[Show all top banners]

jantare1
Replies to this thread:

More by jantare1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

abhi sharma

YoTaBhayanaNiSom
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो आची खाए पनि दिन्न दश डलर!
[VIEWED 3736 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-13 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 हैन यी जाँठाहरुलाई कति चाहिँ पैसा भए पुग्छ होला? देशको ढुकुटीमा भएको पैसा नेता, कार्यकर्ता, अनि आफ्ना आफन्तको भलो गरेर सक्ने, अनि विकासका काम गर्न चाहिँ अब सबैले चन्दा दिनुपर्ने? चन्दाको नाममा खुलेआम जनता लुट्ने अर्को भाँडो मात्र हो यो बाउरामेको!

निर्देशिकाविपरीत रकम तोकेर कोषमा जम्मा गर्न आह्वान

 
 

काठमाडौ, फाल्गुन ४ - सरकारले राष्ट्रिय स्वयंसेवक अभियान निर्देशिकाको भावनाविपरीत देशविदेशमा रहेका नेपालीलाई रकमै तोकेर 'नयाँ नेपाल निर्माण कोष' मा जम्मा गर्न विशेष आह्वान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वयंसेवक अभियान निर्देशिकामा कोषमा स्वैच्छिक रूपमा रकम जम्मा गर्ने व्यवस्था छ । तर, सरकारले उक्त व्यवस्थाविपरीत गैरआवासीय नेपालीलाई रकमै तोकेर १०/१० अमेरिकी डलर -८ सय ६० रुपैयाँ) जम्मा गर्न आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जुनसुकै व्यवसाय या पेसामा रहेका प्रत्येक नेपाली नागरिकलाई एक/एक दिनको आम्दानी कोषमा जम्मा गर्न आह्वान गर्ने निर्णयसमेत गरेको उल्लेख छ ।

कोषमा प्रधानमन्त्री बाबुराम भट्टराईले १५, उपप्रधानमन्त्री, मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसम्मले १० देखि १५ र सरकारका मुख्यसचिव तथा सम्पूर्ण सचिवले ५/५ दिनको तलबबापतको रकम जम्मा गर्ने घोषणा गरेका छन् । सरकारले निजामती, सेना, प्रहरी, शिक्षक, विकास समिति, स्थानीय निकाय र संस्थानका कर्मचारीलाई समेत स्वेच्छाले रकम जम्मा गर्न आह्वान गरेको छ ।

कोषमा जम्मा हुने रकमबाट सरकारले बस्ती र नदी सफाइ, खुला दिसामुक्त क्षेत्र घोषण्ाा, खानेपानी, स्वास्थ्य चौकी निर्माण, कृषि, सडक, नदी नियन्त्रण, साक्षरता अभियान, खेलकुद मैदान, मठमन्दिरको जीर्णोद्धार, विपद व्यवस्थापन, लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन, सामाजिक विकृति -जुवातास र अन्य विकृति) नियन्त्रण लगायतका क्षेत्रमा स्वयंसेवा अभियान चलाउने निर्णय गरेको छ ।

 प्रकाशित मिति: २०६९ फाल्गुन ४ १२:५३

ekantipur.com/nep



 
Posted on 02-15-13 8:32 AM     [Snapshot: 447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो नेता हरुले घुस खाएको रकम को १% आफैले राखे अनि सरकारी पक्ष बात राम्ररि कार्यनयन गरे ( घुस खान छोडे ) हामी संग मागी रहनु पर्दैन | बद्रि ( प्रचण्ड )ले खाएको अरबौ बाट १०% लिए कसो होला ? यो पनि कसैलाई दिने जागिर र तलब हो |

 
Posted on 02-15-13 4:35 PM     [Snapshot: 759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुला दिसामुक्त क्षेत्र घोषण .... re. .. 10 dollar ko note bhanda ta toilet paper nai ramro huntyo ki...

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters