[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने
[VIEWED 5490 TIMES]
SAVE! for ease of future access.
Posted on 02-25-14 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने


 
 

आफ्नै परिवारबाट अपहेलनामा परेर अलपत्र अवस्थामा जीवन बिताउन बाध्य बूढी आमाहरुलाई आश्रय दिएर प्रशंसनीय काम गर्ने व्यक्तित्वका रुपमा दिलशोभा श्रेष्ठको समाजसेवी छवि कायम छ। थुप्रै मिडियाले उनीबारे धेरै प्रशंसाका शब्द लेखिसके। आफन्तबाटै तिरस्कृत वृद्धाहरुलाई आश्रय दिने काम सजिलो हैन, जोकोहीले यस्तो काम गर्न सक्दैनन्। तर यही आमाघरको आवरणमा वृद्धा तथा बालबालिका शोषणमा परेको भन्दै तत्काल उद्धार गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी परेको छ। अनुमति नलिई बालगृह सञ्चालन गरेको, बालबालिकालाई घरेलु कामदारका रुपमा पठाउने गरेको, गालीगलौज गर्ने गरेकोदेखि महिलालाई अनैतिक काममा लगाउने गरेकोसम्मका गम्भीर आरोप त्यसमा लगाइएका छन्। महिलालाई अनैतिक काममा लगाइएको प्रमाण भन्दै माइसंसारलाई एउटा अडियो पनि प्राप्त भएको छ। प्रशासनले यो उजुरीलाई लिएर छानबिन गरी कारबाही अघि बढाउने भएको छ। यसै क्रममा त्यहाँ रहेका बालबालिकालाई सुरक्षित राख्नुपर्ने देखिएकोले त्यहाँबाट ‘रेस्क्यु’ गरिने भएको छ। बुधबारका दैनिक पत्रिकाले यसबारे महत्वका साथ पहिलो पेजमा समाचार छापेका छन्।

के थियो उजुरीमा ?

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, काठमाडौं।

बिषय—शोषणमा परेका बृद्धा तथा बालबालिकाको तत्काल उद्धार गर्नेबारे

महोदय,

उपरोक्त सम्बन्धमा काठमाडौं रविभवनस्थित ‘वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी’ (आमा घर) २०५६ सालमा स्थापना भई हाल संचालन रहिरहेको छ। यस संस्थाको स्थापनाकालदेखि हालसम्म अध्यक्ष दिलशोभा श्रेष्ठ रहनु भएको छ र उहांकै सक्रियताले संस्था संचालन हुँदै आएको छ।

संस्थाको स्थापनाकालमा नै जेष्ठ नागरिक तथा वृद्ध व्यक्तिहरुको लागि एकिकृत रुपमा कल्याकाणकारी कार्यक्रमहरु संचालन गर्ने मुख्य लक्ष्य राखिएको छ। मूलतः सामाजिक रुपमा अपहेलित, बहिष्कृत भएका जेष्ठ नागरिकहरुलाई संस्थामा ल्याएर आश्रय दिएर राख्नु आफैमा सराहनीय काम हो।

समाजबाट बहिष्कृत भएका, हिंसामा परेका, घरपरिवारबाट अपहेलित भएका जेष्ठ नागरिकलाई आश्रय दिइ उनीहरुको जीवनरक्षा गर्ने काम आमरुपमा सबैले गर्न सक्दैनन्। सामाजिक पुण्यको यस्तो काम सामान्य नभएर असाधारण काम समेत हो। राज्यले संरक्षण गर्न नसकेको असहाय वृद्धा र बालबालिकालाई संस्थाले संरक्षण दिँदै आएको छ।

त्यसैले पनि आम मिडिया र सामाजिक क्षेत्रमा यस आमा घर र त्यसलाई नेतृत्व दिने दिलशोभा श्रेष्ठको नाम अपिरिचित छैन। संचारमाध्यमबाट भइरहेको सतही प्रचारप्रसारले आज स्वदेश तथा विदेशबाट यस संस्थालाई प्रशस्त सहयोग समेत आइरहेको छ। संस्थाको उद्देश्य र लक्ष्य आफैमा राम्रो भए पनि यथार्थमा यस संस्थाभित्रको व्यवहारिक पाटो भने भिन्न छ। जसलाई आज सार्वजनिक रुपमा भन्नुपर्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ। बाहिर देखिने आवरण र संस्थाभित्रको भित्री यथार्थ अर्कै छ।

पहिलो कुरा संस्था जेष्ठ नागरिकका लागि आश्रय दिनका लागि मात्रै स्थापना भएको हो। तर, पछिल्लोपटक संस्थाले बालगृह समेत संचालन गरेको छ। यसका लागि सम्वन्धित निकायबाट अनुमति समेत नलिई बालगृह संचालन भइरहेको छ। जुन विषय सम्वन्धित निकायको जानकारीमा आइसकेको छ।

जेष्ठ नागरिकलाई आश्रय दिने संस्थाका लागि भन्दा बालगृह संचालन गर्दा बाहिरी सहयोग बढी लिन सकिने कारणले बालगृह संचालन गरिएको हो।

जेष्ठ नागरिक र बालबालिकालाई आश्रय दिने आवरणमा यस संस्थाले कमाउ धन्दा गर्न थालेको महशुस हामीले गरेका छौ। विभिन्न कालखण्डमा यसै संस्थामा रहेर स्वयंसेवकको रुपमा काम गर्ने र संस्थामा आश्रय लिई हाल बाहिर रहेका हामी हाम्रै आंखाले देखेको अन्याय र शोषण सहन नसकी आज यो निवेदन दिन आएका हौँ।

संस्था र त्यसको नेतृत्व गर्ने दिलशोभा श्रेष्ठको सामाजिक प्रतिष्ठामा आंच पुर्‍याउने हाम्रो उद्देश्य होइन। तर, जेष्ठ नगारिक र बालबालिकालाई आश्रय दिने आवरणमा भइरहेको गलत कर्तुत र शोषणबाट उन्मुक्ति दिलाउने हाम्रो अभियान हो। यहाँ भएका गलत काम र शोषणको प्रमाण हामीले यसै निवेदनसाथ पेश गरेका छौ। संस्थाले गरेका गलत कामको बूंदागत रुपमा उल्लेख गर्दै सम्वन्धित संस्थाको नियमन गरी शोषणमा रहेका बालबालिका र जेष्ठनागरिकको उद्दारका लागि हामी माग गर्दछौँ।

१) अनुमति नै नलिई संस्थाले पांच वर्षदेखि बालगृह संचालन गर्दै आएको छ। बालबालिका राख्नुमा हाम्रो आपत्ति होइन। तर, बालबालिकालाई पेटभरी खाना नदिने, दुषित पानी प्रयोग गर्ने, नुहाउन नपाउने, सरफाईमा ध्यान नदिने। बालमैत्री वातावरण नदेखिएको, समय र परिस्थिति अनुसार बालबालिका र बृद्धाहरु माथि फरक व्यवहार गर्ने गरिएको छ।

संस्थाको ६८/६९ को प्रगति विवरणमा ४९ बालबालिका रहेको देखाइएको छ। तर, हाल संस्थामा ३३ जना मात्रै छन्। तर, १६ जना कहाँ गए भन्ने कुनै रेकर्ड छैन। उनीहरुलाई घरेलु काममा पठाइएको बताइन्छ।

२) संस्थामा सम्पर्कमा आएका बालबालिकाको कुनै रेकर्ड नभएको। संस्थामा आएका बालबालिकालाई घरेलु कामदारको रुपमा विभिन्न ठाउँमा पठाउने गरेको हो।

३) बासी खाना खुवाउने गरेको, संस्थामा आउने खाद्यान्न तथा जिन्सी सामानहरु बेच्ने र मिति नाघेका खाना प्रयोग गर्ने गरेको पाइएको। जस्तै बिस्कुट, जुस, हर्लिक्स, मिठाई, चकलेट, चामल, दाल आदि।

४) बाहिरबाट संस्थामा आश्रय लिएका जेष्ठ नागरिक तथा बालबालिकाको नाममा आएको सहयोग—लगाउने, ओड्ने, ओछ्याउने कपडा, स्टेशनरीको सामाग्री आश्रितहरुलाई नदिई बेच्ने गरेको। (बेच्नका लागि बच्चाहरुलाई नै प्रयोग गर्ने गरेको। आवश्यक परेमा बच्चाहरुले समेत बेच्ने पसलहरु देखाउन सक्ने)

५) आश्रितहरुका लागि औषधउपचारको नाममा थुप्रै सहयोग आउने गरे पनि वर्षमा एकपटक पनि उनीहरुको स्वास्थ्य परीक्षण नगरिने। बिरामी भएको अवस्थामा संस्थामा उपलव्ध औषधिहरु समेत नदिई मानसिक तनाव दिँदै आएको।

६) संस्थाले बालबालिकाको सरसफाई नगरेको, स्टेशनरी उपलव्ध नगराएको, अभिभावकको भूमिका निर्वाह नगरेको जस्ता कारण जनाउँदै विद्यालयले बारम्बार संस्थाप्रति असन्तुष्टि जनाउँदै आएको।

७) संस्थाका काममा आश्रितहरुलाई नै प्रयोग गर्ने गरिएको। बालबालिकालाई बालुवा गिटी बोकाउने, चामलका बोरा बोकाउन लगाउने, बृद्धाहरुलाई संस्थाका सबै भाँडा माज्न लगाउने, भुई पुछ्न लगाउने, काम नगरेमा गालीगौलज गर्ने र हातपात समेत गर्ने गरेको।

८) बालबालिकाकालाई आफ्ना परिवार तथा संरक्षकसँग सम्पर्क गर्न नदिने, फोनहरु आउँदा समेत गालीगलौज गरी मानसिक तनाव दिने। जसले कतिपय बालबच्चाहरु लामो समयसम्म परिवार र अभिभावकसँग सम्पर्कविहीन भएको।

९) केही समयअघि संस्थामा ल्याएर छाडेको एक नाबालक विदेशीलाई दिएको। केही समयपछि विदेशमै उसको निधन भएको। (यसको प्रमाण आवश्यक भएमा विदेशीलाई दिन सहयोग गर्ने व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उपलव्ध छ)

१०) संस्थाको गतिविधि थाहा पाएर सार्वजनिक गर्लान् भन्ने डरले लामो समय कुनै पनि बालबालिका तथा आमाहरुलाई नराखी उनीहरुलाई निकाल्ने गरेको। निकाल्दा विभिन्न गालीगलौज गरी जर्वरजस्ती निकाल्ने, त्यसरी निकाल्दा कतिपयलाई घर पठाउने गरेको छ।

११) संस्थामा आएको सहयोग रकम समेत व्यक्तिगत रुपमा प्रयोग गर्ने र आश्रय लिनेहरुमाथि शोषण गर्ने गरेको। जस्तै केही महिना अघि आमा घरकी अध्यक्ष दिलशोभाले बाहिरबाट प्राप्त ४० लाख रुपैयाँ त्यही संस्थामा आश्रय लिइरहेकी संगिता तामाङलाई बोकाएर आफू निकटका व्यक्तिलाई दिएको। आवश्यक परेमा तामाङले यसबारेमा खुलस्त बताउन सक्छिन्।

१२) एउटै समस्या देखाएर स्वदेशी तथा विदेशी सहयोगी दाताहरुसँग रकम लिँदै आएको छ। यस्तो रकम लाखौँमा आउने गर्छ। तर, संस्थाका लागि खर्च नगरी आफू निकट तथा परिवारका सदस्यहरुलाई दिने गरेको।

१३) स्वयंसेवक तथा संस्थामा आश्रय लिएर बसेका व्यक्तिहरुमाथि चोरको आरोप लगाएर आमाचाकरी गाली गर्ने, मानसिक तनाव दिने गर्दै आएको छ। तर, पुलिसलाई खवर गरेर वास्तविक अनुसन्धान गर्न पटक—पटक आग्रह गर्दा दिलशोभा आफै नमान्ने गरेको।

केही समयअघि संस्थाबाट २२ तोला सुन हराउँदा पनि पुलिस आएर अनुसन्धान गर्दा उल्टो आफै परिएला भनेर उजुरी नदिएको। संस्थाको वास्तविकता बाहिर आउने डरले पुलिसमा खबर नगर्ने गरेको।

१४) संस्थामा दिनहुँ लाखौँको सहयोग आउने गर्दछ। तर, संस्थामा आश्रय लिएका वृद्धा र बालबालिकाको आवास र खानाका लागि न्यूनतम आवश्कता समेत पूरा नगरी अचल सम्पति जोड्ने काम गरिएको छ। (उनी, उनका परिवार र आफन्तको नाममा रहेको अचल सम्पतिको अनुसन्धान गरेमा उनले जोडेको सम्पतिको पर्दाफास हुनेछ)। तर, फर्जी बिल बनाएर बाहिरबाट प्राप्त सहयोगको सदुपयोग भएको देखाउने गरिएको छ।

१५) संस्थामा आउने आगुन्तकहरुका माझ भावुक भई सहयोग दिन बाध्य बनाउने गरेको। (कुनै सहयोगी दाता जांदा उनी रुने र भावुक भई सहयोग दिन बाध्य बनाउने नाटक रच्ने गर्दछिन्)

१६) संस्थाको सम्पर्कमा आउने कतिपय महिलाहरुलाई अनैतिक काममा समेत लगाउने गरेको पाइएको छ। जसको अडियो क्लिप हामीले यसै उजुरीका साथ पेश गरेका छौँ। त्यो अडियो नै दिलशोभाको कर्तुतको पर्दाफास हुनेछ।

गुठीमा हाल ३३ बालबालिका छन। गुठीमा आश्रय लिन आएका कतिपय बालबालिकालाई घरेलु कामदारको रुपमा समेत पठाइएको छ। शोषणका कारण कतिपय भागेर आफ्नै गाउँ फर्केका छन्।

संस्थामा भइरहेका माथि उल्लेखित तथ्य कुनै बनावटी नभई यथार्थ हुन्। जसको बारेमा नियमन निकायले अनुसन्धान गर्दा समेत पुष्टि हुनेछ। संस्थाका अध्यक्ष दिलशोभाका सामुन्ने बालबालिका र वृद्धाहरु यथार्थ भन्न डराउँछन्। तर, उनको अनुपस्थितिमा सोधपुछ गर्ने हो भने हामीले यहां पेश भएका तथ्य र विवरणहरु आफै बोल्छन्। बाहिरी आवरणमा सामाजिक काम गरेर अर्न्तराष्ट्रिय रुपमा ख्याती कमाए पनि उनको भित्री वास्तविकता अपराधको रुपमा देखिन्छ। जसलाई अहिलेसम्म सम्वन्धित निकायले समेत अनुसन्धान गर्न सकिरहेको छैन। सामाजिक कामको आवरणमा भइरहेको यस्तो शोषण र अनैतिक धन्दालाई रोक्नुपर्ने हाम्रो जोडदार माग छ। साथै उनले वृद्धा र बालबालिकाको नाममा आएको सहयोग आफ्नो व्यक्तिगत सम्पति जोड्ने माध्यम बनाउँदै आएकी छिन्। जसको अनुसन्धान गरी उनको सम्पतिमाथि पनि छानबिन होस् भन्ने हामी जोडदार माग गर्दछौ। तत्काल शोषणमा परेका वृद्धा र बालबालिकाको उद्धार गरी उनीहरुको यथोचित व्यवस्थापन गर्न समेत हामी आग्रह गर्दछौँ।

हाम्रो यो अभियान कुनै व्यक्ति वा संस्थामाथि लान्छना र आरोप लगाउने उद्देश्यबाट गरिएको होइन। सामाजिक कामको आवरणमा कमाई खाने माध्यम बनाएर बृद्धा र बालबालिकामाथि भइरहेको सवैखालको शोषणको अन्त्य गर्नका लागि सहजकर्ताको भूमिका मात्रै हामीले निर्वाह गरेका हौँ। हाम्रो बुझाईमा यस्तो गतिविधि गर्ने आमा घर एउटा मात्रै छैन। यो एउटा प्रतिनिधि संस्था मात्र हुनसक्छ। तत्काल आमा घरमा दयनीय अवस्थामा राखिएका बालबालिका र बृद्धाहरुको तत्काल उद्धार गरियोस्।साथै यस्ता अन्य संघसंस्थाहरुमाथि पनि अनुसन्धान होस् भन्ने हाम्रो माग छ।

संलग्न प्रमाणहरु

१) अडियो र भिडियो क्लिप्स (यसमा बालबालिका र बृद्धाहरुसँगको कुराकानी समावेश छ। साथै गुठीकी अध्यक्ष दिलशोभा श्रेष्ठको विभिन्न भ्वाइस रेकर्ड समेत संलग्न छ)
२) तस्बिरहरु
३) आवश्यक परेको खण्डमा गुठीमा आश्रित बालबालिकासँग समेत कुरा गरेर यथार्थ जानकारी लिन सकिन्छ।

बोधार्थ
१) केन्द्रीय बालकल्याण समिति
२) महिला तथा बालबालिका मन्त्रालय
३) महिला विकास आयोग
४) राष्ट्रिय मानव अधिकार आयोग

अडियो क्लिप
यसमा दिलशोभाले फोनमा गरेको भनिएको कुराकानी छ। फोनमा उनले आफूमार्फत् अनैतिक काममा लगाउने गरेको बुझ्न सकिने संवाद छन्। कसैलाई मन्दिरमा पठाइदिने र लुगाको आधारमा चिन्न भन्नेदेखि लिएर हजुरको सेवा गर्न पठाइदिएको छु र रातभरी तपाईँसँग सुत्छ, माया माया माया गरेर बस्छ भनेको पनि सुनिएको छ।

के छ यसमा, आफै सुन्नुस्-


 
Posted on 02-25-14 8:38 PM     [Snapshot: 165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान जी ले साझामा उठाएर दिएको साढे पाँच लाख रुपिया मा मैले आफ्नो गच्छे अनुसार सहयोग गरेको थियो , अहिले एस्तो सुन्नु पर्यो | अनुसन्धानपछि यो आरोप गलत साबित होस् भन्ने कामना गर्दै छु |

नेपाली समाज कस्तो pessimistic र negative छ भने :" कर्मचारी , नेता, ब्यापारी सबै चोर छन्, अनि NGO वाला पनि सबै चोर " भन्ने धारणा बनिसक्यो | बास्तबमा त्यो साचो कुरो होइन , अझै पनि कर्मचारी, नेता , ब्यापारी , NGO , ७५% भन्दा बादी इमान्दार नै छन् जस्तो लाग्छ | २५% ले ७५% लाई पेलेर टाउको उठाउन नदिएको चै साचो हो |

कमसेकम NGO वाला 'खराब' भए पनि व्यक्तिगत तन-मन-धन लगाएर समाजसेवा मा लाग्ने मान्छे चै असल छन् भन्ने थियो , यो घटना ले चै तिनै pessimistic र negative सोचाई राख्नेलाई सजिलो पर्ने भयो | दुख लाग्यो|
 
Posted on 02-25-14 11:35 PM     [Snapshot: 360]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलशोभाको आमाघरबाट ३० बालबालिकाको उद्दार
२०७० फागुन १४ गते ११:१० मा प्रकाशित 0 0 0
१४ फागुन, काठमाडौं । दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरबाट ३० जना बालबालिकाको उद्दार गरिएको छ । उनको आमाघरबाट यौन दुराचार भएको उजुरीका आधारमा प्रशासनले उक्त आश्रममा रहेका बालबालिकालाई उद्दार गरेको हो ।
काठमाडौंको रवी भवनमा रहेको आमा घरमा दिलशोभाले वृद्ध र अनाथ बालबालिकालाई स्याहारसुसार गर्दै आएकी थिइन् ।
अनाथ बालबालिकालाई संरक्षण गर्ने नाममा बिना अनुमति बालबालिका राखेको र उनीहरुको अवस्था दयनीय भएको देखिएपछि प्रशासनले बालबालिकाको उद्दार गरेको हो । आमाघरको अवस्था बुझ्न काठमाडौं जिल्ला प्रशासन, प्रहरी, केन्द्रीय बालकल्यण समितिसहितको टोली गएको थियो ।
अहिले उद्दार गरेका बालबालिकाको घर तथा परिवारको अवस्थाका बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/02/170691/#sthash.U4eCXPV8.dpuf
 
Posted on 02-25-14 11:51 PM     [Snapshot: 384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलशोभालाई यौन दुराचारको आरोप

काठमाडौं, फागुन १४ – आमाघरको नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको तथ्य फेला परेको छ । उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन् ।
उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको नागरिकलाई प्राप्त अडियो रेकर्डबाट खुलेको छ। नागरिकसँग सुरक्षित ३ मिनेट ३९ सेकेन्डको उक्त अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ ।
मोबाइलबाट रेकर्ड गरिएको उक्त संवादमा दिलशोभाको मात्र स्वर सुनिन्छ। हजुर यहाँ आउनुपरेन, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु मैले, फरक पर्दैन भोलि आउँछ,ु अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नू, अहिलेको बुढीको कुरा गर्नुस् । उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधार चिनजान गर्नूसमेत भनेकी छन् ।
नागरिकलाई अडियो रेकर्ड उपलब्ध गराउने स्रोतका अनुसार दिलशोभाको गतिविधि शंकास्पद देखिएपछि उनको फोनसंवाद रेकर्ड गरिएको थियो। स्रोतले यही रेकर्ड जिल्ला प्रशासन कार्यालय, प्रहरी र केन्द्रीय बाल कल्याण समितिलाई बुझाएको छ। त्यसै आधारमा दिलशोभामामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।
- See more at: http://www.ratopati.com/2014/02/26/113205.html#sthash.QPY0vNEF.koBmTPvB.dpuf
 
Posted on 02-25-14 11:54 PM     [Snapshot: 388]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलशोभाले वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाएको खुलासा
आमाघर'को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको' तथ्य फेला परेको छ। उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन्।

उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

नागरिकलाई प्राप्त ३ मिनेट ३९ सेकेन्डको अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ।'

मोबाइलबाट रेकर्ड गरिएको उक्त संवादमा दिलशोभाको मात्र स्वर सुनिन्छ। ‘हजुर यहाँ आउनुपरेन, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु मैले, फरक पर्दैन भोलि आउँछ,' अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नू, अहिलेको बुढीको कुरा गर्नुस्।' उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधार चिनजान गर्नूसमेत भनेकी छन्।

नागरिकलाई अडियो रेकर्ड उपलब्ध गराउने स्रोतका अनुसार दिलशोभाको गतिविधि शंकास्पद देखिएपछि उनको फोनसंवाद रेकर्ड गरिएको थियो। स्रोतले यही रेकर्ड जिल्ला प्रशासन कार्यालय, प्रहरी र केन्द्रीय बाल कल्याण समितिलाई बुझाएको छ। त्यसै आधारमा दिलशोभामामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो।

जिल्ला प्रशासनले केही दिनदेखि दिलशोभासँग लगातार बयान लिइरहेको छ। बाल यौन दुराचारको आशंकामा जिल्ला प्रशासन, प्रहरी र बाल कल्याण समितिको संयुक्त टोलीले बुधबार आमाघरमा आश्रित बालबालिकालाई उद्धार गर्ने निर्णयसमेत गरेको छ। अनुसन्धान जारी रहे पनि बच्चाहरूलाई सुरक्षित राख्नुपर्ने देखेर उद्धारलाई प्राथमिकता दिएको अनुगमनमा संलग्न बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए।

आमाघरसँग जोडिएको यौन दुराचारबारे केही कुरा आएकाले अनुसन्धान भइरहेको पुष्टि गर्दै उनले मंगलबार नागरिकसँग भने, ‘न्यूनतम आधारसमेत पूरा नगरेर बालगृह चलाएको पाइएकाले बुधबार त्यहाँ आश्रित बालबालिका उद्धार गर्न लागेका छौं।'

‘अनुसन्धान क्रममा अनुमतिबिनै बालबालिका राखेको पाइयो, उनीहरूको अवस्था एकदमै दयनीय थियो,' उनले भने, ‘अरू अनुसन्धान चल्दै गर्दा उनीहरूको उद्धारलाई हामीले पहिलो प्राथमिकता दियौं।'

काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले पनि आमाघर अनुगमन गर्दा गम्भीर त्रुटी देखिएकाले अनुसन्धान प्रक्रिया अघि बढेको बताए। फोन रेकर्डको विषयमा भने उनी प्रवेश गर्न चाहेनन्। ‘हामीले अनुगमन गर्दा अनुमति नै नलिई बालगृह सञ्चालन गरेको पाइएकाले पहिलो काम त्यसलाई कानुनी दायरामा ल्याउने हो,' उनले नागरिकसँग भने, ‘अन्य विषय पनि देखिएका छन्, त्यसको छानबिन भइरहेको छ।'

श्रेष्ठले आफ्नो आश्रममा रहेका बालबालिका तथा वृद्धामाथि अमानवीय व्यवहार गरेको र यौन दुराचारसमेत गर्दै आएको भन्दै १० दिनअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। त्यही आधारमा अनुगमन थालिएको हो। अनुगमन टोली उजुरीको वास्तविकता बुझ्न आमाघर पुग्दा दिलशोभाले अनुमति नै नलिई बालगृह खोलेर बालबालिका राखेको खुलेपछि थप अनुसन्धान अघि बढाइएको छ।

‘घरभित्र छिर्नासाथ दुर्गन्धको बास बाहिरैसम्म आइरहेको थियो, भित्र त गन्धले बस्नै नसक्ने अवस्था थियो, निकै बिजोग रहेछ,' अनुगमनमा खटिएका एक अधिकृतले भने, ‘वृद्धाहरूको सेवाका लागि भनेर धेरै स्थानबाट राम्रै सहयोग आएको देखिन्छ, तर आश्रम हेर्दा त्यस्तो केही देखिएन।'

प्रारम्भमा आमाघरको सुविधा अवस्था अवलोकन गरेर सुधारको सुझाव दिने योजनासहित त्यहाँ पुगे पनि अनुमति नै नलिई बालगृह चलाएको खुलेपछि टोली झस्किएको थियो। त्यससँगै दिलशोभाले दोस्रो व्यक्तिसँग गरेको फोन संवादको रेकर्ड नै प्राप्त गरेपछि केन्द्रीय बाल कल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोली गम्भीर बनेको थियो।

‘फोन संवादले वृद्धाश्रमको आवरणमा गलत गतिविधि भइरहेको प्रस्ट हुन्छ,' एक अुनसन्धान अधिकारीले भने, ‘यो अतिगम्भीर विषय भएकाले विस्तृत अनुन्धानमा छौं।' अनुसन्धान चल्दै गर्दा अनधिकृत रूपले बालगृह चलाएर राखिएका बालबालिकालाई उद्धार गर्न जरुरी ठानेर अन्यत्र सार्न लागेको उनले जानकारी दिए। ‘ती केटाकेटीलाई सुरक्षित राखेपछि थप अनुसन्धान अघि बढ्छ,' उनले भने।

दिलशोभाले भने आफू शुद्ध मनले समाजसेवा गरिरहेको बताउँदै यौन दुराचार लगायत कुनै पनि किसिमको अनधिकृत कार्यमा संलग्न नरहेको दाबी गरेकी छन्।

source: setopati.com
 
Posted on 02-25-14 11:54 PM     [Snapshot: 390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This lady should be hung...
 
Posted on 02-26-14 12:01 AM     [Snapshot: 396]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://twitter.com/salokya/status/438518200037154816/photo/1
 
Posted on 02-26-14 6:53 AM     [Snapshot: 557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलशोभाको बयान-यौन दुराचारको प्रमाण देऊ

'हाम्रो चाहीँ इज्जत हुँदैन'


Dil shova

१४ फागुन, काठमाडौं । ‘आमा घर’की सञ्चालिका दिलशोभा श्रेष्ठले आश्रमका नाममा यौन दुराचार गरेको प्रमाण ल्याउन चुनौती दिएकी छिन् ।

बृद्धाश्रममा रहेकाहरुलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात विताउन पठाएको समाचार सार्वजनिक भएपछि दिलशोभाले पत्रकार सम्मेलन गरेर खण्डन गरेकी छिन् । उनले भनिन्-’यौन दुराचार भनेको मैले कुरा बुझिँन । त्यो कुराले मलाई साह्रै चित्त दुख्यो । लेख्ने मान्छे र रिपोर्ट दिने मान्छेलाई जसरी भएपनि भेटाइदिनुपर्‍यो । गरेको हो भने प्रमाण चाहियो । अरु केही थाहा छैन ।’

आफ्नो आश्रममा खाना पकाउने काम गर्ने धर्मकुमारी थापा क्यान्सरले थलिएकी ८९ राधिका मानन्धरलाई राति साथी बस्ने काम गर्न गएको उनले बताइन् । ‘यो नानीले म आजै जान्छु भनेपछि मैले आमालाई फोन गरेर रातो लुगा लगाएको नानी आउँछ । तपाईलाई धेरै माया गर्छ । तर, १०००/१५०० दिनुपर्छ नि भनेर फोन गरेको थिएँ’ उनले भनिन्-त्यसलाई नै भरेर-रेकर्ड गरेर) राखेछन् । मोबाइल भरिन्छ भन्ने समेत थाहा थिएन ।’

उनका अनुसार मानन्धर आफ्नो आश्रममा बस्न रुचाउने तर, छोरा छोरीले हाम्रो बेइजत हुन्छ भनेपछि फकाएर घरमा लगिएको हो । ‘राधिका आमाको कान्छी छोरी डाक्टर छिन् । छोराहरु व्यापार गर्छन्’ उनले भनिन्-आमा भने म कहाँ आएपछि जानै नमान्ने । छोरा छोरीले हाम्रो बेइजत हुन्छ भनेपछि मैले फकाएर पठाएकी हुँ ।’

हाम्रो चाहीँ इज्जत हुँदैन

उनीसँगै रहेकी थापाले आफू माघ १६ गतेबाट राधिकाकोमा काममा गएको बताइन् । ‘मैले नै भनेर काममा गएकी हुँ’ उनले भनिन्-’क्यान्सरको विरामी भएकाले राति बाहिर भित्र गर्न साथी बस्न गएकी हुँ ।’

dilshova 1

केही पहिलेसम्म बैद्यखानामा सुरक्षा गार्डको काम गरेकी उनकी छोरी छन् । ‘छोरीलाई पढाउन यो दुःख गरिरहेकी छु’ उनले भनिन्-’यो कुराले मन दुःखेको छ । हाम्रो चाहिँ इज्जत हुँदैन ?’

उनले समाचार लेख्ने र उजुरी दिनेले आफूहरुसँग माफी माग्नु पर्ने बताइरहँदा सँगै रहेकी दिलशोभाले भनिन- माफी मागेर मात्र हुन्छ ? प्रमाण चाहिन्छ मलाई प्रमाण ।’

दिलशोभाका अनुसार आफूले थापालाई काममा पठाउने कुरा फोनमा गरिरहँदा आश्रममा काम गर्ने अप्सरा गुरुङ र संगीता तामाङ नजिकै थिए । उनीहरुले आफ्नो कुुराकानी रेकर्ड गरेको हुन सक्ने आशंका गर्दै उनले भनिन्-’संगीता भनेको बसमा सामूहिक बलात्कार भएकी आनी हुन् । दुःख पाएको मान्छे भनेर काममा राखेँ ।’ दिलशोभाको भनेर सार्वजनिक गरिएको अडियो टेपमा उनको एकतर्फी मात्र आवाज छ ।

एनजीओ र बालकल्याण समितिको षड्यन्त्र 

dilshova

अप्सरा गुरुङ भने कुनै एनजीओ वा बालकल्याण समितिले खटाएको मान्छे हुन सक्ने उनको आशंका छ । ‘मलाई २५ हजार तलब चाहिन्छ भनेर आएकी थिइन् । मैले सक्दिन बा ८ हजारभन्दा भनेँ । १५ दिन पनि काम गरिन्’ उनले भनिन्-’पछि बाल कल्याण समितिमा जाँदा हामीले पठाएको मान्छेलाई पनि काममा राख्नु भएन् भने ।’

उनका अनुसार अप्सराले प्रतेक बच्चाको १ लाखका दरले पैसा दिन्छु भन्ने बार्गेनिङ समेत गरेकी थिइन् । ‘म त डाटा लिन आएकी हुँ भनिन’ दिलशोभाले सुनाइन-’मलाई बच्चा देऊ समेत भनेकी थिइन् । तर, आफूले ५-६ वर्ष लगाएर हुर्काएका बालबच्चा दिन्न भनेँ ।’

दिलशोभाले आफ्नो आश्रमबाट एक जना क्यानडा, अर्को बेलायत अध्ययन गर्न गएको स्वीकार गरिन् । दुई जना पोखरामा र एक आफ्नो माइतिको भाईले लगेर पालेको पनि जानकारी दिइन । ‘सडकमा कोही रोइरहेको देखेपछि म उनीहरुलाई नल्याइ आउन सन्दिन्’ उनले भनिन् ।

आफूले बालबालिकाहरुको आश्रम व्यवस्थित बनाउने भन्दै दुई महिना समय मागेको बताइन् । आफूलाई आएको सहयोगको बैंक स्टेटमेन्ट दिएको भन्दै उनले भनिन्-’कहिले काँही चामल धेरै हुँदा बेचेर दालसम्म ल्याएकी छु । तर, बच्चाको लुगा बेच्यो भन्ने गलत हो ।’

- See more at: http://www.onlinekhabar.com/2014/02/170829/#sthash.rY3440Vn.dpuf
 
Posted on 02-26-14 8:27 AM     [Snapshot: 638]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

अब चै मन केहि ढुक्क भयो | दर्ता गरेको/नगरेको , सरसफाई, हिसाब किताब जस्ता ब्यबस्थापन कमजोरी का कुरा हरु जहिले पनि सुधार गर्न पर्छ | तर "यौन दुराचार" गरेको भन्ने चै निकै संगिन आरोप थियो | आफुलाई नेपालका नम्बर १ भनेर दाबी गर्ने दैनिक ले एस्तो संबेदनसिल कुरामा प्रमाण बिना नै मुख पृष्ठ मा ठुल ठुला अक्ष्यर ले प्रमुख समाचार बनाउन कसरि सकेको | बास्तबमा नेपालमा पत्रकार र राजनीति गर्ने मान्छे चै अल्लि चाहिने भन्दा धेरै नै छन् | अनि अस्वस्थ प्रतिस्पर्धा ले गर्दा जहिले पनि सनसनी फैलाउने समाचार छाप्न मन पराउने | अब यो "नागरिक दैनिक " का दुइ सम्बददाता र प्रधान सम्पादक लाइ के कारबाही गर्ने त : यी तिन जनाले कम्तिमा १ महिना सम्म "आमाघर" मा गएर भाडा माज्ने, लुगा धुने अनि सरसफाई गर्ने गरे भने राम्रै प्रयास्त्चित पनि होला "|
 
Posted on 02-26-14 5:59 PM     [Snapshot: 926]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Balatkaari_whatever...
change your username else we should hang you.....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters