बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या - REST IN PEACE

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकले आत्महत्या गरेका छन् । कैलालीको धनगढी नगरपालिका-१, का २७ वर्षीय हेमन्त घिमिरेले शनिवार साँझ आफ्नै कोठामा  झुन्डिएर आत्महत्या गरेका हुन् । घिमिरे बाल्टिमोरको ड्रमक्यासल भन्ने ठाउँमा बस्दै आएका थिए ।  सन् २०११ मा अध्ययनका लागि ओक्लोहोमा आएका हेमन्त त्यहाँबाट टेक्सास सरेर डेढ वर्ष अघि बाल्टिमोर आएका थिए । विगत चार महिनादेखि बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालमा उपचाररत घिमिरे जुलाई पाँच तारिख शुक्रवार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।  केही दिन आफुसंग बसेपछि अब आफु पूर्ण स्वस्थ भएको भन्दै हेमन्त गत विहीवार मात्र साथीभाइसंग मिलेर  बस्ने भन्दै ड्रमक्यासलमा गएको वताइएको छ ।  शनिवार साँझ कामबाट फर्केका उनका साथीहरुले हेमन्तलाई कोठामा नदेखेपछि खोज्दै जाँदा ढोका नजिकैको सानो क्लोजेटमा खादाको पासोकोमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । हाल उनको शवलाई बाल्टिमोरस्थित एक शवदाह गृहमा राखिएको छ । हेमन्तका बाबुआमा र एक भाई काठमाडौमा बस्दै आएका छन् ।   REST IN PEACE

Rudramati · Jul 16, 2013 10:59 AM · 7,551 views

4 Replies

वाल्टिमोरमा वस्दै आएका २७ वर्षिय हेमन्त घिमिरे जुलाई १३,२०१३ मा आफ्नै कोठामा मृत्य अवस्थामा फेला परेका छन् । चार महिनादेखि निज घिमिरे मानसिक रोगले ग्रस्त भएपछि उनलाई युनिभर्सिटी अफ मेरिल्याण्ड हस्पिटलमा उपचारार्थ राखिएको थियो । घिमिरेको अवस्थामा केही सुधार आएकाले केही दिन अघि अस्पतालले घर जान स्वीकृति दिएको थियो । उनले आत्म हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । कैलाली जिल्ला धनगढी नगरिपालिकाका स्थायी वासिन्दा घिमिरे सन् २०१० मा आक्लोहामा राज्यमा अध्ययनका लागि आएका थिए । घिमिरेलाई मानसिक रोगले ग्रस्त बनाउादै गएपछि अध्ययनबीचमै छोडेर मेरिल्याण्डमा वसाई सरेका थिए निजकी आमा पनि मानसिक रोगले पीडित छन् । बाबु मुटु रोगी छन् । सबै पारिवारिक अवस्था चिन्ताजनक छ । निजका आफन्तहरु अमेरिकाकामा कोही छैनन् । यस दुखद परिस्थितिमा बाल्टिमोर एसोसिएसन आफ नेप्लिज इन अमेरिका (वाना) स्वर्गीय घिमिरेको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । घिमिरे परिवारमा परेको दु:ख हामी सबैको समस्या भएकाले वाना परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा स्वर्गीय घिमिरे को अन्तिम दाह संस्कारको लागि आफूले सक्ने सहयोगको लागि हार्दिक अपिल गर्दछ । वाना परिवार https://www.paypal.com/us/cgi-... src: https://www.facebook.com/pages...

bittertruth · Jul 16, 2013 11:22 AM

One more sad news. Rest in Peace 

karnali blues · Jul 16, 2013 11:57 AM

 RIP bro.  Bittertruth paypal link is not working bro. 

facebook · Jul 17, 2013 2:40 AM

facebook saathi, here is the working link http://www.banaonline.org/inde...

bittertruth · Jul 17, 2013 2:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion