार्टीम़ा त्यो पनि आएको थियो अनि म एस्सो चुरोट खान बाहिर निस्किएको मौकामा तेस्को चिल्लो क्यम्रिको ढोका खोल्ने ह्यान्दलमा खकार को डल्ला थुकेर आएको थिए / एता मैले उसको गाडीमा थुकिदिये, उता उसले मेरो मुसीको ओठमा चुप्प चुप्पी गर्न भ्याईसकेछ / म बाहिर आएको बहानामा कति छिटो मेरो मुसी यानी गर्ल फ्रेन संग फोन नम्बर साटासाट, फेसबुकको फ्रेन रिक्बेस्त पथौन भ्याईसकेछ / लामो कथा छोटो यानी कि Long Story Short भन्नु पर्दा, मेरो मुसी त्यो जनार्दन हो कि zach भन्ने संग पोयिला भागी / हुन पनि ठिकै भयो, आफुले पनि उसको जवानीको रस चुस्नु चुसिसकेको थिए / बेक्कारमा कैले गिफ्ट किन्देउ, कैले घुमाउन लिएर जाऊ, उसलाई हरेक दिन काममा लिन अनि पुराउन जाऊ / येति सम्म बाठी थिई कि उसले कमाएको पैसा चाई सबै उसकै घर पठाउनु पर्ने अरे, अनि मैले कमाएको पैसाले घरको भाडा, खाना खर्च, मेरो स्कुलको फीस आदि इत्यादी गर्नु पर्ने रे / मनमनै बाहुनको छोरि न परि, म नेवारको छोरो संग के बिहे गर्थे जस्तो लाग्थ्यो, हुन पनि तेस्तै नै भयो /  भू पु, प्रेमिकाको कुरै कुरामा म त अर्कै बिषयतिर पो बगेछु, अब कुरा गरौ फेरी फेब्रुअरी १४ को / सदा झैँ साझा डट कम खोलेर चौतारीमा चिया ल्याउने अर्थात् गुग्ग्ल डट कम बाट एउटी राम्री सुन्दरीले चिया खान लागेको फोटो कपी गरेर पेस्ट गर्ने सुर सार कस्दै थिए किनभने हाम्रा साझाका दिग्गज दाजु ठुल्दाई अर्थात् राहुलभाईलाई बिहानै चिया आएन भने फत्फतौना थालछन् /  ठिक तेतिनै बेला मोबाइल फोनको घन्टी बज्यो / मन मनै त मेरो मुसी ले मलाई happy valentines day भन्न फोन गरि कि जस्तो लग्यो तर फेरी २ वर्ष पछि त के गर्थी र भनेर होइन होला भन्ने लग्यो / येस्सो मोबाइल नुम्बर हेरेको त ७३२ बाट आएको रैछ, नम्बरकै मुनितिर न्यु जर्सी भनेर देखेपछि छक्क अचम्म परे / न्यु जर्सीमा मेरो चिन्ने त त्यहाँ कोइ छैन भनेर केहि बेर घोरिए / म सितिमिति मेरो फोन बुकमा नभएको नम्बरबाट फोन आयो भने उठाउदीन थिए / तर त्यस दिन प्रेम दिवस भएको र आफु पनि सिंगल रेडी टु मिन्गल भएकोले फोन उठाउ जस्तो लाग्यो / जे पर्ला पर्ला भनेर फोन उठाए / उताबाट भर्खरै २०, २१ वर्षकि कल्कलौदी, गौथलीको जस्तो सुरिलो स्वोर भएको आवाजमा उनले भनि, "Hello, good morning, May I speak to Karnali Blues (नाम परिबर्तन गरिएको ), उनको तेती आवाजले नै मलाई मन्त्र मुग्द बनाइसकेको थियो / आज प्रेम दिवसको दिनमा भगवान Cupid ले मेरो लागि नै उनलाई पठाइदिएको जस्तो लग्यो / हुन पनि सायद Cupid लै थाहा थियो होला म बिगत २ वर्ष देखि एक्लो छु र सेक्स संग संलग्न सबै क्रियाकलापहरु हातले नै गर्दै आएको छु भनेर , हेहेहे /  मैले पनि जबर्दस्त आवाजमा जवाफ दिए, "This is Karnali Blues, Can I help you." अनि उताबाट जवाफ आयो , "Hello Mr Blues, this is Sandra calling from R...... Tech Services regarding a job opportunity that is available in our company. I got your number from desiopt .com . Do you have a minute to talk with me right now."  एती राम्री आवाज भएकी मैया संग कुरा गर्न पाउदा मिनेट त के पुरै जिन्दगी नै दिन्छु भनेर मैले पनि बडो गर्बका साथ्, "Yes I do, please go ahead ," भने / तेती भनेको मात्र थिए त्यो मोरीले उता बाट गीताको श्लोक पढेको जसरि भट्टयाउन थाली, त्यो पनि एकदमै लयका साथ / "Mr Blues, we are very well reputed company and we've been in the market for more than 20 years. We have more than more than 500 employees working in the fortune 500 companies. We will give you a great training with accommodation and we will place you within less than a week from the time you have been in the market. You will be getting $65K per annum with lots of benefits like health insurance, dental, 401 K, Paid Vacation, PTO and all."  येति भनेपछि बल्ल तेस्ले सास फेरी / मैले पनि आफ्नो नभएको कम्पुटर ज्ञानलाई तिखार्दै सोधे / "How long is the training? What courses are you guys offering? How long it will take me to get the job? Where are you guys located? and lastly Do you guys give money for the lodging or not?" Sandra ले यी सबै कुरा को जवाफ दियिन / तर म त मेरो प्रस्न को उत्तर भन्दा उसको आवाजले नै मन्त्र मुग्ध भएर सुन्दै बसेको थिए / करिब १० मिनेट लामो बार्तालाप भएपछि मैले पछि फोन गर्ने बाचा गर्दै उसको फोन नम्बर लिएर फोनमा कैद गरे /  हुन त मलाई यो IT को बारेमा धेरै थाहा थिएन / थाहा भएको भनेको मात्र येति थियो कि, छिमेकि राष्ट्रका धोति भैया हरुले खोइ के के हो BA, QA, .NET, JAVA, DBA Oracle मा ट्रेनिंग दिन्छन् अनि केहि महिना भित्र नक्कली रेजुमी बनाएर काममा पठाई दिन्छन् अनि काममा गएपछि धेरै जस्तो मान्छे टिक्छन्, अनि त पैसा को खोली बग्छ रे, भन्ने सुनेको मात्र हो / अब आफुलाई IT भनेको "Black letters , buffalo is equal to " यानी कि कालो अछ्यर भैसे बराबर जस्तो थियो / कम्पुटरको नाममा सामान्य कुरा जस्तै इमेल, फिमेल, युटूब, सामान्य सफ्टवेयेर डाउनलोड अनि कहिले काई एकदमै अल्छि लाग्दा पोर्न वेब साइट मस्तीसेयेर डट कम हेर्न मात्र आउथ्यो / आफुलाई पनि गुजराती पटेल भाईको होटेलमा काम गर्दा गर्दा वाक्क दिक्क लागिसकेको थियो अनि पढाई सकेको पनि केहि महिना मात्र भएको थियो / म संगै मेरा अर्का दुइ जना साथीहरु पनि येही IT कै काममा लाग्ने सोच बनाइरहेका थिए / ति दुबैजना संग कुरा गरेर त्रेनिंग लिने भए तीनजना संगै लिऔ भन्ने निर्णय गर्यौ / संगै भयौ भने पढ्न अलि सजिलो पनि होला भन्ने सोचेर तिनै जनाले संगै IT को त्रेनिंग लिने विचार गर्यौ / उमेरले पनि आफु अलिकति ठुलो, अनि सकी नसकी फाईफुइ अंग्रेजी पनि बोल्ने भएकोले उनीहरुले मलाई टिम लिडर बनाए र मलाई कुनै राम्रो ठाउँ त्रेनिंग दिने consultancy खोज्न भने / ति मुला दुवा तिर्किलई के थाहा मैले Sandra संग कुरा गरिसके भनेर / उनीहरुलाई सबै कुरा मिलाएर १, २ दिन भित्र खबर गर्ने बाचा गर्दै फेरी सन्द्र लाई फोन गरे /    आफु संगै साथी भाई पनि लिएर आउने कुरा सुनेर Sandra पनि दङ्ग भईन र मलाई साथीभाई ल्याउन लागेकोले एक जनाको पाच सय डलरको दरले, दुइ जनाको एक हजार डलर दिने बाचा पनि गरिन / त्यो सुनेपछि त झन् हर्सले गद्द्गद्द भइहाले नि / एक त Sandra संगै उसको अफिसमा बस्न पाउने, सित्तैमा त्रेनिंग पनि पाउने, बस्न पनि दिने , जागिर पनि लगिदिने अनि एक हजार डलर पनि पाउने आशामा मेरो भुइमा खुट्टै भएन / भोलि पल्ट ति दुबैजना साथीहरुलाई फोन गरेर आफुले धेरै दुख गरेर बल्ल बल्ल एउटा राम्रो त्रेनिंग दिने ठाउँ खोजेको छु / मेरो लागि भनेर मात्र अर्को हप्ता देखि नै त्रेनिंग सुरु गरिदिन्छु भनेको छ , नत्र त IT मेजर होइन भनेर कसैले पनि त्रेनिंग दिने मानेका थिएनन्, तर मैले बल्ल बल्ल फकाएर मनाएको छु, त्येसैले यो मौका गुमाउनु हुन्न केटा हो भनेर भनेपछि ति दुबैजना राजी भइहाले / मुला दुवा तिर्किहरुलाई के थाहा म कत्ति बाठो छु भनेर / तीन दिन पछि बुधबारको दिन हिड्ने बाचा गर्दै हामीले फोन राख्यौ / त्यसपछि सुरु भयो मेरो Consultancy को यात्रा ............................. क्रमस .......... P . S : पहिलो प्रस्तुति भएकोले उचित शब्दको छनौट र नेपाली ब्याकरणमा भएको कमि कमजोरीहरुको लागि माफी माग्दै पद्नु हुने सम्पूर्ण साथीहरुबाट सल्लाह र सुझाबको अपेक्षा गर्दछु /

Karnali Blues · Jun 9, 2014 7:00 AM · 23,462 views

15 Replies

एकदम मिठो प्रस्तुति छ karnali Blues जी | काल्पनिक कथा हो भन्नुभो तर साचिको जस्तो लाग्ने भन्या | कमेन्ट त धेरै गर्न मन लागेको थियो तर फोन बाट लेप्तोप्मा जोडेको इन्टरनेट खत्तम छ अनि धोति साहु कहिले आएर के भन्ने हो , तेसैले येति नै | अरु भागको प्रतिछ्यामा

Aamalaa · Jun 9, 2014 8:46 AM

धोती साहु र मोटी साहुनी ( कन्सल्टेन्सी वाली ) संग को कथा रमाइलो होला जस्तो छ | भाषा र प्रस्तुतीकरणमा खासै खोट लाउने ठाउँ छैन हो | अलिकति कथानक प्रबाह चाहि छ्यासमिस भएको छ | लेख्दै जाँदा त्यो पनि ठिक हुँदै जान्छ | अर्को भागको सीघ्र प्रतीक्षामा |

rahulvai · Jun 9, 2014 11:01 AM

ल है कर्ने , सत्य कथा मा जलप लगाको कथित काल्पनिक कथा अघि बढेछ .... प्रस्तुति राम्रो लग्यो है.... काली मोट्टी साहुनीको कोकिल कण्ठ मा मक्ख परेर माखा लाइ तातो चियामा डुबाएसरि डुबाउने भो दुवा/तिर्की लाइ पनि ..... हैन त्यो बाहुनी मुसी त पोइल पो हिंडी... अस्ति अर्को धागो मा नि एउटाको पैसा सिनित्तै परेर अर्को संग गइ भन्ने सुनेको एउटी अर्कै मुसौरी ..... के भा'का नि लौन .... लु लु अर्को भाग नि पढम - थाहा छैन

ThahaChaena · Jun 9, 2014 12:24 PM

Kb bro, Aru ta k bhanu malai sabai bhanda man pareko section chai yo ho hai "अब आफुलाई IT भनेको "Black letters , buffalo is equal to " यानी कि कालो अछ्यर भैसे बराबर जस्तो थियो / कम्पुटरको नाममा सामान्य कुरा जस्तै इमेल, फिमेल, युटूब, सामान्य सफ्टवेयेर डाउनलोड अनि कहिले काई एकदमै अल्छि लाग्दा पोर्न वेब साइट मस्तीसेयेर डट कम हेर्न मात्र आउथ्यो:

Lamps · Jun 9, 2014 1:02 PM

Aamala: कथा काल्पनिक मात्र नभएर सत्य घटनामा आधारित पनि छ / पढिदिनु भएकोमा धन्यवाद / Wonton : Sandy मोटी नि हुन सक्छे / तपाइको अनुमान सहि हुन सक्छ / धन्यवाद / rahulvai : धन्यवाद ठुल्दाई / कथानक प्रवाहलाई ध्यानमा राख्ने कोसिस गर्छु / छिट्टै नै अर्को भाग प्रस्तुत गर्नेछु/ ThahaChaena : मालिक एकदमै सहि भन्नु भयो, "सत्य कथा मा जलप लगाको कथित काल्पनिक कथा" नै हो हो / पहिलो भागमा अलिकति जलप लगाएको छु तर दोस्रो भाग पछि मेरो कन्सलटेंसी बसाईका क्रममा भएका दुखाई र भोगाइहरु हरु पस्किने छु / Lamps : धन्यवाद ल्याम्प्स ब्रोदर / तिमीलाई पनि तेस्तै नै थियो कि कसो पहिले पहिले ब्रोदर, हेहेहे   Last edited: 09-Jun-14 01:05 PM

Karnali Blues · Jun 9, 2014 1:03 PM

zach भन्ने संग पोयिला भागी / हुन पनि ठिकै भयो, आफुले पनि उसको जवानीको रस चुस्नु चुसिसकेको थिए /.......रस चुसेको कि मल जल दिएर फूल फुल्याएको ? जे होस् मित्र ले हरा भरा बनाए पछि, झार गोद्ने, स्याहार गर्ने काम त Zach ले पायेछ.....ठिकै भयेछ नत्र येत्रो महँगो जस्रि गाइ पाल्न गार्है हुन्थ्यो..... मित्र भएर पनि एस्तो ठुलो रहस्य लुकाएर राखेको? त्यो रातो र कालो मार्का ले त सबै ओकल्नु पर्ने हो नि....... ल ल ढिलाई भए पनि थाहा हुन आयो.....प्रस्तुति सारै रोचक छ.......अरु पनि थप्दै जाउ...... अब कन्सल्टेन्सी को , sandra को ठुलो आन्द्रा सम्म कसरि पुर्याइयो त्यो पुराण पनि सुनु है त.....

baaramaase · Jun 9, 2014 1:24 PM

राम्रो सुरुवात / यो consultancy को यात्रामा कर्णेले पार गर्ने घुम्तीहरुको प्रतिक्ष्यमा /

Bachata · Jun 9, 2014 1:35 PM

ekdamai ramailo lagyo..arko bhaag pani fata fat aaos hai..

dallebhai · Jun 9, 2014 2:57 PM

हा हा हा हा !! अत्ति मज्जा आयो ! अरु भन्न लाइ केहि शब्द छैन ! लु म कुरी बसीराको छु, अर्को भागको लागि है त् कर्णे ब्रो !

Nas · Jun 9, 2014 5:55 PM

बार्हमसे: सहि हो मित्र, जर्सी गाई पाल्न त सारै गार्हो पो हुन्छ त / मित्र रहस्य खोल्न त हुन्थ्यो तर त्यो रातो र कालो मार्का पिएको दिन हाम्री गृह मन्त्रि नि संगै थियिन नि त, त्येइ भएर पो पर्यो फसाद / Bachata : पढिदिनु भएकोमा धन्यवाद / ति घुम्तिहरुको कथा छिटै नै ल्याउने प्रयासमा छु / dallebhai : पढिदिनु भएकोमा धन्यवाद / छिटै नै ल्याउनेछु अर्को भाग / Nas : Nas ब्रो, तपाइले पढेर दुइ शब्द लेखिदिनु नै मेरो अहोभाग्य हो सर / मुरी मुरी धन्यवाद छ है /

Karnali Blues · Jun 10, 2014 7:53 AM

कर्णेको कथाले तहल्कानै मच्चाइ सकेछ ...अब कथा अलि कारुणिक हुन सक्ने देखेपनि  Sandra को उपस्थितिले केहि होला कि ...नत्र 'हात्ती आयो हात्ती आयो फुस्सा' होला भन्ने पो डर लाग्यो  फटाफट कथा राख्न कर्णेलाइ आनुरोध छ  

Bhakte! · Jun 10, 2014 9:44 AM

kta haru khatra khatra katha lekchan hau

cybro · Jun 10, 2014 12:51 PM

लु मैले पनि कर्णे भाइको कन्सल्ट्यान्सी यात्राको पहिलो भाग पढिभ्याए । कथा अत्यन्त रोचक हुँदै जाला जस्तो छ । कथा सलल बगोस् भन्ने कुरामा र शब्द चयनमा अलिकति ध्यान दिन आग्रह गर्दछु ।

Geology Tiger · Jun 12, 2014 8:53 AM

Good try Karnali B......I am looking forward to see where is the story heading......dont disappoint me hai :D Good Luck!!

Ambrosia · Jun 12, 2014 11:55 AM

hahaha....... padhda padhdai bich ma ta bro le sab ko bhandafor garna lageko lasto lageko thiyo.... tara story ta kalpanik po rahecha... It's really interesting: how you able to manage all the details? girl-friend... Zach... camry... gas-station... everything goes with the latest trend among Nepalse in Texas aea. Good work, can't wait to read the next part of the story.

Ruben123 · Jun 12, 2014 12:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all