[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिका नेपाल सोसाईटी द्वारा नाम्जेको बसन्त नामक पुस्तक सम्बन्धि कार्यक्रम l
[VIEWED 2760 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-13 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजय थापा 

भर्जिनिया ,अमेरिका   

 अमेरिका ,डिसी ,अप्रिल २७ ,वाशिंगटन डिसी महानगर क्षेत्रमा उत्तर अमेरिकाको नेपाली समुदायको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटी (समाज )द्वारा नाम्जेको बसन्त नामक पुस्तक सम्बन्धि एक कार्यक्रमको आयोजना गर्यो lभारतीय मूलका अमेरिकन नागरिक राजिव गोयलद्वारा लिखित नाम्जेको बसन्त (The Springs of Namje )नामक पुस्तक बारे जानकारी दिने उदेश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको थियो l

 भारतीय मूलका अमेरिकन नागरिक राजिव गोयल सन् २००१ मा अमेरिकन सरकारद्वारा स्वयम् सेवक रुपमा नेपालको धनकुटा जिल्ला , धरान ,भेडेटार नजिक रहेको नाम्जे गाउँमा पिसकोरद्वारा खटिएर अंग्रेजी शिक्षकको रुपमा काम गरेका हुन् lअमेरिकाबाट नेपाल अहिले सम्म २३ पटक गएका गोयल धारा प्रवाह नेपाली भाषा बोल्दछन र उनीले त्यो गाउँमा भोगेका ,अनुभूति गरेका ,आफुले गरेको मानवीय सहयता ,सामाजिक कार्यको जति नै ब्याख्या गरे पनि कम नै हुन्छ l जब उनीले त्यो पुस्तक बारे र आफुले नेपाली बालबालिका तथा महिला दिदिबहिनिहरुले पानी पिउनको लागि गरेको कठिन परिश्रम र त्यो दुखदायी पिडा खप्न नसकी गाउलेलाई पानीको ब्यबस्था गर्न उनिद्वारा गरिएको परियोजना बारे छोटकरीमा जानकारी दिदा अभिरुचिपुर्वक पुस्तक बारे श्रवण गरेका थिए l  किनभने हामी जहाँ भए र जहाँ गए पनि हामी नेपाली हौ l हाम्रो पन र हाम्रो मन नेपाली हुन्छ l गाउको समस्या र नेपालीले भोगेका कुराको चित्रण र प्रस्तुतिले सबैको मन छुएको थियो l

नाम्जे खानेपानी परियोजनाको लागि प्रारम्भिक चरणमा उनीले अमेरिका आई आफन्तहरुलाई खाना खान बोलाएर $ १८,०००.०० हजार डलर आर्थिक संकलन गरेको कथा सुनाएका थिए l खानेपानी योजना सम्पन्न गर्न १८ महिना लागेको ,३३५ जनाले स्वयम् सेवक गरेको,४५० बिद्यार्थीहरुको श्रम खर्च गरेका थिए भनि जानकारी गराएका थिए l हाल धनकुटा जिल्ला र मोरंग जिल्लामा अन्य परियोजनाको बारेमा जानकारी गराउदै नेपालको भौगोलिक अवस्था ,नेपालका चरा चुरुंगीका प्रजातिका बारेमा जानकारी गराउदै नेपाल बिश्व कै उत्कृष्ट र सुन्दर मुलुक छ भन्दै उपस्थित नेपाली समुदायले कर्तल धव्नी बजाएका थिए र प्रसंशा पाएका थिए l उनि राजदरबार हत्या काण्ड पश्च्यात नेपाल पुगेका थिए भने १० बर्षे जान युद्धले सबै ठाउलाई प्रभाव पारेता पनि धनकुटा जिल्लाको नाम्जेलाई कहिले असर पारेन भन्दै अन्तत्वगत्वा खानेपानी परियोजना सम्पन्न हुनसकेकोमा गर्व गरेका थिए l नेपाली समुदाय प्रति कृतज्ञता ज्ञापन गर्दै उनिद्वारा प्रकाशित पुस्तक (The Springs of Namje )लाई सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए l

 कार्यक्रमको सुरुवात अमेरिकन तथा नेपाली राष्ट्रिय गीतबाट सुरु गरिएको थियो l  संस्थाकी कोषाधक्ष्य मनमाया दाहाल ,सकुन अधिकारी,सुमिक्षा मैनाली,सचिता कार्की तथा भूमी धिमालले राष्ट्रिय गीतमा साथ दिएका थिए l कोषाधक्ष्य मनमाया दाहालले अमेरिका नेपाल समाज बारेमा छोटकरीमा जानकारी गराएकी थिइन् भने प्रथम उपाधक्ष्य जीवन तिवारीले स्वागत तथा संक्षिप्तमा वक्ताहरुको परिचय गराएका थिए l अतिथि डोनाल्ड ए क्याम्पले लेखको पुस्तक बारेमा पढेको र खुशी व्यक्त गरेका थिए l सल्लाहकार डा जोसेफ ड्रुकले पिस कोरबाट आफु प्रभावित भएको जानकारी दिदै महामहिम राजदूत शंकर प्रसाद शर्माको पिसकोर लागी खेलेको भूमिका प्रति प्रसंशा गरेका थिए l ए एन ए का महासचिब विजय थापाले पनि शुभकामना साथै स्वयम् सेवक संस्थामा हृदय देखि काम गर्नु पर्छ भनेका थिए l

 धनकुटा नाम्जे बिद्यालयलाई २१ रोपनी जग्गा दान दिने चक्र छेत्रीले पनि खाने पानी र राजिव गोयल बारेमा कुरा राखेका थिए lअमेरिकाका लागि नेपाली राजदूत महा महिम डा शंकर प्रसाद शर्माले पुस्तक रामो र लेखक राजिव गोयलले यसबाट पाठ सिकी अभिप्रेरित भएको उल्लेख गर्नु भएको थियो l संस्थाकी द्वितीय उपाधक्ष्य सीता पाण्डेले धन्यबाद ज्ञापन गर्दै पुस्तक नेपालको लागि गौरब भनेकी थिइन् l अमेरिका नेपाल समाजका अधक्ष्य डा ठाकुर पुडासैनीले पुस्तक बारेमा सुन्नु उत्तम समय भएको , नाम्जेका बसन्त (The Springs of Namje )पुस्तकले ग्रामिण क्षेत्रको नेपाली परिवेसको चित्रण गरेको र लेखक राजिव गोयलले आफ्ना ज्ञान ,बिचार यस पुस्तक मार्फत उजागार गरेकोमा प्रसंशा गरेका थिए l सबैको गरिमामय उपस्थितिले आफु उत्साहित भएको भन्दै निरन्तर आगामी हुने कार्यक्रमको समेत जानकारी गराएका थिए l

 अधक्ष्य डा पुडासैनीले अतिथि तथा महामहिम राजदूतलाई खादा ओडाई सम्मान गरेका थिए lउक्त कार्यक्रमको संचालन महा सचिब श्याम लिम्बुले गरेका थिए भने उनले बीच बिचमा वक्ताहरुको पनि छोटो परिचय पनि दिएका थिए l

 

 

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters