तिम्रो र मेरो .......... याद नै रहेछ जिन्दगीमा मिठो तिम्रो र मेरो प्यार मात्र साँचो बाँकी सब झुठो तिम्रो र मेरो बिछोडमा छटपटीएर बिते कति दिन रातहरु मिलनका म्वाईहरु हुन्नन जुठो तिम्रो र मेरो जल्नेहरु धेरै देखें, जलाउनेहरु पनि अनिगिन्ती जलाउदैमा अन्त्मियता हुदैन ठुटो तिम्रो र मेरो यात्रा न हो जीवन काँडा टेक्यौं, फूल सिउरियौ भए सब मिठो पिठो, पलहरु तितो तिम्रो र मेरो
rahulvai · Jan 10, 2013 10:50 AM · 21,951 views
याद नै रहेछ जिन्दगीमा मिठो तिम्रो र मेरो प्यार मात्र साँचो बाँकी सब झुठो तिम्रो र मेरो वाह !! वाह !! ठुल्दाई
ThahaChaena · Jan 10, 2013 10:54 AM
Pratikshya ma adkeko dhadkaan Ma premi haruko, Sangeet gujcha bhawana ko layee ma timro ra mero
Pakeetmaar · Jan 10, 2013 11:14 AM
धेरै राम्रो ठुल्दाइ ..
Amazing · Jan 10, 2013 11:19 AM
सहि भन्नु भो दाई "जलाउदैमा अन्त्मियता हुदैन ठुटो तिम्रो र मेरो"
MulmiZ · Jan 10, 2013 11:24 AM
समयको ताप र परिस्थितिको सनासोबाट च्यापिएको माया , प्रितको राप अनि बिश्वासको ओज मा दरिलो भयो तिम्रो र मेरो आँशुको बलेसी र समाजको चुलेसीमा रेटिएको प्रेम , आस्थाको कसी र रगतको मसि मा कुँदिएको साईनो भयो तिम्रो र मेरो <<माफ पाम है ठुल्दाई, नमिले पनि अलिकति आफ्नै थापें . >> - थाने
ThahaChaena · Jan 10, 2013 2:08 PM
लु धेरै पछि ठुल्दाई को पोस्ट पढ्न पाइयो ! नेपाली परिवेश मा हुर्कियको यो जीवन अमेरिकन परिवेश मा संगर्ष गरि रहेयको छ. ठुल्दै को मीठो कविता पढ्दै बिगत को क्षण लै मानसपटल मा घुमाई रहे को छ /
kapid · Jan 10, 2013 4:28 PM
बाँधिए कतिसँग अनि चुँडिए पनि सम्बन्धका धागाहरु कहिल्यै नटुट्ने सम्बन्ध बलियो एउटै रहेछ तिम्रो र मेरो मैले पनि एउटा थपे
Geology Tiger · Jan 10, 2013 9:17 PM
म भन्दा अनी तिमि भन्दा मेरो अनि तिम्रो चाहना भन्दा खै कुन्नि कसरि हो धेरै अगाडी छ यो सम्बन्ध
timi_mero_sathi · Jan 14, 2013 1:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion